माओवादीलाई अमेरिका जान रोक्नुको रहस्य
अमेरिकी राजदूतावासले माओवादी नेता सुरेश आलेमगरलाई आफ्नो देशमा रहेको संयुक्त राष्ट्रसंघको कार्यलयमा जानबाट रोक लगायो । माओवादी पार्टर्ीीे नेता भएकोले आलेलाई जान दिइएन । तर, नेपालको सरकारले त्यसमा कुनै प्रतिक्रिया दिएन । दिएन त के भयो - ठीकै गर्यो भन्ने सायद गिरिजाप्रसाद कोइरालालाई लागेहोला । अमेरिकामा जान नपाएपछि त्यहाँ जानकोलागि माओवादी अरू ँसंसद्वादी’ हुनर्ुपर्छ भन्ने लागेको होला । माओवादी जति लचिलो संसद्वादी भयो त्यत्ति नै नेपाली काँग्रेसलाई फाइदा पुग्छ । उनीहरू गल्दै-गल्दै गएभने गणतन्त्रको माग उठाउन छोड्छन् र राजतन्त्र राख्नर्ुपर्छ भनेर आफूले उठाएको सेरेमोनियल राजतन्त्रको पक्षमा आउँछन् भन्ने लागेको हुनसक्छ । अमेरिकालेमात्र होइन, अरू मुलुकले पनि त्यसरी नै आतंकवादी भनिदिएहुन्थ्यो भन्नेपनि लागेको हुनसक्छ । त्यसैले नेपाल सरकारले यो सवालमा चुँइक्कसम्म पनि बोलेन । बडो अचम्म लागेर आयो ।
वास्तवमा अमेरिकी राजदूतवासले माओवादीलाईमात्र यो कुरा भनेको होइन । सरकारमा सहभागी भएको एउटा घटक माओवादीलाई भनिएकोले त्यो सिंगो सरकारलाई भनेको हो । नेपालको राज्यसत्तालाई भनिएको हो । यो कुरा राज्यसत्ताका सहभागीहरूले बुझ्न सकेनन् । हो, विगतमा अमेरिकी सरकारले माओवादीलाई आतंककारीको विल्ला भिराइदिएको थियो । माओवादीलाई मार्नुपर्छ, सखाप पार्नुपर्छ भनेर आफ्नो मुलुकबाट हतियार र अन्य युद्धसामग्री पनि पठाएको हो । अहिले युद्ध सामग्री त पठाएको छैन । तर, माओवादीलाई सत्तामा नलैजानकोलागि ठूलो रणनीति भने अपनाएको हो । उसले के कति गर्यो भन्ने भन्दापनि केमात्रै गरेन भनेर खोज्ने हो भने छिटो भेटिन्छ । सत्तामा जानबाट रोक्नकोलागि विश्वभरीकै तिगडम अपनाएको हो । तर, माओवादीको सुझबुझताको अगाडि उसको दाल गलेन । र्सवहारा वर्गको अधिनायकत्वमा आउने गणतन्त्र पछि देखाजाला, अहिले सामन्तवादलाई उधिनेर मिल्काइहालौं र एउटा नयाँ युगमा मुलुकलाई प्रबेश गराइहालौं भनेर माओवादीले राजनैतिक, सामरिक सबैखाले घाटा ब्यहोरेर भएपनि प्रतिक्रियावादीलाई परास्त गर्ने र नयाँ नेपाल निर्माण गर्ने उद्देश्यले अन्तरिम सरकारमा जाने निधो गर्यो । ता कि भोलि संविधानसभाको निर्वाचन गर्नकोलागि अन्य दलहरूलाई डोर्याउन सकियोस् । अरू पार्टर्ीी झैं सत्ताको सुख भोग्न ऊ गएको होइन । अन्तरिम सरकारलाई मजवुत बनाएर संविधानसभाको निर्वाचन गर्ने एक सूत्रीय लक्ष लिएर गएको हो । अमेरिकाले माओवादीको त्यो रणनीति थाहा पाएकोले सत्तामा जान नदिनकोलागि गर्नु कृत्ये गरेको हो ।
सुरेश आलेमगरलाई राजदूतावासले तपाईं माओवादी हो, माओवादीलाई अमेरिकामा ँइण्ट्री’ छैन भनेर फिर्ता पठायो । तर, माओवादी वाहेकका अरू कुनै पार्टर्ीी नेता भएको भए सजिलोसँग जान दिइन्थ्यो । दिई पनि रहेको छ । उसले यसो गर्नुमा निकै ठूलो रहश्य छ । यसोगर्दा अन्य पार्टर्ीी माओवादी पार्टर्ीीच फूटपार्न सजिलो हुन्छ । माओवादीलाई आफ्नो देशमा प्रवेश नदिने र अरूलाई दिने गर्दा माओवादीले अमेरिका टेक्न पाउने भएनन् । माओवादी अमेरिकामा रहेका कुनैपनि संयुक्त राष्ट्रसंघीय मातहतका संघ-संस्थाका कार्यक्रममा जानबाट वञ्चित हुनेभयो । अरू भने मज्जाले जाने भए । उसको कुनै कोटा नै नहुने भयो । त्यति भएपछि अन्तरविरोध चर्कन्छ भन्ने उसको दाउँ हो । त्यस्तै अरू पार्टर्ीीले पनि तिमीहरूलाई अमेरिकामा जानकोलागि प्रतिवन्ध लागेको छ भनेर चिडाउन पाउने भए । चुनावको बेलामा पनि माओवादीलाई अमेरिकाले प्रबेशसम्म दिँदैन, त्यस्तो पार्टर्ीी के काम गर्नसक्छ र जिताउने भनेर प्रोपागाण्डा गर्न पाइने भयो । यस्ता कैयौं रहश्य अमेरिकाले अपनाएको छ ।
माओवादी नेतालाई अमेरिकाले प्रवेश दिएन । यसकारण कि उसले हतियार उचालेको थियो । हतियारको कुरा गर्दा सोभियत रूसले पनि उचालेको थियो । चीनले उचालेको थियो । त्यहाँका कम्युनिष्ट पार्टर्ीीले पनि सशस्त्र व्रि्रोह गरेर राज्यपक्षलाई परास्त गरेर सत्ता कब्जा गरेका थिए । एकछत्र रूपमा समाजवादी सत्ता स्थापना गरेका थिए । तर, अमेरिकाले त्यहाँका नेतालाई रोक त लगाएन । सत्ता कब्जा गरेको सुन्दासाथै लेनिन र माओ त्से तुङलाई महान नेता भनेर शुभकामना पत्र पठाएको थियो । तर, नेपालको माओवादी शक्ति जसले राज्यसत्ताको आंशिक हिस्सामात्र सम्हालेको छ- त्यसलाई आफ्नो देशमा जानबाट किन प्रतिवन्ध लगाएको छ यो भने अनौठो कुरा हो । यहाँ अमेरिकाले अर्कोखाले दादागिरी देखाएको छ । भोलिको दिनमा माओवादीले पूरै सत्ता हातमा लिन सफल भयो भने के हुन्छ - आफ्नो राजदूतावास उखेलेर अमेरिका लैजान्छ - पक्कै लैजान्न । फेरि उसैले भन्ने छ ः प्रचण्ड महान नेता हुन् । त्यतिबेला उसले माओवादीसँग संझौता गर्न करैलाग्छ ।
तर, अहिले त आफ्ना प्यादाहरू छन् जे भन्यो त्यो मान्ने । उसले भन्यो भने राष्ट्रघात गर्नपनि तयार रहने दलालहरू छन् । केही डलर चटाइदियो भने गोडामा घप्लक्क शिर निहुराउने भक्तहरू छन् । त्यसैले त्यस्ता हनुमानहरूलाई काखी चाँप्नु परेको छ । माओवादीलाई काखी चाँपेर चाँपिन्न भन्ने उसलाई राम्रोसँग थाहा छ । भरसक फुटाल्न सकिन्छ कि, एमाले झै बनाउन सकिन्छ कि, नेपाली जनताबाटमात्र होइन, विश्वकै जनताबाट वदनाम गराउन सकिन्छ कि भनेर मरिमेटेर लागेको छ । विगतमा उसले विश्वका थुप्रै मुलुकलाई आतंकवादी घोषणा गर्नुपर्छ भनेर लविङ पनि गरेको हो । अहिले पनि आफूले त्यो ँतोहफा’ फिर्ता लिएको छैन । आजभोलि माओवादीलाई वदनाम गराउनकोलागि विग हाउसका मिडियाहरूलाई कागजको हरियो घाँस निकै हालेको छ । माओवादीका राम्रा कामहरू कुनै उल्लेख हुँदैनन्, तर, कसैलाई माओवादीको कुइनाले ठोक्कियो भने गोली नै चलेकोजसरी बबण्डर फैलन्छ । राजधानीमा होटेल मालिकमाथि भएको सानो घटनालाई कसरी तिललाई ताड बनाइयो, सबैले देखिएकै हो ।
अमेरिका जान नपाएर माओवादी नेताहरूको कुनै टाउको दुखाइ हैन । बरू अमेरिकी सरकार नेपालको माओवादीसँग कसरी कट्ट्रमा तुर्क्याउँदो रहेछ भन्ने सबैलाई जानकारी भयो । माओले साम्राज्यवादीलाई कागजको बाघ भनेका थिए । त्यसै भनेको होइनरहेछ । साँचैको बाघ भएको भए निहत्था जान लागेका सुरेश आलेमगरसँग किन डराउनु पथ्र्यो र - आले मगर त्यहाँ कुनै युद्ध गर्न जानलागेका त होइनन् । संगठन विस्तार गर्न पनि जानलागेका होइनन् । संयुक्त राष्ट्रसंघको सचिवालयमा कार्यक्रममा भागलिन जानलागेका हुन् । वास्तवमा कायर भएर नै अमेरिकी सरकारले उनलाई रोकेको हो । बहादुर हुन्थ्यो भने भारतले माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो मुलुकमा बोलाएर प्रमुख अतिथि वनाएको थियो, त्यसरी नै आलेमगरलाई पनि अतिथि बनाउन सक्नुपथ्र्यो । अध्यक्ष प्रचण्डलाई निम्तो दिन सक्नुपथ्र्यो । निहत्था मान्छे जानलाग्दा नै त्यसरी कट्ट्रमा तुर्क्याउनेलाई कागजी बाघ भन्दा कागजकै पो वेइज्जत हुनेभयो त । अमेरिकी सरकारभन्दा कैयौं गुणा साँचैका बाघ त नेपालका संसद्वादी पार्टर्ीी नै रहेछन् । ज्ञानेन्द्र- गिरी- कमलहरू रहेछन् । पार्टर्ीीले माओवादीसँग संगै आन्दोलन गरे । सहकार्य गरे । एउटै सरकारमा बस्न सकेका छन् । राजाले पनि सकि नसकि सिंगौरी खेलेकै हुन् । त्यसैले अमेरिकी नेताहरूभन्दा यहाँका संसद्वादी नेताहरूलाई साँचैको बाघ मानेहुन्छ । हाम्रा नेताहरूले त्यस्तो कागजको बाघसँग डलरको लोभमा किन आफ्नो बहादुरीलाई कायरतामा धकेलिरहेका छन् त्यो भने अनौठो लागेको छ ।
अमेरिकाले आफ्नो देशमा नेपालका माओवादी नेतालाई जानबाट रोक लगायो । यो ठूलो कुरा होइन । कायरले आफ्नो कायरता कुनै न कुनै बेला देखाउनुपथ्र्यो, देखायो । तर, उसले आफ्नो नागरिकलाई नेपालमा हुल्नबाट पनि सोंच्नुपर्ने हुन्छ । माओवादीको संगतमा लागेर अमेरिकीहरू नै माओवादी भैदिए भने के हुन्छ - कतिजना त लागेका पनि छन् । तर, उसले यो सोंचेको छैन । उसले आफ्नोतर्फहर्ेर्दैन । कहिले अफगानिस्तानमा हर्ेछ । कहिले इराकमा हर्ेछ । यतिबेला नेपालमा आँखा गाडेको छ । यहाँका माओवादीलाई कसरी तुहाउने भनेर शक्ति लगानी गर्दैछ । विश्वका मुलुकहरूसँग लूटेको डलर वषर्ाउँदै छ । डलर चाट्न पल्केकाहरूले चाट्दैछन् । इमान गुमान बेच्दैछन् । लोभी-पापी कहाँ पो हुँदैनन् र - तर, सबैले बुझ्नु पर्ने विषय के हो भने नेपालमा माओवादी शक्तिले आन्दोलनको पाइला नचालेको भए आज नेपालमा यो समय आउने थिएन । माओवादीसँग दलहरूले अमेरिकाको इसारामा संवन्ध तोड्ने खेल खेलेभने नेपालले फेरि दर्ुगति भोग्नर्ुपर्छ । कसैको प्रलोभन र वहकाउमा नलागी साझा सहमति बनाएर गणतन्त्रको घोषणा गरी सामन्तवादी राजतन्त्रलाई मुलुकबाट मिल्काएर उतै अमेरिकातिर पठाइदिनु पर्छ । अमेरिकाले राजा र उनका परिवारलाई जानबाट प्रतिवन्ध लगाउन्न ।
ऋतुराज /butwal today

This article is much more impressive than others in this issue.We can get more information on how the American imperialism is afraid of Nepalis and our change.
Comment by udaya — April 27, 2007 @ 2:40 pm