Google
 

September 14, 2006

दरबार र अमेरिका एक अर्काका पूरक हुन् - गोविन्द शर्मा

Filed under: Article/लेख

जेम्स एफ. मोरिआर्टी नेपालका लागि अमेरिकी राजदूतको नाम हो । तर आम नेपाली जनताका लागि यो नाम महाभारतकालीन युगको एउटा कुटील पात्र किच्चडको रुपमा परिभाषित छ । नेपालको कुटनैतिक सम्बन्ध विश्वका करिब ११९ वटा राष्ट्र संघसँग अनुबन्धित छ तर अमेरिका र खासगरी राजदूतहरुको हकमा मोरिपार्टी नै त्यो राजदूत हो जसले नेपाल र नेपाली जनताको चाहना र भावना विपरीत नै वकवास गर्दै हिडेको छ । हो, यो पक्का हो- कुटनैतिक नीति एवं सिद्धान्तको आधारमा अमेरिकाका तर्फबाट नेपालका लागि खटाइएका वर्तमान राजदूत जेएफ मोरियार्टीलाई कुनै पनि बेला नेपाल सरकारले देश निकाला गर्न नसक्ने होइन तर यो मुलुकका शासकहरुमा राष्ट्रिय स्वाभिमान छ नै कहाँ र ? त्यसैले मोरियार्टी नेपालगञ्जसम्म आइपुग्छ र अर्ती उपदेश दिंदै भन्छ- हेर बुख्याँचाहरु हो माओवादी भनेको अमेरिकाका लागि र नेपालको दरबार र दरबारियाहरुको लागि सबभन्दा खतरनाक हतियार हो । यसलाई साथ नदेउ, अन्यथा एक दिन यसले सारा नेपाल र नेपालीलाई लोकतान्त्रिक गणतन्त्रको लिकमा लगेरै छोड्ने छ । त्यसो भयो भने न यहाँ मेरो केही काम हुन्छ न त दरबारको कुनै भूमिका नै हुन्छ ? कारण दरबार र अमेरिका एक अर्काका पूरक हुन् । हामीलाई प्राप्त हुने कस्तुरीका विना, गैंडाको खागको सुगन्ध श्रोत भनेको नेपाल दरबार नै हो र सट्टामा हामी अरब देशहरुबाट आयात हुने प्रफ्युम यहाँ पठाइदिने गर्छ’ । हाम्रो त भाषाको पनि व्यापार हुन्छ । टोयफल होस वा अंग्रेजी विषयको ट्यूसन तर तिमीहरुको थारु भाषा वा मगर भाषा कहिंकतै बिक्री भएको छ ? यस्तै व्यापारिक वकवास गर्न पल्केको मोरियार्टी वर्तमान नेपालको शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विशिष्ट अभिभावक एवं सल्लाहकार पनि हो । तर त्यही मोरियार्टी राजा ज्ञानेन्द्रको इच्छामाफिक संचालित हुँदै आएको सत्यलाई कुनै पनि स्वाभिमानी नेपालीले बिर्सन सक्दैन । अमेरिकीहरु डलर पिपासु हुन्छन् । जम्मा १० डलरका लागि पनि ज्यान लिने वा दिने सम्मको हिसाब किताब तिनमा हुन्छ । यस मेसोमा शिरको मणि हराएर छटपटाइरहेको गोमन सरह रन्थनिरहेको राजा ज्ञानेन्द्रले आफ्नो गद्दी र स्थान सुरक्षाका लागि राजदूतहरुलाई डलरमा किनेर मतियार बनाउन कुनै आश्चर्य होइन र भइरहेको पनि त्यही छ ।
दरबार जे चाहन्छ- त्यो अमेरिकी राजदूत मार्फत् बकाइन्छ र राजदूत मार्फत् त्यो दबावमूलक सन्देशलाई गिरिजाले फ्या-फ्या र स्या-स्याको भाडामा उद्घोष गर्न पुग्छन् । त्यसैले दोस्रो जनआन्दोलनका माध्यमले दिएको जनताको म्याण्डेटलाई गिरिजा लगायतको सात दलको सरकारले अल्मल्याउने र त्यो अवधिमा जनतालाई गुमराहमा राख्दै हतियार भित्र्याउने अनि माओवादीको नाममा आम नेपाली जनतालाई सिध्याउने षड्यन्त्रकारी रहस्यको पर्दाफास पनि यसै साता भएको छ । मोरियार्टी मार्फत् अमेरिकाले बेचेको हतियार इज्राइलबाट युक्रेन हुँदै नेपाल पठाउने क्रममा भारत सरकारको चलाखीसँगै अहमदावाद रोकिएको थियो । भारत नेपालका लागि आफ्नो अहम् भूमिका अदा गर्न चाहन्छ तर यसका लागि उ नेपाली जनतालाई सिधै चिढ्याउन पनि चाहदैन । तर उसको भित्री मनसाय भनेको नेपाललाई दोस्रो सिक्किम बनाउनु नै हो । सिक्किम कसरी बनाउने ? गिरिजाप्रसाद कोइराला त्यसको एक गोटीको रुपमा उभिएका छन् । र त कुनै पनि तीन जना नेपाली नागरिकले सिफारिस गर्नासाथ जो कोहीले पनि नेपालको नागरिक हुने हक प्राप्त गर्ने प्राब्धान तयार गर्ने कारक तत्वका पछाडि भारत नभएर अरु को हुन् सक्छ ? जो कोहीले पनि सजिलै अनुमान गर्न सक्ने विषय हो यो ।
उता नेपाली कांग्रेस पूर्णतः राजावादी खेमामा उभिएको छ । गगन थापा वा नरहरि आचार्य जस्ता लोकतन्त्रका कट्टर अनुयायीहरुलाई पाखा लगाएर आफूलाई श्री ३ महाराज सम्भिmने गिरिजाप्रसाद कोइराला र उनका मतियारहरु पुनः पार्टी एकीकरणको हिस्सा सुनाउँदै जनतालाई फेरि पनि अलमल्याउने योजनामा लागेका छन् । पार्टी विभाजन वा एकीकरण जस्ता कुराहरु दलीय राजनीतिका आफ्नै पहिचान हुन सक्छन् । तर मुलुकले तत्काल खोजिरहेको राजनैतिक निकासका दुई विन्दु- संविधानसभाको निर्वाचनको घोषणा र लोकतान्त्रिक गणतन्त्र नेपालको अभ्यूदय जस्ता विषयलाई थाति राखेर वा ओझेलमा पारेर जनमत विरुद्ध जाने दुष्प्रयास स्वरुप गिरिजाले जे भूमिका खेलेका छन्, त्यो इतिहासका लागि कलंकको विषय हुनेछ । यसै पनि गिरिजाको उमेरको हदबन्दी भनेको स्वास्थ्य विज्ञहरुका अनुसार अब बढीमा ८-९ महिना मात्रै बाँकी छ । आखिर कालमा पनि गिरिजा किन जनभावना विपरित हुँदै गएका ? यो प्रश्न अनुत्तरित छ ।
यद्यपि ने.क.पा.-माओवादी) नामको राजनैतिक शक्ति वा स्वयं गिरिजाका लागि अपाच्य भए पनि अब सारा देश माओवादमय भइसकेको सत्यलाई अस्वीकार गर्ने ठाउँ नै देखिदैन । कारण ने.क.पा.-माओवादी) मुलुकप्रति प्रतिबद्ध र जिम्मेवार राजनैतिक शक्ति मात्र नभएर मुलुकप्रति समर्पित सर्वाधिक राष्ट्रवादी राजनैतिक दल पनि हो भन्ने कुरा छर्लङ्ग भइसकेको छ । पछिल्लो जनआन्दोलन सात राजनैतिक दलको प|mेम वर्कभित्र भए पनि त्यसको मुख्य उर्जास्रोत माओवादी पार्टी नै थियो भन्ने कुरा जगजाहेर भइसकेको यथार्थ हामीसामु जीवन्त छदैछ ।
वस्तुतः जनआन्दोलनले दिएको म्याण्डेटलाई ४-४ महिना वितिसक्दा पनि कार्यान्वयन नगर्नु, ने.क.पा.-माओवादी) लाई सत्ता साझेदारीमा ल्याउन हिचकिचाउनु, भित्रभित्रै सामरिक महत्वका हातहतियारहरु भित्र्याउनु, अमेरिकी राजदूत मोरियार्टीलाई नेपाल सरकारका तर्फबाट अघोषित प्रवत्ता बनाइनु र उता गिरिजाले हतियार व्यवस्थापन सम्बन्धि विषयलाई लिएर अड्को थाप्ने जस्ता नियोजित कर्मकाण्डहरुले मुलुकलाई अनिर्णयको बन्दी मात्र बनाएको छैन, सबै सबै सिक्किम बनाउने अभियानको बाटोमा पनि डोर्‍याइरहेको भान हुन्छ । अतः समय आएको छ- नेपाली जनताको यता ४ महिनादेखि विश्वासको अवस्थामा रहेको आन्दोलनलाई तीव्र बनाउनु पर्ने भएको छ ताकि जनताको मिसन पुरा गर्न कुनै बार वा दिन कुर्न नपरोस् किनकि जनशक्तिका अगाडि कुनै पनि सामन्त वा कुनै पनि तानाशाहका षड्यन्त्रकारी तानाबाना टिक्न सक्दैन, यो ध्रुव सत्य हो । जनसन्देशबाट

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/09/14/p206/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft