संघीय प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना र राजतन्त्रको समाप्ति गरेपछि मात्र मधेशले मुक्ति पाउँछ- मात्रृका यादव
प्रश्नः- अब मधेशलाई राज्यको पुनःसंरचनामा कुन रुपमा लिएर जाने योजना छ -
उत्तरः- नेपालमा सबैभन्दा उपेक्षित, शोषित, अपहेलित र उपेक्षित मधेश हो । अर्को भाषामा भन्ने हो भने मधेस गोर्खा राज्यको हमेसा आन्तरिक उपनिवेश भएको छ । राज्यले अहिलेको खश ब्राहृमणवादी उच्च पहाडिया सत्ताले मधेशीहरूलाई जहिले पनि दर्ुइ नम्बरको नागरिक र मधेशलाई उपनिवेश र लुट्ने काम गरेको छ । मधेशीहरूलाई कहिल्यै पनि राष्ट्रले दिनुपर्ने सम्मान दिएको छैन् । मधेशीहरूको पहिचान स्वाभिमानको समस्याको समाधानका लागि राज्यको पुनःसंरचनाना नै हाम्रो मुख्य एजेण्डा हो । मधेशी मुक्तिको सवालमा आत्मनिर्ण्र्ााो अधिकार, सुशासन, समानुपातिक प्रतिनिधित्वको निमित्त संघीय प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना र राजतन्त्रको समाप्तिको व्यवस्था संविधानकालमा नै गरेपछि मात्र मधेशीले मुक्ति पाउँछ भन्ने हाम्रो धारणा छ । अहिलेका पुरानो राज्य संरचना भेदभावपर्ूण्ा छ । खासगरी सरकारमा, सेनामा, कर्मचारीतन्त्रमा हेनुहोस्, कतै कोही मधेसी छ भने त्यो पनि ‘शो पिस’ को रुपमा मात्र छ । त्यसैल,े हाम्रो भनाइ के हो भने सभानुपातिक प्रतिनिधित्वका क्रममा संख्याको हिसाबले प्रत्येक निकायमा मधेशीहरूको प्रतिनिधित्व हुनर्ुपर्छ, त्यो मधेशीहरूको अधिकार हो ।
प्रश्नः- मधेशीहरूको पहिचानको संकट छ भनेर भन्नुहुन्छ, मधेसी पनि यस राष्ट्रका हुन् भन्ने नै कहींँ प्रतिबिम्बित हँुदैन भन्नुहुन्छ, त्यसका केही उदाहरण बताइदिनुहुन्छ कि -
उत्तरः- निश्चित रुपमा मधेशीहरूलाई एकातिर यहाँका शासकवर्ग विदेशी मूलका भन्ने गर्दछन् भने अर्कोतिर विस्तारवादी भारतका शासकहरू पनि भारतीय मूलका भनेर सम्बोधन गर्छन् । तर हामी दुवैले भने जस्तो होइनौं ।
प्रश्नः- दुवै होइनौं भन्ने कुराको प्रमाण के छ -
उत्तरः- पहिले मध्य देश थियो, यसको इतिहास छ । त्यसपछि तिरहुत राज भयो । त्यसपछि कपिलवस्तुमा विराटराज थियो । त्यसको केही भाग पहिले बृटिसको पालामा भारततिर गाभियो । कहिले गोर्खा राजको विस्तार गर्ने क्रममा नेपालतिर गाभियो । त्यो भूभाग चाहिँ सधैं छिनाझपटीमा पर्यो । पछि यहाँका शासकहरूले भारतीय स्वतन्त्रता संग्रामलाई दबाउन बृटिस सरकारलाई सहयोग गर्न यहाँबाट सेना पठाए । त्यसपछि यो भूभागलाई पुरस्कारको रुपमा दिइयो । तर यता आएपनि यहाँका शासकहरूले मधेशीहरूलाई कहिले पनि नेपालको नागरिक हो भन्ने हिसाबले व्यवहार गरेनन् गैरनागरिक सरह व्यवहार गरे । मधेश एउटा राष्ट्र हो, त्यहाँ मधेशको आफ्नो भूगोल छ । आफ्नो भाषा छ, आफ्नो आर्थिक स्रोत छ । हरेक किसिमले मधेश एउटा राष्ट्रको रुपमा रहेको छ ।
