Google
 

April 24, 2007

साम्राज्यवादी र प्रतिगामी शक्तिहरू क्रान्तिलाई रोक्नका निम्ति मधेशमा केन्द्रित भएकाछन्

क.रामबहादुर थापा -बादल) इञ्चार्ज, पर्ूर्वी कमाण्ड, नेकपा -माओवादी)
नेपालमा अहिले राजनीतिक अन्योल तीव्र भएको छ । यो चिर्न माओवादीले सीधै गणतन्त्रमा जाने प्रस्ताव गरेको छ । तर कांग्रेस नेतृत्व न सीधै गणतन्त्रमा जाने न जनमतसंग्रहमा जाने प्रस्ताव मान्छ, नेपाली जनता यस्तो अन्योलमा कहिलेसम्म रहिरहने -
अहिले देशमा राजनीतिक संकटको स्थिति छ । यो संकटले एकातिर प्रतिगामी शक्तिहरूको षड्यन्त्रलाई अभिव्यक्त गर्दछ भने अर्कोतिर जनताको अग्रगमनको आकांक्षालाई पनि यसले अभिव्यक्त गर्छ । यो अन्योलको स्थितिलाई जनताको सशक्त जनदबाब र एउटा नया“ आन्दोलनले मात्र अन्त्य गर्न सक्छ र हाम्रो पार्टर्ीी त्यही दिशामा आफ्नो कदम बढाइरहेको छ ।
राजनीतिक अन्योल चिर्दै निकास दिन अन्य राजनीतिक पार्टर्ीीथा अन्य सम्बद्ध पक्षबीच नेकपा -माओवादी)को कुनै प्रकारको छलफल भएको छ -
निश्चय पनि विभिन्न गणतन्त्रवादी शक्तिहरूसँग हाम्रो पार्टर्ीी अन्तर्त्रिmयालाई अगाडि बढाइरहेको छ । र, प्रायः सबै गणतन्त्रवादी शक्तिहरू देशमा विद्यमान राजनीतिक अन्योललाई अन्त्य गर्ने पक्षमा छन् । साथै उनीहरू नयाँ आन्दोलनको पुनः उठान गर्नुपर्ने कुरामा सहमत देखिन्छन् ।
हालै सम्पन्न पार्टर्ीीे केन्द्रीय समितिको बैठकले नयाँ कार्यनीति तय गरेको कुरा बाहिर आएको छ । केन्द्रीय समितिले तय गरेको उक्त कार्यनीति र अन्य निर्ण्र्ाारूबारे संक्षिप्तमा बताइदिनुस् न -
हालै बसेको हाम्रो पार्टर्ीीे केन्द्रीय समितिको बैठकले पार्टर्ीीे कार्यनीतिमा परिस्थितिअनुरूप परिवर्तन गरेको छ । अहिले देशमा वैदेशिक हस्तक्षेपहरू तीव्र भएका छन्, शान्तिप्रक्रियालाई रोक्नका लागि प्रतिगामी शक्तिहरूको षड्यन्त्र पनि तीब्र बन्दै गइरहेको छ । यो स्थितिमा ती हस्तक्षेप र षड्यन्त्रको भण्डाफोर र प्रतिरोध गर्न पार्टर्ीी आफ्नो कार्यनीतिहरूलाई परिवर्तन र विकास गर्नुपर्ने आवश्यकता महशुस गरेर अहिले हाम्रो कार्यनीतिमा परिवर्तन आएको हो ।
उक्त परिवर्तित कार्यनीतिको मूल जोड राष्ट्रिय आत्मर्समर्पणवादी शक्तिको चलखेल, राष्ट्रघाती शक्ति र प्रतिगामी तत्वहरूका विरूद्ध नयाँ संर्घष्ाको उठानको आवश्यकतामा रहेको छ ।
पार्टर्ीीे केन्द्रीय समितिमा सीधै गणतन्त्रमा जाने प्रस्तावबारे छलफल भएको बाहिर आएको थियो । पछि पार्टर्ीीध्यक्ष क. प्रचण्डले संवाददातासँगको एउटा साक्षात्कार कार्यक्रममा पार्टर्ीीई जनमत संग्रहको विकल्प पनि मान्य भएको बताउनुभयो । गतवर्षएमालेको जनमतसंग्रहको प्रस्तावलाई पार्टर्ीी स्वीकारेको थिएन, अहिले आएर किन स्वीकारियो -
कार्यनीति भनेको तत्कालिक परिस्थितिमा उत्पन्न अन्तरविरोधहरूलाई समाधान गर्ने नीति हो । त्यसअनुरूप अहिले हाम्रो पार्टर्ीी संविधानसभा निर्वाचनको स्थगनपछि अविलम्ब व्यवस्थापिकाबाट गणतन्त्र घोषणा गर्ने कार्यनीति लिएको छ । तर त्यसको कार्यान्वयनका दृष्टिले अन्य राजनीतिक शक्तिहरूसम्म एउटा साझा मोर्चाको निम्ति जनमतसंग्रह पनि एउटा विकल्प हुनसक्छ भनेर त्यसलाई एउटा सहायक विकल्पको रूपमा प्रस्तुत गरेको हो । हाम्रो केन्द्रीय समितिको निर्ण्र्ााअविलम्ब व्यवस्थापिकाबाट गणतन्त्र घोषणा गर्नुपर्छ भन्ने नै हो । हामी मूलरूपमा त्यसैमा ढृढ छौं तर गणतन्त्रको स्थापनाको निम्ति अन्य गणतन्त्रवादी शक्तिहरूलाई पनि आन्दोलनमा उतार्न र गणतन्त्रको लक्ष्यप्रति सहमत गराउनुपर्ने भएकोले यदि सबै गणतन्त्रवादी शक्तिहरू दोस्रो विकल्पमा सहमत हुन्छन् भने हामी त्यसको निम्ति पनि तयार छौं भन्ने अध्यक्षको आशय हो ।
प्रतिगामी र यथास्थितिवादी शक्तिहरूले वैदेशिक शक्तिको निर्देशनमा माओवादीलाई फसाउन खोजेको एक वर्षा घटनाक्रमले पुष्टि गर्‍यो । यस्तो स्थितिमा संसदवादी यथास्थितिवादी शक्तिहरूसँगको सहकार्य कसरी अगाडि बढ्छ -
२०६२ साल मंसिर ७ गते १२-बुँदे समझदारी बनेर सहकार्य सुरू भएको थियो । संसदवादी शक्तिहरू विशेषतः नेपाली कांग्रेसले ०६३ वैशाख ११ गते त्यसलाई वस्तुतः भङ्ग गरिसकेको थियो । यसरी विगत एक वर्षो दौरानमा जसरी समझदारी र सहमति उनीहरूले तोडे, अहिले आएर त्यो संविधानसभा निर्वाचनलाई स्थगन गर्ने र त्यसलाई पर सार्दै हुन नदिने खेलको रूपमा प्रकट भएको छ । यसप्रकारको स्थितिमा अब गणतन्त्रवादी शक्तिहरूसितको सहकार्यमा नै मुख्य जोड दिनुपर्ने हुन्छ र यथास्थितिवादीहरूका विरूद्धको संर्घष्ा प्रधान बनेर आउँछ ।
संविधानसभाको निर्वाचन गर्ने उद्देश्य लिएर माओवादी सरकारमा गएको थियो । अब संविधानसभा नै हुन नसक्ने भएपछि त्यसप्रकारको सरकार जहाँ माओवादीलाई स्वतन्त्र रूपमा काम गर्न दिइन्न, त्यसमा रहिरहनुपर्ने आवश्यकता छ र -
निश्चय पनि हामी संविधानसभाको निर्वाचन गर्ने सहमतिका आधारमा यो शान्ति प्रक्रियामा आएका हौ“ । र, त्यही उद्देश्यका लागि सरकारमा सहभागी भएका हौ“ । निर्वाचन आयोगले असार ६ गतेभित्र संविधानसभाको निर्वाचन हुन नसक्ने जुन ठहर गरेको छ, त्यससर्न्दर्भमा कुनै ठोस निर्ण्र्ााआठ दलको बीचमा भइसकेको छैन । अहिले त्यो गत्यावरोधको स्थितिमा छ । यदि असार ६ गतेभित्र संविधानसभाको निर्वाचन हुँदैन भने हामी सरकारमा रहिरहनुपर्ने स्थितिको औचित्य समाप्त हुनेछ । र, सदन र सडकबाट आन्दोलनलाई अगाडि बढाउनुपर्ने हुन्छ ।
मोरङको एक गाउँमा फोरमका लठैतले दर्ुइ माओवादी कार्यकर्तालाई समातेर कुटे र प्रहरी बोलाएर बुझाए । प्रहरीले ती दुवैलाई फोरमको हतियार बोक्न लगाएर खरखजना मुद्दा लगायो । काठमाडौ“मा वाईसीएलका कार्यालयमा छापा मारियो । पर्वतमा चन्दा लिएको भनेर तीनजनालाई मुद्दा चलाइयो । माओवादी सरकारमा गएपछि कांग्रेसी प्रशासनले गरेका यस्ता हर्कतलाई तपाईंहरूले कसरी लिनुभएको छ -
अहिले नेपाली कांग्रेसले राष्ट्रिय आत्मर्समर्पणवादको नीति अवलम्बन गरेको छ । गत वैशाख ११ गते यसको सुरूवात भएको थियो । अहिले फोरमसँग मिलेर माओवादी कार्यकर्तामाथि आक्रमण गर्नेगराउने, वाईसीएलका कार्यालयहरूमा छापा हान्नेजस्ता हर्कतहरू त्यही राष्ट्रिय आत्मर्समर्पणवादी नीतिकै अभिव्यक्ति हुन् ।
कांग्रेसी प्रशासनको यस प्रकारको गतिविधिले तलका कार्यकर्तालाई विभिन्न आरोपमा थुन्ने, पुराना मुद्दाहरू बल्झाउने र अन्ततः पार्टर्ीीेतृत्वसम्मलाई जेलमा कोच्ने वा हत्या गर्ने साम्राज्यवादी षड्यन्त्र नेपालमा लागू गर्न खोजिएको ठान्नुहुन्न -
निश्चय पनि यी सबै परिघटनाहरू त्यही साम्राज्यवादी र प्रतिगामी शक्तिहरूको षड्यन्त्रको अभिव्यक्ति हुन् र तिनका मतियारहरूले अग्रभागमा रहेर यो षड्यन्त्रलाई कार्यान्वयन गरिरहेका छन् ।
गत वर्षयतिखेर लाखौं जनता आन्दोलनमा उत्रिएका थिए । १० वर्षम्म जनताले असीम दुःख उठाएर जनयुद्धलाई साथ दिए । तर विगत एक वर्षा संसदवादीले उनीहरूको अपेक्षामा तुषारापात गर्न खोजे । जनताको त्यस्तो आशा र अपेक्षा विस्तारै निराशामा बदलिन थाल्यो भनिन्छ नि ! यस कुरालाई पार्टर्ीी कसरी लिएको छ -
त्यस्तो होइन । अहिले निश्चिय पनि प्रतिगामी र वैदेशिक साम्राज्यवादीहरूको षड्यन्त्र धेरै तीब्र भएको छ । उनीहरूको षड्यन्त्र तीब्र हुनुको अर्थ के पनि हो भने जनता अविलम्ब एउटा आमूल परिवर्तनको आशा राख्छन् । अब त्यसकारणलेे षड्यन्त्रको तीव्रता सँगसँगै तिनका विरूद्ध आन्दोलनद्वारा यी सबै षड्यन्त्रहरूलाई चिर्न सकिन्छ र यी सबै परिघटनाहरूले फेरि एउटा ऐतिहासिक आन्दोलनको आवश्यकतालाई पुष्टि गर्दै आइरहेका छन् ।
त्यसो भए जनता फेरि एकचोटि अपूरो क्रान्ति सम्पन्न गर्न सडकमा उत्रने छन् भन्नेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ -
आन्दोलनबिना जनताको आकांक्षा पूरा हुन सक्दैन । र, हामीले कसैसँग विन्तीपत्र चढाएर पनि आफ्नो अधिकार स्थापित गर्न सक्ने छैनौं । त्यसकारण सबै वामपन्थी, गणतन्त्रवादी र राष्ट्रवादी शक्तिहरूले एउटा संयुक्त मोर्चाको निर्माण गरेर ऐतिहासिक आन्दोलनको सुरूवात गर्न आवश्यक छ ।
यो हप्ता महान् साम्यवादी नेता लेनिनको जन्मोत्सव परेको छ । नेपालमा लेनिन दिवसको अवसर पारेर कम्युनिष्ट पार्टर्ीीथापना भएको थियो । आजको सर्न्दर्भमा नेपालमा लेनिन दिवस मनाउनुले के अर्थ राख्छ -
लेनिन दिवसलाई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको रूपमा मनाउन जरूरी छ । एउटा आन्दोलन जसले नेपालमा संघीय गणतन्त्रको स्थापना गर्नेछ, त्यसको शिलान्यासको रूपमा यो दिवस नेपालको अहिलेको सर्न्दर्भमा मनाउन जरूरी छ ।
नेपालमा लेनिन दिवस मनाइरहँदा नेपाली जनताको देशका सम्पर्ूण्ा वामपन्थी तथा क्रान्तिकारी शक्तिहरू एकताबद्ध होउन भन्ने चाहना पनि उत्कर्षा पुगेको छ । यस्तो अवस्थामा देशका विभिन्न वामपन्थी पार्टर्ीी नेतृत्वको भूमिका कस्तो हुन्छ -

निश्चय पनि इतिहासको माग सबै र्सवहारा शक्तिहरू एउटा नयाँ आधारमा एकताबद्ध हुनर्ुपर्छ भन्ने हो । त्यसका साथसाथै गैर्रर्सवहारावादी क्रान्तिकारीहरू पनि गणतान्त्रिक मोर्चाको रूपमा एकताबद्ध हुन जरूरी छ । क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी संयुक्त मोर्चाको फ्युजनले नै संघीय गणतन्त्रको स्थापना गर्न सकिन्छ र सबै प्रतिगामी एवम् प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रलाई चिर्न सकिन्छ ।
विशेषतः पर्ूर्वी तर्राई, जुन पर्ूर्वी कमाण्डको कार्यक्षेत्रभित्र पर्छ, मा फोरम र जनतान्त्रिकले उपद्रो मच्चाइरहेका छन् । केन्द्रीय समितिले गरेको मधेशको संगठनात्मक फेरबदल तथा हालै सम्पन्न मधेशी नेता-कार्यकर्ताको बृहत् भेलापछि

के अब त्यसप्रकारका राष्ट्रियताविरोधी तथा अग्रगमनविरोधी हर्कतको प्रभावकारी प्रतिरोध गर्दै मधेशी जनताको सही आन्दोलन उठ्छ -
अहिले नेपाली क्रान्तिको केन्द्र मुख्यतः मधेश बनेको छ । र, मधेश भनेको दक्षिण एसियामा क्रान्तिको एउटा मुख्य द्वार पनि हो । त्यसकारण, साम्राज्यवादी र प्रतिगामी शक्तिहरू त्यो क्रान्तिलाई रोक्नका निम्ति अहिले मधेशमा केन्द्रित भएका छन् । र, मधेशमा साम्प्रदायिक दंगा फैलाएर मधेशी र पहाडीबीच अन्तरविरोधलाई साम्प्रादायिक रूप दिएर उनीहरू क्रान्तिलाई असफल पार्ने कुचेष्ठा गरिरहेका छन् ।
हाम्रो पार्टर्ीी यी सबै षड्यन्त्रहरूलाई चिर्नका निम्ति हालै मधेशी कार्यकर्ताहरूको राष्ट्रिय भेलाद्वारा एउटा नयाँ संकल्प गर्दै नयाँ मार्गचित्र कोरेको छ । निश्चय पनि यो मार्गचित्रले तिनीहरूको षड्यन्त्र असफल पार्नेछ र नेपालमा जनवादी क्रान्तिलाई सफल पार्नेछ ।

janadesh

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/04/24/p297/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft