वामपन्थी र गैरवामपन्थीहरूबीच तत्कालीन र दीर्घकालीन दृष्टिकोणले पनि नया“ मोर्चा बनाएर जानुपर्छ भनेर ऐतिहासिक निर्णय भएकोछ - अध्यक्ष क.प्रचण्ड
भर्खरै सकिएको केन्द्रीय समितिको बैठकले के-कस्ता निर्णयहरू गरेको छ ?
हाम्रो यो बैठक कामीडा“डा बैठकपछि अत्यन्तै महत्त्वको बैठकका रुपमा रह्यो । केन्द्रीय समितिमा गत कार्तिक २२ गते भएको समझदारी र सहमतिबारे छलफल गर्दै त्यसको कार्यान्वयन गर्न हामीले लिनुपर्ने पहलकदमी, नीति र कार्यक्रमबारे छलफल गर्यौं । यसमा केन्द्रीय समिति अत्यन्तै उत्साहका साथ एकमतले कार्यान्वयनमा विशेष पहलकदमी लिनुपर्छ भन्नेमा पुग्यौं । दोस्रो, देश संविधानसभाको निर्वाचनतिर जाने भएकाले विशेष राजनीतिक ध्रुवीकरण बनाउनका लागि वाम राजनीतिमा पनि नया“ ध्रुवीकरण कायम गर्न पार्टीले पहल लिनुपर्छ भने गैर वामपन्थी लोकतन्त्रवादीहरूलाई पनि नया“ ध्रुवीकरणमा लिएर आउनुपर्छ भन्ने बारेमा यो केन्द्रीय समितिमा विशेष ध्यान केन्द्रित रह्यो । (more…)