प्रश्नः-मधेशलाई एउटा सिंगो राष्ट्र भन्ने हो भने नेपालमा विभिन्न पार्टर्ीी मधेशको नाउँमा राजनीति गर्दैछन्, विभिन्न संस्थाहरू छन् । उनीहरूले सिंगो वा एकीकृत मधेशको अवधारणा प्रस्तुत गर्ना साथ त्यससँगै हिन्दीलाई लिएर आएका छन् । यो आम मानिसलाई सम्बोधन गर्न कति र्समर्थ हुन्छ -
उत्तरः- भाषाको सवालमा त्यति संकर्ीण्ा बन्नु हुँदैन जस्तो लाग्छ । खस ब्राहृमणवादी पहाडिया सत्ताले जहिले पनि अरु भाषालाई समाप्त पार्ने र एउटा भाषा, एउटै जातको शासन, एउटै संस्कृति, एउटै भेष लाद्ने प्रयत्न गरिएको छ, त्यसले आम नेपालीमा, खास गरेर पहाडिया नेपालीहरूमा हिन्दी भाषा बोल्दैमा विस्तारवादीको आरोप लगाउने गर्छन् । हामी शुद्ध मैथिली पनि बोल्दैनौं, शुद्ध अवधि पनि बोल्दैनौं, भोजपुरी पनि बोल्दैनौं, हिन्दी पनि बोल्दैनौं । मधेशमा खस भाषा बोलेर जनताको भावना जित्न सक्नुहुन्न । जब हामी पश्चिमतिर वा भोजपुरतिर जान्छौं, हामी हिन्दी बोल्छौं र हामीलाई भावनात्मकरुपमा एक भएको महसुस हुन्छ ।
मूल कुरा के हो भने मधेशमा प्रायःजसो मान्छेहरू हिन्दी बुझ्छन् । बोल्न त हामी पनि शुद्ध बोल्दैनौं तर बुझ्छौं । विविसीमा अन्तर्वार्ता दिँदाखेरी माधव नेपाल, गिरिजाले हिन्दी प्रयोग गर्छन् ।
प्रश्नः- जहाँसम्म आम जनताको कुरा छ, जब हामी एकीकृत तर्राईको कुरा गर्र्छौं, त्यतिखेर स्थानीय मातृभाषाहरू हिन्दीबाट ओझेलमा पर्दैनन् -
उत्तरः- पर्दैनन् । हाम्रो स्थानीय भाषालाई त प्राथमिकता दिन्छौं नै तर सर्म्पर्क भाषा त चाहियो नि । त्यो हिन्दी पनि हुनसक्छ, खस भाषा पनि हुनसक्छ ।
प्रश्नः-यो बिहारी मोडल हुँदैन र - बिहारमा अंग्रेजलाई धपाउन हिन्दी भाषा बनाइयो, स्थानीय भाषा मरे । अचेल बिहारी भनेपछि पर्ूण्ा स्वतन्त्र नागरिक हुँदाहुँदै पनि भारतमा पनि बदनाम छन् । यस्तो अवस्था आउँदैन -
उत्तरः- मुख्य कुरा के हो भने हामी हिन्दी भाषा बोल्नुस् भनेर बोल्दैनौं । जसलाई खस भाषा बोल्न मन लाग्छ, ऊ बोल्न सक्छ । त्यहाँ स्थानीय रुपमा मैथिली, भोजपुरी, अवधि, थारु, उर्दू जस्ता आफ्ना भाषाहरू बोल्ने हो । तर सबै भाषाको जगर्ेना हुनर्ुपर्छ । हिन्दी भाषा ल्याएर अरु भाषालाई खतम पार्ने हाम्रो उद्देश्य होइन । यसलाई सर्म्पर्क भाषाको रुपमा बोल्दा कसैले टाउको दुखाउनु हुँदैन ।
प्रश्नः-संविधानसभाको निर्वाचनको प्रक्रियामा हामी जाँदैछौं, संविधानसभाको स्वरुप कस्तो हुनुपर्ने हो -
उत्तरः- मुख्य कुरा संविधानसभामा कस्तो मान्छे सहभागी हुने - आजसम्म जुन जाति, क्षेत्र, लिङ्ग, दलितहरू राज्यबाट उपेक्षित छन् । मलाई लाग्छ, अहिले संविधानसभाको प्रक्रियामा जान तिनीहरूलाई समानुपातिक प्रतिनिधित्व गराउनर्ुपर्छ । अनि मात्र नयाँ नेपालको निर्माण हुनसक्छ । पुरानो चुनाव प्रणालीबाट नयाँ नेपालको निर्माण हुन सक्दैन । हाम्रो पार्टर्ीीे स्पष्ट मान्यता के हो भने समानुपातिक प्रतिनिधित्व हुने खालको संविधानसभाको चुनाव होस् र ती प्रतिनिधिहरूले बनाएको संविधान सबैले स्वीकारुन् । पुरानो क्षेत्रहरू, जुन भेदभावपर्ूण्ा छन्, त्यसलाई भत्काएर जनसंख्याको आधारमा क्षेत्र निर्धारण हुनर्ुपर्छ भन्ने हाम्रो मान्यता हो । संविधानमा जनतालाई मालिक बनाइनर्ुपर्छ । जनताको निर्ण्र्ाासबैले स्वीकार्नु पर्छ किनकी जनता नै र्सवशक्तिमान हो । यसरी जाँदा नयाँ नेपालको निर्माण हुन्छ ।
प्रश्नः-यहाँहरूको माग सुरुदेखि नै संविधानसभा रहेको थियो । यसले गर्दा संविधानसभाको बारेमा सबैभन्दा धेरै गृहकार्य माओवादीले नै गरेको हुनर्ुपर्छ । संविधानसभामा जाँदा प्रक्रिया र निर्वाचन पद्धति कुन किसिमको हुनर्ुपर्छ -
उत्तरः- हाम्रो प्रमुख माग संविधानसभा होइन, हाम्रो लक्ष्य त नयाँ नेपाल बनाउने हो । सामन्तवाद, साम्राज्यवाद, विस्तारबाट मुक्त नेपाल बनाउने हो, जहाँ जनताको सत्तामा सहभागिता, सत्तामा सहयोग, सत्तामा निगरानी र सत्तामा जनताको हस्तक्षेप हुन सकोस् । देश र सरकार आफ्नो हो भन्ने अनुभूति जनतामा हुनर्ुपर्छ भन्ने प्रक्रियाको थालनी गर्नुपर्छ भने त्यसका लागि समानुपातिक प्रतिनिधित्व हुनर्ुपर्छ ।
प्रश्नः-संविधानसभा निर्वाचनको खाका कस्तो हुनर्ुपर्छ -
उत्तरः- हाम्रो त प्रष्टै खाका छ । संख्याको आधारमा निर्वाचन क्षेत्र होस् र संख्याको आधारमा प्रतिनिधित्व होस् ।
प्रश्नः-मधेशको सर्न्दर्भमा संविधानसभाको निर्वाचनमा जान केही पर्ूवाधार तयार छ -
उत्तरः- मधेशीहरूलाई सबैभन्दा पहिले नागरिकता दिनर्ुपर्छ, यसका लागि कुनै कानुन बनाउनु पर्ने जरुरी छैन । सबैभन्दा पहिले ग्रामीण जनतालाई भेला गराउनर्ुपर्छ र उनीहरूले नै को नागरिक हो, होइन भनेर छुट्याउँछन् । अधिकारप्राप्त व्यक्ति त्यहाँ गएर नागरिकता दिनर्ुपर्छ । पहाड, मधेश, हिमाल सबै हेरेर जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्छ । अहिले कस्तो छ भने- ५ हजार मतदाता र एक लाख मतदाता भएका छुट्टाछुट्टै क्षेत्रमा सांसदको संख्या समान छ । प्रतिनिधित्वको हिसाबले त्यसमा पूरै असमानता छ । बजेट बाँडफाँडमा पनि त्यस्तै समस्या छ । यस्तो संरचना भत्काउन जरुरी छ ।
प्रश्नः-यहाँहरूको अध्ययन वा गृहकार्यमा कति मधेशीहरू नागरिकताबाट वञ्चित भएको पाउनुभएको छ -
उत्तरः- हामीले त्यसरी अध्ययन त गरेका छैनौं, कतिपयले ४० लाख, कतिपयले ३५ लाख भन्छन् । सरकारी आयोगको तथ्यांक पनि पूरा छैन । त्यसैले सम्बन्धित क्षेत्रमै गएर नागरिकता दिनर्ुपर्छ भन्ने हाम्रो मान्यता हो । पैसाको बलमा अनागरिकहरूले पनि नागरिकता पाउनेहरू पनि यहाँ छन् । हाम्रो भेषभुषा र रहनसहन मिलेका भारतीयहरूलाई नागरिकता दिइएको छैन तर भुटानीहरूलाई व्यापकरुपमा नागरिकता वितरण गरिएको छ । त्यतातिर कसैको ध्यान गएको छैन, मधेशीसँग अनुहार, भेषभुषा र भाषा मिल्दैमा हेपिन्छ ।
प्रश्नः-नागकिरताका लागि लालपर्ूजा वा लिखत पेश गर्नुपर्ने हुन्छ । मधेशमा लाखौं व्यक्ति यस्ता छन्, जसको कुनै जग्गापर्ूजा छैन, जमिन छैन । उनीहरूलाई कुन आधारमा नागरिकता दिने -
उत्तरः- पहाडिया शासकहरुले मधेशीहरुका जग्गा खोसे । अहिले पनि दरबारिया मान्छेहरु, जनरलहरुका नाउँमा हजारौं बिघा जग्गा छ जसले मधेशीहरुलाई भूमिहीन बनायो । थारुहरुलाई हर्ेर्नुस्- जमिन त लिएलिए, उनीहरुलाई कमैया पनि बनाए । अहिले भूमि हुनर्ुपर्छ भन्न थालिएको छ, यो त सत्ताको षड्यन्त्र हो । मधेशीहरुलाई यो देशमा हिस्सेदारी लिनबाट वञ्चित गराउने खेल हो । अधिकांश मधेशीहरुका जग्गा त सामन्तीहरुले खोसिदिएका छन् । उनीहरुको कहाँ लालपर्ूजा हुनसक्छ - त्यसकै आधारमा नागरिकता पाउनबाट वञ्चित गरिनु सामन्ती प्रवृत्तिकै उपज हो । कुनै कानुनको आवश्यकता छैन । कुनै मानिस यो देशको नागरिक हो कि होइन भन्ने छुट्याउने त गाउँलेहरु नै हुन् ।
प्रश्नः-संविधानसभाको निर्वाचनअघि नागरिकता आवश्यक छ भनेर भन्दै आउनुभएको छ । अहिले पनि तिनै वर्गहरु सत्तामा छन्, मानौं त्यसरी नै आलटाल गरियो भने तपाइँहरुले के गर्नुहुन्छ -
उत्तरः- जबसम्म नागरिकता दिइँदँैन, सिंहदरवारभित्र बसेका प्रधानमन्त्रीलाई घेरेर माग पूरा गराउँछौं । अब मधेशमा होइन, हामी काठमाडौंमै बसेरै आन्दोलन गर्र्छौर्ं ।
प्रश्नः-यो भनाइ कसको, माओवादीको कि तपाईंको -
उत्तरः- यो नेकपा माओवादीको भनाइ हो । म माओवादीबाट प्रतिनिधित्व गरेर त्यो मोर्चामा गएको हुँ । म विशुद्ध मधेशी होइन, र्सवहारावर्गको प्रतिनिधि पनि हुँ । वर्गीय मुक्तिबिना जातीय मुक्ति हुँदैन भन्ने माओवादीको मान्यता रहेको छ । मधेशीको सवालमा मैले जे बोलेको छु, त्यो माओवादीको ‘भ्वाइस’ हो र अध्यक्ष प्रचण्डकै नीतिअनुसार मैले बोलेको छु ।
प्रश्नः-तपाइँहरु सत्तामा आएर यस्ता समस्या समाधान गर्नुहोला, अहिले संविधानसभामा जाउँ भनेपछि तपाईं के गर्नुहुन्छ -
उत्तरः- हामी मान्दैनौं । मधेशी जनता यसपालि कुनै पनि शर्तमा मान्न तयार छैनन् । अल्मलाउने कोसिस गरियो भने त्यसको परिणाम सत्ताधारीहरुले भोग्नुपर्ने हुन्छ ।
प्रश्नः-मधेशमा यसपर्ूव पनि धेरै पार्टर्ीी संघसंस्थाहरु खुलेका छन् । यी संस्था र माओवादीको मान्यतामा के फरक छ -
उत्तरः- गुणात्मकरुपमै फरक छ । अरु संगठनको त कुरै छाडिदिउँ, अहिले त सबै पार्टर्ीीले मधेश आफ्नो हातबाट जाने डरले मधेशमा आफ्ना आफ्ना फोरमहरु बनाउन थालिसकेका छन् । हामीले कुरा राख्दै आएका छौं- जबसम्म नागरिकता दिइँदैन, संविधानसभा बहिष्कार गर्र्छौं । त्यसपछि सबै पार्टर्ीीले बुझ्न थालेका छन् । हामी केही दिनअघि केही पार्टर्ीी नेताहरुसँग बसेका थियौं, नागरिकताको सवालमा सबै सहमत भएको देखियो किनभने सबैलाई मधेशीहरुको