फलाम तातेकै वेला ठटाउ र नयाँ नेपालको घोषणा गरौ - विधायक जनार्दन शर्मा
तातिएको फलामलाई हिर्काउन नसक्ने लुहारले फलाम नुहाउन सक्दैन अनि चाहेको औजार पनि बन्दैन । यो कुरा लुहारको लागि मात्र आवश्यक नभएर सिङ्गो राजनैतिक आन्दोलनका लागि महत्वपुर्ण कुरा हो । नेपाली राजनीतिको वर्तमान स्थिती तातिएको फलाम सेलाएर हथौडा चलाउनेहरुको हातमा छ । वलिदान त्याग र सर्मपणका लागि जनता तयार भएर मात्र हरेक राष्ट्र उन्नत हुने गरेका छन् । तर दुर्भाग्य भनौ विश्वकै सवैभन्दा उच्च संर्घषशिल चेतना उच्च वलिदानीपुर्ण आन्दोलन वाट गुजि्रएर पनि नेपाल उन्नत हुन सकिरहेको छैन । सामन्तवाद वाट ३०० वर्ष पहिल्यै मुक्त हुनु पर्ने देश अहिलेपनि सामन्ती राज्यकै रुपमा खडा छ । नेपाली जनता संघर्षवाट कहिले पछि नहटेको इतिहास छ । बलिदानी र त्यागका गरीव कहिल्यै भएनन् । ठुल्ठुलो त्याग र बलिदानको कृतिमान खडा गर्दै आएका छन् । तर एउटै कुरामा असफल भएका छन् । संघर्षले प्रदान गरेको उपलब्धीको नेतृत्व लिन सफल नहुनुको कारण हरेक ठुल्ठुला संघर्ष र बलिदानीका वावजुत धोका खाइरहेका छन् । पछिल्लो ऐतिहासिक १९ दिनको ऐतिहासिक जनआन्दोलनमा समेत जनताले बैशाख ११ गते फेरी धोखा खान पुगे त्यसकै प्रतिफल राज्य अहिले अनिर्णयको बन्दी भएर छट्पटाईरहेको छ। महान जनयुद्धवाट पैदा भएको नेतृत्वले राज्यको नेतृत्व लिने स्थिती पैदा भइरहेको वेला भएको संझौता नेपाली जनताको लागि अर्को अभिशाप भएको छ। ने।s।पा। माओवादी ले त्यसको भण्डाफोर गर्न सफल भएपनि नेतृत्व लिने अवसर गुमायो । संघर्षले नयाँ मोड लियो । शान्तिपूर्ण आन्दोलनमा सर्वहारावर्ग इमान्दार वने पनि पुरानो सत्तामा कुसर्ी गुमेपछि आन्दोलनकारी बनेका शक्तिहरु कुसर्ी प्राप्त भए पछि उनिहरु कहिले पनि जनताकालागी पनि इमान्दार हुन सकेनन् र हुन पनि सक्तैनथे । उनिहरुले कुसर्ी प्राप्त गरे पछिको १०÷११ महिना जनताको क्रान्तिकारी आन्दोलन जनताका क्रान्तिकारी नाराको अपव्याख्या र दुरुपयोग गर्ने षड्यन्त्रमा लागिरहे ।
राज्यको पुर्नसंरचना गर्ने कथित प्रतिबद्धता गरेको स्वाङ्ग रचेर राज्यको विघटन गर्नतिर उद्दत भए । जनताका जायज मागहरु पुरा नगर्नु जनताको आन्दोलनलाई जिस्काउनु र दवाउन प्रयास गर्नु क्रान्तिकारीहरुलाई आचारसंहिताको बन्धनमा बाँध्नु र आन्दोलनको नेतृत्व गलत तत्वलाई गर्ने अवसर प्रदान गर्नु जनताको क्रान्तिकारी उत्साह लाई निरासातिर धकेल्नुमा नै उनिहरुका कृयाकलाप केन्द्रित भए किनकी उनिहरुको उद्देश्य थियो फलाम सेलाएमा प्रहार गर्नेहरुले जति कोशिस गरे पनि धारिलो हतियार बनाउन नसकुन् ।
यहाँनिर सर्वहारा वर्गले प्रतिकृयावादीहरु भित्रका अन्तर्विरोधहरु संचालन गरिनु सहि हुन्छ तर त्यो अन्तर्विरोधको स्थितीमा फेरवदल आउने वित्तीकै आफ्ना कार्यनितीहरु पनि बदल्न उत्तिकै सिपालु बन्नु पर्छ । पुरानो अन्तर्विरोधको स्थितीमा वनेको मोर्चा नयाँ अन्तर्विरोध श्रृजना भैसकेपछि पनि सोहिरुपमा अगाडि बढाउने स्थितीले अन्ततः सर्वहारावर्ग र सर्वहारा वर्गिय आन्दोलन लाई नकारात्मक प्रभाव दिनु वाहेक अर्को कुरा हुन सक्दैन । रणनीतिको दृढता र कार्यनैतिक लचकताको सर्वहारा वर्गिय मान्यता भनेरै बदलिएका अन्तर्विरोधको सहि पहिचान र सो अनुरुप कार्यनीति बदल्ने प्रश्न हो । ठुलो त्याग र बलिदान पछि पनि आफ्नो त्यो त्याग र बलिदान खेर जाने भयका साथ जनता पर्खिरहनु विडम्वना भएको छ । यसका पछाडिका कारणहरु पत्ता लगाई
क्रान्तिकारीहरुले आफ्नो पहलकदमी लिन आवश्यक छ । नेपाली जनताले चाहेको स्तरमा राज्य अगाढि बढ्न नसक्नुका पछाडि संसदिय राजनीतिका हात्ती भनिनेहरुमा राजनेतामा हुनुपर्ने गुणको अभाव छ । उनिहरु स्थिती अनुरुप बदलिएर जनताको नेतृत्व गर्न चाहदैनन् । जनतालाई धोका दिदै पुरानै सोच र चिन्तनद्वारा प्रेरित भएकाले उनिहरु जनतालाई राज्यका अधिकारी बनाउन चाहदैनन् । एक शव्दमा भन्दा राजकिय गुणको अभाव छ नेताहरुमा । निर्णय क्षमताको अभाव छ । सामन्तवाद विरुद्ध जनताको मेन्डेट प्राप्त भइसकेको स्थितीमा पुरानो सामन्ती व्यवस्थाको अन्त
गरि कमसेकम पुँजीवादी प्रणालीलाई स्विकार त गर्न सक्थे तर उनिहरुमा रहेको निर्णयशक्तिको अभावमा त्यसमा पनि अगाडि बढ्न सकेनन् । सर्वहारा वर्ग संग निर्णयशक्ति हुदा हुदै पनि गणतन्त्रको घोषणा गर्नका लागि हरेक दिन संघर्षमा वित्दा पनि सहमतीमा गणतन्त्रको घोषणाको आशा गरेर ढिलाई हुन पुगेको छ ।
पुराना नेताहरुमा भएको अदुरदुर्शिता अहिलेको आन्दोलनको लागि अर्को समस्या हो । प्रतिकृयावादी सोच र चिन्तन द्वारा ग्रसित नेतृत्व कहिल्यै पनि दुरदर्शी हुन सक्दैन । जनताका मागहरुलाई वेलैमा संवोधन गर्न नसक्नु र बेला धर्किएपछि हतारमा निर्णय गर्ने स्थिती अदुरदर्शिताकै परिणाम हो । ने।s।पा। माओवादीले १२ वर्ष देखि उठाउदै आएका मागहरु अहिलेको राजनैतिक मोर्चामा अझ सशक्त रुपमा उठाएको भएपनि संघर्षको त्यो यथार्तता जनता सम्म पुर् याउने कुरामा अझ गम्भिर हुनै पर्छ । राजनैतिक स्थितीले अपेक्षित गती लिन नसक्नुको अर्को मुलकारण संसदिय नेताहरुमा राज्यको पुर्नसंरचनाको इच्छाशक्ति त हुदै हो त्यसको अन्त्यमा पुग्ने हो भने बाह्य शक्तिको हस्तक्षेप सामु आत्मसमर्पण गर्ने उनिहरुको चरित्र अझ गम्भीर छ । नेपालको राजनैतिक व्यवस्था नेपाली जनताको चाहना अनुसार निर्णय गरेर बढ्न नसक्नुका पछाडि आत्मसमर्पण वादी दास मनोवृत्ति ले काम गरेको छ ।
यहाँ सम्म शान्तिपूर्ण तरिका द्वारा अगाडि बढ्ने हाम्रो पार्टिको इमान्दारी पहल नेतृत्वको अथक प्रयत्नलाई उनिहरुले सहि अर्थवाट बुझ्न सकेका छैनन् । यहाँ सम्मको संघर्षले क्रान्तिकारी हरुलाई आफ्नो रणनीति र कार्यनीतिलाई सम्वृद्ध गर्न ठुलो शिक्षा मिलेको छ । जनताको इच्छा र चाहना अनुसार
राज्यको पुर्नसंरचना गर्नकालागि ुलातको कुकुर बातले मान्दैनु भनेझै जनताको आन्दोलनको शक्तिलाई अन्तिमपटक ओराल्न आवश्यक भैसकेको छ । संसदिय नेताहरुको भोलिवाद जनता विरुद्धको षड्यन्त्र बाहेक केही होइन । सहमतीको एउटा प्रकृया यहाँसम्म ल्याईपुर् याउन जति आवश्यक थियो त्यसलाई सोही स्तरमा अगाडि वढाउन त्यत्तिनै घातक हुनेछ ।
तसर्थ सहमतिलाई नयाँ स्तरमा विकास गरौ नयाँ प्रतिबद्धता सहित नयाँ समिकरणको निर्माण गरेर नेपाली जनताको अधिकार सुनिश्चीत गर्न संघिय लोकतान्त्रिक गणतन्त्रको घोषणाका लागि अगाडि बढ्नुको विकल्प छैन । संविधानसभा नेपाली जनतालाई आशा देखाएर धोका दिने प्रतिकृयावादीहरुको धरापमा परिसकेको स्थितीमा जेष्ठमा संविधानसभा भैहाल्छ भन्ने भ्रमले जनताको आशा पुरा हुन सक्दैन । जनआन्दोलनको घोषणा र त्यसको अन्त्य सम्म नेतृत्व गरिनु समझदारीलाई जनता अल्मल्याउने षड्यन्त्रमा प्रतिकृयावादी तत्वहरुले प्रयोग गरिरहेको हुदा त्यस विरुद्ध संघर्ष एक मात्र विकल्प हो ।
अव फलाम तातेकै वेला ठटाउने र नयाँ नेपालको घोषणा गर्ने कार्यभार वाट पछि पर्नु हुदैन । संविधानसभा सामन्तवादको अन्त नभए सम्म संभव छैन । संविधानसभाको आशामा नपरेर नयाँ संघर्षको उद्घोष गरौ ।
