Google
 

March 23, 2007

गौर हत्याकाण्ड, भिडन्त र पत्रकारिता

शाही नेपाली सेनाले रामेछापको दोरम्बाबा झण्डै २० जना माओवादी नेता कार्यकर्ता तथा सर्वसाधारणको हत्या गरेर नेकपा -माओवादी तथा सरकार बीचको वार्ता भ¨ मात्रै भएको थिएन यसले आफ्नो हत्यारो खुनी अनुहारको सक्कली रुप समेत देखाएको थियो । अहिले पनि त्यही ग्याई समेतको प्रत्यक्ष संलग्नतामा रौतहटको गौरमा ३० जना भन्दा बढी निशस्त्र माओवादी कार्यकर्ता तथा सर्वसाधारणहरुलाई गोली भाला तरवारले काटी काटी मारिएको मात्रै छैन् ती वीर नेपाली चेलीहरुको स्तन काट्ने योनीमा लाठठ्ी घुसारेर योनीनै छतविक्षत पार्ने हात खुट्टा काट्ने जस्ता जघन्य पाशविक हत्या हत्याराहरुबाट भएको छ ।
जसरी दोरम्बामा त्यतीबेलाको शाही सेनाले मच्चाएको हत्याकाण्डलाई पुरै विसर्ी माओवादीले एकपक्षिय ढंगले युद्धविराम भ¨ गरेको दोष नेपालका मुल स्ट्रिम पत्रकारिता गरेको दाबी गर्ने पत्रकार र संचारमाध्यमहरुले प्रचार गरेका थिए त्यसैगरी अहिले दिउंसोलाई राती भएको घोषणा गरी माओवादी निकट मद्येसी मुक्ति मोर्चा र हत्यारो ग्या¨का बीचमा दोहोर भिडन्त भएको गोयवल्स शैलीको प्रचार गर्नु ठिक हुदैन् ।

उनीहरुले माओवादीकै कारण यो घटना भएको दुश्प्रचार गरिरहेकाछन् । यसले नेपालको पत्रकारिताको दयनिय अवस्थालाई उजगार गराएको छ । तिनै पत्रकारहरुकै रिपोर्टमा के उल्लेख गरिएको छ भने मारिने र घाइते हुने सबै माओवादी कार्यकर्ताहरु नै छन् । थुपै्र माओवादी कार्यकर्ताहरु बेपत्ता पारिएकाछन् भने कसरी त्यो दोहोरो भिडन्त हुन्छ कि कसैले मार्ने योजनाका साथ आयो भने हातले सामान्य प्रतिकार नगरिकन मलाई मा।र यार मार भन्दै बस्नुपर्ने हो पत्रकार महोदयहरु? विचार गर्नुस् त कुनै मान्छेलाई कसैले आक्रमण गर्न आयो भने आक्रमणकारीको विरुद्ध प्रतिकार गर्छ कि गर्दैन् अर्थात आफैंलाई पर् यो भने के गर्नुहुन्छ ?

त्यसैले कृपया सस्तो शब्दावली प्रयोग गरी कपोकल्पित भिडन्त बनँई यथार्थबाट टाढा रही पत्रकारिता गर्नु पत्रकारिताको धर्मभन्दा विपरित हुन्छ । माओवादीबाट केही प्राविधिक कमजोरीहरु देखिएको छ तर त्यसैकौ भरमा भिडन्त भएको खेती गर्नु कदापी देश र समाजको लागि हितकर बन्दैन् । सत्य कुरा लेखैं झुठ्ठा कुरा बन्द गरौं ।

तपाईहरुले देशको समस्या समाधान गर्नको लागि माओवादी हतियार बाधक भो भनेर लेख्नुभो । तर कहिल्यै शाही सेना प्रहरी र कथित प्रतिकार समितिका हतियारहरु देख्नुभएन् । तपाईहरुले माओवादीको युद्ध मानसिकताका कारण सरकार बनेन त देख्नुभयो तर सत्ता र संसदलाई भ्रष्ट बन्ने चुस्ने र सुत्केरी भत्ता खाने महान् पुरुषहरुको चरित्र र उनीहरुको पदलोलुपता र सरकार बनाउनै नाहने मानसिकतालाई किन देख्नुभएको छैन् । तपाईहरुले माओवादीले सहमति पालना गरेन भनेर त लेख्नुहुन्छ तर सरकारले मंसिरमै बनाउने भनेको अन्तरिम सरकार नबनाएको विरोधमा किन लेख्न सक्नुहुन्न संविधानसभाको चुनाव घोषणा नगरेको विरोधमा किन कलम चल्दैनन् यदि तपाईहरु लोकतन्त्र र गणतन्त्र चाहनुहुन्छ भने । त्यसलै आंखाले देखेर मात्रै हुदैन् दिमागले सही ढंगले देखेर बुझ्नुपर्छ । गणतन्त्र लोकतन्त्र र अग्रगमनको बाटो सही ढंगले कोरी प्रगति सहितको हराभरा नयां नेपाल बनाउने हो भने सही ढंगले देख्ने र बुझने अनि सहिको पक्षमा कलम चलाई सहीले गलत गरे बेठिक भयो भनेर स्वस्थ आलोचना गरे हामी सबैले चाहेको नयां नेपाल निर्माण गर्न संभव हुन्छ । त्यसैले गौरमा जघन्य हत्याकाण्ड र यसमा प्रचारमा ल्याइएको दोहोरो भिडन्तको नाटकलाई गल्ती महसुस गर्दै नयां नेपाल निर्माणको दिशामा अगाडि बढौं ।

2 Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/03/23/p245/trackback/

  1. ho nepalka patrakar haru nikai maattiyeka chhan. uniharu sanchhikai hawako kheti kheti gareka chhan.

    Comment by Sony — March 23, 2007 @ 10:51 am

  2. यो आपराधिक हमला नै हो । मधेशी जनाधिकार फोरुमले दरवारीया तत्व, भ्रष्ट मन्डले र भारतिय वाहुनवादीहरुका पार्टीका हत्याराहरुको प्रयोगले मच्चाएको नृशँस हत्या हो । नेपालको मामिलामा भारतिय हिन्दु दलालहरुलाई हस्तक्षेप गर्ने कुनै आधार छैन। मधेशी जनाधिकार फोरुमको दरबारसँगको साँठगाँठ, मन्डलेहरुसँगको समन्वयता र अन्य सबै पक्षको निष्पक्ष छानबिन हुनु पर्छ। हत्याराहरु माथि कानूनी कार्यवाही हुनु पर्छ।
    मृतकहरुमा हार्दीक समवेदना।

    Comment by परिवर्तन — March 23, 2007 @ 11:49 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft