Google
 

June 25, 2006

अन्तरिम संविधानमा राजाको कुनै स्थान हुदैन- प्रचण्ड

पछिल्लो राजनीतिक स्थितिपछि माओवादीको अवस्था कस्तो छ ?

जनआन्दोलनबाट उत्पन्न नया“ परिस्थितिबारे हाम्रा कार्यकर्तालाई पार्टीीे रणनीति र कार्यनीतिबारे निरन्तर प्रशिक्षित गराइरहेका छौं। धेरै पहिलेदेखि संविधानसभाको निर्वाचनको अभिमतलाई स्वीकार गर्ने भन्ने प्रशिक्षण दिइरहेका थियौं। यतिबेला सिंगै मुलुक संविधानसभाको निर्वाचनको तयारीमा छ। यसका लागि हाम्रो पार्टीींक्ति, सैन्य र जनपंक्ति एउटा विजयको मुडमा छ।

निश्चितरूपमा हाम्रो पार्टीी राज्यसत्ता कब्जा गर्ने भनेर जनयुद्ध शुरू गरेको थियो। तर, अगाडि बढ्दै जा“दा अहिले आएर अन्तर्रर्ााट्रय शक्ति सन्तुलनलाई बुझने र नेपाली जनताको जीउधनको बढी क्षति नहोस्, उनीहरूको शान्तिको आकांक्षालाई बुझने कुरामाथि समेत ध्यान दि“दा जुन संविधानसभा हिजो माओवादी मात्रको भनिएको थियो आज सिंगो मुलुकले स्वीकार गरेको अवस्थामा सिंगो पार्टर्ीी योद्धा गौरवान्वित छन्। हामीमा कुनै ँकन्Šयूजन’ छैन।

 

दुवैतर्फा सेना र हतियारको समस्या कसरी समाधान हुन्छ -

हतियार व्यवस्थापनबारे दलस“गको १२ बु“दे सहमति र त्यसको उच्च रूप शिखरवार्ताको ८ बु“दे सहमतिका आधारमा संयुक्त राष्ट्रसंघलाई अनुगमनको जिम्मा दिएर शान्तिपर्ूण्ा र स्वतन्त्रतापर्ूवक संविधानसभाको निर्वाचनबाट आएको परिणामका आधारमा सैन्य पर्ुनर्संरचनामार्फ समाधान गर्न सकिन्छ।

तपाईंका हतियार कहिले राज्यको ढुकुटीमा जान्छ

जब राज्य सा“च्चै पुनर्संरचित बन्छ, नेपाली जनताको हुन्छ, हाम्रा हतियार निश्चित रूपमा राज्यको ढुकुटीमा जान्छ। त्यसअगाडि नै राजा र निरंकुश शक्तिहरू सत्तामा छउन्जेल हाम्रा हतियार जनतास“गै रहनेछन्।

सैनिक पुनर्संरचना र लोकतन्त्रीकरणको कुरा कसरी सम्भव छ -

नया“ बन्ने सेनाको लोकतन्त्रीकरण हुनु जरुरी छ। त्यो विशुद्ध ब्यारेकमा बस्ने सेना मात्रै हुनु हु“दैन, राजनीतिक रूपले प्रशिक्षित हुनर्ुपर्छ। मलाई लाग्छ, सेनाको लोकतन्त्रीकरण गर्ने विषयमा सात दल पनि मतभेद राख्दैनन्। पूरै सेनालाई लोकतन्त्रीकरण गर्ने सवालमा जनमुक्ति सेना राम्रो माध्यम बन्न सक्छ, आधार हुन सक्छ।

त्यो कसरी

पहिलो, लोकतन्त्र-गणतन्त्र सबै विषयमा वैचारिक रूपले प्रशिक्षित गर्न जरुरी छ, लोकतन्त्र-गणतन्त्र भन्ने के हो त - भन्ने विषयमा सेनाका कमान्डरदेखि सिपाहीसम्मलाई सिकाइनर्ुपर्छ। दोस्रो, त्यहा“ कायम पुरानो संरचना भत्काइनर्ुपर्छ, २ सय ३७ वर्षेखिको सेनाको इतिहास गौरवशाली होइन, कलंकित छ। सामन्ती अभिजात्य वर्ग मात्र कमान्डर बन्ने अरु सामान्य जनताका छोराछोरीलाई नोकरजस्तो व्यवहार गर्ने संरचना नै बनेर आएको छ। त्यो भत्काएर लोकतन्त्रका आधारमा सिपाहीको निगरानीमा कमान्डर बस्नर्ुपर्छ भन्ने खालको संरचना बनाइनर्ुपर्छ, त्यो नै लोकतन्त्रीकरण हो।

त्यसका लागि अहिलेका जर्नेलजति हटाइनुपर्छ। ँरिप्लेस’ गरेर त्यो ठाउ“मा जनपक्षीय खालका जर्नेल राखिदिऊ“। अनि नेपाली सेना र जनमुक्ति सेनालाई एउटै संरचनामा राखौं त्यहा“ ँडिबेट’ शुरू हुन्छ,

त्यही भित्रैबाट लोकतन्त्रीकरणको प्रक्रिया शुरू हुन्छ। हामी गएपछि त्यो काम गछौर्ं।

 तर्राईको समथर भू-भागबाट लिंकरोडहरू बनाएर अन्नबाली, फलफुल, जडीबुटी, चौबीस घण्टाभित्र देशको कुनै पनि कुनाबाट जहा कही कुनामा पुर्याउन सकियोस्। त्यसले देशलाई सानो एकाइमा परिणत गर्छ। पूव-पश्चिम समथर भूमिमा कम्तीमा एउटा रेल लाइन बनाउने योजना पनि तुरुन्त अगाडि बढाइनुपर्छ। त्यसपछि धेरै साना जलविद्युत् योजना र केही ठूला जलविद्युत् योजनाका माध्यमबाट रोजगारी सिर्जना गर्ने। केही ठूला उद्योग सञ्चालनका योजना थाल्न सक्यौं भने दुइवटै पञ्चवषर्ीय योजनामा यो देश कहा पुग्छ भन्ने चित्र स्पष्ट देखेका छौं। हामी दुइ करोड नेपालीलाई विकासका योजनामा अभियानका रूपमा प्रयोग गर्न सक्छौं

 

त्यसका लागि दलहरू तयार होलान् भन्नेमा विश्वास लाग्छ - यो दलप्रतिको विश्वास-अविश्वासभन्दा जनताको चेतनाका आधारमा भनिराखेका छौं कि यो सबै कुरा गर्न सकिन्छ र गर्नैपर्छ।

सात दलका नेताहरूले अहिले नै ठूलो भूल गरे, सेनाका ठूला हाकिमहरूलाई कारबाही गरेको भए सेनाको लोकतन्त्रीकरण प्रक्रिया राम्रोस“ग अगाडि बढ्न सक्थ्यो तर, त्यो गर्न सकेनन्। हामीले निरन्तर दबाब दिइर³यौं बालुवाटारको शिखर बैठकमा समेत सेनामा हो है कारबाही गर्ने भन्यौं, तर सेरेमोनियल किङको मानसिकता बोकेकाहरूबाट कारबाहीको स्थिति रह“दैन।

राजावादीहरू र सैनिक व्रि्रोहको कुरो नि

गिरिजाले भनेजस्तो व्रि्रोह हुने अवस्था छैन। भइहाले पनि त्यसलाई नेपाली जनताले राम्रैस“ग कुल्चन सक्छ। नेपाली जनताको राजनीतिक चेतना यति माथि उठेको छ कि त्यहा“ सेनाको कुनै सेक्सनले व्रि्रोह गर्न खोज्यो भने झन् छिटो गणतन्त्र आउ“छ भन्ने लाग्छ। त्यसमा डराउनै पर्दैनथ्यो। तर, सात पार्टर्ीी नेताहरू डराए।

सत्तामा जाने अनि दुवै सेना तपार्इंहरूले चलाउने

त्यो अवस्था नआओस् भनेरै अन्तरिम सरकार प्रक्रिया गठनस“गै दुवै सेनालाई संयुक्त राष्ट्रसंघको अनुगमनमा राख्ने काम होस् भनिएको हो।

त्यसो भए अन्तरिम सरकारअघि नै सैनिक एकीकरण गरिदिए हुन्न

हामी ँओपन’ छौं र भनिपनि राखेका छौं, एकीकरणको प्रक्रिया थाल्ने हो भने हाम्रोतर्फाट कुनै बाधा छैन। तर, हामीले जे देखिरहेका छौं त्यहा“ जनताको ँमोरल प्रेसर’ बिना गाह्रो देखि“दै छ। हामी त जनआन्दोलनको म्यान्डेटअनुसार अहिलेका सेनाका जर्नेलहरू कारबाहीमा पर्नुपर्छ, उनीहरूले गरेका अपराधअनुसार कारबाहीको प्रक्रिया कानुनी रूपले थाल्नर्ुपर्छ भनिरहेका छौं। बा“की रहेका जागिरे सेना र लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्दै आएको जनमुक्ति सेनाबीच अहिल्यै र्ँमर्ज’ गर्न हामीलाई आपत्ति छैन। तर, सात पार्टर्ीीयसका लागि तयार देखि“दैनन्। अन्तर्रर्ााट्रय शक्तिकेन्द्र पनि त्यसका लागि तयार छैन। त्यसैले त्यो स्थितिमा सबैलाई मान्य हुने विधिबाट सैन्य पर्ुनर्संरचना गरौं भनेर भन्नुपर्ने अवस्था आएको हो। यस प्रक्रियाबाट सैन्य पर्ुनर्संरचना गर्न सात दल तयार भए अहिल्यै गर्न सकिन्छ, त्यसपछि संविधानसभाको निर्वाचनको प्रक्रियामा गए हुन्छ।

नेतृत्वचाहि“ कसले गर्ने

अहिलेका जर्नेलहरूलाई कारबाही गर्ने र जनमुक्ति सेनालाई सम्मानसाथ स्थान दिने ढंगबाट सोचिनर्ुपर्छ। गणतान्त्रिक चेतना भएकालाई सैनिक कमान्डिङ दिइनर्ुपर्छ। त्यो चेतना नभएकाहरूलाई प्रशिक्षित गर्दै सेनालाई लोकतन्त्रीकरण गर्न देश एक ढिक्का हुनर्ैपर्छ। त्यस क्रममा नया“ बन्ने सरकारले दरबारियालाई पनि कारबाहीको आ“ट गर्नैपर्छ।

अन्तरिम संविधानमा राजाको स्थान के हुन्छ

राजाको कुनै स्थान हु“दैन। यदि कुनै स्थान राख्ने प्रयास भयो भने त्यो हामीलाई मान्य हुनेछैन। राजाको ठाउ“ जनतालाई रोज्न दिने गरी खुला भने राख्न सकिएला। तर, हामी सेरेमोनियल किङ मान्छौं भनेर संविधानमा उल्लेख गर्न सकि“दैन। त्यसमा हाम्रो ँरिजर्वेसन’ हुन्छ। अहिलेदेखि नै गणतन्त्र हुनर्ुपर्छ भनेर जान्छौं।

अन्तरिम सरकारमा जा“दा त राजा मानिने भो नि

गणतान्त्रिक मत दर्ता गरेर जनतालाई रोज्ने ठाउ“ दिएको अन्तरिम संविधान बनाएपछि मात्र हामी सरकारमा सामेल हुने हो। त्यसमा सेरेमोनियल किङसमेतको उपस्थिति हु“दैन। गणतन्त्रको धार सोझिएको हुन्छ। सात दल सहमत भएको भए राजा इतिहासको विषय भइसक्थ्यो। तर, अन्तरिम संविधानले त्यसको स्पष्ट संकेत गर्नेछ।

सरकारमा जान किन हतारो

सत्तामा जा“दा मात्र निष्पक्ष र स्वतन्त्र चुनाव गर्न सकिन्छ भन्ने विश्वास भएपछि सरकारमा सामेल हुने निर्ण्र्ाागरेका हौं। हाम्रो क्रान्तिकारी जनपरिषद्का वरिष्ठ सदस्यहरू मध्येबाटै अन्तरिम सरकारमा सहभागिता जनाउनुहुनेछ।

अध्यक्ष प्रचण्डको परिकल्पनामा कस्तो नेपाल छ -

राजनीतिक रूपमा २ सय ३७ वर्षपुरानो राज्यसंरचना पूरै भत्किएको, नया“ बनेको, राजतन्त्रात्मक राज्य संरचनाले उत्पीडनमा पारेका सबै वर्गहरूले उन्मुक्ति पाएको, सबै जनजातिले उन्मुक्ति पाएको परिकल्पना हामीले गरेका छौं। दलित र महिलाले विशेषाधिकार पाएर राज्यको मालिक बनेको अनुभूति गरेको नेपालको कल्पना गरेको छु। राज्यमा त्यो संरचना भइसकेपछि जब यो राज्यको हामी मालिक भयौं भन्ने बोध मेचीदेखि महाकालीसम्मका उत्पीडित समुदाय, श्रमजीवी जनतामा हुन्छ, त्यसपछि विकासको गति तीव्र बन्छ।

त्यो अवस्थापछिको दश वर्षभत्र यो देशलाई स्वीजरल्यान्डको हाराहारीमा पुर्‍याउन सकिन्छ। त्यो साधन-स्रोत श्रम र संर्घष्ा गर्ने क्षमता नेपाली जनतामा छ, नेपालस“ग छ। नया“ राजनीतिक संरचनापछि जनतामा अधिकार सम्पन्नताको ऊर्जा पैदा हुन्छ, हामी सबै देशका मालिक बन्यौं भन्ने भावना बन्छ। राजा-महाराजाको सम्पत्ति राष्ट्रियकरण गर्ने हाम्रो स्रोतमा त्यो पु“जी प्रयोग हुन्छ। राज्यले सञ्चालन गर्न नसकेका ठूला-ठूला नोकरशाह पु“जीपतिहरू जो दरबारिया वर्गमै छन्, तीनको सम्पत्ति पनि राष्ट्रियकरण गरिनुपर्छ।

छिटो-छिटो विकासको क्रम अघि र्सार्न मैले अर्थात् मेरो पार्टीी देखेको सपना के हो भने एउटा अर्को पूव-पश्चिम राजमार्ग चुरेको माथिल्लो भागबाट बनाउनु जरूरी छ। त्यसका लागि विदेशी सहयोग पनि हामी सत्तामा पुगेपछि जुटाउन सक्छौं भन्ने विश्वास छ। तर्राईको समथर भू-भागबाट लिंकरोडहरू बनाएर अन्नबाली, फलफुल, जडीबुटी, चौबीस घण्टाभित्र देशको कुनै पनि कुनाबाट जहा“ कही कुनामा पुर्‍याउन सकियोस्। त्यसले देशलाई सानो एकाइमा परिणत गर्छ। पूव-पश्चिम समथर भूमिमा कम्तीमा एउटा रेल लाइन बनाउने योजना पनि तुरुन्त अगाडि बढाइनर्ुपर्छ। त्यसपछि धेरै साना जलविद्युत योजना र केही ठूला जलविद्युत योजनाका माध्यमबाट रोजगारी सिर्जना गर्ने। केही ठूला उद्योग सञ्चालनका योजना थाल्न सक्यौं भने दर्ुइवटै पञ्चवषर्ीय योजनामा यो देश कहा“ पुग्छ भन्ने चित्र स्पष्ट देखेका छौं। हामी दुइ करोड नेपालीलाई विकासका योजनामा अभियानका रूपमा प्रयोग गर्न सक्छौं। युद्धका क्रममा त सडक निर्माणलाई अभियानका रूपमा अगाडि बढायौं भने सत्तामा गएपछिको स्पष्ट मार्गचित्र हामीस“ग छ।

परिकल्पनाको कुन चरणमा हुनुहुन्छ

नजिकै आइसकेका छौं। यसलाई अब कसैले रोकेर रोक्न सक्दैन। नेपाली जनताले राजाको शासन पनि हेरे। संसदीय पार्टर्ीीे सरकारलाई पनि देखे, नेपाली जनताले सकारात्मक रूपमा पनि र राजनीतिक खेमामा अलिकति नकारात्मक रूपबाट पनि माओवादी सत्तामा जान कसैले रोक्ने अवस्था छैन। रोक्न खोजे भने झन् छिटो व्रि्रोह हुन्छ भन्ने हामीले देखिसकेका छौं।

अमेरिकाले नेपालमा हस्तक्षेप गर्न खोज्यो भने विश्वक्रान्ति अगाडि बढ्नेवाला छ नेपालबाट। भारतले हस्तक्षेप गर्‍यो भने दक्षिण एसियामा क्रान्ति फैलन्छ, नेपाल दब्नेवाला छैन। नेपालजस्तो भूगोलमा छ नि त्यसैले त्यो सावित गर्छ।

पृथ्वीनारायण शाहले भनेजस्तो नेपाल दुइ ढुंगाबीचको तरुल होइन, दुइ   ढुंगाबीचको ँडायनामाइट’ हो। त्यो पड्क्यो भने ती दुबै ढुंगा टुक्रा-टुक्रा हुनेवाला छन्। होसियार हौं, विचारको शक्ति अणु बमभन्दा शक्तिशाली हुन्छ, अब हामीलाई जिस्क्याउन खोजे भारत पनि फस्छ, अमेरिका पनि। 

माओवादी फेरि हिंसात्मक व्रि्रोहमा र्फकला

विदेशी तत्त्वलाई, सामन्तीहरूलाई सहयोग पुग्नेगरी हामी हतियार उठाउने पक्षमा छैनौं। हामीले पहिलो वार्तामै शान्तिपर्ूण्ा रूपमा संविधानसभाको निर्वाचन भनेका थियौं। पुरानो सत्ताले मानेन, दलहरू सहमत भएनन्। हामीले दाङ हान्यौं। माओवादी खुला राजनीतिमा आए भने हामी सिद्धिन्छौं भन्नेहरूले हामीले ब्यारेक कब्जा गरेपछि अब सिंहदरबारको कुर्ची सुरक्षित रहेको ठान्ने गरेको पाइयो। अहिले अमेरिकी राजदूतले भरपर्नु हु“दैन भन्दै प्रशिक्षित गर्ने प्रयास गरिरहेका छन्। उनीहरूसहित त्यो खालका प्रवृत्तिहरूले हामीले तुरुन्त हतियार उठाइदिए हुन्थ्यो भन्ने चाहन्छन्।

यो स्थितिमा मैले नेपाली जनतालाई भनेको छु १९ दिन होइन २९, ३९ र जरूरी परे ५९ मात्रै होइन कति दिन पर्छ उठ्न तयार हुनुपर्छ।

 आन्दोलन कस्तो हुन्छ

१९ दिनकै स्वरूपमा आन्दोलन लैजाने हाम्रो प्रयास हुनेछ। हामी हतियार उठाएर विदेशी शक्तिकेन्द्र र प्रतिक्रियावादीहरूलाई फाइदा उठाउन दिनेवाला छैनौं। तर, त्यो आन्दोलन बढ्दै जा“दा उनीहरूले ठूलो स्केलमा जनतालाई मार्न थाले भने हामी प्रतिरोधका लागि हतियार लैजान बाध्य हुनेछौं, अन्तिम अवस्थासम्म त्यो स्थिति नआओस् भनी हामी कोसिस गर्नेछौं। आन्दोलनका क्रममा कत्लेआम गर्न थालेपछि निःशस्त्र जनतालाई मर्न छाडेर हामी चुप लाग्ने अवस्था हु“दैन। त्यो अवस्थामा जनताको व्रि्रोहमा हाम्रो सेना पनि संलग्न हुन्छ। त्यो व्रि्रोह रूसको अक्टोबर क्रान्तिजस्तो पनि हुनसक्छ।

हामी चाहन्छौं, संविधानसभाको निर्वाचनमार्फ शान्तिपूण्ा ढंगले निकास निस्कियोस्। त्यसरी हु“दैन भने शान्तिपर्ूण्ा जनव्रि्रोहमार्फ निकास होस्। शान्तिपूण्ा जनव्रि्रोहमा पुरानो सेनाले हत्या गर्न थाल्छ भने त्यहा“ निश्चितरूपमा हाम्रा जनमुक्ति सेनाको संलग्नतासाथ सशक्त र ठूलो सशस्त्र व्रि्रोहका रूपमा परिणत हुन सक्छ। त्यतिबेला हामी चुप लागेर बस्नेछैनौं। त्यो स्थिति नआओस् भन्नेमा सबै गम्भीर हुनुपर्छ।

त्यस्तो अवस्था कतिबेला आउछ -

संविधानसभाको निर्वाचनमार्फ निकास दिनेमा षड्यन्त्र भयो भने हतियार उठाउन बाध्य हुनेछौं। तर, नेपाली जनताको शान्ति र अग्रगमनको चाहनाका लागि हामी दृढता र लचकताको पराकाष्ठामा जान तयार छौं।

लचकताको पराकाष्ठा भनेको संविधानसभाको निर्वाचनका लागि जे-जस्ता त्याग गर्नुपर्छ त्यसको तयारी भनेको हो। दृढताको पराकाष्ठा भनेको यदि षड्यन्त्र हुन्छ भने भीषण सशस्त्र व्रि्रोहको माध्यमबाट काठमाडौं कब्जा गर्ने हो।।

 हामी त जनआन्दोलनको म्यान्डेटअनुसार अहिलेका सेनाका जर्नेलहरू कारबाहीमा पर्नुपर्छ, उनीहरूले गरेका अपराधअनुसार कारबाहीको प्रक्रिया कानुनी रूपले थाल्नुपर्छ भनिरहेका छौं। बा“की रहेका जागिरे सेना र लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्दै आएको जनमुक्ति सेनाबीच अहिल्यै र्ँमर्ज’ गर्न हामीलाई आपत्ति छैन। तर, सात पार्टीीयसका लागि तयार देखि“दैनन्। अन्तर्रर्ााट्रय शक्तिकेन्द्र पनि त्यसका लागि तयार छैन। त्यसैले त्यो स्थितिमा सबैलाई मान्य हुने विधिबाट सैन्य पुनर्संरचना गरौं भनेर भन्नुपर्ने अवस्था आएको हो। यस प्रक्रियाबाट सैन्य पर्ुनर्संरचना गर्न सात दल तयार भए अहिल्यै गर्न सकिन्छ, त्यसपछि संविधानसभाको निर्वाचनको प्रक्रियामा गए हुन्छ।

नेपाल समाचारपत्र/झलक गैरे

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/25/p111/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft