Google
 

May 26, 2006

नेपाल सरकार र नेकपा माओवादीबीच सहमती भएको युद्धविराम आचासंहिता

ऐतिहासिक जनआन्दोलन मार्फ पूर्ण लोकतन्त्र, अग्रगमन र शान्तिका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै,
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिबद्ध रहँदै,
सात राजनीतिक दल एवं नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीलाई पूर्ण रुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै,
प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै,
नेपाली जनताले संविधानसभाको निर्वाचनमा कुनै डर, धाकधम्की र हिंसाको प्रभावबिना नै सहभागी भई संविधान निर्माणको प्रक्रियामा सहभागी हुनपाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै तथा
लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, र्सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै,
नेपाल सरकार र नेकपा माओवादीबीच भएको युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न र वार्ताको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न नेपाली जनताको भावना अनुरुप देहायको आचार संहिता जारी गरिएको छः

भयमुक्त नागरिक जीवनको सुनिश्चितता

१. एक अर्कालाई उत्तेजित गर्नेगरी कुनै र्सार्वजनिक वक्तव्य दिने वा त्यस प्रकारका अन्य कुनै काम नगर्ने।
२. दुवैपक्षले जनसमुदायमा त्रास फैलने गरी सशस्त्र सेनाको परिचालन, प्रदर्शन र प्रयोग नगर्ने।

३. एक अर्काका सैनिक वा सुरक्षा निकायमा आक्रमण वा विध्वसांत्मक कार्य नगर्ने, माइन विछ्याउने वा एम्बुस थाप्ने जस्ता कार्य नगर्ने, आ-आफ्नो सेनामा नयाँ भर्ति नगर्ने तथा सुराकी नगर्ने,

४. शान्ति सुव्यवस्था कायम राख्न दुवैपक्षले पारस्परिक सहयोग गर्ने।

५. हातहतियार तथा सैनिक व्यवस्थापनबारे आपसी सहमतीको आधारमा आवश्यकता अनुसार छलफल तथा समझदारी कायम गर्दै जाने।

जनतामा विश्वासको वातावरण निर्माण
६. र्सार्वजनिक भेला, सभा सम्मेलन, समारोह वा राजनैतिक क्रियाकलाप गर्दा दुवै पक्ष कम्ब्याट ड्रेसमा वा हातहियतरा सहित उपस्थित नहुने।

७. राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक संघ संगठनका सदस्य र व्यक्तिहरुको देशको कुनै पनि भागमा गएर आफ्नो विचारको प्रचार गर्ने, सभासम्मेलन गर्ने र संगठन गर्ने कार्य गर्न दुवै पक्षबाट कुनै किसिमको वाधा अवरोध नगर्ने तथा कुनै मानसिक वा शारीरिक दबाव नदिने।

जनताका आधारभूत सेवा र विकास निर्माण सम्बन्धमा
८. युद्धविराम अवधिभर बन्द वा चक्काजाम जस्ता कार्यक्रमहरु नगर्ने। तर शान्तिपूर्ण ढंगका सभा जुलुशहरु गर्न सकिने।

९. जनताका आधारभूत सेवा र सुविधा निर्वाध रुपले सञ्चालन हुन दिने।

१०. जनहित तथा विकास निर्माणका नियमित काम शान्तिपूर्ण ढंगले अगाडि बढाउने कुरामा कुनै वाधा व्यवधान नपुर्याउने।

११. खाद्यान्न, औषधि, विकास निर्माणका सामग्रीहरु त्था दैनिक उपभोगका वस्तुहरु ओसार पसार गर्न बन्देज नलगाउने र बाधा विरोध नगर्ने।

शिक्षण संस्था, अस्पताल तथा औद्योगिक प्रतिष्ठानहरुको सुसञ्चालन
१२. विद्यालय, कलेज, विश्वविद्यालय, अस्पताल, उपचार केन्द्रहरु तथा औद्योगिक प्रतिष्ठानलाई सुचारुरुपले सञ्चालन गर्न दुवैपक्षबाट वातावरणको निर्माण गर्ने।

सञ्चार माध्यमबाट शान्तिवार्तालाई सहयोग
१३. युद्धविराम, आचारसंहिता र शान्ति प्रक्रियाका पक्षमा सूचना प्रवाह गर्ने तथा राजनैतिक प्रचार प्रसार गर्ने कार्य गर्दा शिष्ट तथा मर्यादित भाषाको प्रयोग गर्ने।
१४. सञ्चारमाध्यमबाट वार्ता तथा शान्ति प्रक्रियालाई प्रतिकूल असर पर्ने खालका अभिव्यक्ति कसैले नदिने।

बलपूर्वक चन्दा वा आर्थिक सहयोग नउठाउने
१५. कसैको इच्छा विपरित चन्दा र आर्थिक सहयोग, नदगी, जिन्सी वा सेवा नउठाउने वा परिचालन गर्ने।

रिहाई र पुनर्स्थापन
१६. विभिन्न व्यक्तिहरुमाथि दुवै पक्षद्वारा लगाइएका आरोप, अभियोग र मुद्दा फिर्ता गर्ने र बन्दीहरुलाई रिहाई गर्दै जाने।

१७. बेपत्ता नागरिकहरुको स्थिति यथाशीघ्र र्सार्वजनिक गर्ने।

१८. विस्थापित भएका व्यक्तिहरुलाई आ-आफ्नो घरमा फर्किएर शान्तिपूर्ण, सहज तथा सम्मानपूर्वक पुनर्स्थापित हुने कार्यमा सहयोग गर्ने।

१९. द्वन्द्वको क्रममा राजनैतिक दलका नेता, कार्यकर्ता तथा र्सवसाधारण जनताको कब्जा गरिएका वा ताला लगार्इएका वा प्रयोग गर्न नदिइएका सम्पत्ति सम्बन्धित व्यक्ति वा परिवारलाई फिर्ता वा उपभोग गर्न दिने। सो सम्पत्ति फिर्ता गर्ने प्रक्रियामा समस्या उत्पन्न भएमा आपसी सहमतीका आधारमा समाधान गर्ने।

वार्ता सहजीकरण
२०. वार्तामा संलग्न हुने दुवै पक्षका व्यक्तिहरुको आवागमन एवं गतिविधिमा कुनै प्रकारको बाधा व्यवधान नगर्ने।

अनुगमन
दुवै पक्षको आपसी सहमतीका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमन टोलीद्वारा युद्धविरामको अनुगमन गराउने।

विविध
२२. आचारसंहिताको व्याख्यामा कुनै विवाद उत्पन्न भएमा दुवै पक्षको सहमतीबाट समस्याको समाधान गरिने।

२३. प्रस्तावनाको भावना अनुरुप यो आचार संहिता दुवै पक्षको सहमतीले थपघट वा संशोधन गर्न सकिने।

२४. यो अचारसंहिता हस्ताक्षर भएपछि तुरुन्त प्रारम्भ गर्ने।

२५. आचारसंहितामा हस्ताक्षर भएपछि यो अचारसंहिता र्सार्वजनिक गर्ने।

नेकपा माओवादीकातर्फबाट
नामः कृष्णबहादुर महरा
हस्ताक्षर………………
मितिः २०६३/२/१२

नेपाल सरकारका तर्फबाट
नामः कृष्णप्रसाद सिटौला
हस्ताक्षर…………………
मितिः २०६३/२/१२

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/05/26/p17/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft