Google
 

April 12, 2007

सुन्दरी प्रतियोगिता भित्रको राजनीति

स्थान- वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्र ।
समय- दिउसो ।
पात्रहरू- व्यापारी, सुन्दरी, विरोधी बौद्धिक जमात, प्रहरी लगायत अरूहरू ।
भित्र -इनडोर)- सुन्दरीहरू आफ्नो वैभवशाली व्यक्तित्वलाई एङ्गल-एङ्गलबाट आकर्ष ढङ्गले प्रस्तुत गरेर टाउकामा ताजपोशी गरिरहेको बेला ।
बाहिर -आउटडोर)- इन्टरकटमा प्रहरीको निर्मम भाटे कारबाही चरमोत्कर्षा पुगिरहेको थियो । कटबा“सको निसाना बन्दै खप्पर फुटाएर तरतरी रगत चुहाउनेहरू, त्यहा“ कुरूपताले कु“डिएर विरोध गर्न जम्मा भएका कंगाल थिएनन् । नया“ समाज निर्माणमा सम्भावना बोकेका, अझ त्योभन्दा पनि बढी गह्रुङ्गो विचार बोकेका स्थापित बौद्धिक जमात बाहिर बसेर विरोधको शंखनाद गरिरहेका थिए । रमिता हर्ेन लायकको थियो, बाहिर असन्तुष्टि र चित्त दुखाइको फोहरा छुटिरहेको थियो भने भित्र सन्तुष्टि र हा“सोको फोहरा ।

यो दृश्य गएको शनिबार सम्पन्न मिस नेपाल, ००७ को हो । करिब डेढ दशकदेखि नेपालमा चलिआएको सुन्दरी प्रतियोगितामा विरोध पनि त्यसै कालदेखि छ । यो दर्ुइ पक्ष, जो आज एउटा फरक विचारको हिमायतीको रूपमा विकसित भएर एउटा व्यापार र अर्को विचारको युद्धलाई तीव्रता दिइरहेका छन्- क्षेत्रीय, राष्ट्रिय र अन्तर्रर्ााट्रय तहमै ।

आयोजकहरू कार्यक्रमले देशलाई संकर्ीण्ातावादी संस्कृतिको आहालबाट उकासेर आधुनिक अन्तर्रर्ााट्रयतावादी नया“ मूल्य र मान्यतास“ग संयोजन गराउने संस्कृतिको पक्षमा लगाउने र यस्ता कार्यक्रमले विदेशमा देशको प्रजातान्त्रिक छविलाई उजिल्याउने काम गर्नेछ भनी वकालत गर्छन् । यहा“ भित्रको राजनीति पृथक छ, उद्देश्य हात्तीको दा“तजस्तो देखाउने र चपाउने छुट्टाछुट्टै छ भनेर बाहिरबाट विचारको युद्ध गर्न तम्सिएकाहरूको छ ।

हुन पनि नारीको भित्री कपडाको प्रचार-प्रसारको स्वार्थमा उर्लिएर सन् १९२० देखि अमेरिकाबाट फल्न-फुल्न सुरु भएको यो व्यापारी पोस्ने प्रतियोगिताबाट एउटी युवतीले कस्तो सम्मानको अपेक्षा गर्ने - एउटी युवतीलाई हजार सपना देखाउ“दै शोषणका सयौं चरण पार गर्न लगाएर अन्त्यमा उसको शिरमा शिरबन्दीझैं लाग्ने एउटा ताज पहिर्‍याउनेबित्तिकै ऊ सुन्दरताको कसीमा अब्बल हो भनेर ताली ठट्टाउ“दैमा हामीले कसरी मान्ने ऊ सा“च्चिकै सुन्दर हो भनेर -

सुनिन्छ, देखिन्छ, बुझिन्छ वरपर भएका आयोजना, त्यहा“भित्र भएका गाईजात्रा-

“तिमीलाई पैसा किन मनपर्छ -” “मिस नेपाल, १९९६” मा निर्ण्ाायकले प्रतिस्पर्धीलाई सोधे ।
“पैसामा राजाको फोटो हुने भएकोले मनपरेको”- जवाफ फर्कियो यसरी र जवाफ फर्काउने तत्कालीन सुन्दरी थिइन् राज्य कर्माचार्य ।
“काठमाडौंको ट्राफिक समस्या कसरी सुल्झाउन सकिन्छ -” “मिस नेपाल, १९९५” जसलाई व्यापारी र उद्योगपतिहरूको सामाजिक संस्था काठमाडौं जेसिसले आयोजना गरेको थियो, त्यहा“ निर्ण्ाायकको प्रश्न ।
“यो जटिल समस्याबारे सबैले मिलेर सोच्नुपर्‍यो ।”- जवाफ फर्कियो यसरी र जवाफ फर्काउने तत्कालीन सुन्दरी थिइन् सुमी खड्का ।
“लडाइ“-झगडा र राजनीतिबीच के कस्तो खालको अन्तरसम्बन्ध
हुन्छ -”- निर्ण्ाायकको प्रश्न ।

“………”- अँेहो कुनै जवाफै फर्किएन † जवाफै दिन नसकी चुपचाप बसेकी थिइन्, तत्कालीन सुन्दरी मञ्जु राणा ।
“के नेपालमा लैङ्गकि समानता
छ -”- ‘’मिस नेपाल, ००७” मा यसैपाली निर्ण्ाायकले प्रतिस्पर्धीलाई सोधे ।

“छ ।”- अकमक्किएर जवाफ फर्काइन् सुन्दरीले ।
“छैन ।”- तर क्षणभरमै के भयो कुन्नि † एक्कासी झस्किएझैं गरी पुनः जवाफ फर्काइन् तिनले ।
“……”- छैन त छैन, किन छैन भनेर कुनै उदाहरण पेस गर्न सकिनन् उनले ।
सुन्दरी प्रतियोगिताको क्रममा हुने प्रश्नोत्तर चरणमा सोधिएका यस्ता प्रश्नको “मार्मिक र बौद्धिक जवाफ” का स्वरूप । खोतलेर हेरौं, मन छामेर भनौं, यो स्वरूपभित्र रूप कहा“ छ - कहा“ छ, त्यो भनेजस्तो सौर्न्दर्य -
प्रशिक्षणको क्रममा कण्ठस्थ पारिएका उत्तर मञ्चमा ओकल्न उपस्थित हुन्छन् उनीहरू । अब भनौं त, यहा“ कहा“ देखियो बौद्धिकता - बौद्धिकता जा“च गर्ने गहन चरण हुन्छ प्रतियोगिताको अवधिभरि जम्मा १२-१५ मिनेटको । के त्यति समयमा एक व्यक्तिको मस्तिष्कलाई मुखले प्रश्न सोधेको भरमा उसको मानसिक र बौद्धिक परीक्षा सम्भव हुन्छ - यतिबाट उसको बुद्धिको अँ“कलन गरेर त्यसको मापदण्ड कायम गर्न सकिन्छ - त्यसको बुद्धि नाप्न सकिन्छ - सुन्दरी प्रतियोगितामा शरीर नाप्नुको अलावा, बुद्धिको पनि परीक्षा हुन्छ भनेर तर्क दिन खोज्ने आयोजकहरूको खोक्रो चिच्याहटलाई उदाङ्गो पार्दैन र यो कुराले - “ब्युटी विथ ब्रेन” को नारा, मनमस्तिष्कको परीक्षणको दाबी झूटो सावित गर्दैन - उनीहरूको मानसिक र बौद्धिक परीक्षण लिने यो प्रक्रिया पूरै सुनोयोजित देखि“दैन -

भनिन्छ, सुन्दरी प्रतियोगिता उनीहरूको खुट्टा, त्रि्रा, नितम्ब, स्तन, अनुहार कति कामोत्तेजक छ भन्ने परीक्षा हो । यस्ता मनोरञ्जनात्मक कैयौं चरण पार गरिसकेपछि पनि कसलाई मिस नेपाल बनाउने भनेर अयोजकहरूमाझ लबिङसमेत हुने गरेको यदाकदा सुनिन्छ ।

सफलताको ताज पहिरिन सफल मिस नेपालले एक वर्षम्म प्रचारमा आउन नपाउने, बोल्न, लेख्न र अन्तर्वार्ता दिन पनि पर्ूवस्वीकृति लिनुपर्ने, उनीहरूको तीन-चारवटा विज्ञापनमा निःशुल्क खेलिदिनुपर्ने र र्सतविपरीत आचरण गरे उपाधि खोस्नसमेत सकिने प्रावधान राखी सुरुमै मञ्जुर गर्राई फारमै हस्ताक्षर गराइएको हुन्छ । याने कि त्यो परीक्षाले विभिन्न राष्ट्रिय-अन्तर्रर्ााट्रय कम्पनीका लागि मोडेल छान्ने काम गरेको हुन्छ र आयोजकहरूका लागि वर्षदिनसम्म सित्तैमा काम गर्ने एउटा ब“धुवा मजदुर निर्माण गरी त्योस“ग सम्झौता गरेर शोषण गरिएको हु“दैन भनेर कसरी भन्ने - अन्तर्रर्ााट्रय तहमै पनि यही प्रवृत्ति छ । बहुराष्ट्रिय कम्पनी, अझ पु“जीवादी देशहरूले समेत सुन्दरी प्रतियोगिता र यसपछिको परिणामलाई हतियारको रूपमा प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजिरहेका हुन्छन् भन्ने प्रमाणको रूपमा १९६६ मा मिस वर्ल्ड उपाधि जितेकी भारतकी प्रथम विश्व सुन्दरी रिता फारियालाई लिन सकिन्छ ।

उनलाई भियतनामी जनतामाथि आक्रमण गरिरहेका अमेरिकी सैनिकहरूलाई मनोरञ्जन प्रदान गर्न जबर्जस्ती दक्षिण भियतनाम पठाउन खोजियो । यस विरुद्ध भारतका विभिन्न राजनीतिक पार्टर्ीीसांसद र जनताले सडकदेखि सदनसम्म हंगामा मच्चाए । आयोजक त स्थिति नाजुक देखिएपछि एकातिर पन्छिए, तर रिता फारियामाथि संकटका सय पहाड खसे । आक्रोशित जमातहरू उनको पासपोर्ट जफत हुनर्ुपर्छ भनेर आवाज उठाउनसमेत पछि परेनन् । “मिस वर्ल्ड” नै उनका लागि त्यहा“ अभिशाप बन्न पुग्यो । उनले आफ्नो पढाइलाई निरन्तरता दिने कुरा त कता हो कता - आफ्नो देश फर्किने वातावरणसमेत बन्न सकेन ।

यता आयोजकहरू पनि र्सतअनुसार उनको व्यवहार नभएको भनी अदालततिर लाग्दै गर्दा उनले उपाधि फिर्ता गरिदिइन्, किन - उनको त्यो बेला छोटो उत्तर थियो-”आफ्नो सम्मानका लागि यो उपाधि फिर्ता दिएकी हु“ ।” त्यो ताज पहिरिएको अवस्थामा उनले कति अपमानित हुनुपरेको महसुस गरिछन् त -

क्षणिक सुन्दरी हुनुको ताज पहिरिएर आयोजक, व्यापारीहरूको स्वार्थको लागि आफूलाई हि“डाइयो, क्रमशः सुगा रटाइ रट्दै तिनीहरूकै स्वार्थका लागि जिन्दगी जलाइयो । क्षणिक सुन्दरताको मोहले मार्‍यो आफ्नै जीवनलाई †

प्रपञ्चै-प्रपञ्चको यो सुन्दरता, जसको उद्गम- १९६० को दशकपछि नारीवादी र नारीमुक्तिवादीहरूको संर्घष्ाका कारणले युरोप र अमेरिकाका महिलाहरू घरको चौघेरोबाट मुक्त हु“दै आफू पनि जब बाहिर काम गर्न जान थाले, तब पु“जीवादीहरूले महिलामाथि नियन्त्रण गर्न एउटा कुटिल नया“ हतियार विकसित गरे, जसलाई सुन्दरताको हतियार भनिन्छ । महिलामा सुन्दर हुने होडबाजी गर्राई आफ्नो सत्ता, आफ्नो स्वार्थ पूरा गरिराख्ने कामलाई सुन्दरताको राजनीति भनेर हामी बुझ्छौं र सुन्दरताको व्यापार भनेर पनि । सुन्दरताको यो व्यापारले उत्तेजक देह व्यापार बढ्नेछ । नारीहरूलाई पुरुषहरूले भोग्ने वस्तुको रूपमा हर्ेर्ने चलनमा वृद्धि हुनेछ । नारीहरू अझ बढी शोषित र पीडित हुनेछन्, उनीहरूले आफ्नो स्वतन्त्रता र समानतापर्ूवक बा“च्न पाउने अधिकार गुमाउनेछन् ।

हरिमाया भेटवाल /kantipur

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/04/12/p285/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft