भारतीय जेलमा नेपाली माओवादीको मृत्यु
भारतको मुजफ्फरपुर कारागारमा बन्दी रहेका नेपाली माओवादीलाई जेल प्रशासनले खानेबस्ने र स्व्ाास्थ्य उपचारको उचित व्यवस्था नगेरकाले एकको कारागारमै मृत्यु भएको छ । अन्य कैदीबन्दीले पनि कष्टपूर्ण जीवन बिताउनुपरेको खुलासा भएको छ ।
दोहोरो भिडन्तमा घाइते भई विहारका विभिन्न नर्सिङहोममा उपचार गराइरहेका र प्रवासी नेपालीको कोठाबाट घाइते अवस्थामा एक वर्षअघि पक्राउ गरिएका १८ माओवादी त्यहाँको थुनामा छन् । उनीहरूसँगै समातिएका एकको उपचारको अभावमा केही दिन पहिला कारागारमै मृत्यु भएको उनीहरूले कारागारबाट कान्तिपुरलाई लेखेको पत्रमा उल्लेख छ । (more…)
