Google
 

August 25, 2006

संविधानसभा हुन नदिन षड्यन्त्र हुँदैछः बादल

नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य रामबहादुर थापा (बादल)ले हतियारको मुद्दा उठाएर संविधानसभाको निर्वाचन हुन नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ। ‘अन्तरिम संविधान र संविधानसभाको मिति घोषणा हुनासाथ हतियारको कुरा आफैं मिल्छ’ नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो। माओवादीको सैन्य विभागमा पूर्वी कमान्डको नेतृत्व गर्ने थापाले राजनीतिक मुद्दालाई छायाँमा पारेर हतियारको मुद्दा उठाउँदा त्यसबाट ठोस समाधान आउन नसक्ने बताउनुभयो । ‘राजनीतिक समस्या समाधान अघि माओवादी सेना क्याम्पमा बस्नुको पनि अर्थ छैन’ उहाँले भन्नुभयो। ठूला दलहरुमा गणतन्त्रका बारेमा विवाद रहेको जनाउँदै उहाँले तिनै दलभित्र राजा जोगाउने खेमा सक्रिय भएका कारण शान्ति प्रक्रियामा ढिलाई भइरहेको उहाँको आरोप थियो। माओवादी सेनाको विशेष योजनाकार मानिएका थापाले शान्ति प्रक्रिया रोकिए सशस्त्र विद्रोह हुने चेतावनी दिनुभयो। माओवादी वार्ताबाट नभाग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘यस पटक वार्ता विफल भए त्यसको दोष सात दलले लिनुपर्छु उहाँले भन्नुभयो।’ देश गणतन्त्र र यथास्थितिको दुईवटा पाटोमा ध्रुबीकृत भइरहेको भन्दै उहाँले वार्ता, जनआन्दोलन र युद्धबाटै गणतन्त्रको यात्रा शुरू भएको विचार व्यक्त गर्नुभयो । संघीय गणतन्त्र स्थापना र राजतन्त्रको समूल नष्ट नै माओवादीको लक्ष्य भएको बताउँदै नेता बादलले भन्नुभयो- ‘एक कदम अगाडि बढ्नासाथ गणतन्त्र स्थापना हुने अवस्था छ।’ हतियार अलग र माओवादीको जनमुक्ति सेना विघटन गरेपछि माओवादी समाप्त हुन्छ भन्ने भ्रम भएको धारणा राख्दै नेता बादलले जतिसक्दो चाँडो अन्तरिम संविधान घोषणा हुनुपर्नेमा जोड दिनुभयो। देशमा गणतन्त्रको सम्भावनाका विषयमा सञ्चारकर्मीद्वारा राखिएको जिज्ञासामा उहाँले भन्नुयो- ‘जीवन र मृत्युका बीचमा एउटा ढुकढुकीको मात्र फरक हुन्छ, त्यो सम्वदेनशीलतालाई सबैले बुझ्न आवश्यक छ।’ उहाँले माओवादी विस्थापितहरूलाई घर फर्काउने वातावरण बनाउन तयार रहेकाले सबैलाई सहयोगका लागि आग्रहसमेत गर्नुभयो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘सेरेमोनियल किङ’ का सम्बन्धमा हालै सार्वजनिक गर्नुभएको अभिव्यक्तीबारे सोधिएको प्रश्नमा ‘गिरिजाबाबुको धारणा कांग्रेस पार्टीको आधिकारिक धारणा होइन’ नेता बादलले भन्नुभयो ‘जनताको म्याण्डेट गणतन्त्र नै हो, फरक भनेको राजतन्त्रको दाहसंस्कार कसरी गर्ने भन्नेमात्र हो।’ शान्तिवार्ता र अन्तरिम संविधान घोषणामा भएको ढिलाईबारे नेता बादलले सात दलभित्र मोरियार्टी घुसिसकेकाले सहमति कार्यान्वयनमा खट्पटी देखिएको दाबी गर्नुभयो । ‘शान्ति, सम्वृद्धि र स्वतन्तत्रा मानवीय आवश्यकता भइसकेको छ, मासु-भात खान दिए पनि निरंकुशता अब कसैलाई स्वीकार्य छैन’ नेता बादलको भनाई थियो । टेकेन्द्र अधिकारी/बिराटनगर

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/08/25/p197/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft