Google
 

April 5, 2007

के प्रम गिरिजा र नेका गणतन्त्रको पक्षमा उभिएला त ?

जतिजति संविधानसभाको चुनाव नजिकिदै गएको छ उतिउति नेपाल काङग्रेसले गणतन्त्र वा राजतन्त्र मध्ये के रोज्छ त्यसको अड्कल नेपालका राजनैतिककर्मीहरु, संचारकर्मी एवं सबै नागरिकहरु गर्दै आएकाछन् । पछिल्लो महाधिवेसनबाट राजतन्त्रलाई मान्ने कुरा नेकाले आफ्नो विधानबाट हटाए पनि नेकाले प्रतिनिधित्व गर्ने वर्गका कारण व्यवहारतः काङग्रेस गणतन्त्रवादी बनेको छैन् यद्यपी नरहरि आचार्य लगायतका नेतृत्व एवं कार्यकर्ताको ठूलो पंक्ति गणतन्त्रको पक्षमा छ । काङ्ग्रेस गणतन्त्र वा राजतन्त्र मध्ये आगामी संविधानसभाको चुनावमा कसको पक्षमा उभिन्छ भन्ने कुराको निर्ण्र्ााकेबल नेकाका नेता तथा अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको घोषणा पछि मात्रै थाहा हुन्छ ।

अहिले कोइरालाको निर्ण्र्ााे नेका मात्रै नभई नेपाल र नेपाली जनताको भविश्यमा नै दुरगामी असर पार्दछ । लोकतान्त्रिक गणतान्त्रिक नेपाल स्थापनाको सुनिश्चितता भैसकेता पनि नेका लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिने हो भने मुलुकका सबै मुख्य दलहरु गणतन्त्रवादी हुनेछन् र नेपाली जनता विरुद्ध प्रतिक्रियावादीहरु, साम्राज्यवादीहरु गरिने षडयन्त्रहरुलाई सजिलै परास्त गर्न सकिन्छ । त्यसैले आशा र विश्वास गरँैं कोइरालाले दिल्लीको र्सार्क भ्रमणमा नेकपा -माओवादी)लाई शान्तिपर्ूण्ा वार्ता प्रक्रियामा सामेल गराउन ६० वर्षो राजनैतिक जीवन दाउमा लगाएको छु भन्ने वास्तवमै महसुस गर्नुभएको छ भने गणतन्त्रको पक्षमा रहेको तत्काल घोषणा गर्नुपर्छ ।

गिरिजा कतापट्ट ?

नेकाका सभापति समेत रहेका प्रम गिरिजाले केही समय अगाडि विराटनगरमा संचारकर्मीहरुसंग ज्ञानेन्द्र र पारसलाई नागरिक बन्न आग्रह गरेका थिए । यसबाट के प्रष्ट हुन्छ भने उनी राजतन्त्रको विरुद्धमा नभई केबल बाउछोराको विरुद्धमा भएको र उनीहरुलाई हर्टाई अरु कसैलाई गद्दीमा राख्ने योजना अप्रत्यक्ष रुपमा सुनाएका थिए । त्यो भन्दा अगाडि जनआन्दोलनको बलद्वारा स्थापित विघटित प्रतिनिधीसभामा पनि गिरिजाको सरकारले नै विधेयक ल्याई नेपालमा छोरा मात्रै नभई छोरी पनि राजगद्दीमा बस्ने सक्ने विधेयक पारित गरेको थियो । गिरिजाले बारम्बार भन्दै आएको सहमति र स्पेस को संकेत राजतन्त्र नै हो । यसबाट उनी अझै गणतन्त्रको पक्षमा नरहेको नै पुष्टि हुन्छ । बुझ्दाबुझ्दै पनि उनीले राजतन्त्रको वकालत गर्न सकिरहेकाछैन्न किनकि जनताको बललाई उनले नजरअन्दाज लगाउने हो भने पछिल्लो घडीमा सबैको सम्मानित भएका गिरिजा सबैको कंलकित पात्र बन्ने थाहा छ । त्यसैले उनी आफू सबैको प्यारो बन्न गणतन्त्रको पक्षमा उभिन पनि चाहन्छन् भन्ने उनी नजिककाहरु ब्ताउंछन् ।

किन निर्ण्र्ाागर्न सकिरहेका छैनन् त गणतन्त्रको पक्षमा ?
- उनी नेकपा -माओवादी)को बढ्दो लोकप्रियता एवं उसैले नेपालको राजनीतिमा जर्वजस्त उर्ठाई राष्ट्रिय एजेण्डा बनाएर राजतन्त्रलाई खतम पार्दै आफूहरुलाई पनि सिध्याउने हुनकी भन्ने भूतबाट त्रसित भई
- नेपालको माटोमा वामपन्थीहरुको अत्यधिक बाहुल्यता भएकै कारण
- राजतन्त्रवादी फेवियालाई ग्रस्त भएकै कारण
- काङग्रेस भित्रका आफ्नै छोरी सुजाताहरु जस्ता हिरङ्गीभिरङ्गीहरुद्वारा घेरिएर बन्धक बसी राजतन्त्र र उसको शाहि सेना तर वर्तमान नाम परिवर्तित नेपाल सेनाका कथित कमाण्डरहरुले राजतन्त्रमा उभिन दबाब दिएकै कारण
- अमेरिकी साम्राज्यवाद एवं हिन्दू अतिवादीहरुको शसक्त दबाबका कारण
- सामान्तीहरुको वर्गलाई नेकाले पक्षपोष गर्ने र त्यसैको प्रतिनिधित्व गर्ने भएकै कारण
- जनताको शक्ति भन्दा विदेशी शक्तिलाई तागत मानेकै कारण
- उनीमा इच्छाशक्ति नभएकै कारण

अरु थुप्रै कारणले उनी गणतन्त्रको पक्षमा जान रोकेता पनि आशा र विश्वास गरौं उनी जनताको विश्वास जित्न र सम्मानित भएर इतिहासमा बा“च्नकै लागि भएपनि गणतन्त्रको पक्षमा चा“डो भन्दा चा“डो उभिउन ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/04/05/p267/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft