Google
 

March 26, 2007

रौतहट नरसंहारले उब्जाएका प्रश्न र उजागर गरेका विषय

Filed under: Article/लेख

मेघराज ज्ञवाली - नेकपा माओवादी केन्द्रिय सल्लाहकार
रौतहट नरसंहार नेकपा माओवादीका विरुद्ध मधेशी जनअधिकार फोरमका नाममा दरवारियाहरु भारतीय हिन्दू कट्टर अतिवादीहरु र भाडामा ल्याएका विहारका अपराधीतत्वद्वारा गरिएको पूर्वनियोजित काण्ड हो । त्यस्तो विभत्स नरसंहार काण्ड हुँदा पनि नेपालका राजनीतिक दलका नेताहरु ठूला एकाधिकारवादी समाचार माध्यमहरु र विदेशी संघ संस्था कुटनैतिक व्यक्तिहरुले सबै लाज पचाएर अत्यन्तै निर्लज्ज तरिकाले सामुहिक नरसंहार गर्ने हत्यारो गिरोह र शान्तिपूर्ण राजनीतिक बाटोमा आएको राजनीतिक शक्ति जसका दर्जनौं कार्यकर्ताहरुको विभत्स हत्या गरिएको छ- उसलाई अर्थात् नेकपा माओवादीलाई समप्रकारको दोषी प्रमाणित गर्ने कोशिस गर्दैछन् ।

चैत्र ८ गते विहानको रेडियो नेपालको परिसंवाद कार्यक्रममा नेपाली कांग्रेसका अर्जुननरिसंह के।सी।sाे रौतहट नरसंहारका सम्बन्धमा विचार सुनिसकिया छ । फोरमका नाममा भएको रौतहट नरसंहारमा सबै पार्टीभित्र रहेका राजावादी तत्वहरुको प्रत्यक्ष वा परोक्ष रुपमा संलग्नता छ भन्ने पुष्टि हुन्छ । भारतीय ँर’ को एजेण्ट उपेन्द्र यादवलेमात्रै यो नरसंहार गराउन असंभव छ । किनकि फोरमको आफ्नै संगठन छैन । यो विषयमा कत्ति पनि भ्रम हुन हुँदैन । सत्य यहि नै हो कसैलाई यो कुरा पचोस् या नपचोस् ।

रौतहट नरसंहार काण्ड भारतको अमृतशहरमा अंग्रेज जनरल डायरले गराएको जलियावालाबाग हत्याकाण्डभन्दा पनि ज्यादा निर्मम र विभत्स छ । निहत्था जनतालाई ८÷९ किलोमिटर टाढासम्म लेखेटेर कब्जा गरी पिटेर काटेर यातना दिएर हत्या गरिएको छ । महिलाहरुलाई सामूहिक बलात्कार गरेर जिउँदै आगोमा जलाएर हत्या गरिएको छ । अस्पताल भर्ति गराइएका घाइतेहरुलाईसमेत आक्रमण गरेर हत्या गरेको तथ्य खुल्न आएको छ । योभन्दा विभत्स दर्दनाक हत्या अरु कुनै हुनसक्तैन । यस्तो हत्याकाण्ड अलिकति पनि मानवीय संवेदनाभएका मान्छेले गर्न सक्दैनन् । यो दानवीय हत्याकाण्डमा पचासौं नागरिकले ज्यान गुमाएका छन् । दर्जनौं घायल छन् । जनरल डायरले पनि जालियावालावाग हत्याकाण्डमा पनि यस्तो दानवीय रुप देखाएको थिएन ।

यस्तो विभत्स घटनालाई शान्ति सुरक्षाको जिम्मा लिएर बसेको पुलिस प्रशासनले मुकदर्शक भएर हेरिरह्यो । यो नरसंहार काण्डमा पुलिस प्रशासनको मौन समर्थन देखियो । जतिसुकै आपसी दुश्मनी भएपनि एउटा नेपालीले अर्को नेपालीमाथि यस्ता दानवीय आक्रमण गर्न सक्दैन । यो आक्रमण नेपाललाई गुलाम बनाउन चाहने भारतीय विस्तारवादी डायरहरुको हो ।

ज्ञानेन्द्र र पारशले नेपालमा आतंक मच्चाएर गणतन्त्रमा प्रवेश गर्नबाट रोक्न अरवौं राशी पानीसरी बगाउँदैछन् । नेपालमा राजतन्त्र बचाउन पर्छ । हिन्दू राष्ट्र बनाउन पर्छ भनेर भारतका विभिन्न शहरमा धार्मिक संस्थाहरुमा नेपालबाट भाडाका मान्छे लगेर प्रशिक्षण दिइँदैछ । मधेशी फोरमले गोरखपुरमा गोरखनाथ मन्दिरमा त्यहाँको कुख्यात सहायक मठाधीश योगी आदित्यनाथको विशेष पहलमा नेपालमा राजतन्त्रको र हिन्दू धर्मको पक्षमा संघर्ष गर्ने निर्णय गरेको थियो । त्यसपछि नेपालको मधेशमा भारतको वि।जे।पी। समर्थक यहाँका पूर्वपाचहरु मण्डलेहरु अपराधी डाँकाहरु पूर्वदेखि पश्चिमसम्म एकाएक फोरमका नाममा देखिए । आतंक मच्चाउन सुरु गरे । अहिले पनि बृन्दावनमा नेपालबाट भाडाका मान्छे लगेर राजतन्त्र बचाउन लड्ने प्रशिक्षण दिँदै गरेको कुरा समाचारहरुले खुलासा गरेका छन् ।

प्रहरी इन्स्पेक्टरले आफ्ना मातहतका अधिकृत र जवानहरुलाई ँफोरमले हामीहरुलाई केही पनि गर्दैन तिमीहरुले पनि फोरमलाई केही नगर्नु’ भन्ने आदेश दिएको कुराहरु ठाउँ-ठाउँबाट खुल्न आएका छन् । यस कुराले पनि पुलिस प्रशासन र सेनाको उपल्लो तहले आतंक मच्चाउने ज्ञानेन्द्र-पारशको योजनालाई नै सहयोग गरिरहेका छन् भन्ने कुरा पुष्टि हुन्छ ।

फोरम अर्थात् दर्वार गणतन्त्रवादीकाविरुद्ध लागेको छ । त्यसमा पनि ने।s।पा। माओवादी गणतनत्रका पक्षमा दरोगरी उभिएकाले फोरमले आफ्नो आक्रमणको सम्पूर्ण शक्ति ने।s।पा। माओवादीका विरुद्ध केन्द्रीत गरेको छ । नेकपा माओवादीको शक्ति कमजोर हुनेबित्तिकै नेपालमा गणतन्त्रको विषय स्थगित हुनेछ । अझ पार्टीहरु- नेका अहिले पनि राजतन्त्रको पक्षमा छ । नेपालमा सबैभन्दा ठूलो राजतन्त्रवादी शक्ति नेपाली कांग्रेस नै हो । ज्ञानेन्द्र र पारश अत्यन्तै बदनाम र घृणित भैसकेका छन् । यिनीहरुलाई राजाका रुपमा प्रस्तुत गर्दा लाजलागेर होला गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्र र पारशले स्वेच्छाले पद त्यागे नाबालक हृदयेन्द्रलाई श्रीपेच लगाइदिएर राजतन्त्र बचाउने सपना देखेका छन् । गिरिजाको यो भनाइ उनीले एकाएक भनेका होइनन् यसमा अमेरिकी साम्राज्यवादको राजतन्त्र बचाउने मिहीनपाराको षड्यन्त्र छ ।

गिरिजाले विराटनगरमा ज्ञानेन्द्र-पारशलाई स्वेच्छाले पद त्याग गरे राजतन्त्रका बारेमा सोंच्न सकिने भन्ने कुरालाई नेपालमा डेढ अक्कली राजनीतिकवादीहरुले गणतन्त्रवादी देख्न पुगे । गिरिजा परम राजावादी हुन् । दशवर्षे महान जनयुद्ध १४००० शहीदहरुको रगत र १९ दिने जनआन्दोलनको परिणाम स्वरुप गिरिजाप्रसाद कोइराला नेपालको अभूतपूर्व शक्तिशाली प्रधानमन्त्री हुन पुगे । गिरिजाप्रसाद कोइरालालाई आर्यघाटमा पुग्ने अवस्थामा यो प्रधानमन्त्रीको कुसर्ी मिलेको छ । उनीसित देशलाई अगाडि बढाउने कुनै अग्रगामी सोंच नै छैन । सोच्न सक्ने शक्ति पनि छैन । माघदेखियता देशमा यति ठूलो धन-जनको क्षति हुँदा पनि उनिलाई कुनै चिन्ता छैन । केवल दिन विताउने र प्रधानमन्त्रीमै कुसर्ीमा मृत्युलाई कुर्ने काम गरेका छन् । यो अक्षम अयोग्य बूढो प्रधानमन्त्री नेपालकालागि अभिशाप बनेको छ । अन्तरिम संविधान अन्तरिम संसद् अन्तरिम सरकार बनाउन गिरिजाप्रसादले गरेको ढिलाइले दरवारियाहरुलाई संगठित हुनदिने ग्राण्डडिजाइन हो । यसमा अमेरिका भारत र संयुक्त राष्ट्रसंघको पनि हात रहेको छ । समयमा अन्तरिम संविधान अन्तरिम संसद र अन्तरिम सरकार बनाउन ढीला भएकाकारणले दर्वारियाहरुले पूर्ण तयारी गर्ने मौका पाए । प्रशस्त मात्रामा अत्याधुनिक हतियारहरु िभœयाइरहेका छन् । दरवारिया मण्डले गुण्डा र अपराधी तत्वहरु सबै सशस्त्र भएका छन् । यी सबै तत्वहरु फोरमका नाममा संगठित भएका छन् ।

मधेश अहिले अत्यन्तै संवेदनशील बनेको छ । दरवारले आफ्ना सबै खाले आतंकवादी िहं्रसक गतिविधि मधेशमै संचालन गर्दैछ । ँर’ सी।आई।ए र अन्य अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरुले यहिँ मधेशलाई नै केन्द्र बनाएर काम गर्दैछन् । अमेरिकी साम्राज्यवादले निकारागुवाका कन्द्रा अपराधीजस्तै मधेशमा पनि यहाँको अपराधी तप्कालाई बनाउँदैछ । यावत् कारणले मधेश अहिले कुरुक्षेत्रको अवस्थामा पुगेको छ ।

आफ्नै दाजुको वंशविनास हुनेगरी हत्याकाण्ड गरेर सत्तामा पुगेको र जनयुद्ध दमन गर्न आठ दश लाख मान्छे मार्न परेपनि मार्ने भनेर योजना बनाउने ज्ञानेन्द्र पारसलाई जेल नहाली र राजतन्त्रको अन्त नगरी संविधान सभाको निर्वाचनको तिथि घोषणा गरे पनि यहाँ निर्वाचन हुन सक्दैन । ज्ञानेन्द्र-पारशले संविधानसभाको निर्वाचन रोक्न लाखौं मान्छेको हत्या गर्ने योजना बनाएका छन् । विना अर्को जनसंघर्ष अब संविधानसभाको निर्वाचनको कुरा गर्नु बेइमानीमात्रै हो । यस्तो जनतालाई झुक्याउने कुरा गर्नेलाई गद्दार भन्नुपर्छ ।

मूलतः नेपालको शान्तिपूर्ण निकासमा अमेरिकी साम्राज्यवाद बाधक बनेको छ । अहिले पनि अमेरिकी साम्राज्यवादले सात दल र माओवादीबीचका सम्झौता सहमति र सहकार्यलाई तोडाएर राजा कांग्रेस सूर्यबहादुर थापा र पशुपति शंशेरजस्ता घोर दक्षिणपन्थी प्रतिकि्रयावादीहरुकाबीचमा संयुक्त मोर्चा बनाएर सैन्यबलद्वारा नेपालको वाम आन्दोलनलाई समाप्त पारेर राजतन्त्र बचाउन चाहन्छ । यसकालागि अमेरिकाले नेपालमा जस्तासुकै विभत्स हत्याकाण्डहरु रचाउन पनि पछि पर्नेछैन । अहिले नेपालमा महत्वपूर्ण संवैधानिक निकायहरुमा सी।आइ।ए।sा एजेण्डहरु नियुक्त भएका छन् । यी सबै नियुक्तिहरु मोरीयार्टीको निर्देशनमा भएका हुन् ।

संयुक्त राष्ट्र संघ स्वयं अमेरिकी साम्राज्यवादको खिलौना बनेको छ । यो संस्थाले अमेरिकी इच्छा विपरित केही पनि गर्न सक्दैन । नेपाल पनि नराम्रोसित साम्राज्यवादी षड्यन्त्रमा फस्यो । आम नेपालीलाई लागेको थियोः संयुक्त राष्ट्रसंघको अनुगमन टोलीको रेखदेखमा नेपालमा समयमा संविधानसभाको निर्वाचन हुन्छ । देश गणतन्त्रमा प्रवेश गर्छ । यो हाम्रो भ्रम थियो ।

संयुक्त राष्ट्रसंघको अनुगमन टोलीले आफ्नो काम समयमा पूरा गरेर संविधान सभाको निर्वाचनलाई समयमा सम्पन्न गराउने काममा भन्दापनि विभिन्न वहानावाजी गरेर समय लम्बाउने र राजतन्त्रवादीलाई संगठित हुन मौका दिने काम गर् यो । यो अनुगमन मिसनको काम इराकको जैविक हतियार निरिक्षण टोलीकोजस्तो छ । यदि माओवादीको शक्ति हतियार र कार्यशैलीको अध्ययन गरेपछि यहाँपनि इराकमाजस्तै भिषण दुर्घटना दोहोर् याउने काम त हुने होइन सतर्क हुन जरुरी छ ।

अमेरिकी साम्राज्यवादी अन्तर्राष्ट्रिय मिसनहरुले नेपालमा मजबुत शिकाजा कसिसकेका छन् । अब साम्राज्यवादी शिकाजाबाट मुक्ति पाउन नेपालीले ठूलै बलिदान दिन पर्नेछ । साम्राज्यवादका दलाल पार्टीलाई त केही फरक पर्नेवाला छैन । उनीहरुले नेपाली जनताको मुक्ति र गणतन्त्रको विषय जतिबेला पनि छाड्न सक्छन् । अहिले सबैभन्दा ठूलो चुनौतीको विषय नेकपा माओवादीलाई भएको छ । गणतन्त्रवादी नेपाली जनताले नेकपा माओवादी सित ठूलो आशा गरेका छन् । यही अवस्थामा नेकपा माओवादीले जनताको आशा पूरा गर्नसक्छ कि सक्दैन यही नै अहिलेको गम्भीर प्रश्न हो ।

