क्रान्तिकारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन -क्रान्तिकारी)को सत्रौं राष्ट्रिय सम्मेलन आउँदो असोज २ गतेदेखि काठमाडौंमा हुने भएको छ । क्रान्तिकारीको शनिवार सम्पन्न दर्ुइदिने पर्ूण्ा वैठकपछि आइतवार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।पत्रकार सम्मेलनमा अनेरास्वियुका अध्यक्ष लेखनाथ न्यौपानेले १२ बुँदे समझदारीको आडमा सम्पन्न ऐतिहासिक जनआन्दोलनमा अभिव्यक्त जनभावना अनुरुप भइरहेको सरकार-माओवादी वार्ता सकारात्मक र स्वागतयोग्य भएको बताउनुभयो ।नेताहरुबीचको शिखर वार्तापछि जारी आठबुँदे समझदारीविरुद्ध आइरहेका टिप्पणीको वेवास्ता गर्दै अविलम्व संविधानसभाको निर्वाचन मिति घोषणा गर्नसमेत उहाँले माग गर्नुभयो ।
वर्तमान शैक्षिक प्रणालीलाई युगअनुकुल परिमार्जन गर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनमुखी पाठ्यक्रमको निमार्ण्र्ााद्वैध शिक्षा प्रणालीको खारेजी, शैक्षिक निजीकरण र व्यापारीकरणको अन्त्य लगायतका विषयमा सत्रौं राष्टिय सम्मेलनमा छलफल गरिने बताइएको छ ।
