मोहनबिक्रमले बहिरगमनको बाटो रोजे- प्रकाश
नेकपा एकताकेन्द्र मसालका सहमहामन्त्री प्रकाशले संविधानसभा मार्फत पूर्ण लोकतन्त्र प्राप्तीका लागि वृह्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको आवश्यकता रहेको बताउनु भएको छ । भूमिगत रुपमा प्यूठानमा पहिलोपटक आउनु भएका प्रकाश पत्रकारहरुसँगको छाटो भेटघाटमा आफ्नै पार्टीका महामन्त्रीले पार्टीबाट बहिरगमनको बाटो रोजेको दावी गर्नुभयो । एम.वि.ले आफूलाई माओवादीको पिछलग्गु भन्ने आरोप नितान्त पूर्वाग्रही रहेको बताउनु भयो ।
प्रकाशले ँपूर्ण लोकतान्त्रिक व्यवस्था स्थापनार्थ माओवादी सहितको अन्तरिम सरकारको छिटो निर्माणमा जोड दिँदै ँसोही अन्तरिम सरकारले नै संसदको रिक्तता पूर्ति गर्ने दावी समेत गर्नुभयो । प्रकाशले संसदमा माओवादी नभएकाले उनीहरुलाई संबोधन विना समस्या समाधान नहुने बताउँनु भयो ।
सह- महामन्त्री प्रकाशले ँसंविधान सभाको चुनावबाट राजतन्त्रको अन्त्य र पूर्ण लोकतान्त्रिक गणतन्त्रको भविष्य सुदृढ रहेको दावी समेत गर्नुभयो । सो संविधान सभाको चुनावका लागि संयुक्त राष्ट्रसंघको उपस्थितिको बारेमा कतिपय कोण फैलाइएको शान्ति सेनाको उपस्थिति भन्नेहरुले गलत अर्थाइरहेको बताउनु भयो । ँराष्ट्र संघले त केवल मनिटिर· मात्र गर्ने हो’ उहाँको भनाइ थियो ।
आठ बुँदे सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक सिटौलाले हतियार व्यवस्थापन नभएसम्म माओवादी सहितको अन्तरिम सरकार नबन्ने कुराप्रति प्रकाश पार्दै सहमहामन्त्री प्रकाशले आठ बुँदे समझदारीको तोडमोडपारी व्याख्या गरेको आरोप लगाउनु भयो । उहाँले ँबरु संविधान सभाको निर्वाचन अगावै हतियार व्यवस्थापन गर्ने भनिएको हो’ भन्नुभयो ।
प्रकाशले वृहत लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा जोड िदंदै त्यसपछि मात्र क्रान्तिकारी वामपन्थी शक्ति बीचमा एकताको संभावना औंल्याउनु भयो । प्रकाशले अब वार्ता युद्धविराम भ· नहुनेमा विश्वास व्यक्त गर्दै उहाँले विभिन्न शक्तिकेन्द्रहरु वार्ता भंग गराउन लागि परिरहेको दावी गर्नुभयो । वार्तालाई सफल पार्ने कार्य त्यति सजिलो नभएको बताउँदै आसालाग्दो रेखा कोरिएको र त्यो मार्ग अगाडि बढ्ने विश्वास गर्नुभयो ।
