Google
 

September 14, 2006

During the congress opening session of ANWA (Revolutionary)

(more…)

दरबार र अमेरिका एक अर्काका पूरक हुन् - गोविन्द शर्मा

Filed under: Article/लेख

जेम्स एफ. मोरिआर्टी नेपालका लागि अमेरिकी राजदूतको नाम हो । तर आम नेपाली जनताका लागि यो नाम महाभारतकालीन युगको एउटा कुटील पात्र किच्चडको रुपमा परिभाषित छ । नेपालको कुटनैतिक सम्बन्ध विश्वका करिब ११९ वटा राष्ट्र संघसँग अनुबन्धित छ तर अमेरिका र खासगरी राजदूतहरुको हकमा मोरिपार्टी नै त्यो राजदूत हो जसले नेपाल र नेपाली जनताको चाहना र भावना विपरीत नै वकवास गर्दै हिडेको छ । हो, यो पक्का हो- कुटनैतिक नीति एवं सिद्धान्तको आधारमा अमेरिकाका तर्फबाट नेपालका लागि खटाइएका वर्तमान राजदूत जेएफ मोरियार्टीलाई कुनै पनि बेला नेपाल सरकारले देश निकाला गर्न नसक्ने होइन तर यो मुलुकका शासकहरुमा राष्ट्रिय स्वाभिमान छ नै कहाँ र ? त्यसैले मोरियार्टी नेपालगञ्जसम्म आइपुग्छ र अर्ती उपदेश दिंदै भन्छ- हेर बुख्याँचाहरु हो माओवादी भनेको अमेरिकाका लागि र नेपालको दरबार र दरबारियाहरुको लागि सबभन्दा खतरनाक हतियार हो । यसलाई साथ नदेउ, अन्यथा एक दिन यसले सारा नेपाल र नेपालीलाई लोकतान्त्रिक गणतन्त्रको लिकमा लगेरै छोड्ने छ । (more…)

September 12, 2006

अन्तिम श्रद्धाञ्जली क.वासु शाक्यलाई

ने.क.पा.(माओवादी) का केन्द्रीय सल्लाहकार एवं पूर्वका वरिष्ठ वामपन्थी नेता क.वासु शाक्यको उपचार हुदाहुदै भाद्र २२ गते राती १० बजे मोडेल अस्पतालमा असामयिक निधन हुन पुगेको  थियो । उहा चार महिना अघिदेखि ब्रेनमा भाइरल इन्फेक्सन भएको र बैशाख १ गतेबाट उपचारको सिलसिलामा रहनु भएको थियो । कमरेड शाक्यका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । सल्लाहकार शाक्यको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रद्धाञ्जलि अर्पण गर्न अध्यक्ष्ा प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत उपप्रधानमन्त्री अमिक शेरचन, गृहमन्त्री कृष्ण सिटौला, पर्यटनमन्त्री प्रदीप ज्ञवाली, एमाले नेता वामदेव गौतम, जनमोर्चा उपाध्यक्ष्ा लीलामणि पोखरेल, घनश्याम शर्मालगायत सयौं नेता तथा कार्यकर्ता गएका थिए । शाक्य किराँत गणतन्त्र स्वायत्तको प्रतिनिधिहरूको ‘सभामुख’ समेत थिए । (more…)

September 5, 2006

सरकार वार्ता भाँड्ने षड्यन्त्रमा लागेको छः पाशाङ

नेकपा माओवादीका डेपुटी कमाण्डर नन्दकिशोर पुन -पासाङ)ले राजधानीमा माओवादीको कुनै टाक्सफोर्स नभित्रिएको जानकारी दिनुभएको छ । उहाँले राजधानीमा भइरहेका पार्टर्ीी विभिन्न गतिविधिमा भाग लिन मान्छेहरू आएको पनि उहाँले बताउनुभयो । निर्धारित खुला कार्यक्रमबाहेक माओवादीको कुनै सैनिक दस्ता राजधानी नआएको र आउन जरुरी पनि नभएको उहाँको भनाइ थियो ।

नेपाल एफएमद्वारा सोमवार प्रसारित कार्यक्रम ‘समय समीक्षा’मा कुरा गर्दै पासाङले सरकारले नचाहिँदो हल्ला गरेर सुरक्षा परिचालन तीब्र बनाएको र वार्ता भाँड्ने षड्यन्त्र गरेको आरोप पनि लगाउनुभयो ।

सरकारले राजधानीमा माओवादीको सैनिक दस्ता आएको भन्दै आइतवार रातिदेखि यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ । (more…)



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft