Google
 

September 5, 2006

सरकार वार्ता भाँड्ने षड्यन्त्रमा लागेको छः पाशाङ

नेकपा माओवादीका डेपुटी कमाण्डर नन्दकिशोर पुन -पासाङ)ले राजधानीमा माओवादीको कुनै टाक्सफोर्स नभित्रिएको जानकारी दिनुभएको छ । उहाँले राजधानीमा भइरहेका पार्टर्ीी विभिन्न गतिविधिमा भाग लिन मान्छेहरू आएको पनि उहाँले बताउनुभयो । निर्धारित खुला कार्यक्रमबाहेक माओवादीको कुनै सैनिक दस्ता राजधानी नआएको र आउन जरुरी पनि नभएको उहाँको भनाइ थियो ।

नेपाल एफएमद्वारा सोमवार प्रसारित कार्यक्रम ‘समय समीक्षा’मा कुरा गर्दै पासाङले सरकारले नचाहिँदो हल्ला गरेर सुरक्षा परिचालन तीब्र बनाएको र वार्ता भाँड्ने षड्यन्त्र गरेको आरोप पनि लगाउनुभयो ।

सरकारले राजधानीमा माओवादीको सैनिक दस्ता आएको भन्दै आइतवार रातिदेखि यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ ।

माओवादी डेपुटी कमाण्डर पासाङले शनिवार शहीद परिवार, आइतवार बेपत्ता परिवार र सोमवार जनयुद्धमा घाइते भएका जनमुक्ति सेनाको भेला भएकाले कार्यकर्ताहरू काठमाडौँ आएको जानकारी पनि दिनुभयो ।

यसका साथै कामीडाँडामा भएको केन्द्रीय समितिको बैठकमा भाग लिन गएका नेताहरूसँग गएका कार्यकर्ता गाडी चढेर फर्किएको कुरालाई समेत सरकारले बहाना बनाएको पनि उहाँलेे उल्लेख गर्नुभयो ।

सरकार र माओवादीबीचको वार्ता भाँड्ने एउटा गिरोहले माओवादी र सरकार बीच फाटो ल्याउन माओवादीबारे नचाहिँदो कुरा गरेर आचारसंहिता उल्लंघन गरेको दावी पनि उहाँले गर्नुभयो ।

माओवादी सैनिक कमाण्डर पाशाङले नेपाली सेनालाई हतियारबाट नचलाएर वैचारिक ढङ्गबाट परिचालन गरिनु पर्ने पनि बताउनुभएको छ । सरकारले हतियार भित्र्याएको दावी गर्दै पाशाङले सरकारी व्यवहारले वार्ता भाँडिन सक्ने चेतावनी पनि दिनुभयो ।

राजनीतिक सङ्कट टेबुल-वार्ताबाटै समाधान गर्नु पर्ने सोचाइका साथ कटिबद्ध भएर माओवादी अहिले शान्तिवार्तामा आएको र कसैले शङ्का गर्नु नपर्ने उहाँको भनाइ थियो ।

राजतन्त्रको अन्त्य गरी मुलुकमा नयाँ परिवर्तन ल्याउन जनआन्दोलन भएको र त्यसका लागि माओवादीले सुरुदेखि नै आवाज उठाउँदै आएको पनि माओवादी पासाङले बताउनुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/09/05/p203/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft