एकताको नया“ आधार सोझै गणतन्त्र
काठमाडौं - सामन्ती राजतन्त्र र उसको सहयोगी वैदेशिक शक्तिकेन्द्रले नेपाली राष्ट्रियता विरूद्ध गरेको षड†यन्त्रको मतियार वर्तमान अन्तरिम सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस बन्दै गएकोले नेकपा -माओवादी)ले अब राष्ट्रियताको विषयलाई प्रमुखताका साथ उठाउने भएको छध्र कुनै पनि किसिमले संविधानसभाको निर्वाचन हुन नदिने षड†यन्त्र भनेको अन्ततः नेपाली राष्ट्रियता विरूद्धकै षड†यन्त्र होध्र यद्यपि नेपालज‚तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा राष्ट्रियता र जनतन्त्रको सवाललाई अलग राख्न सकिंदैनध्र नेपालमा सामन्ती राजतन्त्र रहेसम्म राष्ट्रियता खतरामा परिरहने र लोकतन्त्रको गला रेटिने इतिहाससिद्ध तथ्य हुन†ध्र यो इतिहाससिद्ध तथ्यलाई ध्यानमा राख्दै नेकपा -माओवादी)को आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले नेपाली राष्ट्रियता र जनतन्त्रविरूद्ध भइरहेका षड†यन्त्रलाई पराजित गर्ने निष्कर्षनिकालेको माओवादी उच्च स्रोतले बताएको छध्र
नेकपा -माओवादी)को केन्द्रीय समितिको बैठक सकिएको एक दिनपछि दर्जनौं संवाददाताहरूबीच उप‚थित हुनुभएका माओवादी अध्यक्ष क.प्रचण्डले भन्नुभयो- “अन्तरिम व्यव‚थापिकाको दर्ुइतिहाइ बहुमतले राजतन्त्र फाल्न सकिने गरी संविधान संशोधन गर्नु उधारो निर्ण्र्ााहुन्छध्र”
इतिहासप्रतिको इमान्दारिता
माओवादी अध्यक्ष प्रचण्डले संवाददाताहरूस“ग राजनीतिक प्रक्रियाहरू ढिलो भइरहनु र देशमा अन्यौलनता छाइरहनुको पछाडिको मुख्य कारण इतिहासप्रति बेइमान यथा‚थितिवादी नेतृत्व भएको पनि उल्लेख गर्नुभयोध्र दोस्रो जनआन्दोलनेले गति लिंदै गर्दा गत वर्षवैशाख ११ गते आप†mनो सहयात्री राजनीतिक शक्ति नेकपा -माओवादी)स“ग सर्म्पर्क नै नगरी सातदलीय गठबन्धनले सामन्ती राजतन्त्रस“ग धोकापर्ूण्ा सम्झौता गर्योध्र जनआन्दोलनमा सहभागी जनता सडकबाटै गणतन्त्र ‚थापना गर्न चाहन्थे तर नेपाली कांग्रेसको नेतृत्वमा भएको सातदलीय गठबन्धनले धोकापर्ूण्ा सम्झौता गरेपछि नेकपा -माओवादी)ले संविधानसभामार्फ† गणतन्त्र सं‚थागत गर्न जनताको मत पर्खने धर्ैयता गर्योध्र तर, धोकापर्ूण्ा सम्झौताबाट सत्ता प्राप्त गरेका सात दलले जनयुद्ध र जनआन्दोलनविरूद्ध अपराध गरेको, तानाशाह ज्ञानेन्द्रलगायत उनको सुरक्षायन्त्र नोकरशाहीयन्त्र विरूद्ध कुनै पनि कदम चालेनन†ध्र यसबाट सामन्ती राजतन्त्रलाई संविधानविरूद्ध षड†यन्त्र गर्ने वातावरण मजबुद बन्दै गयोध्र
नेकपा -माओवादी)का अध्यक्ष क.प्रचण्डले सोमबार पत्रकारहरूस“ग भन्नुभयो- “यदि असार २ गतेको समझदारीको गतिमा सबै राजनीतिक दल र सरकार चलेको भए सबै षड†यन्त्र पराजित भइसक्थे र जनता संविधानसभाबाट गणतन्त्र सं‚थागत गर्ने अन्तिम प्रक्रियामा अहिले हुन्थेध्र”
सामन्ती दरबारिया र वैदेशिक प्रतिगामी तत्वस“ग कांग्रेस नेतृत्वले इतिहासमै घु“डा टेक्दै आएकोले अब न त उसबाट राष्ट्रियता न त लोकतन्त्रकै सर्म्बर्द्धनको आश गर्न सकिन्छध्र
आशा गर्ने ठाउ“ र एकताको आधार
नेपाली कांग्रेसभित्र ‚वाभिमानी, राष्ट्रवादी र लोकतान्त्रिक तप्का पनि छध्र यद्यपि अहिले त्यो हावी छैनध्र त्यसकारण संविधानसभाको निर्वाचनलाई अनिश्चयको भु“मरीमा धकेल्ने षड†यन्त्र असफल पार्ने हो भने सोझै गणतन्त्रमा जानुको विकल्प छैनध्र नेकपा -माओवादी)का अध्यक्ष क.प्रचण्डले संविधानसभाको निर्वाचन क्रमशः पर र्सार्दै प्रतिगमनलाई बलियो पार्ने षड†यन्त्र विरूद्ध अब गणतन्त्र घोषणा एक मात्र विकल्प बताइ सक्नुभएको छध्र
यसलाई अझ थप व्याख्या गर्दै माओवादी अध्यक्ष क.प्रचण्डले भन्नुभयो- “अब नया“ आधारमा नया“ एकता हुनर्ुपर्छ, त्यो भावनात्मक नभएर राजनीतिक हुनर्ुपर्छध्र एकताको राजनीतिक आधार भनेको छिटोभन्दा छिटो गणतन्त्रको घोषणा हुनेछ ।” अर्काे अर्थमा इतिहासप्रतिको इमान्दारिता पनि यही हुन्छध्र यसो नगर्दा हालसम्मको एकताको आधार अब टुटिसकेको छध्र किनकि राजनीतिक प्रक्रियामा ढिलाइ हु“दै गएकाले अब नेपाली जनतालाई उधारो कुरामा पर्खिरहने फर्ुसद छैनध्र अहिलेको विकसित परि‚थितिको माग फेरि पनि आठदलीय मजबुद एकता हो र त्यसको आधार अध्यक्ष क.प्रचण्डले भन्नुभएझैं “राजनीतिक सहमतिबाट छिट्टै गणतन्त्र घोषणा नै होध्र”
चुनौतीको सामना गर्न जनता तयार
जनताको लागि अवश्य पनि त्यो खुशियालीको कुरा हुनेछध्र र, गणतन्त्रविरूद्ध आइलाग्ने जोसुकै प्रतिगामीहरूलाई जनताको विजयको अभियानले कुल्चने छध्र माओवादी अध्यक्ष क.प्रचण्डको शब्दमा नया“ गणतान्त्रिक सरकार बनेमा जनतामा उत्साह र विजय अभियानको लहर चल्नेछध्र गणतन्त्र घोषणा भएपछि संविधानसभाको चुनाव आगामी कार्तिक वा त्योभन्दा पछि पनि र्सार्न सकिनेछध्र त्यसका लागि सात राजनीतिक दलमा एउटा आ“टको आवश्यकता भएकोमा पनि माओवादी अध्यक्षले जोड दिनुभयो किनकि अहिले नेपाली जनताको सबै तह र तप्काको नेतृत्व आठ राजनीतिक दलहरूले गरिरहेका छन्ध्र अन्तर्रर्ााट्रय समुदायले पनि गणतन्त्र घोषणालाई अ‚वीकार गर्न नसक्न विश्वास पनि उहा“ले गर्नुभयोध्र
हामी लडिराख्छौं
नेकपा -माओवादी)को आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकको मुख्य भावलाई अभिव्यक्त गर्दै सोमबारको संवाददाता भेटघाटमा अध्यक्ष क.प्रचण्डले भन्नुभयो- “हाम्रो प्रतिबद्धता भनेको नेपाली जनताका पक्षमा र नेपाली राष्ट्रियता र जातीय सद†भावका पक्षमा लडिराख्ने होध्र हामी लडी रहने छौंध्र” किनकि उहा“ले भन्नुभयो- “नेपाल पुरानै रहन सक्दैन यो नया“ भएरै छाड†ने छध्र हामी नया“ नेपाल बनाउने अभियानलाई बल पुर्याउन लडिरहनेछौंध्र”
नेपाली राजनीति रेल इञ्जिनको गतिमा अघि बढिरहेको बताउनुहु“दै उहा“ले कहिलेकाहीं आउने डरलाग्दा घुम्ती र मोडमा आप†mनो पार्टर्ीीेश र जनताका हितमा प्रतिबद्ध हुने बताउनुभयोध्र
अध्यक्ष क.प्रचण्डले संवाददाताहरूस“गको भेटघाटको अन्तमा राष्ट्रियताको पक्षलाई अझ जोड दिंदै भन्नुभयो- “अहिले बाहृय र आन्तरिक रूपमा हाम्रो राष्ट्रियता खतरामा छध्र हामी यसलाई पछि पर्न दिंदैनौ किनकि हाम्रो राष्ट्र रहेन र टुक््रयो भने हाम्रो निम्ति दर्ुभाग्य हुन्छध्र हामी राष्ट्रियताको कुरालाई एकरत्ति पनि ओझेलमा पार्न चाह“दैनौं” अनि उहा“ले उत्तिकै जोड दिनुभयो- “नेपाली जनताको निरंकुशता विरूद्धकोलोकतान्त्रिक आन्दोलनबाट पनि हामी एकरत्ति पछि रहन सक्दैनौंध्र”
राजनीतिक विश्लेषकहरूले माओवादी अध्यक्ष क.प्रचण्डको सोझै र छिट्टै गणतन्त्र घोषणा गर्नर्ुपर्ने प्र‚तावको ‚वागत गरेका छन†ध्र अध्यक्ष क.प्रचण्डले राजनीतिमा स“गै यात्रा गर्नका लागि सम्झौताको अर्काे शर्त जनमत संग्रहमा पनि आफूहरू सहमत हुनसक्ने बताउनु भएर थप कार्यनीतिक लचकता पनि पर््रदर्शन गर्नुभएको छ
