Google
 

June 24, 2006

सेना होइन, सरकार बोल : प्रचण्ड

धनगढी/ नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देश शान्तिको दिशामा अघि बढिरहेको बेला सेनाले जथाभावी बोल्न नहुने बताउनुभएको छ ।नेपाली सेनाको विषयमा अध्यक्ष प्रचण्डले केही दिनअघि व्यक्त गर्नुभएको धारणालाई लिएर सेनाले बिहीवार र्सार्वजनिक गरेको प्रतिक्रियामाथि टिप्पणी गदर्ैर्ैै्रचण्डले सो कुरा बताउनुभएको हो ।मुलुकको समस्या समाधानका लागि राजनीतिकस्तरमा छलफल र बहस भइरहेको बेला सेनाले जथाभावी बोल्दा शान्ति प्रक्रियामा बाधा आउनसक्ने उहाँले बताउनुभयो ।शुक्रबार कैलालीको अत्तरियामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारले बोल्नुपर्ने विषयमा सेनाले बोल्नु आपत्तिजनक हुने बताउनुभयो ।माओवादी अध्यक्ष प्रचण्डले सातदल र माओवादीबीच भएको आठबुँदे सहमति तोड्न षड्यन्त्र भइरहेको बताउँदै यसप्रति दलका नेताहरुलाई सचेत हुन पनि आग्रह गर्नुभयो । ‘जो हिजो दल र राजा मिलेर माओवादी सिध्याउनु पर्दछ भन्दथे, तिनीहरु नै आज आठबुँदे सहमतिका विरुद्ध लागेका छन्’- अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘तर त्यस्तो षड्यन्त्र धेरैदिन टिक्दैन ।’ दलका नेताहरुबाटै आठबुँदे सहमतिका विरुद्ध अभिव्यक्ति आइरहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसलाई पदको लोभमा परिवर्तन हर्ेन नचाहने प्रवृत्तिको संज्ञा दिनुभयो ।
प्रचण्डले आफ्नो पार्टर्ीीाजनीतिक दलहरुसँग गरिएका सबै सहमत्रि्रति प्रतिवद्ध रहेको दोहर्‍याउनुभयो । ‘अनावश्यक शंका गरी माओवादीप्रति भ्रम पैदा गर्न जरुरी छैन’- अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले अमेरिका दल-माओवादीबीचको सहमतिका विरुद्ध क्रियाशील रहेको बताउँदै नेपाली जनताको भावनामाथि खेलवाड नगर्न चेतावनी दिनुभयो ।’अन्तरिम विधान निर्माण गरेर अन्तरिम सरकार बनेपछि संविधानसभा चुनाव अगावै नेपाली सेना र जनमुक्ति सेना एक हुनसक्छ’- प्रचण्डले भन्नुभयो- ‘तर सबै पक्ष त्यसमा इमान्दार हुनर्ुपर्छ ।'’अन्तरिम कालमा सेनाको एकीकरण हुन नसके संविधानसभाको म्याण्डेट अनुसार जनसेनालाई व्यवस्थित गर्न हाम्रो पार्टर्ीीयार छ’- उहाँको स्पष्टोक्ति थियो । केही दिनअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको लामो वार्तामा गोप्य सहमति भएको भन्ने कुराको खण्डन गर्दै प्रचण्डले ‘मैले गिरिजाबाबुको स्वास्थ्यबारे सोधें, अब शान्ति प्रक्रियामा जसरी पनि आउनर्ुपर्छ भनें, जनताको शान्ति र अग्रगमनप्रतिको चाहनाको हामीले सम्मान गर्नुपर्छ भनें, अरु गोप्य कुरा केही भएको छैन’- उहाँको भनाइ थियो ।
पत्रकार सम्मेलनमा अर्का माओवादी नेता डा. बाबुराम भट्टर्राईले अहिले पार्टर्ीीत्र कुनै प्रकारको अन्तर्विरोध नरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड र्सार्वजनिक भइसकेको अवस्थामा पार्टर्ीीे धारणा उहाँले नै राख्ने गरेकोले आफू नबोलेको बताउनुभयो । माओवादीका केन्द्रीय सदस्य तथा सेती महाकाली इञ्चार्ज लेखराज भट्टको अत्तरियास्थित घरमा माओवादी नेताहरुले पत्रकारहरुसँग विभिन्न विषयमा ४५ मिनेटसम्म छलफल गर्नुभएको थियो । बिहीबार नै प्रचण्डले डोटीको वी.पी.नगरमा आयोजित सभालाई सम्बोधन गर्नुभएको थियो  ।

कर्ण्र्ााोहरा/स्वससे

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/24/p108/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft