२०६३ साललाई फर्केर हेर्दा
नेपालको इतिहासमा २०६३ साल ऐतिहािसक बन्न पुग्यो । यद्यपी यो ऐतिहासिक शब्दावली अहिले नेपाली जनज्रि्रोमा अत्यन्तै लोकपृय बनेको छ । कतै यो शब्द सस्तो लोकपृय पो बन्ने हो कि भन्ने चिन्ता उब्जनु पनि स्वाभाविक छ, तथापी २०६३ साल ऐतिहािसक बन्यो नै । विशेषतः पृथ्वीनारायण शाहको सामन्ती एकात्मक राज्यको एकीकरणपछि स्थिापित भएको राजसंस्था अन्त्यको मृत्यु घण्टी बजेको वर्षहो २०६३ साल । जनताको अजेय शक्तिलाई बन्दुक र बुटले कुल्चेर हजारौंको आम नरसंहार मच्चाएर भए पनि २०१७ साल दोहोर्याउने ज्ञानेन्द्रको शाही कदम स्वयम् आफ्नै चिहान बन्न पुग्यो । ज्ञानेन्द्र शाहीको शासनलाई कुनै न कुनै रुपमा भरथेग गर्ने पयास पनि नभएका होइनन् । अहिले पनि एउटा गिरोह सक्रिय रुपमा लागिपरेकै छ, तर अब जतिसुकै हथकण्डाहरु पनि काम लाग्ने छैनन् शाही सत्ताका निम्ति ।
जनताको उर्लंदो सागरलाई मत्थर गर्दै संसदवादी दलहरुलाई फेरि एउटा पाशा फ्या“केर आफ्नो पक्ष्ँमा पार्न दरवारले भारतबाट हिन्दु अतिवादी गुटलाई अगाडि सार्यो । जसका कारण काश्मिरी राजशाहीका सन्तान करणसिंह आएर दरवार र दलहरुलाई मिलाउने कोसिस पनि गरे । करणसिंह आफ्नो मिसनमा करीब सफलताको विन्दुमा पनि पुग्दै थिए । किनभने ज्ञानेन्द्र शाहीको २०६३ वैशाख ८ गतेको वक्तव्यपश्चात सात दलको गठबन्धन घु“डा टेक्ने प्रक्रियामा थियो । तर नेकपा -माओवादी) ले उक्त वक्तव्य खारेज गरी आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेपछि दलहरुमा थारै प्राण भर्ने काम गर्यो, फलस्वरुप जनताको आन्दोलनका पछाडि लतारिन बाध्य भए ।
अर्कोतर्फगाउ“बाट शहर घर्ेर्ने दर्ीघकालिन लक्ष्यअनुरुप शस्त्रवलद्वारा नै नया“ जनवादी राज्य व्यवस्था स्थापना गर्न अघि बढेको नेकपा -माओवादी) ले युद्धको स्वरुप चेञ्ज गरेर शान्तिपर्ूण्ा संक्रमणद्वारा अघि बढ्ने नीति लियो । २०६२ मंसीर ७ गते सात संसदवादी दलहरुसंग गरेको १२ बु“दे समभ\mदारीलाई कार्यान्वयन गर्न माओवादीले पहल अघि बढायो । जसका कारण वैशाख ११ गते सात दल र राजा ज्ञानेन्द्रबीच भएको सहमतिलाई आलोचना गर्दै विरोध जनायता पनि राष्ट्रिय एकता र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न संविधान सभाको चुनाव गराउने प्रक्रियासम्म दलहरुसंग मिलेरै जाने सहमतिमा माओवादीले हात बढायो । जसका कारण असार २ गतेको अर्को ऐतिहासिक कदम स्वरुप सात दल र माओवादी बीच ८ बु“दे सहमति बन्यो । एवं प्रकारले कार्तिक २२ गतेको बृहद शान्ति सम्झौताले जनमुक्ति सेना क्यान्टोनमेन्टमा राख्ने नेपाली सेनाको र जनमुक्ति सेनाको बराबरी संख्यामा हतियार कन्टेनरमा राख्ने सहमतिहरु भए ।
हरेक सहमति र सम्झौता कार्यान्वयन गराउन ४/५ महिनासम्मको अथक संर्घष्ा गर्नु पर्यो । अन्ततः माघ १ गते नेपालको इतिहासमा एउटा युगान्तकारी कार्य सम्पन्न भयो । त्यो भनेको अन्तरिम संविधान जारी हुनु र अन्तरिम विधायिका बन्नु तथा माओवादीको उपस्थिति हुनु जस्ता महत्वपर्ूण्ा कार्यहरु भए । त्यसैगरी चैत्र १८ गते माओवादी सहितको अन्तरिम सरकार समेत निर्माण हुनुले माओले जापानी साम्राज्यवादी आक्रमणका विरुद्ध च्याङकाईसेकसंग संयुक्त सरकारमा गएझैं सामन्तवाद र राजतन्त्रको उन्मूलनका निम्ति संसदवादी दलहरुसंगको संयुक्त मोर्चा निर्माण भयो । यद्यपी चीनमा माओले च्याङ्काइसकेसंग गरेको सम्झौता भन्दा नेापलमा माओवादी र सात दलबीच गरको सम्झौता भिन्न परिस्थिति र वर्गबीच भएको छ, तथापी यो सम्झौता सामन्ती राजतन्त्रको अन्त्यका निम्ति ऐतिहासिक कोशेढुंगा बन्ने कुरा निश्चित छ ।
यसरी दर्ुइ सय अठ्तीस वषर्ीय एकात्मक सामन्ती राजतन्त्रको अन्त्य हुने स्थिति निश्चित भएपछि अन्तिम छट्पटाहट स्वरुप दरवारले विभिन्न गोटीहरु अगाडि सार्यो । जो अहिले पनि विद्यमान छ । र, नेपाली जनताको हक अधिकारलाई फेरि दमन गरेर मध्ययुगको बर्बरता बचाइराख्न आज विभन्नि नामका अपराधिक गुटहरु सक्रिय भइरहेका छन् । फोरमको नाममा तर्राईमा ठूलाठूला नरसंहार मच्चाउनेदेखि भावर प्रदेश, हिमाली प्रदेश वा जनजातिका नाममा अन्तहिन द्वन्द्व चर्काएर संविधान सभाको चुनाव बिथोल्ने कसरतहरु भइरहेका छन् ।
जे होस्, २०६३ साल नेपालको इतिहासमा एउटा भिन्नै र नितान्त फरक मोडको वर्षबन्न पुग्यो । नेपाली जनताले पहिलो पटक आफैले आफैलाई शासन गर्ने राज्यको मूल कानुन संविधान निर्माण गर्ने प्रक्रियातर्फअघि बढको वर्षो रुपमा २०६३ साल स्थापित भएको छ । चुनौतीहरु धेरै ठूला ठूला छन् । साम्राज्यवादले नाङ्गो हस्तक्षेप गरेर नेपालमा बढ्न थालेको साम्यवादी झण्डालाई दवाउन सामन्ती राजतन्त्रलाई वैशाखी बनाउने कसरत पनि गरिरहेको छ । उता संसदवादी दलहरु भने ज्ञानेन्द्र-पारसलाई हटाएर भए पनि अन्ततः शाह वंशीय परम्परालाई कायमै राख्न सेरेमोनियल राजतन्त्रको भित्री चाल पनि चालिरहेका छन् । तर एउटा नया“ इतिहास निर्माण गर्ने अभियानको जग बसालेको २०६३ सालको नेपाली जनताको ऐतिहासिक यात्रालाई २०६४ सालले अगाडि बढाउने छ । जनताको उच्च त्याग र बलिदानले कोरिएको इतिहास मेटाउन जे जस्ता प्रतिगामी तत्वहरु लागि परे पनि २०६४ सालले खरानी बनाउने निश्चित छ ।
नौलो जनउभार साप्ताहिक/सम्पादकीय
