Google
 

July 14, 2006

संविधानसभा बिथोलिए पुनः जनविद्रोहको बाटो

नेकपा माओवादीका केन्द्रीय सदस्य मात्रिका यादवले संविधानसभाको प्रक्रिया बिथोलिए आफूहरुले पुनः जनविद्रोहको बाटो अँगाल्ने चेतावनी दिनुभएको छ ।  आज राजधानीमा नेता यादवले संविधानसभामा जाने प्राथमिक सर्तहरु पुरा हुन नसकेको बताउँदै जनआन्दोलनको म्याण्डेटप्रति सरकार तथा दल गम्भीर नभएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीलाई ८ बुँदे सहमतिमा सही गरेपनि संसदीय दल संसद विघठन गर्न नमानिरहनुमा दलहरुबीच नीतिगत भिन्नता देखा परेको उहाँको भनाइ थियो । यसप्रकारको विरोधाभाषपूर्ण परिस्थितिले संविधानसभासम्म पुग्ने बाटोमा अवरोध सिर्जना गर्नसक्ने भएकाले यसप्रति सबै सचेत रहनुपर्ने यादवले बताउनुभयो ।

यादवले अन्तरिम संविधान नै मुलुकको समस्या जड राजतन्त्रलाई उखेली सबैले लोकतान्त्रिक गणतन्त्रमा सहमति जनाउनुपर्ने आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । आन्दोलनविरोधी शक्तिहरुको चलखेल रोक्न मुलुकलाई संविधानसभासम्म पुर्‍याउन जनताको आन्दोलन तथा खबरदारीको खाँचो यादवले औल्याउनुभयो । माओवादी नेता यादवले संविधानसभाको निर्वाचन पूर्व देशमा उपेक्षित मधेशी जातिलाई सरकारले गाउँमै गएर नागरिकता उपलव्ध गराउनुपर्नेमा जोड दिनुभयो । त्यसो नगरिए कोही पनि मधेशी जनताले निर्वाचनमा भाग नलिने उहाँले चेतावनी दिनुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/07/14/p154/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft