Google
 

June 26, 2006

माओवादीका जनसैनिकहरु खेत रोपाइँमा

Filed under: Article/लेख

जनसेनालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा व्यापक बहस चलिरहँदा मध्यपश्चिमको दुर्गम जिल्ला रुकुमका माओवादी जनसेना अहिले खेत रोपाइँमा जुटेका छन् । देशमा स्थायी शान्तिका बहाली गर्नका लागि सरकार-माओवादीबीच शान्तिवार्ता चलिरहेका बेला हतियार बिसाएर फुस्रदिला बनेका माओवादीका जनसैनिकहरु अहिले खेत रोपाइँमा जुटेका हुन् ।
जीउमा माथिल्लोपट्टि टि-सर्ट र तल युद्धका बेला लगाइने कम्ब्याट ड्र ेस नै लगाएर जेठ महिनाको प्रचण्ड गर्मीमा शरीरबाट खलखल्ती निस्किरहेको पसिनाले माटो भिजाउँदै एकोहोरो रुपमा कोदालाले भुइँ फुटालिरहेका माओवादी जनसेनालाई पहिलो पटक झट्ट देख्ने जो सुकैलाई पनि अचम्म लाग्न सक्छ । बाहिरी मात्र होइन खोलीगाउँकै स्थानीय बासिन्दा समेत माओवादी जनसेनाको यो रुप देखी आपुूहरुलाई आश्चर्य लागेको बताउँछन् ।
ुहिजोसम्म हातमा हतियार समातेर युद्धमोर्चामा बस्नेहरु आज कुटो कोदालो समातेर यस्तो टन्टलापुर घाममा खनजोत गरेको देख्दा हामीलाई पनि अचम्म मात्र होइन खुसी पनि लागेको छु स्थानीय एक वृद्धले भने ुअब यी हतियार चलाउने हातहरुले हतियार छाडी बरु हलोजुवा नै भए पनि चलाएको हेर्ने मन छ त्यो स्थिति चाँडै आओस् ।ु आपुूले विगत ११ वषे ्र अवधिमा हत्यािहंसाका धेरै घटना देखे-सुनेको बताउने ती वृद्धले कामना गरे ुरगत जसको बगे पनि मन सबैको भतभती पोल्दो रैुछ । अब यो माटो रगतले होइन पसिनाले भिजोस् ।
अब मुलुकमा दिगो शान्ति कायम हुने आशामा रहेका माओवादी सैनिक आपुूहरु अहिले फुस्रदमा भएकाले खाली समय सदुपयोग गर्न रोपाइँमा जुटेको बताउँछन् । ुहतियार मात्र चलाइरहँदा कुटो कोदालो चलाउन बिसर्िए कि जस्तो लागेको थिए धन्न बिसे ्रको रहेनछु ।ु खनिरहेका एकजना माओवादी सैनिकले एक हातले निधारको पसिना पुछ्दै भने ुआपुू त किसानको छोरो परियो सानैदेखि गरिआएको काम कसरी भुल्न सकिन्थ्यो र
धेरै वर्षपछि रोपाइँका लागि तयार पारिएको हिलाम्मे खेतमा खुट्टा हालेको बताउने एक महिला छापामारले भने अहिलेको रोपाइँले आफ्नो घरको रोपाइँको सम्झना ताजा गराएको अनुभव बताइन् । ुमलाई त यो रोपाइँले घरको सम्झना पो गरायो ।ु उनले भनिन् ुअघिल्ला वर्षका रोपाइँ देख्दा पनि कटक्क मन खान्थ्यो एकै छिनका लागि भए पनि हतियार राखेर बीउ समातौं कि जस्तो पनि लाग्थ्यो ।ु भूमिगत अवस्थामा हतियारसँग मात्र खेल्न पाउने माओवादी सैनिकहरु अहिले एकपटक फेरि कुटो कोदालो र हलोजुवासँग साइनो गाँस्न पाउँदा निकै खुसी र उत्साहित देखिन्थे । एकले भने ुशान्ति प्रकि्रया अघि बढेकै छ । अब यसरी नै कुटाकोदालो गर्ने दिन फिर्लान् नि
अहिलेको वार्ता सफल भई मुलुकमा शान्ति वहाली होला भन्ने आशा माओवादी सेनामा जत्तिको छ त्योभन्दा बढी शंका पनि । दिगो शान्तिको कामना गर्दै दुर्गम भेगमा खेत रोपाइँमा जुटेका यी माओवादी सैनिकहरुमध्ये स्थायी शान्ति स्थापना हुने कुरामा भने अझै पनि शंका कायमै रहेको माओवादी सैनिक शिव बताउँछन् । ुशान्तिको लागि हामी जुनसुकै काम गर्न पनि तयार छौ ं तर शान्ति हुन्छ भन्ने कुरामा हामीलाई अझै शंका छु उनले भने । किन र के कारणले शान्ति स्थापना हुँदैन भन्ने कुराको जवाफ भने उनले दिन चाहेनन् ।
जनसेनाका कमान्डरहरु पार्टीको बैठकमा व्यस्त भएको हुनाले भेट्न नसकिए पनि फुस्रदमा रहेका माओवादी सैनिकहरु अहिले खेत रोपाइँमा मात्र होइन भूमिगत युद्धको लामो समयपछि आफ्नो घर- परिवारसँग भेटघाटमा पनि गएको उनीहरु बताउँछन् । फुस्रदको समयमा जनमुक्ति सेना गोठाला कृषक र कार्यकर्ता जुनसुकै काम पनि गर्न तयार भएको खेत रोपाइँको एउटा उदाहरण भएको माओवादी सेनाका एक कमान्डरले बताए । त्यस क्षेत्रमा माओवादीले कब्जामा लिएको करिब ५० रोपनी जग्गामा अहिले दैनिक ९० जनाभन्दा बढी माओवादी सैनिकले काम गरिरहेका छन् । जसमा महिला र पुरुषको संख्या करिब बराबर रहेको छ ।
गणेशकुमार कार्की खोलीगाउँ समय

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/26/p114/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft