नयाँ नेपाललाई यसरी बुझने र चिन्ने कि ?
प्रकृति, समाज र मानव चिन्तन निरन्तर गतिशील हुन्छन् । गतिशीलताको प्राकृतिक र सामाजिक नियम अनुसार संसारमा निरन्तर परिवर्तन भइरहेका छन् । प्राकृतिक गतिशीलताको आधारमै मौसम परिवर्तन, जीवजन्तुहरुको जीवनमा परिवर्तन भइरहन्छन् । सामाजिक गतिशीलताको आधारमा समाज व्यवस्थामा परिवर्तन, शासन प्रणालीमा परिवर्तन, खेतीपाति, व्यापार र उद्योगमा परिवर्तन निरन्तर चलिरहन्छन् । संसारमा प्राकृतिक र सामाजिक गतिशीलतास“गै जुन वस्तु अघि बढ्न सक्दैन त्यो वस्तु निरन्तर पछाडि परिरहन्छ । मानव जातिको जीवनमा पनि गतिशीलताको नियम निरन्तर लागू हुन्छ । युग सुहाउ“दो चेतना समय सुहाउ“दो व्यवहार र परिस्थिति सुहाउ“दो सोचाई भएन भने मानव जाति इतिहासको गतिमा पछि पर्छ । (more…)
