Google
 

May 28, 2006

नेपाली जनयुद्धका दश वर्षः केही महत्वपूर्ण आयामहरु - बाबुराम भट्टराई

Filed under: Article/लेख

रुसी अक्टोवर क्रान्तिको मुखैमा आङ्खनो जीवनको सम्भवतः सवभन्दा महत्वपूर्ण कृति ‘’राज्य र क्रान्ति'’ लेख्ने सर्न्दर्भमा लेनिनले भन्नुभएको थियो- ‘’क्रान्तिवारे लेख्नु भन्दा क्रान्तिको अनुभवबाट गुज्रनु धेरै आनन्दायी र उपयोगी हुन्छ ।'’ नेपाली क्रान्तिकारी जनयुद्धका दश वर्षरु पूरा भएको सर्न्दर्भमा त्यसवारे संक्षिप्त समीक्षा गर्न लाग्दा हामीलाई पनि त्यस्तै अनुभूति भैरहेछ । फेरि ‘कवि करोति काव्यानि, रसम् जानति पण्डिताः’ -अर्थात् ‘कविले कविता लेख्छ तर त्यसको व्याख्या पण्डितहरुले गर्छन्’) भनेझैं आफैं संलग्न रहेको क्रान्तिवारे स्वयं आफुले भन्दा अरुले गरेको समीक्षा र मूल्यांकन वढी वस्तुवादी र रोचक हुनसक्छ । तैपनि आगामी दिनमा केन्द्रीय राज्यसत्ता स्थापना भए यताको झण्डै अढाइ सय वर्षो नेपाली इतिहासमा सवभन्दा उथलपुथलकारी र महत्वपूर्ण रहेका यी दश वर्षरुवारे राष्ट्रिय र अन्तर्रर्ााट्रय रुपमा हुने समीक्षा र मूल्यांकनको निम्ति सहयोग पुगोस् भन्ने मनसायले केही र्सवाधिक महत्वपूर्ण प्रश्नहरु मात्रै यहाकोट्याउने जमर्को गरिएको छ ।

वैचारिक पक्ष

ने.क.पा. -माओवादी) को नेतृत्वमा संचालित जनयुद्धको सवभन्दा महत्वपूर्ण र निर्ण्ाायक कुरा यसको वैचारिक Ideologicalपक्ष हो । निश्चित विचार र राजनीतिद्वारा निर्देशित सशस्त्र संर्घष् हुनाले नै यो गत दश वर्षा यति तीव्र गतिमा विकसित भएर नेपाली समाजलाई राजनीतिक, आर्थिक, सांस्कृतिक हरेक किसिमले गुणात्मक ढंगले रुपान्तरित गर्न सफल भएको हो । राष्ट्रिय र अन्तर्रर्ााट्रय प्रतिक्रियावादी शक्तिहरुले शुरुदेखि आजसम्म यसलाई ‘आतंकवाद’ को विल्ला भिराएर परास्त गर्न भगीरथ प्रयत्न गर्दा पनि उनीहरु त्यसमा सफल हुन नसक्नुको प्रमुख कारण पनि त्यही हो ।

मार्क्सवाद-लेनिनवाद-माओवादको रुपमा परिचित यो र्सवहारावादी क्रान्तिको विज्ञानको आधारभूत तत्व दुनियालाई वुझने र वदल्ने द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण हो । यो विश्व दृष्टिकोणको मुख्य विशेषता भौतिक जगत, समाज र चेतनालाई विपरितहरुको एकत्व ९गलष्तथ या यउउयकष्तभक० को रुपमा वुझनु र हरेक वस्तुलाई निरन्तर गतिमा र रुपान्तरणको प्रक्रियामा वुझनु हो । त्यस हिसावले निरन्तर गतिमा रहने समाजलाई वदल्ने विज्ञान स्वयं गति र निरन्तर विकासको प्रक्रियामा रहनु पर्ने स्वतः सिद्ध कुरा हो । परन्तु इतिहासमा प्रत्येक विचार, दर्शन वा विज्ञानको हकमा भए झैं मार्क्सवादको हकमा पनि एकातिर गतिशील वन्ने नाउमा विज्ञानका आधारभूत प्रस्थापनाहरुलाई नै परित्याग गर्ने अनुभववादी संशोधनवादी भ्रष्टीकरण र अर्कोतिर सिद्धान्तनिष्ठ वन्ने नाउमा कट्टरपन्थी जडसूत्रवादी गतिहीनता देखिने गरेको छ । ने.क.पा.-माओवादी) ले शुरुदेखि नै निरन्तर रुपमा संशोधनवाद र जडसूत्रवाद दुवैसंग संर्घष्ा गर्दै र सिद्धान्तमा दृढ र व्यवहारमा लचिलो बन्दै मार्क्सवादको सिर्जनशील प्रयोगमा जोड दिंदै आएको छ । त्यसै क्रममा मा-ले-मावादको विज्ञानलाई नेपालको ठोस विशेषतामा प्रयोग गर्ने सिलसिलामा विकसित विचार-श्रृंखलालाई ‘प्रचण्डपथ’ नामाकरण गरेको छ र त्यसलाई २१ औं शताव्दीको क्रान्तिको आवश्यकता अनुरुप अझै विकसित गर्दै लैजाने प्रयत्न गरेको छ । दशवर्षो जनयुद्धको विकास र सफलताको अर्न्तर्यमा यो वैचारिक पक्षको निर्ण्ाायक भूमिका छ र यसको भावी विकास वा विनास विचारकै क्षेत्रमा हुने प्रगति वा गत्यावरोधले निर्धारण गर्नेछ भन्ने कुरालाई सवैले राम्ररी आत्मसात गर्न जरुरी छ ।

विचारसंग सम्वन्धित दुइवटा कुराहरु यहाविशेष महत्वपूर्ण छन् । पहिलो, विकासको नियमलाई वुझने प्रश्न हो, जसमा भडुवा विकासवादी  वा सुधारवादी अवधारणा र क्रान्तिकारी द्वन्दवादी अवधारणा प्रमुख छन् । भडुवा विकासवादले जगत् , समाज र चेतनालाई मात्रात्मक जोडघटाउको तरिकाले सरल रेखामा अघि वढ्ने वताउछ र त्यसको राजनीतिक अभिव्यक्तिको रुपमा क्रमिक सुधारवादको पक्षपोषण गर्दछ । त्यसको विपरित क्रान्तिकारी वा भौतिकवादी द्वन्दवादले हरेक वस्तुको विकास मात्राले गुणमा छलांग, क्रमभंग, धक्का र महाविपत्तिको तरिकाले वक्ररेखामा वा वर्तुलाकार मा हुने वताउछ र त्यसले राजनीति, संगठन, संर्घष्का हरेक क्षेत्रमा क्रान्तिकारी पहलको दिशानिर्देश गर्दछ । ने.क.पा.-माओवादी) ले २०५२ फागुनमा जनयुद्धको थालनीदेखि विभिन्न योजना हुदै अहिलेसम्म आइपुग्दा हमेशा क्रमिक सुधारको सट्टा क्रान्तिकारी छलांग र क्रमभंगको तरिका र सधैं र्सप झैं सलल वग्ने तरिका होइन कि भ्यागुता झैं वुरुक्क उपने र दायावायावा अघि/पछि हुदै अगाडि वढ्ने तरिका अपनाउने गरेको छ । अरु सुधारवादी संसदवादी पार्टर्ीीे हकमा भन्दा माओवादी पार्टर्ीीे हकमा देखिने शायद सवभन्दा ठूलो अन्तर यही हो र यो विकासको नियमसंग सम्वन्धित आधारभूत र गंभीर अन्तर हो । माओवादी आन्दोलनको तीव्र विकासको रहस्य पनि यही हो ।

विचारसंग सम्वन्धित दोश्रो महत्वपूर्ण कुरा भनेको पार्टर्ीीसत्ता र समाजमा देखिने अन्तरविरोधहरुलाई वुझने र हल गर्ने वैज्ञानिक अवधारणा हो । तीवारे अहिले मुख्य रुपमा बहुलवादी ९उगिचबष्कित०, एकमनावादी (यलयष्तिजष्अ० र द्वन्दवादी ९मष्बभिअतष्अब० िअवधारणा विद्यमान छन् । वहुलवादी अवधारणा अनुसार जगत र समाजमा वस्तुहरु आफैमा पर्ूण्ा तथा निरपेक्ष ढंगले स्वतन्त्र हुन्छन् र तिनीहरु वीचमा कुनै एकरुपता, अन्तरसम्वन्ध, अन्तरघुलन हुदैन, जुन विज्ञानसम्मत र तथ्यसंगत होइन । यसको राजनीतिक अभिव्यक्ति वर्ुजुवा संसदवाद हो । अर्कोतिर एकमनावादी अवधारणाले वस्तुहरुमा आपसी भिन्नता, अन्तरविरोध, संर्घष्ालाई स्वीकार्दैन र निरपेक्ष एकरुपताको वकालत गर्छ । यसको राजनीतिक अभिव्यक्ति निरंकुशतावाद र र्सवसत्तावाद हुन्छ । यी दुवैको विपरित भौतिकवादी द्वन्दवादी अवधारणाले वस्तुहरु वीचमा एकता र संर्घष्ा दुवै हुने र खास अवस्थामा एउटा अर्कोमा रुपान्तरण हुने वताउछ । यसको राजनीतिक अभिव्यक्ति वास्तविक जनताको जनवाद वा र्सवहारा जनवाद हुन्छ । विगतमा अन्तर्रर्ााट्रय कम्युनिष्ट आन्दोलनमा खाशगरी स्टालिनकाल पछि एकमनावादी विचलन गम्भीर ढंगले देखिदै आएको र त्यसको विरुद्धमा साम्राज्यवादले निरपेक्ष ढंगले वहुलवादको वकालत गर्दै आएको सर्न्दर्भमा ने.क.पा.-माओवादी) ले दुवै वहुलवाद र एकमनावादी प्रवृत्तिको विरोध गर्दै द्वन्दवादी ढंगले पार्टर्ीीसत्ता र समाजमा अन्तरविरोध हल गर्ने प्रयत्न गर्दै आएको छ । यस क्रममा पार्टर्ीी समाजवादी क्रान्तिपछि पनि वहुदलीय प्रतिस्पर्धात्मक जनवादको प्रणाली लागू गर्नु पर्ने अवधारणा अघि सारेको छ । यो परम्परागत मा-ले-मावादी मान्यता र पद्धति भन्दा नितान्त भिन्न र नयाप्रयोग र विकास हो । विसौं शताव्दीका समाजवादी सत्ताहरुले मूलतः यहीं प्रश्नमा ठूलो क्षति व्यहोर्नु परेको सर्न्दर्भमा राज्यसत्ता र जनवादको प्रश्नमा यो सिर्जनात्मक विकासले एक्काइसौं शताव्दीको समाजवादी आन्दोलनलाई धेरै हदसम्म निर्धारित गर्ने निश्चित छ । माओवादी पार्टर्ीी वेलावखत तीव्र वन्ने भित्रीपार्टर्ीीन्तरविरोधहरु र जनतासंग व्रि्रेका सम्वन्धहरुलाई सच्चाएर पार्टर्ीीकता अक्षुण्ण राख्नु र जनआधार सुदृढ र विस्तार गर्न सक्नुको मुख्य वैचारिक आधार पनि यही हो ।

माओवादी आन्दोलनको विकासको अर्को महत्वपर्ूण्ा पक्ष क्रान्तिकारी विचारका आधारमा राष्ट्रिय र अन्तर्रर्ााट्रय विशिष्ठता अनुरुप स्पष्ट राजनीतिक लक्ष्य, नारा र कार्यक्रम निर्धारण गरेर अघि वढ्न सक्नु हो । यो राजनीतिक कार्यदिशाको मुख्य पक्ष वर्तमान नेपाली समाजलाई अर्ध-सामन्ती र अर्ध-औपनिवेसिक चरित्रीकरण गरेर राष्ट्रियता र जनवादका दुइ पहलुलाई अन्तरसम्वन्धित ढंगले ग्रहण गर्दै पहिले पुजिवादी जनवादी क्रान्ति सम्पन्न गर्नु र त्यसपछि क्रमशः समाजवाद तर्फसंक्रमण गर्नु हो । २००७ साल र २०४६/०४७ सालको परिवर्तनले देशमा सवा दुइ सय वर्षेखि विद्यमान राजतन्त्रात्मक सामन्ती राजनीतिक आर्थिक, संरचनालाई ध्वंस गरेर पुजिवादी जनवादी संरचना कायम गर्न नसकेको ठहर गर्दै पहिले पुरानो राज्यसत्ताको पर्ूण्ा ध्वंस गर्ने लक्ष्यका साथ जनयुद्धको थालनी भएको हो । वहुचर्चित ४०-सूत्रीय माग सामन्तवादको अन्त्य र पुजिवादी रुपान्तरणको सूत्रवद्ध घोषणापत्र हो । यहा स्मरणीय कुरा के छ भने माओवादी आन्दोलनले हमेशा ‘राज्यसत्ता’ को प्रश्न -’सरकार’ को प्रश्न होइन) लाई केन्द्रमा राखेर समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणको कुरा गरेको छ र त्यसको निम्ति समाजका सवभन्दा उत्पीडित वर्गको व्रि्रोहलाई संगठित गर्ने प्रयत्न गरेको छ । साथै पुजिवादी जनवादी क्रान्ति एउटै झट्कामा पूरा हुने विषय नभएर विभिन्न घुम्ती र उप-चरणहरु हुदै पूरा हुने विषय भएकाले वर्गीय र राजनीतिक शक्ति सन्तुलनलाई ख्याल गर्दै संविधानसभा, लोकतान्त्रिक गणतन्त्र आदिको नारा र कार्यक्रम अघि सार्दै आएको छ । केही वर्षपहिलेसम्म संविधानसभा र लोकतान्त्रिक गणतन्त्र वन्दकोठा भित्रका गोष्ठी र वहसको विषय मात्र रहदै आएकोमा अहिले ती राष्ट्रिय राजनीतिक एजेण्डा वन्न पुग्नु नेपालको पुजिवादी जनवादी आन्दोलनको विकासकै सूचक मान्नर्ुपर्दछ । जनयुद्ध थालनीको पर्ूवसन्ध्यामा २०५२ माघ २१ गते तत्कालीन संयुक्त जनमोर्चाद्वारा प्रस्तुत ४०-सूत्रीय माग र २०६२ मंसीर ७ गते घोषित १२-वुदे माओवादी-संसदवादी समझदारीको तुलनात्मक अध्ययन गरेर हेरेमा विगत दश वर्षो नेपाली राजनीतिको दिशा र गतिको पर्याप्त झल्को मिल्दछ ।

दशदर्षो क्रान्तिकारी जनयुद्धको तीव्र विकासको पछाडि यसले नेपाली इतिहासमा पहिलो चोटि सफलतापर्ूवक सम्वोधन गरेको उत्पीडित जाति, क्षेत्र, लिंग र दलितको प्रश्नलाई पनि विशेष महत्व दिनर्ैपर्छ । पहाडिया खस जातीय अहंकारवादमा आधारित राज्यसत्ताद्वारा पीडित वहुसंख्यक तिब्बती-बर्मेली र अष्ट्रो-ड्रविड मूलका जाति/जनजाति तथा मधेशीहरु र काठमाण्डौंकेन्द्रित राज्यसत्ताद्वारा पीडित र उपेक्षित कर्ण्ााली तथा सेती-महाकाली क्षेत्रका जनतालाई जातीय तथा क्षेत्रीय आत्म-निर्ण्र्ााो अधिकार सहित स्वायत्त शासन उपलव्ध गराउने नीतिले जनयुद्धमा उत्पीडित जाति, क्षेत्र र मधेशको विशेष उत्साहजनक सहभागिता सुनिश्चित गरेको स्पष्टै छ । त्यसरी नै सामन्ती पितृसत्तात्मक संरचनाबाट पीडित महिलाहरु र व्राहाणवादी हिन्दू वर्ण्ााश्रम व्यवस्थाबाट पीडित दलितहरुलाई जनयुद्धले पर्ूण्ा मुक्तिको वाटो देखाएकाले नै यो आन्दोलनमा महिला र दलितहरु झण्डै मेरुदण्ड जस्तै वन्न पुगेको यथार्थ विशेष स्मरणीय छ । आज देशका सम्पर्ूण्ा ग्रामीण इलाकाहरुमा सयौं वर्षेखि जरा गाडेको सामन्तवादको आर्थिक, राजनीतिक, सास्कृतिक, जरा उखेलिनु र त्यहाउत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताको संयुक्त क्रान्तिकारी जनसत्ता विभिन्न स्तरमा क्रियाशील रहनु निश्चय नै ऐतिहासिक महत्वको विषय हो ।माओवादी आन्दोलनको अर्को महत्वपर्ूण्ा राजनीतिक पाटो हमेशा वस्तुका दुइ विपरित पर््रवर्गहरुमध्ये प्रधान पक्षमा ‘जोड दिने’ र सहायक पक्षमा ‘ध्यान दिने’ नीति तथा रणनीतिक दृढता र कार्यनीतिक लचकताको कार्यशैलीको सफल अभ्यास हो । सोही अनुरुप पार्टर्ीी शुरुदेखि नै गाउ र शहरको काम, खुला र भूमिगत काम, जनआन्दोलन र जनयुद्ध, वार्ता र युद्ध आदि वीचमा सही संयोजन कायम गर्दै आइरहेको छ । यसैलाई ठीकसंग आत्मसात गर्न नसक्दा कतिपय मानिसहरु अक्सर माओवादी आन्दोलनको मल्यांकन गर्दा ‘अन्धाले हात्ती छामे जस्तो’ गलत निष्कर्षा पुग्ने गर्दछन् ।

दश वर्षो माओवादी आन्दोलनको मूल्यांकन गर्दा यसले कुशलतापर्ूवक र सफलतापर्ूवक अनुसरण गर्दै आइरहेको अन्तर्रर्ााट्रय नीतिलाई पनि उचित महत्वका साथ हर्ेनु पर्दछ । वर्तमान साम्राज्यवादको युगमा र नेपाल जस्तो दुइ ठुला छिमेकीहरुको वीचमा रहेको विशिष्ठ भू-राजनीतिक स्थितिमा निरन्तर परिवर्तन र गतिको अवस्थामा रहने अन्तर्रर्ााट्रय शक्ति सन्तुलनलाई ख्याल नगरी र तत्काल प्रमुख खतरा वनेर आएको शक्तिका विरुद्ध अन्य शक्तिहरुसंग कुटनीतिक पहल र सम्वन्ध विस्तार नगरी कुनै पनि आन्दोलन सफल हुनै सक्दैन । ने.क.पा. -माओवादी) ले यसवारे अहिलेसम्म सफल अभ्यास गर्दै आइरहेको छ ।

फौजी पक्ष

१९० वर्षपहिले सुगौली-सन्धीमा पुगेर पर्ूण्ाविराम लागेको र त्यसपछि विदेशी सेनाका भाडाका सिपाही वा संयुक्त राष्ट्र संघ अर्न्तर्गतको शान्ति-सेनामा प्रहरीको भूमिका निभाउनु वाहेक कुनै र्सार्थक फौजी क्रियाकलाप गर्न नसकेका शोषित उत्पीडित नेपालीहरुले इतिहासमा पहिलो पटक आङ्खनो मुक्ति र राज्यसत्ता प्राप्तिको निम्ति यति भीषण, साहसी र वलिदानीपर्ूण्ा युद्ध लड्नु विगत दश वर्षो सवभन्दा उल्लेखनीय पक्ष हो । ‘सेना नभएको जनतासंग आनो भन्नु केही हुदैन’ भन्ने माओवादी मान्यतालाई मूलमन्त्र मानेर शुरुमा सामान्य लडाकु दल र सुरक्षा दलको रुपमा केही भरुवा वन्दुक र एउटा थ्री-नट-थ्री राइफल लिएर केही दर्जन युवा-युवतीहरुवाट शुरु भएको यो जनसेना निर्माण अभियान अहिले ८१ इञ्च मोर्टर्ाा जि.पी.एम्.जी, एल्.एम्.जी, गलील, एके-४७, एम्-१६, इन्सास इत्यादि अत्याधुनिक हतियारले लैस सात डिभिजन वरावरको जनमुक्ति सेनाको निर्माणसम्म पुग्नु चानचुने विषय हुदै होइन । त्यसमा पनि एक तिहाइ भन्दा वढी महिला सहित समाजका सवभन्दा उत्पीडित वर्ग, जाति, क्षेत्र र दलितहरुको सहभागिता रहेको जनसेनाको निर्माणलाई न्यूनीकरण गरेर माओवादी जनयुद्धको सारतत्वलाई वुझनै सकिन्न । त्यसैले कतिपय मान्छेहरुले जानेर वा नजानेर निरपेक्ष शान्तिवाद ९उबअषष् वाट सम्मोहित वन्दै जनसेना र युद्ध विनाको माओवादी आन्दोलनको जुन चर्चा गर्न खोज्छन् त्यो प्राण विनाको मान्छेको परिकल्पना गर्नुजस्तै हो । खाशगरी केन्द्रीय सामन्ती राज्यसत्ताको गठनदेखि यता निरन्तर रुपमा देशको सशस्त्र सेना जसरी कहिले राणा परिवार र कहिले शाह परिवारको निजी भरौटे सेना रहदै आएको छ त्यसलाई नया लोकतान्त्रिक मूल्यमान्यतामा निर्मित नयाराष्ट्रिय सेनाले विस्थापित नगरी देशमा कुनै पनि ढंगको लोकतन्त्र वहाल हुनै सक्दैन ।

माओवादी जनमुक्ति सेना परम्परागत पेशेवर सेना नभएर राजनीतिलाई कमानमा राख्ने र उत्पादन तथा जनकार्यमथ

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/05/28/p25/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft