Google
 

April 26, 2007

माओवादीलाई अमेरिका जान रोक्नुको रहस्य

Filed under: Article/लेख

अमेरिकी राजदूतावासले माओवादी नेता सुरेश आलेमगरलाई आफ्नो देशमा रहेको संयुक्त राष्ट्रसंघको कार्यलयमा जानबाट रोक लगायो । माओवादी पार्टर्ीीे नेता भएकोले आलेलाई जान दिइएन । तर, नेपालको सरकारले त्यसमा कुनै प्रतिक्रिया दिएन । दिएन त के भयो - ठीकै गर्‍यो भन्ने सायद गिरिजाप्रसाद कोइरालालाई लागेहोला । अमेरिकामा जान नपाएपछि त्यहाँ जानकोलागि माओवादी अरू ँसंसद्वादी’ हुनर्ुपर्छ भन्ने लागेको होला । माओवादी जति लचिलो संसद्वादी भयो त्यत्ति नै नेपाली काँग्रेसलाई फाइदा पुग्छ । उनीहरू गल्दै-गल्दै गएभने गणतन्त्रको माग उठाउन छोड्छन् र राजतन्त्र राख्नर्ुपर्छ भनेर आफूले उठाएको सेरेमोनियल राजतन्त्रको पक्षमा आउँछन् भन्ने लागेको हुनसक्छ । अमेरिकालेमात्र होइन, अरू मुलुकले पनि त्यसरी नै आतंकवादी भनिदिएहुन्थ्यो भन्नेपनि लागेको हुनसक्छ । त्यसैले नेपाल सरकारले यो सवालमा चुँइक्कसम्म पनि बोलेन । बडो अचम्म लागेर आयो ।
वास्तवमा अमेरिकी राजदूतवासले माओवादीलाईमात्र यो कुरा भनेको होइन । सरकारमा सहभागी भएको एउटा घटक माओवादीलाई भनिएकोले त्यो सिंगो सरकारलाई भनेको हो । नेपालको राज्यसत्तालाई भनिएको हो । यो कुरा राज्यसत्ताका सहभागीहरूले बुझ्न सकेनन् । हो, विगतमा अमेरिकी सरकारले माओवादीलाई आतंककारीको विल्ला भिराइदिएको थियो । माओवादीलाई मार्नुपर्छ, सखाप पार्नुपर्छ भनेर आफ्नो मुलुकबाट हतियार र अन्य युद्धसामग्री पनि पठाएको हो । अहिले युद्ध सामग्री त पठाएको छैन । तर, माओवादीलाई सत्तामा नलैजानकोलागि ठूलो रणनीति भने अपनाएको हो । उसले के कति गर्‍यो भन्ने भन्दापनि केमात्रै गरेन भनेर खोज्ने हो भने छिटो भेटिन्छ । सत्तामा जानबाट रोक्नकोलागि विश्वभरीकै तिगडम अपनाएको हो । तर, माओवादीको सुझबुझताको अगाडि उसको दाल गलेन । र्सवहारा वर्गको अधिनायकत्वमा आउने गणतन्त्र पछि देखाजाला, अहिले सामन्तवादलाई उधिनेर मिल्काइहालौं र एउटा नयाँ युगमा मुलुकलाई प्रबेश गराइहालौं भनेर माओवादीले राजनैतिक, सामरिक सबैखाले घाटा ब्यहोरेर भएपनि प्रतिक्रियावादीलाई परास्त गर्ने र नयाँ नेपाल निर्माण गर्ने उद्देश्यले अन्तरिम सरकारमा जाने निधो गर्‍यो । ता कि भोलि संविधानसभाको निर्वाचन गर्नकोलागि अन्य दलहरूलाई डोर्‍याउन सकियोस् । अरू पार्टर्ीी झैं सत्ताको सुख भोग्न ऊ गएको होइन । अन्तरिम सरकारलाई मजवुत बनाएर संविधानसभाको निर्वाचन गर्ने एक सूत्रीय लक्ष लिएर गएको हो । अमेरिकाले माओवादीको त्यो रणनीति थाहा पाएकोले सत्तामा जान नदिनकोलागि गर्नु कृत्ये गरेको हो ।
सुरेश आलेमगरलाई राजदूतावासले तपाईं माओवादी हो, माओवादीलाई अमेरिकामा ँइण्ट्री’ छैन भनेर फिर्ता पठायो । तर, माओवादी वाहेकका अरू कुनै पार्टर्ीी नेता भएको भए सजिलोसँग जान दिइन्थ्यो । दिई पनि रहेको छ । उसले यसो गर्नुमा निकै ठूलो रहश्य छ । यसोगर्दा अन्य पार्टर्ीी माओवादी पार्टर्ीीच फूटपार्न सजिलो हुन्छ । माओवादीलाई आफ्नो देशमा प्रवेश नदिने र अरूलाई दिने गर्दा माओवादीले अमेरिका टेक्न पाउने भएनन् । माओवादी अमेरिकामा रहेका कुनैपनि संयुक्त राष्ट्रसंघीय मातहतका संघ-संस्थाका कार्यक्रममा जानबाट वञ्चित हुनेभयो । अरू भने मज्जाले जाने भए । उसको कुनै कोटा नै नहुने भयो । त्यति भएपछि अन्तरविरोध चर्कन्छ भन्ने उसको दाउँ हो । त्यस्तै अरू पार्टर्ीीले पनि तिमीहरूलाई अमेरिकामा जानकोलागि प्रतिवन्ध लागेको छ भनेर चिडाउन पाउने भए । चुनावको बेलामा पनि माओवादीलाई अमेरिकाले प्रबेशसम्म दिँदैन, त्यस्तो पार्टर्ीी के काम गर्नसक्छ र जिताउने भनेर प्रोपागाण्डा गर्न पाइने भयो । यस्ता कैयौं रहश्य अमेरिकाले अपनाएको छ ।
माओवादी नेतालाई अमेरिकाले प्रवेश दिएन । यसकारण कि उसले हतियार उचालेको थियो । हतियारको कुरा गर्दा सोभियत रूसले पनि उचालेको थियो । चीनले उचालेको थियो । त्यहाँका कम्युनिष्ट पार्टर्ीीले पनि सशस्त्र व्रि्रोह गरेर राज्यपक्षलाई परास्त गरेर सत्ता कब्जा गरेका थिए । एकछत्र रूपमा समाजवादी सत्ता स्थापना गरेका थिए । तर, अमेरिकाले त्यहाँका नेतालाई रोक त लगाएन । सत्ता कब्जा गरेको सुन्दासाथै लेनिन र माओ त्से तुङलाई महान नेता भनेर शुभकामना पत्र पठाएको थियो । तर, नेपालको माओवादी शक्ति जसले राज्यसत्ताको आंशिक हिस्सामात्र सम्हालेको छ- त्यसलाई आफ्नो देशमा जानबाट किन प्रतिवन्ध लगाएको छ यो भने अनौठो कुरा हो । यहाँ अमेरिकाले अर्कोखाले दादागिरी देखाएको छ । भोलिको दिनमा माओवादीले पूरै सत्ता हातमा लिन सफल भयो भने के हुन्छ - आफ्नो राजदूतावास उखेलेर अमेरिका लैजान्छ - पक्कै लैजान्न । फेरि उसैले भन्ने छ ः प्रचण्ड महान नेता हुन् । त्यतिबेला उसले माओवादीसँग संझौता गर्न करैलाग्छ ।
तर, अहिले त आफ्ना प्यादाहरू छन् जे भन्यो त्यो मान्ने । उसले भन्यो भने राष्ट्रघात गर्नपनि तयार रहने दलालहरू छन् । केही डलर चटाइदियो भने गोडामा घप्लक्क शिर निहुराउने भक्तहरू छन् । त्यसैले त्यस्ता हनुमानहरूलाई काखी चाँप्नु परेको छ । माओवादीलाई काखी चाँपेर चाँपिन्न भन्ने उसलाई राम्रोसँग थाहा छ । भरसक फुटाल्न सकिन्छ कि, एमाले झै बनाउन सकिन्छ कि, नेपाली जनताबाटमात्र होइन, विश्वकै जनताबाट वदनाम गराउन सकिन्छ कि भनेर मरिमेटेर लागेको छ । विगतमा उसले विश्वका थुप्रै मुलुकलाई आतंकवादी घोषणा गर्नुपर्छ भनेर लविङ पनि गरेको हो । अहिले पनि आफूले त्यो ँतोहफा’ फिर्ता लिएको छैन । आजभोलि माओवादीलाई वदनाम गराउनकोलागि विग हाउसका मिडियाहरूलाई कागजको हरियो घाँस निकै हालेको छ । माओवादीका राम्रा कामहरू कुनै उल्लेख हुँदैनन्, तर, कसैलाई माओवादीको कुइनाले ठोक्कियो भने गोली नै चलेकोजसरी बबण्डर फैलन्छ । राजधानीमा होटेल मालिकमाथि भएको सानो घटनालाई कसरी तिललाई ताड बनाइयो, सबैले देखिएकै हो ।
अमेरिका जान नपाएर माओवादी नेताहरूको कुनै टाउको दुखाइ हैन । बरू अमेरिकी सरकार नेपालको माओवादीसँग कसरी कट्ट्रमा तुर्क्याउँदो रहेछ भन्ने सबैलाई जानकारी भयो । माओले साम्राज्यवादीलाई कागजको बाघ भनेका थिए । त्यसै भनेको होइनरहेछ । साँचैको बाघ भएको भए निहत्था जान लागेका सुरेश आलेमगरसँग किन डराउनु पथ्र्यो र - आले मगर त्यहाँ कुनै युद्ध गर्न जानलागेका त होइनन् । संगठन विस्तार गर्न पनि जानलागेका होइनन् । संयुक्त राष्ट्रसंघको सचिवालयमा कार्यक्रममा भागलिन जानलागेका हुन् । वास्तवमा कायर भएर नै अमेरिकी सरकारले उनलाई रोकेको हो । बहादुर हुन्थ्यो भने भारतले माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो मुलुकमा बोलाएर प्रमुख अतिथि वनाएको थियो, त्यसरी नै आलेमगरलाई पनि अतिथि बनाउन सक्नुपथ्र्यो । अध्यक्ष प्रचण्डलाई निम्तो दिन सक्नुपथ्र्यो । निहत्था मान्छे जानलाग्दा नै त्यसरी कट्ट्रमा तुर्क्याउनेलाई कागजी बाघ भन्दा कागजकै पो वेइज्जत हुनेभयो त । अमेरिकी सरकारभन्दा कैयौं गुणा साँचैका बाघ त नेपालका संसद्वादी पार्टर्ीी नै रहेछन् । ज्ञानेन्द्र- गिरी- कमलहरू रहेछन् । पार्टर्ीीले माओवादीसँग संगै आन्दोलन गरे । सहकार्य गरे । एउटै सरकारमा बस्न सकेका छन् । राजाले पनि सकि नसकि सिंगौरी खेलेकै हुन् । त्यसैले अमेरिकी नेताहरूभन्दा यहाँका संसद्वादी नेताहरूलाई साँचैको बाघ मानेहुन्छ । हाम्रा नेताहरूले त्यस्तो कागजको बाघसँग डलरको लोभमा किन आफ्नो बहादुरीलाई कायरतामा धकेलिरहेका छन् त्यो भने अनौठो लागेको छ ।
अमेरिकाले आफ्नो देशमा नेपालका माओवादी नेतालाई जानबाट रोक लगायो । यो ठूलो कुरा होइन । कायरले आफ्नो कायरता कुनै न कुनै बेला देखाउनुपथ्र्यो, देखायो । तर, उसले आफ्नो नागरिकलाई नेपालमा हुल्नबाट पनि सोंच्नुपर्ने हुन्छ । माओवादीको संगतमा लागेर अमेरिकीहरू नै माओवादी भैदिए भने के हुन्छ - कतिजना त लागेका पनि छन् । तर, उसले यो सोंचेको छैन । उसले आफ्नोतर्फहर्ेर्दैन । कहिले अफगानिस्तानमा हर्ेछ । कहिले इराकमा हर्ेछ । यतिबेला नेपालमा आँखा गाडेको छ । यहाँका माओवादीलाई कसरी तुहाउने भनेर शक्ति लगानी गर्दैछ । विश्वका मुलुकहरूसँग लूटेको डलर वषर्ाउँदै छ । डलर चाट्न पल्केकाहरूले चाट्दैछन् । इमान गुमान बेच्दैछन् । लोभी-पापी कहाँ पो हुँदैनन् र - तर, सबैले बुझ्नु पर्ने विषय के हो भने नेपालमा माओवादी शक्तिले आन्दोलनको पाइला नचालेको भए आज नेपालमा यो समय आउने थिएन । माओवादीसँग दलहरूले अमेरिकाको इसारामा संवन्ध तोड्ने खेल खेलेभने नेपालले फेरि दर्ुगति भोग्नर्ुपर्छ । कसैको प्रलोभन र वहकाउमा नलागी साझा सहमति बनाएर गणतन्त्रको घोषणा गरी सामन्तवादी राजतन्त्रलाई मुलुकबाट मिल्काएर उतै अमेरिकातिर पठाइदिनु पर्छ । अमेरिकाले राजा र उनका परिवारलाई जानबाट प्रतिवन्ध लगाउन्न ।

ऋतुराज /butwal today

1 Comment »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/04/26/p298/trackback/

  1. This article is much more impressive than others in this issue.We can get more information on how the American imperialism is afraid of Nepalis and our change.

    Comment by udaya — April 27, 2007 @ 2:40 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft