Google
 

April 28, 2007

अमेरिकाले बनाउन खोजेको निकारागुआका साण्डानिष्टाको कथा

नेपालको राजनीतिमा अहिले निकारागुआ, साण्डानिष्टाा, कोन्ट्रास जस्ता शब्दावलीहरु अत्यन्तै चर्चित बनेको छ । अमेरिकी साम्राज्यवादको ठूलो विरोधका बाबजुद पनि सन् १९७९मा निकारागुआमा लामो समय देखि राजनैतिक आधिपत्य कायम गरेको फासीवादी सेमासा वंशको एकाधिकारवादी निरंक्ुस सरकारलाई वामपन्थी साण्डानिष्टाहरुले व्रि्रोहको माध्यमबाट सत्ताच्युत गर्न सफल भएका थिए । सन् १९३०को दशकमा अमेरिकाले निकारागुआ माथि गरेको सैन्य हस्तक्षेपको विरुद्ध साम्राज्यवाद विरोधी संर्घष्ा गरेका अगस्तो सी साण्डिनोको संर्घष्ाबाट प्रेरित साण्डानिष्टाले १९७९ देखि झण्डै ११ वर्षम्म सत्तँ चलाउन सफल भएको थियो । अमेरिकी साम्राज्यवादको नाकाबन्दी, धम्की लगायतका बाबजुद पनि राज्यको परिवर्तनकारी सुधार गर्न सफल भएको थियो ।



साण्डानिष्टालाई निकाराग्ुआका जनताले साम्राज्यवादको विरुद्ध गरेको र्समर्थन, सुधार र लोकप्रियताबाट तर्सित अमेरिकी साम्राज्यवादले साण्डानिष्टानहरुलाई सत्तँच्युत गर्न साण्डानिष्टाहरुद्वारा सत्तँच्युत गरिएको सेमासाको सुरक्षा गार्ड लगायतका अपराधिक ग्याङ्गहरुलाई सिआए मार्फ पैसा, तालिम, हतियार, बन्दोबस्ती सबैको व्यवस्था गरी आतंक मच्चाएको थियो । छिमेकी देशहरु होण्डुरस र कोष्टारिकामा बस्ने र निकारागुआ भित्र पर्ठाई आतंक मच्चाउने र अस्थिरता, अराजकता मच्चाई राज्यसंयन्त्र ध्वस्तलाई पार्ने र जनतालाई सरकारले शान्तिसुरक्षा, विकास, आदि गर्न नसकेको जस्ता भ्रमपर्ूण्ा नाराहरु उचाल्ने आपराधिक समूह नै कोन्ट्रास हो । अन्ततः यही कोन्टा्रसाको अपराधिक गतिविधिबाट जनतालाई भ्रम उत्पन्न गर्राई १९९०मा आफ्नो दलाल सरकार स्थापना गर्न अमेरिकन साम्राज्यवाद सफल भएको थियो ।

नेपालमा पनि अहिले अमेरिकी साम्राज्यवाद नेकपा -माओवादी)लाई कुनै पनि हालतमा सत्तँमा जानबाट रोक्न नसकेपछि निकारागुआमा जस्तै माओवादी समेतको सरकारलाई असफल पार्न कथित मधेसी फोरमलाई अगाडि सारेको छ । भारतिय विस्तारवादीहरुको समेतको संलग्नतामा अमेरिकी साम्राज्यवाद तथा विस्तारवादबाट तालिम, पैसा, हतियार र संरक्षण पाएको फोरम लगायतका राज्यलाई ध्वस्त पार्न अगाडि आएका समूहहरुको बासस्थान भारत भएको गौर हत्याकाण्डले प्रमाणित गरेको छ जसरी निकारागुआमा उनीहरुको मुख्य आश्रय कोष्टारिका र होण्डुरस थियो ।

तपाईहलाई नेपालमा भएको नयां परिस्थिति, अमेरिकी साम्राज्यवाद र विस्तारवाद लगायतका गतिविधिहरु, कसरी जनताको र्समर्थन प्राप्त सरकारलाई सत्तँच्युत गर्न साम्राज्यवादीहरुले अस्थिरता सिर्जना गर्छन भन्ने धेरै उदाहरणहरु मध्ये निकाराग्ुआ पनि एक हो । नेपालको हालको घटनाक्रम र तत्कालिन निकारागुआका घटनाहरु धेरै मिल्दोजुल्दो देखिएकोले त्यसलाई बुझ्न यो व्यवस्ाायिक डकुमेण्ट्री निर्माताद्वारा बनाइएको यो डकुमेण्ट्री यहां राखिएको छ । यसलाई आफ्नै ढंगले नेपालसंग दांज्ने र बुझेर प्रतिक्रिया पठाउनुहोला ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/04/28/300/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft