शान्तिवार्तालाई हेर्ने दृष्टिकोणबारे - डा.बाबुराम भट्टराई
हाल देशमा चलिरहेको शान्तिवार्ता क्रमशः उत्कर्षतिर उन्मुख भैरहेछ । त्यो छिटै सकारात्मक वा नकारात्मक टुंगोमा पुग्नु अनिवार्य छ । शान्तिवार्ता सकारात्मक वा नकारात्मक टुंगोमा पुग्ने कुरा अन्ततः त्यसलाई हेर्ने कुन चािहं दृष्टिकोण हावी हुनेछ भन्ने कुरामा निर्भर रहनेछ । वर्तमान शान्तिवार्ताको क्रममा ती भिन्न भिन्न दृष्टिकोणहरु भीषणरुपले टक्कराइरहेको देखिएको छ । देशमा विद्यमान प्रमुख सामाजिक वर्गहरुको हित वा स्वार्थलाई प्रतिविम्वन र प्रतिनिधित्व गर्ने ती दृष्टिकोणहरुवारे आम जनसमुदाय र अग्रगामी क्रान्तिकारी शक्तिहरु बेलैमा सुसूचित भैराख्नु अत्यन्त जरुरी छ ।
शान्तिवार्तालाई हेर्ने पहिलो दृष्टिकोण हो- प्रतिकि्रयावादी र अवसरवादी दृष्टिकोण । यो दृष्टिकोणले शान्तिवार्तालाई सवै खाले वर्गसंघर्षको अन्त्य र क्रान्तिकारीहरुको प्रतिकि्रयावाद समक्ष आत्मसमर्पणको रुपमा वुझ्दछ वा वुझ्न चाहन्छ । देशको मरणासन्न सामन्त र दलाल तथा नोकरशाही पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यो दृष्टिकोण अहिले शान्तिवार्ताको सफलताको निम्ति सवभन्दा ठूलो वाधकको रुपमा उभिएको छ । राजतन्त्र र त्यसको वरपर मौलाउँदै आएको परम्परावादी शक्ति प्रमुख संसदवादी दलहरुको नेतृत्वको एउटा खेमा र मुख्य अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको एउटा पक्ष यो दृष्टिकोणका वाहक शक्ति हुन् । शान्तिवार्तालाई अग्रगामी क्रान्तिकारी शक्तिको आत्मसमर्पणको प्रकि्रयाको रुपमा वुझ्ने यो शक्ति र प्रवृत्तिले आºनो परम्परागत राजनैतिक फौजी आर्थिक र सांस्कृतिक वर्चस्व र एकाधिकारमा कुनै घुनपुत्लो लागेको देख्न चाहँदैन । त्यसैले उ आपुना आधारभूत वर्गीय स्वार्थमा धक्का लाग्ने राज्य र सम्पत्ति सम्वन्धका पुराना रुप र अंगहरु- जस्तै राजतन्त्र सशस्त्र सेनाः भूमि-सम्वन्ध राज्यको एकात्मक ढाँचा इत्यादि-मा कुनै परिवर्तन वा सम्झौता गर्न चाहँदैन । त्यसको विपरित उ क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनले सर्वस्वीकृत राष्ट्रिय एजेण्डा वनाइसकेका गणतन्त्रको प्रश्न सेनाको लोकतान्त्रीकरण र पुनस्रंरचनाको प्रश्न सामन्ती भूमिसम्वन्धको अन्त्य र क्रान्तिकारी भूमिसुधारको प्रश्न जातीय तथा क्षेत्रीय स्वायत्तता सहितको राज्यको संघात्मक पुनस्रंरचनाको प्रश्न इत्यादिलाई पूरै नकारेर वा ओझेलमा पारेर क्रान्तिकारीहरुलाई निशस्त्र पार्ने र वस्तुतः आत्मसमर्पण गराउने प्रयत्नमा मात्र शान्तिवार्तालाई केन्द्रित गराउन चाहन्छ । सवै कुरा छाडेर पुाछरमा हात भने झैं वार्ताको केन्द्रविन्दूमा रहेको गणतन्त्र र सेनाको लोकतान्त्रीकरण र पुनस्रंरचनाको प्रश्नलाई चटक्कै विसे्रर वा पूरै ओझेलमा पारेर जनमुक्ति सेनाको मात्र हतियार व्यवस्थापनको प्रश्नलाई उछाल्नु र शान्तिवार्तालाई अनिश्चित कालसम्म तन्काएर अन्ततः त्यसलाई असफल पार्ने षड्यन्त्र गर्नु त्यसैको परिचायक हो । परन्तु दश वर्षसम्मको भीषण रक्तस्नानबाट गुजे्रका मुक्तिकामी नेपाली जनता न्यूनतम रुपमा लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता नभएसम्म र नाउँ वदलिएको शाही सेनाको पूर्ण रुपमा लोकतान्त्रिक पुनस्रंरचना नभएसम्म क्रान्तिकारीहरुले प्रतिकि्रयावादीहरुबाट खोसेको हतियार किमार्थ पनि छोड्न नहुने विचारमा दृढ देखिन्छन् । क्रान्तिकारी माओवादी शक्तिले हालैका शीर्ष वैठकहरुमा अत्यन्तै लचिलो र जिम्मेवारीपूर्ण ढंगले समग्र राजनीतिक प्याकेजमा सेना र हतियार व्यवस्थापन लगायतका सवै कुरा एकसाथ हल गर्ने विभिन्न प्रस्तावहरु प्रस्तुत गरिसक्दा पनि तिनको विकल्पमा कुनै नयाँ प्रस्ताव पनि प्रस्तुत गर्न नसक्ने र वन्दै गैरहेको सहमतिलाई तोड्न र भाँड्न विभिन्न निहुँ खोजुवा शर्तहरु अघि सार्ने यो प्रतिकि्रयावादी र अवसरवादी प्रवृत्तिलाई वेलैमा परास्त गर्न वा नांगेझार पार्न नसक्ने हो भने त्यसले शान्तिवार्तालाई अन्ततः भाँडिछाड्ने गम्भीर खतरा पनि रहेको छ । आपुनो पूरै सर्वनाश नभएसम्म गड्वडी मच्चाइरहने र आफु संगसंगै अरुलाई पनि अन्त्यहीन द्वन्दको दुष्चक्रमा फसाएर सम्पूर्ण देश र जनतालाई वर्वाद पार्ने यो प्रवृत्तिलाई परास्त गर्न र शान्तिवार्ता सफल पार्न विशेषतः संसदवादी पार्टीहरुभित्रका सच्चा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु र नागरिक आन्दोलनकारीहरुले विशेष मेहनत गर्नु जरुरी भएको छ ।
शान्तिवार्तालाई हेर्ने दोश्रो हानिकारक दृष्टिकोण- संकीर्ण यान्त्रिक जडसूत्रीय-संशोधनवादी दृष्टिकोण हो । ुवामु खोलमा प्रस्तुत हुने यो निम्न-पुँजीवादी र आवारा सर्वहारावादी वर्गीय दृष्टिकोणले निरपेक्ष रुपमा सवै खाले शान्तिवार्ताको विरोध गर्छ र क्रान्तिलाई यान्त्रिक ढंगले सरल रेखामा पूरा गर्नु पर्ने मुढाग्रह राख्दछ । क्रान्तिकारी आवरणभित्रको यो ुवामु विसर्जनवादी दृष्टिकोणले क्रान्ति सरल रेखामा नभै वक्राकार वा वर्तुलाकार ढंगले अघि वढेर सम्पन्न हुन्छ र कुनै पनि सफल क्रान्ति पुरानोको पुनरावृत्ति नभएर नयाँ ढंगले विकसित भएर मात्र पूरा हुन्छ भन्ने मालेमावादी र प्रचण्डपथीय मान्यतालाई आत्मसात गर्नै सक्दैन । क्रान्तिकारी नियत राम्रो हुँदाहुँदै पनि क्रान्तिको विज्ञानको नियमलाई ठीकसंग वुझ्न नसक्नु र विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको विशिष्ठतालाई ठम्याएर सोही अनुरुप ठोस कार्यनीति र रणनीतिको श्रृंखला मिलाउन नसक्नु यो प्रवृत्तिको मुख्य कमजोरी हो । साथै हाम्रो जस्तो साना तथा गरीव किसान र निम्न-पुँजीपतिवर्गको बाहुल्य रहेको समाजमा अक्सर देखा पर्ने निम्न-पुँजीवादी अधैर्य र ुतातै खाऊँ जल्दै मरुँु जस्तो चिन्तन प्रवृत्तिको अभिव्यक्ति पनि हो यो । यतिवेला पार्टीभित्र उल्लेखनीय रुपमा यो प्रवृत्ति देखा नपरे पनि पार्टी वाहिर र खाशगरी अन्तर्राष्ट्रिय रुपमा यो प्रवृत्तिका संकेतहरु देखा परिरहेछन् र तिनका विरुद्ध राम्रो वैचारिक तयारी नगर्ने हो भने ढिलो वा चाँडो यो प्रवृत्तिले पनि शान्तिवार्ता प्रकि्रयालाई भाँजो नहाल्ला भन्न सकिन्न ।
शान्तिवार्तालाई हेर्ने तेश्रो दृष्टिकोण हो- सर्वहारावादी क्रान्तिकारी दृष्टिकोण । यसले शान्तिवार्तालाई वर्ग संघर्षको एउटा अभिन्न तर फरक पाटो वा अंगको रुपमा वुझ्दछ र क्रान्तिको विकासको विभिन्न चरणमा यसको आवश्यकता र महत्वलाई अंगीकार गर्दछ । इतिहासका सवै सफल क्रान्तिहरु युद्ध र शान्तिवार्ताको उचित संयोजनवाट नै सम्पन्न हुन सकेको वा टिक्न सकेको तथ्यबाट सिक्दै वर्तमान विशिष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पनि त्यसलाई अरु विकास गर्नुपर्ने मान्यतालाई सच्चा सर्वहारावादी दृष्टिकोणले राम्ररी आत्मसात गर्दछ । एक्काइसौं शताव्दीको शुरुको दशकमा हुने सर्वहारावादी क्रान्ति झन् नयाँ विशेषता र मौलिकता सहित अघि वढ्दछ र वढ्नुपर्दछ भन्ने मान्यतालाई अंगीकार गर्ने मालेमावाद र प्रचण्डपथीय दृष्टिकोणले शान्तिवार्तालाई क्रान्तिको अभिन्न अंगको रुपमा स्वीकारेको मात्र नभै त्यसमा थप विकास समेत गरेको छ । हाम्रो पार्टी नेकपा माओवादी को चर्चित कामीडाँडा वैठकले एक्काइसौं शताव्दीमा सफल क्रान्तिको निम्ति जनयुद्ध जनआन्दोलन वार्ता र कुटनीतिको उचित समायोजनवाट नयाँ राजनीतिक कार्यदिशाको विकास गर्नु पर्ने अवधारणा अघि सार्नुको औचित्य र मर्म पनि त्यही हो । यही सच्चा सर्वहारावादी क्रान्तिकारी दृष्टिकोण अनुरुप हाम्रो पार्टी असाध्यै गम्भीरता र जिम्मेवारीपूर्वक अहिलेको शान्तिवार्तामा प्रस्तुत भएको छ र दिगो शान्ति लोकतन्त्र र अग्रगमनको निम्ति यो वार्ता प्रकि्रयालाई सफल पार्न पूर्ण रुपले प्रतिवद्ध रहेको छ । क्रान्तिकारी दृष्टिकोण अनुसार शान्तिवार्ता न त आत्मसमर्पण हो न षड्यन्त्र र छलछाम हो वरु त्यो विद्यमान वर्गीय र राजनीतिक शक्तिसन्तुलन अनुरुप समाजको अग्रगामी रुपान्तरणको निम्ति संघर्षको नयाँ रुप हो । त्यसैले नेकपा माओवादीले सामन्तवादका सवै राजनीतिक फौजी आर्थिक र सांस्कृतिक रुपहरुको अन्त्य गरेर नेपाली समाजको पुँजीवादी रुपान्तरण गर्ने र त्यसनिम्ति तत्काल लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभारलाई नै शान्तिवार्ताको मुख्य कार्यसूची मानेको छ र सोही अनुरुप वार्तामा लचकता र दृढताको उत्तम नमूना प्रस्तुत गर्ने प्रयत्न गरिरहेको छ । संसदीय लोकतन्त्रवादी र क्रान्तिकारी जनवादी दुवै मुख्य शक्तिहरुलाई मान्य हुने समग्र राजनीतिक प्याकेजमा हल खोज्ने कुरामा वार्ता केन्द्रित भैरहेको छ । सम्झौता भन्ने वित्तिकै दुवै थरिले केही दिने र केही लिने गर्नु जरुरी हुन्छ र त्यसमा दुवै थरिले हार र जितको मानसिकता त्याग्नु आवश्यक हुन्छ । क्रान्तिकारी दृष्टिकोण अनुसार सफल सम्झौता वर्गीय र राजनीतिक शक्ति सन्तुलनको धरातलीय यथार्थलाई सही प्रतिविम्वन गर्ने खालको हुनुपर्छ र त्यसले समाजको निरन्तर अग्रगमनको मार्गलाई प्रशस्त गर्नुपर्दछ । शान्तिवार्ता र सम्झौता वर्गसंघर्षको अन्त्य नभएर संघर्षको एउटा रुपको अन्त्य र अर्को रुपको थालनी मात्र हुन्छ । वर्गीय समाज रहुन्जेल सवै खाले द्वन्द र संघर्षको अन्त्यको परिकल्पना गर्नु कोरा आदर्शवाद र यथास्थितिवादको पक्षपोषण मात्र हुन्छ ।
वर्तमान शान्तिवार्ताको सफलता वा असफलता उपरोक्त तीन दृष्टिकोण मध्ये कुन चािहं दृष्टिकोण प्रवल रहन्छ भन्ने कुरामा निर्भर रहनेछ । हामी आशा तथा विश्वास गरौं- अग्रगामी क्रान्तिकारी दृष्टिकोण एकातिर प्रतिकि्रयावादी तथा अवसरवादी आत्मसमर्पणवादी दृष्टिकोण र अर्कोतिर ुवामु संकीर्णतावादी तथा विसर्जनवादी दृष्टिकोण माथि हावी रहनेछ र देशमा लोकतन्त्र शान्ति र अग्रगमनको मार्ग प्रशस्त हुनेछ । यतिबेला चुनौतीहरु गम्भीर छन् तर सम्भावनाहरु पनि उत्तिकै प्रवल छन् ।
