यसरी बस्छन् माओवादी विधायकहरु
पलङ सामान्य छ, दर्ुइवटा साधारण कर्ुर्सर्ीी सानो टी टेबलमा केही किताब छन् । भित्तामा साटफेरका एकदर्ुइ जोर कपडा झुन्ड्याइएका । यो कोठा क्याम्पस पढ्न भर्खरै राजधानी छिरेको कुनै विद्यार्थीको त हैन - तीनकुने सुविधानगरस्थित उक्त कोठा सिन्धुलीका माओवादी विधायक गंगा श्रेष्ठको हो । भान्साकोठा पनि त्यत्तिकै सामान्य छ । डाइनिङ टेबुल, प्रिmज केही पनि छैन, अत्यावश्यक भाँडाकुँडामात्र छन् । सदनमा जनआवाज उठाउनेमात्र दायित्व छैन, माओवादी विधायकहरूको , खाना पकाउने, सरसफाइदेखि लिएर किनमेल गर्ने काममा पनि उनीहरू सक्रियतापर्ूवक सरिक हुन्छन् । श्रेष्ठ र उनका सहकर्मी विधायकहरूले खाना पकाउन आलोपालो समय मिलाएका छन् । वैशाख १ गते समयसँग कुराकानीको सिलसिला अघि बढिरहेका बेला भान्साकोठाबाट खाना तयार भएको जनाउ आयो । नया“ वर्षभनेर भान्सामा कुनै परिकार थपिएको थिएन । दालभात तरकारीसहितको साधारण खाना थियो । श्रेष्ठ र सिन्धुलीकै अर्का विधायक बुद्घमिान माझीले कुनै ठा“टबाँठविना पलेँटी कसेर खाना खान सुरु गरे । थपुवा दालभात पनि स“गै राखिएको छ । पेटभरि खाना खाएपछि थाल उनीहरू आपै+mले सफा गरे ।
तीनकुने सुविधानगरस्थित ६ कोठाको एउटा फ्ल्याटलाई माओवादीका सगरमाथा जनकपुर क्षेत्रका विधायकहरू श्रेष्ठ, माझी र मणि खम्बूले सामूहिक थलो बनाएका छन् । अधिकांश माओवादी विधायकको बसाइँ यस्तै छ । नयाँ बानेश्वरचोकबाट शंखमूलतिर दर्ुइ सय मिटर अघि बढ्दा सेती-महाकालीका विधायकहरू पुरन राना थारू, रूपा चौधरी, नन्दसिंह सार्की र मञ्जु बम कम्युन शैलीमा बसेको घर पुगिन्छ । एउटै क्षेत्रका भए पनि केन्द्रीय सदस्य लेखराज भट्टचाहिँ बेग्लै बस्छन् । विधायक मञ्जु भन्छिन्, ‘एउटा केन्द्रीय सदस्यको जिम्म्ोवारी एउटा विधायकको भन्दा अवश्य बढी हुन्छ, त्यही भएर पनि उहाँ बेग्लै ब्ास्नु भएको हो ।’ उनीहरूको बसाइँ अति साधारण छ । सुत्ने खाटसमेत छैन । कार्पेट ओछ्याइएको भुइँमै दुइटा बिस्तरा छन्, विधायक र निजी सहायकका लागि । प्लास्टिकको झोलामा लुगाफाटा कसिएको छ । माओवादी मुखपत्र जनादेश, संश्लेषण लगायत अरू पत्रपत्रिका असरल्ल छन् । यो विधायक पुरनको कोठा हो । एउटा पलङ पनि किन नराखेको - विधायक पुरन भन्छन्, ‘हिजो जनयुद्घका क्रममा अत्यन्त कष्टप्रद जीवन बितायौं, हामी अहिलेको अवस्थामा आउन हजारौं जनताको बलिदानी भएको छ । त्यसैले सकेसम्म सरल जीवन बिताउँछौं र आफूलाई फरक पार्न चाहँदैनौं ।’
मेची-कोशी क्षेत्रका विधायकहरू टंक आङवुहाङ, पर्ूण्ासिंह राजवंशी, धर्मशीला चापागाई र पदम र्राई पनि सामूहिकरूपमा शंखमूलमा बसेका छन्, तर मोरङका शिवकुमार मण्डलचाहिँ व्यवहारिक कारणले गर्दा बालाजुमा छुट्टै बस्छन् । र्राईले यो समूहको नेताको भूमिका निर्वाह गर्दै आएका छन् । उनी छुट्टै बसे पनि उनीहरूको हिसाबकिताब सामूहिकरुपमा नै पार्टर्ीी पेस गर्नुपर्छ । विधायक र्राई भन्छन्, । ‘आर्थिक भार कम पर्ने र राजनीतिक रुपले प्रस्तुत हुनसमेत सजिलो हुने भएकाले सकेसम्म सामूहिक जीवन बिताउने पार्टर्ीीे निर्ण्र्ााहो, तर कसै कसैलाई व्यवहारिक अप्ठ्यारो पर्दा बेग्लै पनि बस्न सकिन्छ ।’ उनीहरूले बजारबाट सरसामान किनमेलका लागि एउटा साइकल जोडेका छन् । केही सामान खरिद गर्नुपर्यो भने विधायक वा उनीहरूका निजी सहायक साइकल लिएर पसलतिर दौडन्छन् ।
माघ १ गते अन्त्ारिम व्यवस्थापिकाको गठनसँगै माओवादीले विधायकहरूका लागि आचारसंहिता जारी गरेको थियो । त्यसमा आर्थिक व्ययभार कम गर्न सामूहिक बसाइँलाई प्राथमिकता दिने उल्लेख भएबमोजिम विधायकहरू सामूहिक जीवनशैली अपनाउनतर्फलागेका थिए । भेरी र कर्ण्ााली क्षेत्रका विधायकहरू भर्खरैमात्र कालोपुलमा सरेका छन्, घरको निर्माण सकिन बाँकी छ । त्यसैले होला, विधायकहरूको कोठाको रुपरेखाले अन्तिम रुप पाउन अझै केही दिन लाग्ने देखिन्छ । केही कोठामा कार्पेट बिछ्याउनै पनि बाँकी छ । यो क्षेत्रका विधायकहरूको बसाइँ पनि तात्त्विक रुपमा केही फरक छैन ।
अन्तरिम व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने भेरी र कर्ण्र्ााका भक्तबहादुर शाह, रामचरण चौधरी, मंगल विक, सत्य पहाडी, सरस्वती मोहोरा, पूर्ण्ाा सुवेदी, सरला रेग्मी र परमानन्द वर्मा कर्ुर्मी सामूहिक रूपमा कालोपुलमा बसेका छन् । भेरी-कर्ण्ााली विधायकका संयोजक खड्गबहादुर विक मन्त्री भएर क्वार्टरमा बस्न थालेपछि उक्त क्षेत्रको संयोजनको जिम्मेवारी विधायक सुवेदीले वहन गर्दै आएकी छन् । बाँकेका विधायक तिलक परियार भने दलित मुक्तिमोर्चाको कार्यालयमै बस्छन् ।
बाग्ामतीका क्षेत्रका विधायकहरू हितबहादुर तामाङ, र्सर्ूयमान दोङ तामाङ, देवी खड्का र भगवती प्रधानको शान्तिनगरमा सामूहिक बसाइँ छ । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने मजदुर नेता शालिकराम जमरकट्टेलचाहिँ विधायक हुनुअघि नै आफ्नै हिसाबले राजधानी ब्ास्दै आएकाले समूहमा बस्दैनन् । यीबाहेक उपत्यकाबाट प्रतिनिधित्व गर्ने अरू विधायक पनि व्यक्तिगत रूपमा बस्ोका छन् ।
राप्तीका विधायकहरू सन्तोष बुढा मगर, लोकेन्द्र विष्ट, दामा शर्मा, सीता विक र इन्द्रजित चौधरीको सामूहिक बसाइँको नेतृत्व विधायक विष्टले गरेका छन् । उनीहरू सिनामंगलमा बस्छन् । टीका बुढाथोकी र जयपुरी र्घर्तीले महिला संघको कार्यालयमै डेरा जमाएका छन् । त्यही क्षेत्रका केन्द्रीय सदस्य जनार्दन शर्मा अलग्गै बसेका छन् ।
मिथिलाञ्चल क्षेत्रका विधायकहरू महेन्द्र पासवान, सरस्वती चौधरी, र्सर्ूयनाथप्रसाद यादव, रामकुमारी यादव, कृष्णदेवसिंह दनुवार र भरत शाहले पुरानो सिनामंगल, पेप्सीकोलामा डेरा जमाएका छन् । मन्त्री हुनुअघि उनीहरूसँगै रहेका मातृका यादव अहिले मन्त्री क्वार्टरमा बस्न थालेपछि विधायक पासवानले संयोजकको काम गर्दै आएका छन् ।
नारायणी क्षेत्रका सत्यनारायण भगत र रामआश्रय राम छुट्टै बस्छन् भने कुमारी मोक्तान र शोभा कट्टेल बालाजुमा बसेका छन् । उनीहरूको टिम लिडरको काम प्रभु साहले गर्दै आएका छन् । गण्डकी र लुम्बिनी क्षेत्रका अधिकांश विधायक पनि सामूहिकरूपमा बसेका छन् । नयाँ बानेश्वरमा लुम्बिनीका विधायकहरू चिनक कर्ुर्मी, विनोद उपाध्याय, रामलौटन तिवारी, वामदेव क्षेत्री र सर्ुदर्शन बराल मगर एक सम्ूाह र उमा विक, रूपा विक र इलियाद मुसलमानको अर्को समूह सामूहिक रूपमा बसेको छ ।
धौलागिरीका दीनानाथ शर्मा केन्द्रीय सदस्य र वार्ताटोली सदस्यका हैसियतले पहिलेदेखि छुट्टै बस्दै आएका छन् । पार्टर्ीीे बुद्घजिीवी संगठनको केन्द्रीय नेतृत्वमा रहेकी वलावती शर्मा भने गौशालामा आफन्तसँग मिलेर बसेकी छन् । मगर मुक्तिमोर्चाका केन्द्रीय उपाध्यक्ष गमबहादुर श्रीस मोर्चाको कार्यालयमा बस्छन्, तर धौलागिरीबाट प्रतिनिधित्व गर्ने कुनै पनि विधायक सामूहिकरूपमा बस्ोका छैनन् ।
माओवादीका विवाहित विधायकहरू पनि राजधानीमा एक्लै बस्दै आएका छन् । अधिकांश विधायेकहरूको विवाह पार्टर्ीी जिल्ला र क्षेत्रीयस्तरका नेता कार्यकर्तासँग भएको र उनीहरू संगठनको जिम्मेवारी वहनका क्रममा विभिन्न क्षेत्रमा रहेकाले दम्पतीहरू छुट्टनि बाध्य भएका हुन् । ताप्लेजुङका विधायक आङवुहाङ भन्छन्, ‘हामी पनि पार्टर्ीीे जिम्मेवारीमा छौं, हाम्रा जीवनसाथी कमरेडहरू पनि आफ्नो कर्मक्षेत्रमा खटिनुभएको छ ।’
माओवादी विधायकहरूमध्ये जनयुद्घमा जीवनसाथी गुमाउनेको संख्या एक दर्जनभन्दा बढी छ । जीवनसाथी गुमाएपछि केही विधायकहरूले दोस्रो विवाहसमेत गरेका छन् । टंक आङवुहाङ, भगवती प्रधान, देवी खड्का, पुरन राना थारू, मञ्जु बम, रूपा चौधरी, उमा विक, सीता विकलगायत करिब एक दर्जनभन्दा बढी विधायकहरूको उमेर तीन दशक पनि नाघेको छैन ।
खर्चको चाजोपा“जो
अन्त्ारिम व्यवस्थापिकाका प्रत्येक विधायकले खानपिन, घरभाडा, सञ्चार, यातायात, निजी सहायकसहित मासिक ३७ हजार २ सय रुपैयाँ पाउ“छन् । माओवादी विधायकहरू उक्त रकम आफू खुसी बुझदैनन् । माओ वादीका सबै विधायकहरूको सामूहिक मन्जुरीनामा अनुसार महिनावारी पारिश्रमिक पार्टर्ीींसदीय दलका नेता कृष्णबहादुर महराले एकमुष्ट बुझछन् । प्रत्येक सदस्यलाई दैनिक खर्च चलाउन रकम बाँडफाँडको काम संसदीय दलको निर्देशनअनुसार गरिन्छ ।
विभिन्न क्षेत्रका विधायकहरू समूह बनाएर भिन्नाभिन्न्ौ ठाउँमा बसे पनि हरेक समूहको नेतामार्फ पार्टर्ीी खर्च निकासा गर्छ । घरभाडा, बिजु ली, टे लिफोन, मोबाइल, लत्ताकपडा, खानपिनलगायत सामूहिक प्रयोजनका कामका लागि सामू हिकरुपमा खर्च गर्छ न् । त्यसबाहेक पकेट खर्चको रूपमा प्रत्येक विधायकले मासिक ५ सयदेखि १ हजार रुपैयाँसम्म लिन्छन् । यसरी आफ्नो पारिश्रमिक पार्टर्ीी बुझेर खटनपटन गरेकामा विधायकहरूलाई कुनै आपत्ति छैन । जनताको मुक्तिको लागि ज्यान माया मारेर आन्दोलनमा होमिएको र आफूहरूलाई सुविधा भोग र विलासिताको कुनै तृष्णा नभएकाले पार्टर्ीी गरेको निर्ण्र्ाार्सवस्वीकार्य भएको उनीहरू एक स्वरमा बताउ“छन् । ‘जनयुद्धमा होमिएदेखि नै हामी सामूहिक बसाइँको संस्कार विकास भइसकेकाले यही सजिलो लाग्छ’, विधायक सत्य पहाडी भन्छिन्, ‘राज्यसत्तादेखि स्थानीय तहसम्म हावी भइरहेको व्यक्तिवादी संस्कारविरुद्ध समेत यो गतिलो उदाहरण हुने हामीले ठानेका छौ ।’
अधिकांश माओवादी विधायकहरूको जीवनशैली सामान्य भएकाले औसतमा मासिक १० हजार रुपैयाँ हाराहारी खर्च हुने उनीहरू बताउ“छन् । सोही रकमबाट उनीहरूको निजी सहायकको खानपिन, बसाइँदेखि पकेट खर्च समेत व्यहोरिन्छ । बाँकी रकम पार्टर्ीीोषमा जम्मा गरी सहिद र घाइते उपचार कोषलगायत विभिन्न सामूहिक काममा खर्च गरिने उनीहरू बताउ“छन् ।
सुरुमा कोठाका लागि केही सरसमान जोड्नुपर्ने भएकाले अलि बढी रकम छुट्याइएको थियो ।विधायक मंगल विश्वकर्मा भन्छन्, ‘कुनै बेला निकासा भएको रकम नपुग्ने भयो भने कुन प्रयोजनको लागि रकम चाहिएको हो त्यो खुलाएर पेस्की स्वरूप पनि लिन सकिन्छ ।’ हरेक समूहले प्रत्येक महिनाको अन्त्यमा खर्चको विवरण अनिवार्यरुपमा संसदीय दलको कार्याल्ायमा बुझाउनर्ुपर्छ । हरेक विधायकले राखेका निजी सहायक पार्टर्ीी कार्य कर्ता छन् ।
सरकारी नियमानुसार सांसदको निजी सहायकले मासिक ९ हजार रुपैयाँ तलब पाउँ छ, तर माओ वादी विधायकका निजी सहायकले फुटकर पके ट खर्चबाहेक कसैले पनि तलब लिँदैनन् । विधायक गंगा श्रेष्ठका निजी सहायक गोविन्द बुढाथोकी -गरुड) भन्छन्, ‘अहिले युद्घको मोर्चा बदलिएको मात्र हो, आन्दोलन जारी छ । त्यसैले पनि पार्टर्ीीई सघाउन हामी तलब नलिई काम गरिरहेका छौं ।’ निजी सहायकको खानपिन, लत्ताकपडा, यातायात, पकेटलगायत सबै खर्च विधायेकले पार्टर्ीीट बुझने रकमबाटै गरिन्छ । सामूहिक बसाइँको क्रममा घरभाडाको लागि न्यूनतम ८ हजारदेखि २० हजार रुपैयाँसम्मका सामूहिक फ्ल्याट लिएर बसे पनि एकजना विधायकले एउटाभन्दा बढी कोठा लिएका छैनन् ।
सरकारी सुविधाअर्न्तर्गत सांसदलाई एक लाइन टेलिफोन र मासिक १ सय कलसम्म निःशुल्क सेवा र इन्टरनेट सुविधा पनि उपलब्ध हुन्छ । सामूहिक बसाइँ अझै व्यवस्थित नभइसकेकाले सबैले व्यक्तिगत टेलिफोन जडिसकेका छैनन्, तर मोबाइल भने सबै विधायकसँग छ । सादा जीवनका पक्षपाती ह“ुदाहु“दै पनि उनीहरूको बढी खर्च मोबाइलमै हुने गरेको छ । ‘मोबाइलबाटै जिल्लामा पनि सर्म्पर्क गर्नुपरेकाले महिनामा २ देखि ३ हजार रुपैया“ खर्च हुन्छ’, नुवाकोटबाट प्रतिनिधित्व गर्ने विधायक हितबहादुर तामाङ भन्छन् ।
योजनाबद्घ द ैनिकी
विधायकहरू प्रायजसो बिहान सबेरै उठ्छन् । हिजोका दिनमा युद्घमोर्चामा कठिन शारीरिक अभ्यासमा पारंगत उनीहरू अहिले बिहान उठेपछि सामान्य शारीरिक कसरत, एरोबिक्स, योगासन गनर्े गर्छन् । सिन्धुलीका विधायक श्रेष्ठ भन्छन्, । ‘अहिले पहिलेको भन्दा शारीरिक काम एकदमै कम छ, शरीर तन्दुरुस्त राख्न पनि बिहान केही समय योगासन गर्ने गरेको छु ।’ बिहानका तमाम नित्यकर्म सिध्याएपछि उनीहरू चिया पिउँछन् । व्यवस्थापिका संसद्को बैठक चलेको दिन उनीहरू खाना खाएर बिहान साढे ९ बजे कोठाबाट निस्कन्छन् । संसद्को बैठक सुरुहुनुभन्दा एक घन्टाअगाडि संसदीय दलको कार्यालयमा पुग्छन् ।
सदनमा उठाउनुपर्ने विषयमा एक घन्टाजति संसदीय दलका नेता र सचेतकसँग कार्यालयमा छलफलमा सरिक हुन्छन् । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने माओवादी विधायकहरूमध्ये अधिकांशस“ग गाडी छैन । त्यसैले नयाँबानेश्वर, शंखमूल, बुद्घनगर क्षेत्रमा बस्ने विधायकहरू हिँडेरै सदन ओहोरदोहोर गर्छन् । व्यवस्थापिका संसद्को बैठक सकिएपछि कुनै कार्यक्रम नभए उनीहरू सीधै कोठामा आउँछन् । विधायक रूपा चौधरी भन्छिन्, ‘कोठामा आएपछि राजनीतिशास्त्रका पुस्तक, विधेयक, पार्टर्ीी मुखपत्र र अरू पत्रपत्रिका पनि पढ्छौं ।’ हरेक समूहले सामूहिकरूपमा टेलिभिजन राखेका छन् । केहीले कम्प्युटर जोडे पनि अधिकांश कम्प्युटर साक्षरताबाट टाढा छन् । पार्टर्ीी आवश्यकतानुसार सामूहिक गाडी किन्न सक्ने व्यवस्था खुला राखे पनि अहिलेसम्म सगरमाथा-जनकपुरबाहेक अरू क्षेत्रका विधायकले गाडी किनेका छैनन् । विधायिका पूर्ण्ाा सुवेदी भन्छिन्, ‘अहिले यही रूपमै काम चलिरहेको छ, तत्काल गाडी किनिहाल्ने योजना बनाएका छैनौं ।’
माओवादी विधायकहरू अहिलेको सामूहिक बसाइँलाई जनयुद्घले सिकाएको कम्युन संस्कृतिको उपजको रूपमा ल्ािन्छन् । साम्यवाद स्थापनार्थ लडेको माओवादीले जनयुद्घले विस्तारित रूप लिँदै गएपछि २०५९ साल भदौमा रुकुमको छिप्खोलामा बलिदान जनकम्युन सुरु गरेका थिए, जहाँ सहिदपरिवार, पर्ूण्ाकालीन कार्यकर्ता गरेर ७५ जना बसोवास गर्दै आएका छन् ।
त्यसलगत्तै २०६० सालमा रोल्पाको जेलवाङमा जलजला जनकम्युन र थवाङमा अजम्बरी जनकम्युन सुरु गरेका थिए । यसरी औपचारिक रुपमा माओवादीले कम्युनमार्फ सामूहिकताको अवधारणालाई संस्थागत विकास गर्दै आएको थियो । सबै सम्पत्ति पार्टर्ीीण गरी कम्युनमा आफ्नो क्षमतानुसार विभिन्न काम सञ्चालन गर्दै आएका थ्ािए । त्यसो त जनयुद्घका बेला उनीहरूको खवाइ र बसाइँ सामूहिक हुने गरेको विधायिकाकमला रोक्का बताउँछिन् । विधायिका रोक्का भन्छिन्, ‘यो हिजो हामीले अपनाएको सामूहिक कम्युनको निरन्तरता हो, अहिले समूहमा मिलेर बस्दा त्यस्तो नयाँ खालको अनुभूति के ही भएको छैन ।’
माओवादी विधायकहरूको जीवनशैली सरल भए पनि यसले कतिसमयसम्म निरन्तरता पाउला आँकलन गर्न गाह्रो छ । माओवादी विधायकहरूको वासस्थान हेरेका अधिकांश सञ्चारकर्मीको उस्तै जिज्ञासा रहने गरेको छ- माओवादी विधायकहरूको जीवनशैली कहिलेसम्म यही रूपमा चल्छ - विधायिका भक्तबहादुर शाह भन्छन्, ‘हामीले हजारौं सहिदको बलिदानीलाई ख्यालख्याल ठानेका छैनौं । हामी विचारबाट निदर्े शित भएकाले पनि यसलाई लत्याउने कुरा आउँदैन ।’
श्रोत समय साप्ताहिक
