नया“ सत्ता, नया“ सेना, नया“ कानूनलाई विलीन गरिदिने काम एकदम हु“दैछ र भइसक्यो तर हामीले अब छिट्टै हल गरेर नया“ गति दिन्छौं
- नेत्रविक्रम चन्द ‘विप्लव’, केन्द्रीय सचिवालय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज- नेकपा (माओवादी)
संविधान सभाको निर्वाचनका लागि ने.क.पा.-माओवादी) सरकारमा गएको हो । तर अहिले संविधान सभा अनिश्चयको भुमरीमा धकेलिएको छ, अबको स्थिति के हुन्छ ?
सायद अब देशले बुझिसक्यो, जनताले पनि बुझिसके र विश्वको जनसमुदायले पनि बुझ्यो होला- सामान्य तरिकाले संविधान सभा अनिश्चयको भूमरीमा गएको होइन । जनताको विजय हुने निश्चित भएपछि, माओवादी पार्टीको विजय निश्चित ह“ुदै गएपछि र आन्दोलन परिवर्तन भएर सामन्तवादको अन्त्य हुने कुरा लगभग निश्चित भएपछि यसलाई असफल पार्नका लागि अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र प्रतिगामी तत्वहरूको सक्रियतामा संविधानसभालाई सेवोटेज गरिएको छ, गरिदैछ । र, हालै सम्पन्न हाम्रो केन्द्रीय समितिको बैठकले पनि स्पष्ट गरेको छ कि अबको मार्ग प्रशस्त गर्ने तरिका भनेको जनसमुदायलाई आफ्नो अधिकारको निम्ति, फेरि आफ्नो शक्तिको सही प्रयोग गर्ने विधि हो भन्ने हाम्रो ठहर छ । त्यो भनेको १९ दिने जनआन्दोलनलाई अगाडि बढाउने, निरन्तरता दिने र अब फेरि बैशाख ११ गतेजस्तो घोषणा नहुने गरी गुणात्मक ढंगले नया“ संघर्षको थालनी गर्नु हो । यो नै अन्तिम विकल्प पनि हो । हाम्रो पार्टीको जोड छ- संसदबाट गणतन्त्र घोषणा गर्ने कुरामा तर हामी के देख्छौ भने सबै भन्दा भरपर्दो विकल्प भनेको जनताको आन्दोलन र नया“ जुझारु जनसंघर्ष नै हो ।
अन्तरिम विधायिका संसद र सरकारको विरुद्ध पनि आन्दोलन हुने छ ?
जुन उद्देश्यका साथ अन्तरिम सरकार बनाउन खोजेका हौं र यो अन्तरिम सरकारबाट देशलाई जस्तो खालको निकास दिन खोजेका हौं- जनताको पक्षमा, राष्ट्रको पक्षमा परिवर्तनको पक्षमा, त्यो गिरिजाको निरीहता, षड्यन्त्र र विदेशीहरूको सा“ठगा“ठले गर्दाखेरि असफल हुन थालिसक्यो । तर्सथ अहिलेको जस्तो संयुक्त सरकार लामो दिन रहन्छ भन्ने हामीलाई लाग्दैन । जुन सरकारले जनताको नेतृत्व गर्न सक्दैन, जनआन्दोलनको जनादेश पालना गर्न सक्दैन, त्यसको औचित्य समाप्त हुदै जान्छ ।
त्यसो भए पार्टी अन्तरिम सरकारबाट हटेर जनआन्दोलनमा जानु पर्छ भन्ने मत हो तपार्इंको ?
एकदम स्पष्ट कुरा । त्यो हाम्रो केन्द्रीय समितिको कुरा पनि हो । हाम्रो अध्यक्षले भनेको कुरा पनि हो । केन्द्रीय समितिले एकमतले भनेको कुरा पनि हो कि जनता र राष्ट्रलाई घाटा हुने गरी, अझ भन्नुस् १० वर्षो जनयुद्धमा जन्मिएका उपलब्धिहरूलाई नै क्षति पुग्ने गरी यस्तो प्रकारको अकर्मण्यता, अन्यौलता र निसास्सिदो स्थितिमा जनतालाई राख्नु हु“दैन । त्यस अर्थमा आवश्यक पर्यो भने सरकारबाट हट्नुपर्छ ।
तत्काल सरकारबाट हट्नपर्ने स्थिति छ कि छैन ?
अब त्यतातिर जान थालिसक्यो । यदि जनताको शक्तिबाट, प्रगतिशील शाक्तिहरूको सहयोगबाट नया“ मोर्चाबद्ध संघर्षद्वारा पनि यसलाई सल्टाउन सकिन्छ । त्यतापट्टबिाट पनि प्रयत्न गर्ने कुरा भयो । सकिदैन भने यो बाटो छोडिदिनु पर्छ र जनताको बाटो समाउनु पर्छ ।
नेपाली कांग्रेसको एकाधिकारवादी रवैया विरुद्ध सरकारमै रहेर पनि आन्दोलन गर्न सम्भव छ ?
हामीले तीन चारवटा कुरामा लगातार जोड दिएका छौं । पहिलो कुरा अहिलेको स्थिति बन्नुको पछाडि ज्ञानेन्द्रले दलहरूसंग भएको शक्तिलाई भत्काएर आफ्नो हातमा सम्पूर्ण ँपावर’ लिएपछि दलहरू बाध्य भएर माओवादीस“ग सहकार्य गर्न आइपुगेका हुन् । र माओवादीको जनआन्दोलनमा निर्ण्ाायक भूमिका छ भन्ने कुरा सबैले स्वीकारेको कुरा हो । यो स्थितिबाट अगाडि बढ्दै गर्दा हामीले भनिरहेका छौं, कांग्रेसभित्र एउटा जबर्जस्त दलाल, साम्राज्यवादी प्रवृत्ति हावी हुन खोजिरहेको छ । यदि त्यो प्रवृत्तिलाई परास्त नगर्ने, भण्डाफोर नगर्ने हो भने नेपाली जनताले अर्को प्रकारको तानाशाही प्रवृत्तिको दास, दमन र अन्यायमा पर्ने स्थिति आउ“छ । त्यसको लागि जनताको अग्रगामी शक्ति, प्रगतिशील शक्ति र वाम शक्तिलाई गोलबन्द गर्नैपर्छ । वाम र नागरिक समाजसहितको हाम्रो एकताले गिरिजा र कांग्रेसको यो एकाधिकारवादी र एकप्रकारले तानाशाही प्रवृत्तिलाई परास्त गर्न सकिन्छ ।
नेपालमा वामपन्थीहरूको बहुमत हुदा“हुदै पनि किन अहिले कांग्रेसको एकाधिकार हावी भइरहेको छ ?
तपाईंले बडो महत्वपूर्ण कुरा उठाउनुभयो । शक्ति मान्छेले निर्धारण गर्ने कुरा होइन, निर्धारण गर्ने तत्व भनेको विचार हो । लाइन र नीति हो । यदि हामीले सही विचार, सही नीति र सही योजना बनायोैं भने जनताले त्यसलाई साथ दिन्छन् भन्ने कुरा हो । लामो समयदेखि नेपाली वाम आन्दोलनमा सुधारवाद हावी छ । अकर्मण्यतावाद हावी छ । लि·रिङ गर्ने प्रवृत्ति हावी छ । र, कहिलेकाही त्यो धर्मराएर पुच्छरवादमा फस्ने र कहिले सामन्तीहरूको पछि, कहिले दलालहरूको पछि कुद्ने एउटा जबर्जस्त खेल, विचलनवादी खेल छ । यस अर्थमा हामीले के देखेका छौं भने वाम, खास गरी एमालेभित्र रहेको ढुलमुले प्रवृत्तिले लामो समयसम्म कम्युनिष्ट आन्दोलनलाई अलमलमा पारेको हो । त्यो प्रवृत्ति एमालेमा मात्रै छ भन्ने कुरा होइन, सबैतिर छ । एक हदसम्म हामी भित्र पनि आउदैन भन्ने कुरा होइन । तर कुरा के हो भने अहिले त्योबाट शिक्षा लिएर सायद वामहरूमा एउटा बहस चल्दैछ । त्यो बहस सबैले सकारात्मक ढंगले ग्रहण गरेको स्थितिमा यो हल होला भन्ने मलाई लाग्छ ।
अहिले वाम धुवीकरणको सम्भावना कत्तिको छ ?
वस्तुगत रूपले सम्भव छ । र आत्मगतरूपले अपरिहार्य छ । यदि यो कुरालाई पूरा गर्न सकेनांै भने सिंगो वाम आन्दोलनमै एउटा प्रश्न उठ्ने कुरा हुन्छ । जुन पार्टीले आत्मगत ढंगले त्यसलाई स्वीकार्न सक्दैन, त्यो पार्टी आन्दोलनको दबाबमा विलीन भएर जाने सम्भावना छ । बा“की हाम्रो कुरा संभव भएसम्म सबैलाई गोलबन्द गरेर अगाडि जानर्ुपर्छ भन्ने हो । भएन भने फेरि जनतालाई एकल ढंगले माओवादी पार्टीले नेतृत्व दिनर्ुपर्छ भन्ने हामीलाई लाग्दछ ।
अध्यक्ष क. प्रचण्डले सात दल र माओवादीबीचको पुरानो एकताको आधार टुटिसकेकोले नया“ आधारमा एकता हुनर्ुपर्छ भन्नुभएको छ । नया“ एकताको आधार भनेको के हो ?
तपाइले एकदमै ठीक कुरा उठाउनु भयो, हाम्रो अध्यक्षले केन्द्रीय समितिकै कुरा गर्नुभएको हो । र, हामीले पनि क्लियर कुरा के भनेका छौ भने हरेक एकताका आधार भनेका जनता र राष्ट्रको हितमा हुने नीति र कार्यक्रम हुन्छन् । ती कार्यक्रम र नीतिलाई जुन पार्टीले छोडिदिन्छ अथवा धोका दिन्छ, त्यसपछि त्योसंग स्वतः नया“ संघर्ष शुरु हुन्छ । र एकता गर्ने हो भने नया“ तरिकाले गर्नुपर्छ । त्यस अर्थमा हिजो काग्रेसस“ग, एमालेस“ग भएका सहमतिहरूको चित्र हेदाखेरि अहिले पुरानो सहमति ध्वंश भएको छ । खासगरी कांग्रेसको कारणले त्यो ध्वंश भएको छ । फेरि पनि हामी निराश हुनुपर्ने, छोड्दिइहाल्नुपर्ने, उदासीन हुनुपर्ने कारण छैन । हामीले फेरि प्रतिकूलताभित्र आशा खोजिरहनु पर्छ, सम्भावनालाई खोज्नुपर्छ । त्यस अर्थमा गणतान्त्रिक आन्दोलनलाई संस्थागत ढंगले बढाउने स्थिति बन्छ भने र बनाउन सकिन्छ भने कांग्रेस समेतको नया“ एकताको आधार बन्छ ।
तर कांग्रेस गणतन्त्रमा जाने स्थिति देखिदैन नि ?
हो, त्यही कारणले हाम्रो पुरानो सम्बन्ध टुटेको छ । र, अब कांग्रेस तयार भएन भने सम्भवतः नेपाली जनताले यो कुरा बुझ्दै गएका छन्, बुझ्छन । बुझेको स्थितिमा कांग्रेसलाई छोेडेर अर्को एउटा क्रान्तिकारी गणतान्त्रिक धार अगाडि बढ्छ । त्यसको जिम्मेवारी कंाग्रेस लिन्छ, लिनर्ुपर्छ । सम्भवतः त्यो धारले कांग्रेसलाई सदाको लागि अन्त्य गरिदिन पनि सक्छ ।
तर कांगे्रसी वृत्तबाट राजतन्त्र समाप्त भइसकेको र राजनीतिक दलहरूलाई ँभूतले छलेको’ मात्रै हो भन्ने जस्ता टिप्पणी आइरहेका छन् । प्रतिगमनको कुनै सम्भावना छैन भनेर पनि कुरा उठिरहेका छन्, यो कति सत्य हो ?
यो मनोभ्रम मात्रै हो । अरु कसैलाई त्यस्तो लाग्या छैन, त्यो कांग्रेसलाई मात्रै लाग्या छ, त्यो गिरिजालाई लाग्या छ, त्यो बेकारको कुरा हो । दुनिया“मा सबैले ना·ो आ“खाले देखिरहेका छन् यथार्थ शक्ति एउटा छ, त्यो भनेको राजा छ अहिले पनि । र राजाको हातमा सत्ता पनि छ केही हदसम्म । अवश्य राजतन्त्र हिजोको जस्तो बलियो छैन । अहिले कांग्रेस र वामहरूको मोर्चा बन्ने हो भने राजालाई फाल्न सकिने आधार बनेको छ । त्यो सत्य हो तर गइसक्यो भन्ने तर्क सत्यबाट धेरै पर छ । यो कसैले नपत्याउने वाहियात तर्क हो, अराजनीतिक तर्क हो । राजनीतिक तर्क यो हो कि सामन्तवाद अहिले पनि छ, राजा अहिले पनि छ । राजाको हातमा ँपावर’ अहिले पनि छ । त्यर्सअर्थमा राजासंगको संघर्ष निर्ण्ाायक ढंगले सिद्धिइसकेको छैन । नसिद्धिदै त्यो कुरा गर्नु भनेको जनतालाई भ्रम पार्ने कुरा हो । त्यो गर्नु भनेको फेरि ००७ साल, ०१२ साल र ०१७ साल दोहोर्याउनु हो । त्यसको आधार तयार पार्नु हो । कांग्रेसले यही भूल पहिले पनि गर्यो । २०४६ सालमा पनि गर्यो र अहिले पनि त्यही भूल दोहोर्याउ“दैछ । त्यो भूलले स्वयं कांग्रेसको अस्तित्वलाई समाप्त पार्ने सम्भावना छ ।
अहिले गणतन्त्रवादीहरू गणतान्त्रिक मोर्चा निर्माण गर्ने अभियानमा जुटिरहेका बेला केही दरबारिया शक्तिहरू र कांग्रेसी शक्तिले प्रजातान्त्रिक मोर्चाको कुरा उठाइरहेका छन् यसलाई यहा“ले कसरी हर्ेर्नुभएको छ ?
भयड्ढर षडयन्त्र हो त्यो । हामी सबै र्सतर्क हुनर्ुपर्छ । नेपाली जनतालाई पनि आग्रह र अपील गछौर्ं कि दुनियाले बुझेको कुरा इतिहासले गलत सावित गरिसकेको र असफल सिद्ध भइसकेको राजतन्त्र र राजतन्त्रसम्बद्ध धार र प“ूजीवादभित्रको पनि कट्टरवादी प“ूजीवादी कहिल्यै पनि लोकतन्त्रको नेतृत्वमा जान सक्दैन, त्यसको नेतृत्व गर्ने कुनै सम्भावना नै ह“ुदैन । त्यही कारणले नै यत्रो लर्डाईं, बलिदान भएको छ । यस्तो भ्रममा कोही पनि पर्नु हु“दैन । त्यो फेरि पनि घुमाई फिर्राई प्रतिगामी तत्वलाई बचाउने, राजतन्त्रलाई बचाउने र नेपाली जनतालाई अन्धकारतिर धकेल्ने षडयन्त्र हो । यो षडयन्त्रको पछाडि विदेशी र प्रतिगामीहरूको हात पनि छ भनेर बुझ्नर्ुपर्छ । र यसमा कहीं पनि नअल्झेर निर्ण्ाायक परिवर्तनको निम्ति लगातार संघर्ष गर्नुपर्छ ।
त्यो निर्ण्ाायक परिवर्तनको लागि आन्दोलनको स्वरूप कस्तो हुने छ ?
सबै संघर्षका स्वरूपहरू जनताका दुश्मनहरूको रवैयाद्वारा निर्धारित हुन्छन् । र, क्रान्तिकारीहरूको आत्मगत शक्ति र योजनाका आधारमा आन्दोलन हुन्छ । जनताले जहिले पनि संयमतापूर्वक आवाज बुलन्द गरे तर त्यसलाई बलपूर्वक दबाउने काम फासिष्ट र तानाशाहीहरूले नै गरे । अहिले पनि त्यो चित्र देखिन खोज्दैछ । हामीलाई लाग्छ जनता अहिले भर्खरै सशस्त्र संघर्षमा फर्किनुपर्ने स्थिति छैन र त्यो बाध्यता जनतामा छैन । जनआन्दोलनबाटै त्यो पूरा हुन सक्छ । तर राजनीतिक रूपमा सशस्त्र युद्धको भाषा सत्ताले प्रयोग गर्यो भने त्यसको प्रतिरोध गर्ने अधिकार जनताको हुन्छ ।
त्यसो भए अब संविधान सभाको चुनाव हुने स्थिति छैन ?
हो तपाईले देख्नुभयो, सामान्य स्थितिमा छैन । अहिले जनताको शक्तिलाई गोलबन्द गर्न सकियो भने, वामहरूको बुद्धि पलायो र त्यहा“भित्र एकता पैदा गर्न सकियो भने, अन्तर्रर्ााट्रय शक्तिकेन्द्रहरूका षडयन्त्रहरूलाई पछि धकेल्न सकियो भने बाध्य भएर संविधानसभा हुन पनि सक्छ । तर संविधान सभा अब त्यति सजिलो छैन किनकि जनताको आदेश भनेको त जेठभित्र संविधानसभाको चुनाव गर्ने कुरा हो । प्रशस्त आधार हु“दाह“ुदै यो बेला भाग्ने भनेको क्रान्तिकारीको बीचबाट त्रसित भएर, आतंकित भएर भागेको कुरा मात्रै हो । अहिले नै भाग्ने सत्ताले झन् पछि चुनाव गर्ला भनेर त भन्न सकिदैन ।
पार्टीले त संविधानसभा अगावै गणतन्त्र घोषणा गर्नुपर्छ भनिरहेको छ नि ?
हो, त्यो हाम्रो स्पष्ट धारणा हो । तर हामी एउटा क्रान्तिकारी पार्टी र जनताको पक्षमा लडने भएको हैसियतले त्यो कुरा लगातार राखिरहन्छौं । त्यो प्रकृया पद्धतिबाट सम्भव हुन्छ भने किन नगर्ने ?
त्यो संभावना छ ?
त्यो जनताको जागरुकतामा भर पर्छ । नागरिक समाजको जागरणमा भर पर्छ । नेपाली जनताको इच्छाशक्ति र त्यसको नेतृत्वमा भर पर्छ । त्यसकारण त्यो गर्न सकियो भने संविधान सभाको निर्वाचन हुन सम्भव छ । तर कर्ुर्सर्ीी बसेर, सामान्य कुनै मञ्चलाई प्रयोग गरेर, भाषण गरेर गणतन्त्र आइहाल्छ भन्ने कांग्रेस एमालेलाई लागेको छ भने त्यो सामान्य तर्क मात्रै हो ।
सात दलले विधायिका संसदबाटै गणतन्त्र घोषणा गर्न खुट्टा कमाइरहेको बेलामा माओवादीको मात्रै एक्लो प्रयासले गणतन्त्र घोषणा सम्भव होला ?
गणतन्त्र कुनै पार्टीको कुरा होइन, कुरा राजनीतिक हो । जनताको अधिकार प्राप्ति र लडार्इंको कुरा हो । विचारको कुरा हो । जतिबेलासम्म पार्टी र संस्थाहरू जनताको पक्षमा क्रियाशील बन्न सक्छन् ती जनताका नेताहरूमा बदलिन्छन् । जतिबेला ती सब पार्टी र संस्थाहरू जनताको धारबाट टुट्छन्, जनताको नेतृत्व गर्न असफल हुन्छन् र प्रतिगामी धारहरूको प्रभुत्वभित्र पर्न जान्छन् त्यतिबेला ती सबै विलीन हुन पुग्छन् । तिनै पार्टीहरूसंग रहेको प्रगतिशील जनताको तागत जसले आन्दोलनको नेतृत्व गर्छ, क्रान्तिकारी विचारको नेतृत्व गर्छ, त्यसको वरिपरि केन्द्रित हुन आइपुग्छन् । कांग्रेस, एमालेलगायत पार्टीहरूको धार अहिले अग्रगामी हुनुको नाताले अस्तित्वमा छ । त्यो भएन भने माओवादी पार्टीले अग्रगामी धारको नेतृत्व गरेपछि त्योभित्र रहेका प्रगतिशील र अग्रगामी शक्तिहरू स्वतः यो धारमा केन्द्रित हुन आइपुग्नेछन् ।
हालै ने.क.पा. -माओवादी)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले सदन, सडक र सरकारसबैतिरबाट संघीय गणतन्त्र स्थापना र राष्ट्रियताको रक्षा गर्न जनसंघर्ष संचालन गर्ने निर्णय गरेको छ । यो कति सम्भव छ ?
एकदमै संभव छ । किनकि हामीले जो निर्णय गर्यौं, त्यो मनोगत इच्छाबाट गरिएको कुरा होइन । यो एक वर्षको अन्तरिम संसद, अन्तरिम सरकारसम्मको सहकार्य, त्यसका सकारात्मक र नकारात्मक प्रवृत्तिहरू, त्यसभित्रका कमजोर पक्ष, त्यसमाथि विदेशी शक्तिबाट भएका षड्यन्त्र र हस्तक्षेपहरू जुन एउटा क्रान्तिकारी पार्टीको लोकप्रियता र त्यसको नीति र विचार यी सबै कुराको मूल्याड्ढन, समीक्ष्ँा र विश्लेषण गरेर एउटा निचोड संश्लेषण गरिएको कुरा हो । यदि हाम्रो पार्टीले नया“ कार्यनीतिद्वारा देशलाई नेतृत्व गर्ने हो भने संघीय गणतन्त्र हाम्रै नेतृत्वमा नेपालमा जन्माउन सम्भव छ । नेपाली जनताले त्यो प्राप्त गर्न सक्छ । त्यसको निम्ति विदेशी शक्तिकेन्द्रहरूको षड्यन्त्र र सामन्ती तत्वहरूले गर्ने चलखेल दुवैको विरुद्धमा एकीकृत ढंगले संघर्ष गर्नुपर्छ । जसलाई हामीले अलग अलग होइन एउटै विन्दुमा छन् भन्ने बुझेका छौं । यस अर्थमा हाम्रो अहिलेको नया“ कार्यनीति र नया“ योजना असाध्यै वस्तुवादी छ । र यो नेपालको अहिलेको आन्दोलनको निम्ति अनिवार्य छ ।
विप्लव कमरेड, यहा“ले हालै एउटा लेखमार्फत राज्यको पर्ुनर्संरचना नभै पुरानै सत्तालाई पुनर्जीवित गर्ने र नया“ सत्ता, नया“ सेना अनि नया“ कानूनलाई विलीन गरिदिने काम भएको भनेर उठाउनुभएको छ । र, आजसम्मका अर्न्तर्सम्बन्ध एवं अन्तरि्वरोधहरू बदलिएका र बालुवाटार धाउने अनि आश्वासनको त्यान्द्रो समाउने तरिकाले नया“ अन्तरि्वरोध हल हुदैन भन्नुभएको छ । त्यसलाई पराजित गर्न नया“ कार्यनीति र संघर्षमा जोड दिनुभएको छ, त्यो नया“ कार्यनीति र संघर्ष भनेको के हो ?
मैले स्पष्ट लेखेको हो, कुनै एउटा नेता, प्रवृत्ति वा व्यक्तिवादी प्रवृत्तिभन्दा पनि नेपालको अहिलेको यथास्थितिवादी प्रवृत्ति, दक्षिणपन्थी प्रवृत्ति, विदेशी शक्तिकेन्द्रहरूद्वारा निर्देशित होस् वा देशभित्रकै वस्तुस्थितिलाई ठीक ढंगले विश्लेषण गर्ने र त्यसको निचोड निकाल्ने कुरामा सात राजनैतिक दलहरूभित्र देखापरेको प्रवृत्ति होस्, त्यसलाई इंगित गरेको हो । बालुवाटार धाउने भन्ने कुरा गिरिजाले दिनदिनै त्यहा“ चिया नास्ता गर्ने, अरु जमघट भएर निकासतिर होइन कि सामान्य छलफल गरेर र्फकने जुन प्रक्रिया चल्यो, त्यो ठूलो गलत हो भनेर मैले संसदवादलाई ँअटयाक’ गरेको हु“ । अहिले नया“ अन्तर्संघर्ष चलाउने तरिका जनतालाई स्पष्टरूपमा बुझाउनर्ुपर्छ । नेपालमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले हस्तक्ष्ँेप गरिरहेका छन् । नेपालको अग्रगामी निकासको बाधक उनीहरू नै हुन् । त्यही हस्तक्षेपबाट निकासमा बाधा उत्पन्न भइरहेको छ । त्यसबाहेक नेपालका सामन्तवादी, राजावादी र प्रतिगामी तत्वहरूले प्रशस्त मात्रामा चलखेल गरिरहेका छन् । त्यो चलखेलको विरुद्ध पनि एउटा संघर्ष जबर्जस्त चलाउनर्ुपर्छ, अनिमात्र नेपाली जनताको विजय हुन्छ । अहिले यहा“ भएका विदेशी शक्तिकेन्द्र र प्रतिगामी तत्वबीचको सा“ठगा“ठबाट बनेको नया“ अन्तरविरोध भनेको राष्ट्रियताको जनवादलाई स“गै जोडेर, नेपालका क्रान्तिकारी र प्रगतिशील शक्तिलाई एकीकृत गरेर तिनीहरूका विरुद्ध प्रहार गर्ने कुरा हो । त्यसरी प्रहार गरेर मात्रै अन्तरि्वरोध हल हुन्छ भन्ने हाम्रो निष्कर्ष हो । र, त्यही निष्कर्ष मैले त्यहा“ राखेको हो ।
त्यो लेख हेडक्वाटर विरुद्ध पनि लक्षित भएको देखिन्छ नि ?
त्यो एकदम भ्रमपूर्ण कुरा हो । त्यस्तो छैन । तपाईंहरुले यो पत्रिकाबाट पनि स्पष्ट गरिदिनुहोस्- हाम्रो नेतृत्वका विरुद्धमा लक्षित होइन, त्यो त प्रवृत्तिको विरुद्ध मात्रै हो । त्यो एउटा अत्यन्तै खतरनाक धार हो । जनआन्दोलनको इच्छा विपरीत, क्रान्तिकारी विचार पद्धतिको विपरीत, क्रान्तिकारी नेतृत्वलाई समेत दिग्भ्रममा पार्न सक्ने खतरनाक प्रवृत्तिको विरुद्धमा हो ।
प्रतिगामी र यथास्थितिवादीले तपाईंको लेख प्रकाशित भइसकेपछि आ-आफ्नो ढंगले टीका-टिप्पणी गर्न शुरु गरेका छन् । यस विषयमा आम पार्टी पंक्ति र जनतालाई के भन्न चाहनुहुन्छ ?
त्यो एउटा छट्पटी मात्रै हो । आफ्नो उदारवादी, यथास्थितिवादी र पश्चगामी चिन्तनलाई छोप्ने दुष्प्रयास मात्रै हो त्यो । त्यहा“ कोही पनि भ्रममा पर्नु पर्दैन । जहा“सम्म सबै क्रान्तिकारी, प्रगतिशील र अग्रगामी शक्तिहरुलाई म के अपील गर्छु भने नेपालको अहिलेको अनिवार्य मार्ग भनेको जनतालाई अधिकार सम्पन्न गराउने, जनान्दोलन, गणतान्त्रिक आन्दोलन र संघीय गणतान्त्रिक आन्दोलनको बाटो हो । त्यस अर्थमा सम्पूर्ण हाम्रो पार्टीको मेहनत, कार्यनीति, कोसिस त्यसको पक्षमा छ । त्यहा“ जे जति काम हाम्रो तर्फबाट भइरहेका छन्, त्यसैलाई केन्द्रविन्दुमा राखेर गरिएका छन् । त्यस अर्थमा जनता र कोही मित्र पनि भ्रममा पर्न जरुरी छैन । बरु, माओवादीमा जनता र राष्ट्रको बारेमा सोच्ने कुरा पनि चलिराखेको छ र गइरहेको छ । पार्टी त्यही लाइनमा छ । त्यहा“बाट विचलित छैन भन्ने कुरा सबैले बुझ्नुपर्छ ।
के तपाईले भनेजस्तै अहिले नया“ सत्ता, नया“ सेना, नया“ कानूनलाई विलीन गरिदिने काम भएकै हो ?
एकदम हु“दैछ र भइसक्यो । हामीले अब छिट्टै हल गरेर नया“ गति दिन्छौं । त्यो कुरा यही पत्रिकाबाट पनि भनौं, अब नया“ षड्यन्त्र हुन थाल्यो भने हामी नया“ सेना, नया“ सत्ता, नया“ संघर्ष पनि गर्ने छौं । नेपाली जनताको भविष्यसंग जोडिएको कुरा हो यो । यो कुरा हाम्रा लागि सह्य छैन । अहिले भर्खर र्सर्ुखेतमा हिजोका मुद्दाहरु दोहोर्याइएको छ । रुकुममा, रोल्पामा ५२ सालका मुद्दाहरु दोहोर्याइएको छ । सुदूरपश्चिममै मान्छेहरुलाई रातारात बेपत्ता पारेर मार्ने काम बढिरहेका छन् । गौरमा त्यति ठूलो नरसंहार भएको छ । त्यसले भएन भनेर हाम्रो जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा कैद गरिएको छ । त्यहा“ केही पनि सुविधा दिइएको छैन । अहिले पनि जनअदालतले फैसला गरेका मुद्दाहरु उल्ट्याउन खोजिएको छ । यी सबै कुराले के इंगित गर्छ भने जानाजान हाम्रो नया“ शक्तिलाई कोल्याप्स गर्न खोजिदैछ । यस्तो स्थिति कुनै पनि हालतमा स्वीकार गरिदैन । त्यो कुरा हामीले लगातार भनेका छौं । त्यो गर्नु र आत्मर्समर्पण गरेर सिद्धिनु एउटै कुरा हो । त्यसकारण हामी त्यसको प्रतिरोध गछौं । जनतालाई पनि त्यहा“ जागरुक हुन अपील गछौ । र, आवश्यक परे नया“ तरिकाले अगाडि बढ्न पनि केन्द्रीय समिति प्रष्ट छ ।
पार्टी सरकारमा गइसकेको अवस्थामा यो सम्भव छ र ?
हो, सम्भव छ । सरकारको उद्देश्य पनि जनतालाई अधिकारसम्पन्न गराउनु हो । अहिले हामीले भनेको दमनकारी, एकाधिकारवादी र तानाशाही प्रवृत्तिको सडकबाट र जनताको घर दैलोबाट प्रतिरोध गर्ने तथा जनतालाई अधिकार सम्पन्न गराउने कुरा हो । त्यसकारण सरकारमा हाम्रो पार्टी हुने र नहुने कुराले जनताको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने र नबढाउने भन्नेमा निर्धारण गर्दैन ।
दिल्लीदेखि बालुवाटारसम्म आउ“दा अहिलेको कार्यनीति ठीक छैन भन्न खोज्नुभएको हो ?
होइन, त्यो कार्यनीति नेपालको वस्तुगत रुपले आवश्यक थियो । त्यसैले हामी गयौ, तर जुन १२ बु“देेदेखि बालुवाटारसम्म भएका सहमति हुन्, त्यो त कांग्रेसले उल्लंघन गरिसक्यो । कैयौं लुकायो । जस्तो बालुवाटारमा भएको आठ बु“दे सहमति लुकाइरहेका छन् । त्यस अर्थमा उनीहरुले अग्रगामी निकासलाई रोक्ने हतियारमा बदल्न खोजिरहेका छन् । त्यसको हामीले समयमै भण्डाफोर गर्नुपर्छ । जनतालाई प्रष्ट पार्नुपर्छ । त्यस अर्थमा अब आउने स्थितिमा खतरनाक ढंगले जहा“ रोक्छन् त्यहा“ प्रतिवाद गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हिजो के भयो भन्ने हाम्रो गुनासो छैन ।
तेस्रो जनआन्दोलन अपरिहार्य भएकै हो ?
एकदम निश्चित रुपमा अपरिहार्य छ । जनताले, नागरिकहरुले बुझ्नर्ुपर्छ- हामीले भन्ने गरेका छौं मौकामा हीरा फोर्नु, बेमौकामा नुनको ढिको पनि नफोर्नु ।’ हामीले त्यो पोहोर साल १९ दिनमा पूरा गरेका छौं । तर हामीले चाह“दा चाह“दै पनि नेपाली कांग्रेसले राजतन्त्रसंग सम्झौता गर्यो, एमाले पनि पस्यो, वास्तवमा गिरिजाले नाघ्न नसकेको ँअप्टिकल’ भनेको त्यही हो । तैपनि जनता शिथिल भएका छैनन्, जागरुकै छन् । अब अझ अगाडि बढेर अपूरो रहेको विषयलाई पूरा गर्नुपर्छ ।
विप्लव कमरेड, यहा“ले संसदबाट संघीय गणतन्त्र घोषणा गर्ने कुरालाई हल्लाको संज्ञा दिनुभएको छ, त्यसो भए गणतन्त्र प्राप्त हुने बाटो के हो ?
मैले भनेको स्पष्ट हो कि, जनताको तागतलाई प्रयोग गरेर सहजै सकिने विधिलाई छोडेर, जटिल विधितिर प्रवेश गराउनु र त्यसको भ्रामक व्याख्या सत्तासीनहरुले गर्नु, त्यो वास्तवमा जनतालाई अलमलमा पार्नु हो । तर यहा“ अहिले सत्य कुराबाट भाग्न खोज्दैछन् । निकासबाट भाग्न खोज्दैछन् । यसतर्फ सचेत हुनर्ुपर्छ भन्ने अर्थमा मैले त्यो भनें । अहिले पनि त्यही कुरा हो । यसको समाधान भनेको संसदबाट पनि गणतन्त्र घोषणा गर्ने कोसिस गर्नु हो, नगर्ने भन्ने त कहा“ होे र गर्ने । तर कैयौं गुणा शक्तिशाली जनताको तागतबाट त्यहा“नेर बहस केन्द्रित गर्न सक्नर्ुपर्छ । मलाई लाग्छ, भोलि त्यो पुष्टि हुन्छ । त्यसकारण अहिले जनता संघीय गणतन्त्रको बाटोमा आफ्नै तागतबाट अगाडि बढ्ने कुरा नै महत्वपूर्ण हो भन्ने कुरा राख्न खोजिएको हो ।
पार्टीको कार्यनीति बदलिएको र नया“ कार्य नीति अगाडि सारिएको र वार्ता र सम्झौताका बलिदानीहरुलाई पुनरुत्थानको हतियार नभई क्रान्तिको अस्त्रमा बदल्नर्ुपर्छ भन्नुभएको छ । भनेपछि क्रान्तिको अस्त्र के हुनेछ ?
हामी त धेरै अगाडि बढिसक्यौं । हामीले देखेका छांै, अब नेपाली जनता ०५२ साल र त्यो भन्दा अगाडिको जस्तो अचेत पनि छैनन्, असंगठित पनि छैनन्, कमजोर पनि छैनन् । उनीहरुसंग धेरै अनुभव भइसक्यो । १० वर्षको लडार्इंको अनुभव छ । लडेर कसरी जितिन्छ भन्ने कुराको व्याख्या पनि गरिसकेका छन् । जनमुक्ति सेना पनि छ, क्रान्तिकारी विचार र पार्टी छ, मोर्चा बनाउने आधार छ । यी सबै चीजले हामीलाई हिजोभन्दा अझ विशिष्ट बनाएको छ । अझै निर्धक्क बनाएको छ कि आवश्यक पर्यो भने क्रान्तिकारी आन्दोलनलाई व्यवस्थित बनाउने आधार हिजोको भन्दा कैयौ गुणा अगाडि छ । त्यस अर्थमा त्यहा“ चिन्ता मान्नु पर्ने आधार भेटिन्न । झ्न शक्तिशाली आधार छन् ।
अन्त्यमा जनआह्वान मार्फत के भन्नुहुन्छ ?
जनआह्वान लामो समयदेखि जनताको पक्षमा क्रियाशील छ । ठूला-ठूला दमनलाई पनि कलम र क्षमताबाट यसले परास्त गरेको छ । देश एउटा कठिन मोडमा छ । वाम शक्तिले र माओवादीले जाने र जनताले पनि बुझे भने देश आमूल परिवर्तनतिर जान सक्छ । यदि हामी अरु शक्तिमाथि भर पर्न थाल्यौं, भारत र अमेरिकातिर मुख ताक्न थाल्यौं, दरबारिया शक्तितिर केही हुन्छ कि भनेर सम्झौताको आ“खाले हर्ेन थाल्यौं भने देश भयङ्कर एउटा विध्वंशतिर र्फकन सक्छ । फेरि राजा आउन सक्छ । राजा नआए पनि नेपोलियन जस्ता मान्छेहरु, मर्ुर्सरफ जस्ता मान्छे नेपालमा जन्मन सक्छन् भन्ने कुरा सा“चो हो । यस अर्थमा जनता फेरि पनि सामन्तवादी प्रवृत्ति, तानाशाही प्रवृत्ति र निरंकुश प्रवृत्तिबाट पनि र्सतर्क हुनर्ुपर्छ । हामी त्यहा“ र्सतर्क भयौं भने जनताले विजय हासिल गर्ने बेला आइसकेको छ र त्यसको निम्ति सबै शक्ति लाग्न र दृढतापूर्वक सोचेर कदम उठाउन आग्रह गर्छु ।
यानेन्द्र जी.सी./लेखनाथ सजग
