अन्तिम श्रद्धाञ्जली क.वासु शाक्यलाई
ने.क.पा.(माओवादी) का केन्द्रीय सल्लाहकार एवं पूर्वका वरिष्ठ वामपन्थी नेता क.वासु शाक्यको उपचार हुदाहुदै भाद्र २२ गते राती १० बजे मोडेल अस्पतालमा असामयिक निधन हुन पुगेको थियो । उहा चार महिना अघिदेखि ब्रेनमा भाइरल इन्फेक्सन भएको र बैशाख १ गतेबाट उपचारको सिलसिलामा रहनु भएको थियो । कमरेड शाक्यका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । सल्लाहकार शाक्यको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रद्धाञ्जलि अर्पण गर्न अध्यक्ष्ा प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत उपप्रधानमन्त्री अमिक शेरचन, गृहमन्त्री कृष्ण सिटौला, पर्यटनमन्त्री प्रदीप ज्ञवाली, एमाले नेता वामदेव गौतम, जनमोर्चा उपाध्यक्ष्ा लीलामणि पोखरेल, घनश्याम शर्मालगायत सयौं नेता तथा कार्यकर्ता गएका थिए । शाक्य किराँत गणतन्त्र स्वायत्तको प्रतिनिधिहरूको ‘सभामुख’ समेत थिए ।

Com. Badal covers the body with the party flag

Wife of Com. Basu Shakya

During the funeral procession

Leaders, cadres, followers and well wishers

