Google
 

May 28, 2006

सेना र प्रहरी भित्रको दासताको कथा (Slavery inside Royal Nepal Army and Nepal Police)

Filed under: Article/लेख

-जनआन्दोलन-२ उत्कर्षा रहेका बेला शिक्षण अस्पताल प्रसूति वार्डमा भर्ना भएकी एक बानियाथरकी महिलाको क्याबिनबाहिर दुइजना सैनिक जवान ड्युटीमा खटेका देखेर अरू विरामीले ज्रि्रो टोके । सेनाको मानवअधिकार सेलका कर्णेल पत्नीका सेवाकालागि समेत सिपाही खट्नु पर्ने अवस्था छ भने सेनाभित्र अरू विभागको हविगत के होला -

-पूर्व प्रधानसेनापति सच्चितशमशेर राणाको घरमा बिजुली मर्मत गर्न वैशाखको दोस्रो साता सेनाको एमइएस -मिलिटरी इन्जिनियरिङ र्सर्भिस)बाट प्राविधिक मगाइयो ।

-प्रधान सेनापतिबाट अवकाश पाएपछि २०५७ सालमा धर्मपालवरसिंहथापाले मनमैजु गाविस, नेपालटारमा घर बनाउन थाले । सेनाभित्रनरम छवि बनाउन सफल थापाको घर निर्माणको रेखदेख गर्न सेनाले दुलाल थरका कर्णेललाई खटायो । डकर्मी, मिस्त्री, ज्यामीकाम पनि सेनाकै जवानहरूले गरे । सेनाको २-३ वर्षो परिश्रमपछि मात्र उनको महल तयार भयो ।

सूर्यबहादुर थापा र शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री रहदा उनीहरूको सुरक्षामा खटिएका डिएसपी भोगेन्द्र थापाले बालाजु वनस्थलीनेर घर बनाउदा निर्माण कार्यको हेरविचार गर्ने नाइकेको रूपमा प्रहरीका र्सइलाई खटाइएको थियो ।

- आइजिपी हेमबहादुर सिंहले २०४५ सालमा बारा जिल्ला फत्तेपुर गाविस दुधौरा नदी किनारको बीस बिघाको मौजा किने । नदी कटानबाट पिरोलिएर साविकका जग्गाधनीले बेचेको जग्गालाई प्रहरी लगाएर उनले एक वर्षा नै लोभलाग्दो बनाए । अवकाशपछि डेढ दशकसम्म पनि उनको जग्गामा बाँध लगाउने र खेती गनर्े काम सिमरा, बाराका प्रहरीको थाप्लामा नै पर्‍यो । माओवादी जनयुद्व चरमोत्कर्षा पुगिसक्दासम्म पनि उनको मौजा प्रहरीको पसिनाले सिंचित गर्न छाडिएको थिएन ।

सेना-प्रहरीमा आफूखुसी नियम बनाएर तालिमप्राप्त सिपाहीलाई घरायसी काममा लदाउने प्रचलन छ । दुवै संगठनले ‘नियम’ बनाएर घरायसी कामदारको रूपमा खटिने जवानको संख्या पदअनुसार किटान गरेको भए पनि व्यवहारमा त्यसको समेत उल्लंघन हुने गरेको छ ।

पारिवारिक पृष्ठभूमि, माथिल्ला दर्जाको अधिकारीसगको नाता-सम्बन्ध, राणा, शाह, बस्नेत र थापा जस्ता ‘बाबुसाहेव’ वा ‘काजी’ थरका अधिकांश अधिकृतका हकमा भने तजबिजी नियमसमेत पालना हुँदैन . त्यतिमात्र होइन नियमले दिएको तहभन्दा धेरै तल्ला तहका कतिपय प्रभावशाली अधिकृतले घरमा सिपाहीलाई कामदार बनाएर सामन्ती शैलीको जीवनयापन गरिरहेकै छन् । आफ्नो घर-कम्पाउन्ड, बगैंचा र खेतीपातीको क्षेत्रफलअनुसार नियमले तोकेभन्दा दोब्बर वा बढी सिपाहीलाई घरायसी काममा कजाउने गरिएको पनि पाइन्छ । आन्तरिक नियम भने निम्नानुसार छ

सेनातर्फ -गार्डबाहेक) पद बहालवाला अवकाशप्राप्त

प्रधानसेनापति असीमित ५ जना

तीनतारे जर्नेल ५- ३ जना

दुइ तारे जर्नेल ४- २ जना

एकतारे जर्नेल ३- १ जना

फुल कर्र्णोल २ -

कर्र्णोल १ -

स्रोतः रक्षा मन्त्रालय

सशस्त्र र जनपद प्रहरीतर्फ गार्डबाहेक)पद बहालवाला अवकाशप्राप्त

आइजिपी             असीमित                   ३

एआइजी           ३           २

डिआइजी           २           १

एसएसपी           १           -

एसपी           १           -

स्रोतः गृह मन्त्रालय

रनर, अर्दली वा घरायसी कामदार राखेर सुविधा उपयोग गरिरहेका वहालवाला अधिकृत पदाधिकारीको संख्या -दरबन्दीको आधारमा)

सेना- ४,८७१

जनपद प्रहरी- १,३९२

सशस्त्र प्रहरी- ९६६

सिडिओ- ७५

एलडिओ- ७५

न्यायाधीश -सर्वोच्च, पुनरावेदन र जिल्ला)- २४७

Source: SAMAY WEEKLY

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/05/28/slavery-inside-royal-nepal-army-and-nepal-police/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft