Google
 

June 30, 2006

जातीय मुक्तिप्राप्त गर्न हरेकजातिले राजनीतिक अधिकार प्राप्त गर्नुपर्छ- श्रीप्रसाद जवेगु, किराँतगणतन्त्र सरकार, का.वा. सभामुख

किराँत गणतन्त्र सरकार भन्नाले केलाई बुझ्ने ?
किराँत प्रदेशअर्न्तर्गतका सम्पूर्ण क्रान्तिकारी शक्तिहरूको सामूहिक संस्थाको रूपमा राज्यसत्ताको आवश्यकता पर्छ । त्यो राज्यसत्ताको भूमिका खेल्ने संस्था किराँत गणतन्त्र सरकार हो ।

यसले नेकपा (माओवादी) सँग कस्तो सम्बन्ध राख्छ ?
माओवादीसँग यसको नजिकको सम्बन्ध छ । मार्क्सवाद, लेनिनवाद र माओवाद तथा प्रचण्डपथको जरामा टेकेर किराँत गणतन्त्र सरकार निर्माण भएको हो । अहिलेको दुनियाँमा हरेक उत्पीडित जनसमुदायलाई मुक्ति दिलाउने पथपर््रदर्शकको रूपमा मालेमावाद र प्रचण्डपथ विकास भएकोले त्यसैको दिशानिर्देशमा यसको निर्माण भएको हो ।

किराँत गणतन्त्रका नीति निर्माणमा माओवादी नेतृत्वको भूमिका कस्तो रहन्छ ?
समग्रमा माओवादी नेतृत्वको भूमिका रहे पनि विशिष्टतामा किराँत गणतन्त्र सरकारको भूमिका हुन्छ । यसमा समग्रता र विशिष्टताको ‘फ्युजन’ बाट किराँत गणतन्त्र सरकारको समग्र नीति र योजनाहरू बन्छन् ।

किराँत गणतन्त्रको नेतृत्व स्वयं किराँतीले गर्छन् कि पश्चिम नेपालबाट आएकाहरूले ?
र्सवहारा अन्तर्राष्ट्रियवादको मूल्य-मान्यताअनुसार नेतृत्व किराँतीले नै गर्नुपर्छ भन्ने छैन । । तर, जुन अवस्थाको सिर्जना भइसकेको हुँदैन, समाजमा त्यतिखेर त्यो समाजले निश्चित र वस्तुगत अवस्था खोज्छ । अहिले किराँत प्रदेशको चेतना त्यो स्तरमा विकास भइरहेको छैन । त्यसैले, अहिले स्थानीय नेतृत्वले नै किराँत गणतन्त्र सरकारको नेतृत्व गर्छ । तर, स्थानीय नेतृत्वले सधैँभरि नेतृत्व दिन्छ भन्ने मूल मान्यता होइन । र्सवहारा मूल्य-मान्यताअनुसार हरेकबाट नेतृत्व प्रदान हुँदै जान्छ ।

त्यसो भए किराँत क्षेत्रमा पनि स्थानीय बासीलाई झोला बोक्ने कार्यकर्ता बनाइन्छ ?
वास्तवमा हामीलाई त्यस्तो लाग्दैन । किराँतीहरूलाई राजनीतिक, आर्थिक र भोटबैंकको रूपमा स्थापित गरियो र राजनीतिक फाइदा लिने एउटा सिंढीको रूपमा राजनीतिक दलहरूले इतिहासदेखि उपयोग गर्दै आएका हुनाले त्यस किसिमको आशंका पैदा हुनु स्वाभाविकै हो । तर, १० वर्ष आन्दोलनमा स्थानीय किराँतीहरूलाई झोलामात्र बोकाउने, नेतृत्वचाहिँ बाहिरबाट आउने भन्ने देखिएको छैन । हामी स्वयं त्यसभित्र छौँ । हामी स्वयंले त्यसको नेतृत्व गरेकाले यस प्रकारको चर्चा वाहियात हो भन्ने लाग्छ ।

तर, तपाईंहरूको क्षेत्रबाट पश्चिमका बादलले कमान्ड सम्हालेका छन् नि ?
उहाँ त्यहाँ जानुभएको छ । उहाँले विचारको नेतृत्व गर्नुहुन्छ । हामी यो देशको मात्र होइन, जनपक्षीय भएर अन्तर्राष्ट्रिय विचारलाई पनि मान्न सक्छौँ । जुन र्सवहारा मूल्य-मान्यतामा उठेको एउटा प्रणाली भन्ने बुझ्नुपर्छ । यसले वा उसले नेतृत्व गर्यो भन्दा पनि २१औँ शताब्दीको आम जनसमुदायको मुक्ति गर्ने वैधानिक आधार जसले बोक्छ, हामी त्यसैलाई मान्छौँ । वैचारिक नेतृत्वकै आधारमा ‘बादल’ त्यहाँ खटिनुभएको हो । त्यसैले, हामी बादललाई बाहिरबाट आएको मान्दैनौँ ।

त्यसो भए पहिलेदेखि नै किराँत क्षेत्रको मुक्तिका लागि क्रियाशील रहनुभएको गोपाल खुम्बुको नेतृत्व असफल भएर बादल त्यहाँ खटिनुभएको हो ?
गोपाल खुम्बुको नेतृत्व असफल भएर बादललाई त्यहाँ पठाइएको होइन । नेतृत्वका निश्चित-निश्चित विभाग हुन्छन् । सबै विभागमा नेतृत्व गर्न किराँतीहरूको चेतनाको स्तर विकास हुन अझै बाँकी छ । र, त्यो विकास हुने समयसम्म अन्य ठाउँबाट पनि वैचारिक सहयोग लिनुपर्ने हुन्छ । गोपाल खुम्बु पनि एउटा विभागका नेता हुनुहुन्थ्यो । अहिले पनि हामी किराँत गणतन्त्र सरकारको अध्यक्षको रूपमा उहाँलाई मानेका छौँ ।

तर, राजनीतिक फाँटसँगै सेना पनि पश्चिमबाट पूर्व लगिएको छ नि ?
हामीले पश्चिमबाट नेतृत्व गरेर सेना लगेका छौँ भन्ने लाग्दैन । हुन सक्छ, निश्चित अवधिका लागि सेनाको नेतृत्व विकास नहँुदासम्म पश्चिम वा एबीसी जुनसुकै ठाउँबाट पनि आउन सक्छ । त्यो पनि र्सवहारा मूल्य-मान्यताअनुसार त्यहाँको सेनापंक्तिमा नेतृत्व विकास गर्न आउँदैन भन्ने होइन । तर, अहिले त्यस्तो नेतृत्व विकास भएको छैन । अहिले त्यहाँ किराँत प्रदेशअर्न्तर्गतकै उत्पीडित जनसमुदायअर्न्तर्गतका व्यक्तिले सेनाको कतिपय कमान्डको नेतृत्व गरिरहनुभएको छ ।

किराँत प्रदेशमा अहिले माओवादीका कुन-कुन डिभिजन सक्रिय छन् ।
अहिले किराँत क्षेत्रमा पहिलो र दोस्रो डिभिजन सक्रिय छन् ।

तीन डिभिजनमा स्थानीय किराँत समुदायका व्यक्तिहरूको स्थान कहाँ छ ?
त्यसमा कतिपय कुरा प्राविधिक छन् । तर, समग्रमा सबै तह र तप्कामा किराँतीहरूको उपस्थिति छ, साधारणदेखि कमान्डिङ स्तरसम्म । किराँत प्रदेशको जनमुक्ति सेनामा किराँतीहरूले विकास गरी नेतृत्व सम्हाल्न भरमग्दुर प्रयास जारी छ ।

सरकार बनिसकेपछि गैरकिराँती अर्थात् ब्राह्मण, क्षेत्री र अन्य जातिलाई खेद्ने काम त हुँदैन ?
हामीले त्यस्तो गर्ने हो भने एक्काईसौँ शताब्दीमा जातीय मुक्ति गर्न सक्तैनौँ । जातीय मुक्तिप्राप्त गर्न हरेक जातिले राजनीतिक अधिकार प्राप्त गर्नुपर्छ । राजनीतिक अधिकारअर्न्तर्गत एउटा जातिले अर्को जातिलाई खेद्ने भन्ने हुँदैन । बरु, त्यहाँका ऐतिहासिक आदिवासी किराँत र बाहिरबाट आएका अन्य जातिबीचको सम्बन्धलाई अझ मजबुत र सबल बनाउने हाम्रो मूल लक्ष्य छ ।

माओवादीको केन्द्रमा किराँत प्रदेशको नेतृत्व कति प्रतिशत छ ?
प्रतिशतभन्दा पनि किराँत जातिका बढीभन्दा बढीलाई केन्द्रीय समितिमा लैजानुपर्छ भन्ने पार्टीको मूल धारणा छ । तर, त्यस कुरामा हामी जान सकेका छैनौँ । त्यसका लागि हामीले विचारको विकास गर्नर्ुपर्छ । हाम्रो विकास प्रक्रिया र पार्टीको भावनाबीच ‘फ्युजन’ भएमा पार्टी सहभागी हुन नेतृत्वको प्रतिशत नसोचिएको मात्रामा बढ्न सक्नेछ ।

KTMTODAY

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/30/p127/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft