Google
 

July 28, 2006

भारतीय जेलमा नेपाली माओवादीको मृत्यु

भारतको मुजफ्फरपुर कारागारमा बन्दी रहेका नेपाली माओवादीलाई जेल प्रशासनले खानेबस्ने र स्व्ाास्थ्य उपचारको उचित व्यवस्था नगेरकाले एकको कारागारमै मृत्यु भएको छ । अन्य कैदीबन्दीले पनि कष्टपूर्ण जीवन बिताउनुपरेको खुलासा भएको छ ।

दोहोरो भिडन्तमा घाइते भई विहारका विभिन्न नर्सिङहोममा उपचार गराइरहेका र प्रवासी नेपालीको कोठाबाट घाइते अवस्थामा एक वर्षअघि पक्राउ गरिएका १८ माओवादी त्यहाँको थुनामा छन् । उनीहरूसँगै समातिएका एकको उपचारको अभावमा केही दिन पहिला कारागारमै मृत्यु भएको उनीहरूले कारागारबाट कान्तिपुरलाई लेखेको पत्रमा उल्लेख छ ।

कारागारमा कैदी बन्दीहरूले पाउने न्यूनतम सुविधा पनि नेपाली माओवादीलाई उलब्ध नगराइएको र चौबीस घन्टामा आधापेट मात्र खान दिने गरेको पत्रमा उल्लेख छ । पत्रमा ताप्लेजुङ हाङपाङ-२ शान्तिडाँडाका तत्कालीन कमान्डर -सञ्जय) शंकर खपांगीको उपचारको अभावमा गत महिना कागारमै मृत्यु भएको र बाँकी १८ जनाको पनि अवस्था दयनीय रहेको उल्लेख छ । सबै बन्दी घाउको उपचार नभएका कारण पाकेर कीरा पर्न थालेको पत्रमा भनिएको छ ।

पत्रमा उल्लेख भएअनुसार उक्त कारागारमा मकवानपुर कालिकाटार-७ लिक्चेका वीरबहादुर लामा -ज्वाला), रामेछाप-५ बैतालीका लोकबहादुर बस्नेत -सुनिल), रामेछाप सैपु-४ बैरेनीका पुष्पराज पौडेल

-जीवन्त), रामेछापरू२ सल्लेका राजु गोल -रञ्जित), सिरहा गौरीपुर-५ का जितेन्द्र सिंह, कालिकोटकी निर्मला विष्ट -सपना), महोत्तरी गैंडा भोटपुर-९ का मन्त यादव -अमित), खोटाङ लामिडाँडा-४ की सीमा लामा, ताप्लेजुङ मावोखोला पापुङ-७ लाङखुका सोनिकुमार साँवा, रामेछाप लखनपुर-७ थापा गाउँका प्रवीण लामा -निर्दोश), मकवानपुर बस्तीपुरका भीमकुमार तामाङ

-बादल), रामेछाप खनियापानी-२ देसासर गाउँका कृष्णदास श्रेष्ठ

-अनिल), संखुवासभा-५ मूलखर्क ओख्रेका लोकेन्द्र तिम्सिना, ताप्लेजुङ साँगुका फुर्वा शेर्पा -सीमान्त), चितवन अयोध्यापुरी माडी-९ का कुमार परियार -सहिद), उदयपुर त्रियुगा-११ का शम्भु विक, मोरङ पोखरिया-३ का चन्देश्वर मण्डल र सुनसरी एकम्बा-७ हेमनारायण चौधरी बन्दी छन् ।

विहार प्रशासनले उनीहरू सीमावर्ती इलाकामा भएका नक्सलवादी हमलामा संलग्न भएको आरोपमा उनीहरू सबैलाई भारतीय दण्ड विधानअनुसार मुद्दा चलाएको छ ।

उनीहरूलाई आतंककारी थुन्नेखोर टिसेलमा राखिएको र बाहिरका कसैलाई पनि भेट्न नदिएको, पत्रपत्रिका हेर्न वञ्चित गरिएको तथा उडुस-लामखुट्टेको टोकाइबाट थप पीडित भएको पत्रमा उल्लेख छ । सबै कैदीलाई दिनमा एक छाक मात्र खान दिने र शौचालयको व्यावस्था नहुँदा दिसापिसाब कोठैमा गर्नुपर्ने र कारागारका नाइकेलगायतका कारागार प्रशासकहरूले आफूहरूलाई बारम्बार मार्ने धम्की दिने गरेको उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।

 

KANTIPUR

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/07/28/p169/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft