Google
 

June 30, 2006

माओवादीका दुई जना कार्यकर्ताको विभत्स हत्या

कपिलवस्तु /समितिले मंगलबार राति कपिलवस्तुमा नेकपा माओवादीका दुई जना कार्यकर्ताको विभत्स हत्या गरेको छ । जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्र नजिकको हथिहवा गाविसका दुई गाउँमा दुई जना निशस्त्र माओवादी कार्यकर्तालाई खुकुरी र गोली प्रहार गरी हत्या गरिएको हो ।

मंगरबार राति एघारदेखि बाह्र बजेको बीचमा हथिहवारु३ का ३५ वर्षीय राजेन्द्र कुर्मी र हथिहवारु७ का ३० वर्षीय केशव भरुको हत्या भएको छ । मृतकका आफन्तले जनाएअनुसार राति करिब एक दर्जनको समूहमा आएका प्रतिकारवादीहरुले उनीहरुलाई घरबाट बाहिर निकाली नजिकैको सडकमा लगेर हत्या गरेका थिए ।

राजेन्द्रलाई धारिलो हतियारले छातीमा प्रहार गरिएको थियो भने केशवलाई छातीमा खुकुरीले र पिठ्युमा गोली प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलमा पुगेका साचारकर्मीलाई त्यहाँका स्थानीयवासीले जनाएअनुसार माओवादी कार्यकर्ता भएको र स्थानीय जनसरकारमा बसेको आरोपमा ती दुई व्यक्तिको हत्या गरिएको थियो ।

मृतक राजेन्द्र कुर्मीका एक छोरा दुई छोरी श्रीमती र बुबाआमा छन् भने मृतक केशवका दुई छोरा पाँच छोरी श्रीमती र बुबा छन् । ती दुई माओवादी कार्यकर्ताले हत्यापछि गाउँ भयभित छ । मृतकका परिवारमा रुवावासी चलेको छ । मृतक दुवै माओवादी निकट मधेशी राष्टिरुय मुक्ति मोर्चाका सदस्य हुन् । बुधबार बिहानै प्रहरी घट्नास्थलमा पुगेको भएपनि हत्यामा संलग्न कसैलाई समात्न सकेको छैन ।

यसैबीच घटनास्थलमा भेटिएका नेकपा माओवादीका जिल्ला कमिटी सदस्य इलियास मुसलमानले प्रहरी प्रशासनको संलग्नतामा आफ्ना कार्यकर्ताहरुको हत्या भएको दावी गरे । रुहामीलाई त लागेको छ प्रहरी प्रशासन पनि हत्यामा संलग्न छरु उनले भने रुत्यसो होइन भने सहमति भइसकेको विषयलाई कार्यान्वयन गर्न किन चासो दिइएको छैन ।

प्रतिकार समूहले गत जेठ १८ गते पनि कपिलवस्तुको फूलिकामा तीन वर्षीय नावालकको हत्या गरेको थियो । त्यसपछि माओवादी सातदल र सुरक्षा निकायका अधिकारीबीच प्रतिकार समितिमा संलग्न व्यक्तिलाई यथाशक्य छिटो पक्राऊ गरी कारबाही गर्ने सहमति भएको थियो ।

राजाको प्रत्यक्ष शासनकालमा प्रशासन र सुरक्षा निकायको संरक्षणमा काम गरेको प्रतिकारवादीहरुलाई आरोप लाग्दथ्यो । तर ऐतिहासिक जनआन्दोलनपछि पनि प्रतिकारवादीहरुका कि्रयाकलाप नरोकिएपछि यिनीहरुर्लाइ अझै कसैको संरक्षण मिलेको छ भन्ने प्रश्न उठेको छ । लवनी सुरक्षा वेस क्याम्पदेखि करिब पाँच किलोमिटर नजिकका गाउँमा मंगलबार राति घटना भएको थियो ।

माओवादीले प्रतिकारहरुलाई कि त प्रशासनले पक्राऊ गरी तुरुन्त कारबाही गर्नुपर्ने त्यसो गर्न नसके आफूहरुलाई जिम्मा दिनुपर्ने माग राखेका छ । रुआचारसंहिताको कारण हामीलाई कारबाही गर्न अप्ठ्यारो भएको छ यसको फाइदा उठाउने तत्वलाई कारबाही गर्नु प्रशासनको दायित्व हो माओवादी स्रोतको भनाइ छ । घट्नामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख जयबहादुर चन्दले बताउनुभयो ।

यसैबीच मानवअधिकार अनुगमन साजाल कपिलवस्तुले विज्ञप्ति निकाली घटनामा संलग्न अपराधीलाई अभिलम्व कारबाही गर्नुपर्ने माग राखेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/30/p126/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft