सेना र दरबारको खर्च नघट्ने

करिब २ अर्ब ५० करोड रासन र झन्डै १ अर्ब लुगा-जुत्तामा तिर्नुपर्छ । अन्य साधारण खर्च पनि उत्तिकै उच्च छ । मुलुकमा ९० हजार सेना छन् । तिनलाई घटाउन नसकिने भएकाले खर्चसमेत नघट्ने स्थितिछ । आउने वर्षका बढाएर बजेट दिन सेनाको माग गइसकेको छ । ‘बढाउन नसके पनि घटाउन पनि गाह्रै छ’, अर्थ मन्त्रालयका एक अधिकारी भन्छन् ।त्यस्तै दरबारको खर्च पनि खासै नघट्ने स्रोतले जनायो । राजप्रासाद सेवाका कर्मचारीलाई निजामती सेवामा ल्याउँदा केही घटेको देखिए पनि तिनीहरूलाई निजामतितर्फ तलब खुवाउँदा स्थिति ज्युँको त्युँ हुनेछ । ‘२५ प्रतिशत करबाट आउने राजश्वमात्र दरबारबाट झिक्ने खर्च हो’, स्रोत भन्छ ।