भोट चाहिएको छ । कोही पनि नेताहरु मधेशीको भोटबिना, मधेशीको प्रतिनिधित्वबिना र मशेशीको टाउकोमा नचढिकनमाथि पुग्न सक्दैनन् । अहिलेसम्म मधेशीहरुको काँधमा चढेर उनीहरुले शासनसत्ता चलाए । मधेशीहरुको हितमा कुनै पनि काम गरेनन् । पहाडिया सत्ताले त लुट्यो, लुटयो मधेशीहरुलाई, मधेशी शोसक, सामन्त, सुद्खोरहरुले पनि त लुटेका छन् । त्यसको बारेमा ‘कन्सेप्ट’ अझै पनि ‘क्लियर’ छैन नेताहरुमा । जयकृष्ण गोइतहरु त अझ पहाडियाहरुलाई लखेट्नर्ुपर्छ भनेर कुरा गरिरहेका छन् । हाम्रो धारणा छुट्टै छ ।
प्रश्नः-जयकृष्ण गोइतको कुरा गर्नु भो, त्यत्रो संर्घष्ा गरेर सँगसँगै जानुभयो तपाइँहरु । गोइतले किन छुट्टै मोर्चा खोल्नुपर्यो -
उत्तरः- त्यसबारे त पहिले उहाँलाई नै सोध्दा राम्रो हुन्थ्यो । कुरा के भने- उहाँलाई प्रथम राष्ट्रिय सम्मेलनबाट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष बनाउनुभयो साथीहरुले । कार्यकर्ताहरुले त्यसबेला उहाँलाई रुचाएका थिएनन् । सरसल्लाह गरेपछि- उहाँ वृद्ध हो, मधेशमा एउटा लिडर स्थापित गर्नुछ भन्ने सहमति भयो । म त्यो बेला जेलमा थिएँ तर उहाँले काम गर्न सक्नुभएन र पार्टर्ीी मातृकालाई अध्यक्ष बनाउने भनेर निर्ण्र्ाागर्यो । उहाँको प्रवृत्ति ठीक छैन, भाग्नुहुन्छ भनेर मैले भनेको थिएँ । जब उहाँलाई अध्यक्षबाट सल्लाहकारमा ल्याइयो, त्यो बेलादेखि उहाँले बाटो खोज्न थाल्नुभयो र उहाँलाई एउटा मौका के मिल्यो भने म गिरफ्तार भएँ । म गिरफ्तार भइसकेपछि मधेशीहरुलाई अपहेलना गरेकोले हामीले ब्रि्रोह गरेका हौं भनेर उहाँले भन्नुभएछ । जब म छुटंे, अनि मैले आहृवान गरें । म सप्तरीमा गएको थिएँ, उहाँका ६ जना कार्यकर्तालाई हाम्रा साथीहरुले समातेर राखेका थिए । उहाँहरुलाई छोड्दिनुस्, यसले सम्वादको प्रक्रिया सुरु हुन्छ भनेर मैले साथीहरुलाई भनें । गोइतले यसलाई पोजेटिभ भनेर पनि भन्नुभयो तर मैले धेरै प्रयास गर्दा पनि उहाँ वार्ताका लागि तयार हुनुभएन । माओवादीले हाम्रो पार्टर्ीीई मान्यता देओस्, वार्ता टोली बनाओस् भन्ने उहाँहरुको चाहना रहेछ, मैले त्यो सबै पछिको कुरा हो, अहिले कमसेकम एकपटक भेटौं न त भनें । अस्तीमात्रै हाम्रा दर्ुइजना कार्यकर्तालाई मारियो । अहिले उनीहरुका पर्चा हर्ेर्नुभयो भने मधेशी वनको कुरा उठाइएको छ । सरकारको नभएर माओवादीकै विरुद्धमा यो कार्यक्रम ल्याएका छन् उनीहरुले । अहिले हामीलाई के शंका लागिरहेको छ भने कतै उहाँहरु कसैको गोटी बनेर प्रयोग त भइरहनुभएको छैन -
प्रश्नः-माओवादीभित्र पनि नेतृत्व पंक्तिमा तिनै पहाडी मानसिकतावाल मान्छेहरुले पुरातन सोच लाद्न खोजे, जसमा मातृका यादव लचिलो भएकाले सहनुभयो तर गोइतजी अलि कडा र आफ्नो सिद्धान्तमा अडिग रहेका कारण टिक्न नसकेर अलग्गिनुभो भनेर भनिन्छ नि -
उत्तरः- निश्चितरुपमा गोइतजी र ममा फरक छ । म लचिलो होइन, मलाई पार्टर्ीी कडा नै भन्छन् । म गलत चिजको विरोध गर्नेमा कडा छु भने सही चिजको र्समर्थन पनि गर्छर्ुु उहाँमा के छ भने फरक विचार हुँदैमा कसैसँग बोल्न पनि रुचाउनुहुन्न । उहाँलाई भक्त र दास चाहियो । उहाँको कुरामा ‘अँ’ भन्ने मान्छे चाहियो । हाम्रो पार्टर्ीीत्र थुप्रै साथीहरुसँग वैचारिक संर्घष्ा हुन्छ । हाम्रो पार्टर्ीी म एक्लै केन्द्रीय समितिमा छु ।
प्रश्नः-पार्टर्ीी मधेशीहरुप्रतिको भावना कस्तो छ -
उत्तरः- हाम्रो अध्यक्षज्यूलाई पहाडी भन्न मिल्दैन । हाम्रो अध्यक्षलाई बाहुनको छोरा भन्न मिल्दैन । उहाँ त पूरै र्सवहारावर्गको नेता भइसक्नुभएको छ । र्सवहारावर्गको नेता भएर उहाँले नेपालको मुक्ति आन्दोलनमा मधेशको निर्ण्ाायक र रणनीतिक महत्व छ भनेर किटान गर्नुभएको छ । आत्मनिर्ण्र्ााो अधिकार र स्वशासन समानुपातिक प्रतिनिधित्वको जवर्जस्तरुपमा उहाँले वकालत गर्दै आउनुभएको छ र नीति पास गराउनुभएको छ । पहाडियामा शासकीय प्रवृत्ति छ, मधेशीहरुमा दास मनोवृत्ति छ । ती दर्ुइवटै प्रवृत्ति हाम्रो पार्टर्ीी लागि खतरा हुन् । यो हाम्रो पार्टर्ीी अध्यक्षको निक्र्यौल हो ।
मधेशीहरु आफ्ना बाबु, दाइलाई सम्मान गर्दैनन् तर पहाडियाहरुलाई हजुर, हजुर भन्दै ढोग्छन् । त्यो दास मनोवृत्ति हो । हाम्रो पार्टर्ीीत्र र्सवहारावर्गीय जुन विचार छ, त्यसले पहाडियाहरुको शासकीय प्रवृत्तिलाई धेरै हदसम्म खतम पारेको छ । हामी दास मनोवृत्तिबाट मुक्त हुनर्ुपर्छ भन्ने हाम्रो अध्यक्षले पटक पटक भन्दै आउनुभएको पनि छ । कुनै पनि मोर्चाको बैठकमा उहाँ त्यत्ति जानुहुन्न तर मधेशको बैठक वा सम्मेलन भयो भने उहाँ आफै जानुहुन्छ ।
प्रश्नः-माओवादीभित्र पनि पहाडे-मधेशीको द्वन्द्व छ, बेलाबेला कार्यकर्ताहरुमा पनि व्रि्रोह देखिन्छ नि -
उत्तरः- त्यो त स्वाभाविक हो । समाजमा द्वन्द्वहरु त रहन्छन् नै ।
प्रश्नः-निश्चित सिद्धान्तमा प्रशिक्षित भएका कार्यकर्ताहरुमा पनि यस्तो देखिन्छ भने…
उत्तरः- जुन कार्यकर्ताले मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको सिद्धान्तलाई अंगिकार गरेको छ, त्यसमा यस्तो प्रवृत्ति पाइँदैन । जसले ती सिद्धान्त बुझ्न सकेको छैन र व्यवहारमा उतार्न सकेको छैन, त्यसैमा यस्तो प्रवृत्ति पाइनु स्वाभाविक हो । हाम्रो पार्टर्ीीत्यसमा पनि परिमार्जन गर्ने प्रयासमा छ र पहिलेको भन्दा अहिले धेरै फरक पनि भएको छ । पहाडियाहरुमा भएको शासकीय प्रवृत्ति चाहिँ हाम्रो आन्दोलनका लागि बढी घातक छ ।
प्रश्नः-मधेशीहरुमै पनि एक किसिमको द्वन्द्व देखिन थालेको छ जस्तो ‘यादव भर्सर्ेेअन्य जाति’ भनेर । यो चाहिँ कस्तो हो -
उत्तरः-रुपमा त्यो हो, सारमा चाहिँ त्यो होइन । गलत तत्वहरुले विभिन्न गलत मुद्दा उठाएर वास्तविक विचार र व्यवहारको लर्डाईंलाई अन्त मोड्न खोज्छन् । त्यहाँ पनि केही अराजक तत्वहरु अहिले पनि पार्टर्ीीवरोधी काम गर्दैछन्, त्यसलाई त्यहाँको जनमुक्ति सेनाले नियन्त्रण गर्न खोज्यो । अलिकति हातपात पनि भयो भनेर सुनंे, त्यो गर्नु हुँदैनथ्यो । मधेशमा एउटा षड्यन्त्र हुँदैछ तर कसले गरिरहेको छ भन्ने बारेमा पार्टर्ीीत्र खोजिनीति भइरहेको छ । अहिले दलित-गैरदलित, थारु-मधेशी, यादव-गैरयादव जस्ता विभिन्न किसिमका झमेलाहरुको उठान भएको छ । यसमा हाम्रो पार्टर्ीीकदम गम्भीर छ । त्यसलाई हाम्रा अध्यक्ष लगायत सबै बीचमा छलफल भइरहेको छ ।
प्रश्नः-मिडियाले पनि यसमा कुनै भूमिका देखाउने गर्या छ -
उत्तरः- मिडियाको त प्रमुख भूमिका हुन्छ । मिडिया यति पर्ूवाग्रही छ कि मधेशको नाममा म पनि उच्चारण गर्न चाहँदैन । जब मधेशको खिल्ली उडाउनु छ, नकारात्मक चिजको प्रचार गर्नु छ, त्यतिबेला नेपाली सञ्चारमाध्यमले खुब लेख्छन् । तर मधेशी सवाल, मधेशीहरुको हक अधिकारबारे केही पनि लेख्दैनन् । म त भन्छु- पहाडिया शासकीय प्रवृत्तिको नेपाली मिडियाले राम्ररी प्रतिनिधित्व गरेको छ ।
प्रश्नः-अहिलेको आन्दोलनमा जनतालाई उठाउने र विशेष परिस्थिति निर्माण गर्ने काममा मिडियाको ठूलो हात छ भनिन्छ, अहिले तिनै मिडियाकर्मीहरु अहिले पनि सक्रिय छन् । अहिले हामी नेपालको पुनःसंरचनाको दिशातिर उन्मुख छौं र मिडियाकर्मीहरुको यही गति भयो भने यसले नेपालको पुनःसंरचनामा कस्तो भूमिका निर्वाह गर्ला -
उत्तरः- मिडियाहरुको यही रवैया रहृयो भने, मधेशीहरुका सवाल ठीक ढंगले सम्बोधन गर्न सक्दैन र मधेशीहरुका सवाल छायाँमा पार्ने प्रयास मिडियाले गर्यो भने नेपालको पुनःसंरचना हुन सक्दैन । नयाँ नेपालको निर्माण हुन सक्दैन । त्यो बेलामा मिडियाप्रति मधेशमा नकारात्मक धारणा बन्यो भने त्यहाँ रहेका कुनै पनि पत्रिकाका क्षेत्रीय कार्यालयहरुको त उठिबास लाग्छ । मधेशीहरु यसप्रति एकदम आक्रोशित छन् । मैले चुनौती दिन खोजेको होइन । यदि मिडिया ठीक ढंगले गएन भने, मधेशका आवाजको मिडियाले कदर गर्न सकेन भने मधेशमा बहिष्कारको नारा उठ्छ ।
प्रश्नः-निजीस्तरबाट चलेका भन्दा जनताको करबाट चलेका नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र जस्ता सञ्चारमाध्यमको बढी अधिकार हुन्छ नि यसमा -
उत्तरः- यसमा सरकार त झन ‘बायस्ट’ -पर्ूवाग्रही) छ । मिडियाले त आफूलाई प्रजातान्त्रिक, निष्पक्ष भनेर खुब भन्छन् नि । मिडिया त प्रतिपक्षको पनि प्रतिपक्ष हो राज्यको सवालमा । तर मधेशको सवालमा मिडियाले पनि शासककै भूमिका खेलेको छ । अरु सवालमा प्रगतिशील र प्रजातान्त्रिक देखापर्ने तर मधेशको सवालमा पूरै सामन्ती खालको प्रवृत्ति देखिएको छ जसले मधेशको बारेमा बोल्न चाहँदैन । भोलि मिडियाले मधेशको आवाजलाई सुन्न सकेन भने त्यसको नराम्रो परिणाम निस्कनसक्छ । मधेशी जब जाग्छ, त्यसबेला हरेक क्षेत्रमा प्रहार हुन्छ ।
प्रश्नः-मधेशीहरुका आवश्यकता, पीडा र नयाँ मधेशको परिकल्पना समान हुँदाहुँदै पनि विभिन्न राजनीतिक दल, चिन्तनशील व्यक्ति र संघसंस्थाहरु एउटै मञ्चमा आएर एउटै आवाजमा किन बोल्न सकिरहेका छैनन् -
उत्तरः- मधेशीहरुमा दास मनोवृत्ति कायम छ । आत्मनिर्ण्र्ााो अधिकार, गणतन्त्रको कुरा गर्यो भने पार्टर्ीीट निष्काशन हुने डर छ । मधेशीहरुको अधिकार र मुक्तिको सवालभन्दा पनि आफ्ना फाइदाको लागि सोच्ने प्रवृत्तिबाट ग्रसित छन् उनीहरु । मधेशप्रतिको उपेक्षापर्ूण्ा नीतिले गर्दा पार्टर्ीी क्रान्तिकारी बन्न सकेका छैनन् ।
प्रश्नः-यस्तो अवस्थामा मधेशको मुक्ति संभव देख्नुहुन्छ -
उत्तरः-१९ दिनको आन्दोलनले के देखाइदियो - सात राजनीतिक दलको के एजेण्डा थियो, जनताले के देखाए - तानाशाही राजाको बैशाख ८ गतेको घोषणालाई सारा विश्वले र्समर्थन गर्यो, पार्टर्ीी पनि लर्बराउन थाले । आखिर जनताको विजय भयो । जुन पार्टर्ीीव्यक्ति, संस्थाले जनताको आवाजको प्रतिनिधित्व गर्छ, कदर गर्छ, ऊ प्रगतिको बाटोमा जान्छ । जुन पार्टर्ीी जनताको आवाजको वेवास्ता गर्छ, जनविरोधी काम गर्छ, आज ठूलो भए पनि भोलि ध्वस्त हुन्छ । कम्युनिष्ट सत्ताहरु ध्वस्त भएको देख्नुभएको छैन - कम्युनिष्ट शासकहरुले जब गल्ती गरे, तब जनताले नै पल्टाइदिए, यी राजा र पूँजीवादी र सातदलको त कुरै छाडिदिउँ । जनताले कुनै बन्दुकको बलमा त पल्टाएका होइनन् नि । अहिले मधेशमा ठूलो जागरण आएको छ । यो १० वर्षा मधेशीहरुले पनि रगत बगाए । १२ हजार नेपालीहरुले रगत बगाए । त्यसैले मधेशीहरुमा पनि ऊर्जा पैदा गरेको छ, नयाँ चेतना जगाएको छ । उनीहरु पनि आफ्नो मुक्तिप्रति सचेत छन् ।
प्रश्नः-माओवादी संविधानसभामार्फ् संघीय गणतन्त्र ल्याउन चाहन्छन् । मधेशको लागि कस्तो खाका छ माओवादीको -
उत्तरः- मधेशीहरुको समानुपातिक प्रतिनिधित्व हुनर्ुपर्छ ।
प्रश्नः-मधेशीहरुलाई कतिवटा राज्यमा बाँड्ने योजना छ -
उत्तरः- एउटा सिंगो मधेश हुनर्ुपर्छ भन्ने हाम्रो धारणा हो । हरेक भाषाभाषीहरुको प्रतिनिधित्व गराउने, हरेक भाषभाषीको अधिकारको संरक्षण गर्ने । यो सबै मधेशीहरुले निर्ण्र्ाागर्ने कुरा हो, उनीहरुले प्रशासनिक क्षेत्र पनि बनाउन सक्छन् ।
प्रश्नः-भाषिक, सांस्कृतिक आधारमा किन हुन सक्दैन -
उत्तरः- त्यो पनि हुनसक्छ । मधेशलाई टुक्राटुक्रा गर्नुभयो भने, हिजो जे हालत, थियो त्यस्तै हुन्छ । हाम्रो भनाइ के हो भने समग्र मधेश एउटा हुन्छ । त्यसभित्र अलग अलग पनि हुनसक्छन् । मिथिला हुनसक्छ, भोजपुरी, अवधि, थारुवान जे पनि हुनसक्छ । यस सम्बन्धमा हाम्रो पार्टर्ीीत्र गम्भीर बहस चलिरहेको छ । के गर्दा मधेशीहरुको हित हुन्छ र नयाँ नेपाल निर्माणमा त्यसले सहयोग गर्छ, हाम्रो पार्टर्ीीयसैमा लाग्छ ।
धीरेन्द्र प्रेमषर्ी