अमेरिकी साम्राज्यवादले नेकपा माओवादीलाई उत्तेजित पारेर युद्धमा फर्काउन चाहन्छ । रौतहट नरसंहार त्यसैको परिणाम हो । यदि यो नरसंहारले नपुगे भविष्यमा पनि योभन्दा ठूलो नरसंहारका घटना घटाइने छ । केही भिन्न कार्य शैलीमा इण्डोनेसिया र चिलीमाजस्तै नेकपा माओवादीका कार्यकर्ताहरुको कत्लेआम गरिनेछ । यो नै ज्यादै ठूलो चुनौती बनेको छ माओवादी नेतृत्वलाई कि युद्धमा फर्कने कि आत्मसमर्पण गर्ने । साम्राज्यवादसित युद्ध बाहेक अर्को विकल्प छैन । किनकि साम्राज्यवादले युद्ध गर्न बाध्य पार्दैैछ ।

संविधान सभाको निर्वाचन जेठमा हुन संभव छैन । यो विषय अब असान्दर्भिक हुँदैछ । अब सोझै गणतन्त्र हुनपर्छ र गणतान्त्रिक सरकारले गराएको संविधानसभाको निर्वाचन नै स्वतन्त्र र निष्पक्ष हुन सक्दछ । अहिलेको सरकार जनआन्दोलनको बलमा बनेको सरकार भएपनि यो सरकार पनि राजावादी सरकार नै हो । जेठमा संविधानसभाको निर्वाचन गराउन नसकेपछि यो सरकारले नैतिकताका आधारमा राजीनामा दिएर गणतन्त्रवादी सरकार बन्ने बाटो खोलिदिनु पर्छ । अहिले जुन चरित्रको अन्तरिम सरकार बनाउने चर्चा गरिएको छ त्यस्तो सरकारको पनि सान्दर्भिकता समाप्त भएको छ ।

नेपालमा धेरै आयोगहरु बने तिनी आयोगहरुको कुनै अर्थ रहेन । जनआन्दोलन-२ पछि बनेका आयोगहरु पनि बेकार भए । रायमाझी आयोगले पनि पब्लिक आयोगको नियति भोगिरहेको छ । त्यसकारण यो रौतहट नरसंहार आयोगको पनि कुनै अर्थ हुनेछैन । अहिले गर्नपर्ने आवश्यक काममा राजतन्त्रको अन्त्य गणतन्त्रको घोषणा नेपाल र भारतमा आवत-जावत गर्न पासपोर्ट प्रणाली र खुला सीमाना बन्द तथा फोरममाथि प्रतिबन्ध लाग्नु हो । सेना प्रहरी र प्रशासनको सम्पूर्ण ढाँचामा आमूल परिवर्तन गर्नुपर्ने अर्को काम हो । तर यो सरकार र गिरिजाप्रसाद कोइरालाबाट हुन असंभव छ । अब जनविद्रोहबाहेक हाम्रो मुक्तिको अर्को विकल्प छैन । नेकपा माओवादीले अब जनविद्रोहको नेतृत्व गर्नुपर्छ र जनमुक्ति सेनाको भरणपोषणको बैकल्पिक स्रोत खोज्नुपर्छ । रौतहट नरसंहारको नैतिक जिम्मेवारी िलंदै गिरिजाप्रसाद कोइरालाको सरकारले तुरुन्तै राजीनामा दिनुपर्छ । राजीनामा नदिए यो सरकारलाई बलपूर्वक सत्ताच्यूत गर्नुपर्छ ।

अन्तमा रौटहट नरसंहार घटनामा ज्यान गुमाएका सम्पूर्ण महान शहीदहरुप्रति भावपूर्ण श्रद्धााजली अर्पण गर्दछु । नेपाली जनताले एक दिन अबश्यपनि नरसंहारको बदला लिनेछन् । राजतन्त्रको अन्त्य हुनेछ साम्राज्यवाद नेपालबाट भाग्नेछ । रौतहटमा बगेको रगतले न्यायप्रेमी जनताको राज्यसत्ता ल्याउन कोशेढुंगाको काम गर्नेछ । महान शहीदहरु तिमीले दिएको बलिदान त्यसै खेर जान पाउने छैन ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/03/26/p249/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft