नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को गौर हत्याकाण्ड बारे प्रेस विज्ञप्ति
हिजो चैत्र ७ गते रौतहट जिल्लाको सदरमुकाम गौरस्थित पुरानो मिलचौरमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपालको शान्तिपूर्ण जनसभामाथि कथित मधेसी जनअधिकार फोरम नामको सशस्त्र हतियारधारी जत्थाद्वारा संघातिक हमला गरी अहिलेसम्म २८ जना मधेसी राष्ट्रिय मुक्ति मोर्चाका सदस्य, स्थानीय कार्यकर्ता तथा र्समर्थक होनहार युवाहरुको जघन्य हत्या गरिएको छ र ५० जनाभन्दा बढी जनतालाई घाइते बनाई गम्भीर तथा चिन्ताजनक अवस्थामा पुर्याइएको छ । सर्वप्रथम, हाम्रो पार्टी उक्त जघन्य जनहत्याकाण्डको घोर विरोध तथा भर्त्सना गर्न चाहन्छ र जनताका ती महान योद्धाहरुलाई अमर सहिद घोषणा गर्दै शोक सन्तप्त परिवारहरुमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छ । संाघातिक आक्रमणबाट गंभीर र्घाईते हुनुभएका कार्यकर्ता तथा जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
उक्त हत्याकाण्ड दरबारिया प्रतिगामी तत्वहरु, भारतीय अति हिन्दूवादी-विस्तारवादी र शान्तिविरोधी विदेशी प्रतिगामी शक्तिहरुको सा“ठगा“ठ षड्यन्त्रबाट भएको यथार्थतामा कुनै शंका रहन्न । किनभने त्यस अपराधमा विगत शाहीकालदेखि जनयुद्धविरुद्ध कथित प्रतिकार समिति बनाई राज्यको संरक्षणमा वितरण गरिएका हतियारहरु प्रयोग भइरहेका छन् । भारतीय अति हिन्दूवादी शक्तिहरु खुलेआम हतियार बोकेर भारतीय खुला सीमा पार गरी यस जनहत्यामा संलग्न रहेका छन् । त्यस प्रकारको जघन्य घटना सदरमुकामभित्र नै घण्टौं समयसम्म आक्रमण भइरह“दा पनि सरकारी सुरक्षा निकायहरु मुकदर्शक र रमिते बनेर गैरजिम्मेवारी चरित्र प्रदर्शन गरिरहनुले झन् गम्भीर बनाएको छ ।
त्यसैले रौतहटको यस जघन्य हत्याकाण्डको पछाडि नेपाली राष्ट्रिय सार्वभौमसत्ताको रक्षा र क्षेत्रीय अखण्डतामाथि खलल पुर्याउन चाहने, शान्ति, लोकतन्त्र, अग्रगमन नचाहने र संविधानसभा तथा आठ दलको संझौता तुहाउन चाहने भारतीय अति हिन्दूवादी, विदेशी प्रतिगामी शक्तिहरु र दरबारिया प्रतिगामी तत्वहरुको सुनियोजित षड्यन्त्र र गुरुयोजना अन्तरनिहीत रहेकोमा कुनै शंका रहन्न । अतः राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरिनुपर्ने आवश्यकता टड्कारो रुपमा यस हत्याकाण्डले पुनः पुष्टि गरेको छ । यस वस्तुगत आवश्यकतालाई सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुले आत्मसात् गर्दै त्यो दिशातर्फ अविलम्व कदम चालिनुपर्दछ । दरबारिया प्रतिगामी शक्तिहरुमाथि कडाभन्दा कडा कार्वाही गर्नुका साथै दरबारिया र भारतीय हिन्दूअतिवादी तत्वहरुले खडा गरेको मधेसी जनअधिकार फोरम नामक राष्ट्रिय सार्वभौमसत्तामाथि खलल पुर्याउने आपराधिक गिरोहमाथि तुरुन्त प्रतिबन्ध लगाई अपराधीहरुमाथि कडाभन्दा कडा कार्वाही गरिनुपर्दछ । २८ जना होनहार वीर सपुतहरुलाई सहिद घोषणा गरी पीडित परिवारहरुलाई क्षतिपूर्ति र घाइते जनसमुदायहरुको शीघ्र उपचारको अविलम्व व्यवस्था गरिनुपर्दछ । साथै, सीमा क्षेत्रमा भैरहेको यस राष्ट्रघाती जनअपराधहरुलाई रोक्न खुला सिमानाको अविलम्ब नियन्त्रण र विगतमा जनयुद्धको कथित प्रतिकारको नाममा प्रतिकार समिति बनाई वितरण गरिएका सम्पूर्ण हतियारहरु राज्यको नियन्त्रणमा लिइनुपर्दछ । सीमा क्षेत्रमा हुने यसप्रकारको अपराध नियन्त्रणमा लोकतान्त्रिक आन्दोलनकारी शक्तिहरुको सर्वदलीय सहमतिको आधारमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गरिनु पर्दछ । सदरमुकाममा त्यसप्रकारको जघन्य अपराध हु“दा पनि मुकदर्शक बनेर अपराधीहरुलाई प्रोत्साहित गर्ने प्रशासकीय सुरक्षा अधिकारीहरुमाथि कार्वाही गरिनुपर्दछ ।
अन्त्यमा यसप्रकारको हत्याकाण्ड मच्चाएर पुनः दोरम्बा हत्याकाण्डको पुनरावृत्ति गराउन खोज्ने जघन्य राष्ट्रघाती हत्याकाण्डबाट हामीलाई अत्यन्तै गंभीर र आक्रोशित बनाएको छ । यस हत्याकाण्डले मध्ययुगीन फासीवादी बर्बरतालाई समेत माथ गरेको छ । फेरि पनि हामी मुलुकमा संविधानसभा, लोकतन्त्र, शान्ति र अग्रगमनको निम्ति संमयता र धैर्यता अवलम्बन गर्न चाहन्छौं । परन्तु, हाम्रो संमयता र धैर्यतालाई कमजोरी ठानेर फेरि पनि यसप्रकारका राष्ट्रघाती र जनहत्याका अपराधहरु दोहोरिरहेमा हामी जस्तोसुकै चुनौतीहरुको सामना गरेर भए पनि राष्ट्रिय सार्वभौमसत्ताको रक्षा, लोकतान्त्रिक गणतन्त्रको स्थापना र शान्ति तथा अग्रगमनको निम्ति हाम्रो आन्दोलनको अभियान अझ नया“ उ“चाइबाट उठाउन बाध्य हुनेछौं । महान् सहिदहरुको सपना पूरा गर्न हामी प्रतिबद्धता व्यक्त गर्दै, सम्पूर्ण देशभक्त तथा लोकतान्त्रिक जनसमुदायहरुमा यतिखेरको शोकलाई शक्तिमा बदल्न हार्दिक आग्रह पनि गर्दछौं ।
मिति २०६३ चैत्र ८ गते
(प्रचण्ड)
अध्यक्ष
ने.क.पा.(माओवादी)

aa.. yo ta maobadi ko blog po rahechha
Comment by nepali janta — March 22, 2007 @ 10:29 pm
अकालमा राछसहरुबाट बध गरिएका नेपाल आमाका सन्तानहरु प्रति हार्दिक श्रद्दान्जली !
बादल र देब गुरुन्गहरुले जेलनेल र बनबास खेपेर बनाएको राजनैतिक धरातल घुम्ने कुर्चीमा चयन काटेका ओम गुरुन्ग् र क्रिष्ण भट्टचनहरुले हत्याए /
मात्रिका यादव र प्रभु साहहरुले जेलनेल र बनबास खेपेर बनाएको राजनैतिक धरातल माओबादिमाथि माथि बिस्वासघात गरी भारतको जेलमा आत्मसमर्पण गरेर नेपाल पसी दरबारिया सन्ग चोचोमोचो मिलाई एन्.जि.ओ. चलायएर मोज गरेको उपेन्द्र यादवहरुले हत्याइदिए / अनि माओबादिलाई झोक किन नचलोस् /
हिजो माओबादिले हत्याहिन्सा गर्दा यिनै गिराजाहरुले उनिहरुका टाउकाको मोल राखेका थिए भने आज भारतीय डाकाहरुको बुइ चढेर यस्तो अचाक्लि हत्याहिन्सा मच्चाउने उपद्रबी उपेन्द्र यादवहरुको टाउकाको मोल राख्ने कि नराख्ने ?
म माओबादिको समर्थक कहिल्यै थिइन र हाल पनि छैन / म केवल न्यायको पछपाति हुम् /
Comment by Deshbhakta Nepali — March 23, 2007 @ 12:03 am