Google
 

March 22, 2007

कत्लेआम र प्रतिगमनकारीहरु विरुद्ध राष्ट्रव्यापी प्रतिरोध गरी लोकतान्त्रिक गणतान्त्रिक नेपाल घोषणा गरौं

गौरमा ठूलो संख्यामा बीर निशस्त्र नेपाली सन्ततिहरुको हत्या कथित मधेसी जनअधिकार फोरमको हातबाट हुनु र काठमाडौंमा ऋण लिएर बैंक डुबाएका व्यापारीहरुले माआवादीलाई दोष दिदैं हड्ताल र बन्द गर्नु केवल संयोग मात्रै हुनैसक्दैन् । यो देशका प्रतिकि्रयावादीहरु एवं साम्राज्यवादीहरु जसले देशमा राजतन्त्रलाई कायम राखी लोकतन्त्र शान्ति र अग्रगमनलाई रोक्न चाहन्छन् जसले गौरलाई दोश्रो दोरम्बा बनाउंदै माओवादीलाई युद्ध फर्काउन चाहन्छन् तिनै हत्यारा ब्वाँसाहरुको यो कायरताबाट निन्दनिय हत्या भएको हो । यो तिनीहरुद्धारा रचिएको भयानक षडयन्त्र हो ।

यो हत्याकाण्ड हुनुमा हत्यारो ज्ञाने-पारसे-अमेरिका र उपेन्द्रहरु सहितको भारतियहरुको प्रत्यक्षँ हात छ । अर्कोतर्फ आफुलाई प्रजातन्त्र र जनताको एकमात्र ठेकेदार बताउने तर पुरानै धङधङीमा रमाउने सात राजनैतिक दलहरुको व्यवहार उनीहरुले माओवादीहरुसंग गरिएको सहमति र संझौताहरुलाई इमान्दारीपूर्वक कार्यान्वयन नगर्ने र अन्तरिम सरकार बनाउन नचाहने उल्टै माओवादीलाई मात्रै दोष लगाउने सातदलको व्यवहार पनि कम्ति दोषी छैन् ।

ठूलो संख्यामा आफ्ना कार्यकर्ताको कायरतापूर्ण हत्या पश्चात् पनि नेकपा माओवादी युद्धमा फर्कन हुदैन् बरु अब राजतन्त्र साम्राज्यवादसहितका प्रतिगमनकारीहरु माओवादीले सबै समस्या सिर्जना गरेको फलाक्ने चण्डी र बिनोद जस्ता बैंक डुबाउने तस्करहरु र सात राजनैतिक दलहरु भित्र रहेका प्रतिगमनकारीहरुको एकैसाथ मलामी बनाउन सम्पूर्ण नेपालीहरुको नेतृत्व गर्दै अगाडि बढ्नुपर्छ र त्यसको लागि विगतमा जस्तै जस्तोसुकै त्याग गर्न तयार रहनुपर्दछ ।

स्पष्ट कुरा के हो भने सबै मिलर माओवादीलाई युद्धमा फर्काउन यो कत्लेआम मच्चाइएको हो । माओवादीले हतियार बुझाएनन् अपहरण आतंक जारी राखे भनेर गोयवल्स शैलीमा फलाक्ने र घाँटी सुकाउनेहरु माओवादीलाई अन्तरिम सरकारमा सामेल गराउन नचाहने दल एवं नेताहरुले समयक्रममा निश्चित रुपमा मूल्य चुकाउनुपर्छ । त्यसैले नागरिक समाज पत्रकार देशप्रेमीहरु बिथ्यामा प्रतिगमनकारीहरु षडयन्त्रकारीहरु एवं सात राजनैतिक दलहरु भित्रका केही नेताहरुसंग तालमा ताल मिलाएर हिड्र र चिच्याएर नेपालीहरुले निर्माण गर्न चाहेको नयाँ नेपाल निर्माण गर्न संभव छैन् । त्यसैले यो बेला ती सबैको षडयन्त्रलाई चकनाचुर पार्न म्ााओावदीसंग हातमा हात र काँधमा काँध मिलाएर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हिड्ने बेला हो ।

अब सबैको बलमा हत्यारो उपेन्द्रको आवरणमा रचिएको भिषण कत्लेआमको विरुद्ध सशक्त माहोल सिर्जना गरी संविधानसभालाई नै नकुरी तत्कालै संघीय लॊकतान्त्रिक गणतान्त्रिक नेपालको घोषणा गरौं र राष्ट्र विरोधीहरुलाई कठाघरामा उभ्याउन जुटन ढिला नगरौं नत्र धैर्यताको बाँध निश्चित रुपमा नटुट्ला भन्न सकिदैन् ।

हत्याकाण्डको चौतर्फी भण्डाफोर गर्दै प्रतिगमनकारीहरुको विरुद्ध शसक्त राष्ट्रव्यापी प्रतिरोध मार्फत लोकतान्त्रिक गणतान्त्रिक नेपाल घोषणा गर्न अगाडि बढेमात्रै हत्या गरिएका विर नेपालीहरुको सपना साकार हुन्छ र सच्चा भावपूर्ण श्रद्धााजली पनि ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/03/22/p242/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft