कांग्रेस कता जाँदैछ: राजावादी बन्दै गएका छन्
ऋतुराज
जोग्राफिक च्यानल कहिलेकाहीं हर्ेदा बघेनीले अत्यन्तै बहादुरीकासाथ शिकार गर्छर्ेे सकी नसकी घिसार्दै डमरू भएको ठाउँमा ल्याउँछे । त्यसैबेला अलि पर बसेर हेरेको बाघ गर्जँदै आउँछ र सबलाई धपाएर एक्लै खान्छ । अघाएपछिमात्र अरूलाई छाडिदिन्छ । बल्ल जोखिमपर्ूण्ा शिकार गरेर ल्याउने बघेनीको पालो आउँछ । अझै त्यसैबेला हुँडार वा लकड्बग्घाहरू आए भने त खानै नपाई रन्थनिनु पर्छ । फेरि अर्को शिकारमा जानुपर्ने हुन्छ । बाघले आफै शिकारमा नगई बघेनीले ल्याएको शिकारमा सबैभन्दा पहिले नै अधिकार जमाउने रहेछ ।
बघेनीले झै १० वर्षम्म कठोर ढंगले नेकपा -माओवादी) ले सामन्तवादी राज्यसत्ताको विरूद्धमा सशस्त्र आन्दोलन गर्यो । अनेक क्षति भोग्यो । प्रजातन्त्रवादी भनाउँदा दलहरूले माओवादी दमनकालागि हरेक प्रकारका हथकण्डा अपनाए किलो सेरा टू, र्सच एण्ड डिस्ट्रोय, शंकटकाल, कफर््र्यु साराका सारा अस्त्र प्रयोग गरे । जालमा पस्छ किभन्दै वार्ताको नाटक पनि गरे । हारथाक भएपछि राजालाई सत्ताको लगाम बुझाए । माओवादीको गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भन्ने निस्कर्षा पुगेर राजालाई सत्ताको लगाम थमाइदिएका थिए । यो कुरा इतिहासमा अंकित भइसकेको छ ।
राजा ज्ञानेन्द्रले जब दलहरूलाई टेरपुच्छर नलाइकन मुलुकमा निरंकुशता लाद्दै गए, पञ्चायत फर्काउने जमर्को गरे, त्यसपछि उनीहरूको होस् उड्यो । गल्ती गरिएछ भन्ने महशुस भएपछि सातदलको कार्यगत एकता भयो । ँनिरंकुश’ राजतन्त्रका विरूद्ध संर्घष्ा गर्न अघि बढे । सात दललेमात्र सिंको भाँच्न सकेनन् । अब माओवादीसँग नयाँ प्रकृया शुरू भयो । बस्ती-बस्ती, गाउँ-गाउँबाट जनता उठे । १९ दिनको भीषण आन्दोलनले राजशाहीलाई बढार्यो । लडे माओवादीहरू, जित्यो सात दलले । यहाँसम्म आइपुग्नाको अवस्थामा कसैको कुनै ँकमेण्ट’ छैन । तर, त्यसपछि शुरू भयो जोग्राफिकल च्यानलको शिकार प्रसंग ।
बाघ बनेको सातदलले बघेनीले घिसार्दै ल्याएको शिकार झम्टीहाल्यो अधिकार स्वरूप । मुटु कलेजा, हेंकुलो फिला कांग्रेसको भागमा, खुट्टा आन्द्रा, भुँडी एमालेको भागमा, करङ् पुच्छर, टाउको प्रजातान्त्रिकको भागमा, सिङ, खुर, सद्भावना जनमोर्चा आदिको भागमा पारेर खान थालियो सत्तालाई । जब खाएर तृप्त भए, त्यसपछि बघेनी माओवादीले अर्को अन्तरिम संविधानको शिकार ल्याएपछि बल्ल लाजकाज आफ्नै नेतृत्वमा हिस्सा दिए- अन्तरिम सरकारको रूपमा । अन्तरिम सरकामा लगेपनि ङ्यार-ङ्यार र ङुर-ङुर गर्दै पञ्जा मार्दैछन् । वनमन्त्री माओवादीको छ ल यहीबेला जंगलका रूख सफा पारौंला ता कि ऊ बदनाम होस् । पक्राउ गर्न जाने हाम्रै गृह हो । पक्रँदैन भनेर जंगल माफियालाई उकास्दै छन् । चन्दन तस्करले खुल्ला रूपले चन्दन ओसार्दै छन् । चन्दन पक्राउ पर्छ चन्दनको कारोबार गर्ने पक्रँदैन । गाउँका सामन्तहरू जसले सयौं विगाहा जमीन ओगटेका थिए, तिनका खाली जग्गामा खेती गर्ने भूमिहीन सुकुम्बासीहरूलाई तिमीहरूले हटाएर जग्गा फिर्ता गर्नुपर्छ भनेर सुकुम्बासी र माओवादीलाई भिडाउँदै छन् । यस्ता-यस्ता खेल खेलिँदैछ यतिबेला । काम गर्ने कालू मकै खाने भालू भइरहेको छ । यो आरोप त्यसै लागेको हैन । सात दलले देखाएको चरित्रको विश्लेषणमात्र हो ।
जनआन्दोलन सफल भएपछि माओवादीसहितको अन्तरिम सरकार बन्नुपर्ने, त्यो सरकारले संविधानसभाको निर्वाचन गरी नयाँ गणतान्त्रिक संविधान निर्माण गरी नयाँ जननिर्वाचित सरकार बनाउने र सत्ता सुम्पने समझदारी भएको हो । जनताले दिएको मेण्डेड हो यो । तर भइरहेछ अर्कै । नेपाली कांग्रेसका दुवै घटक लुपुक्क राजतन्त्रतिर लहसिए । गणतन्त्रको विरोधी ध्रुवमा उभिए । संसद्बाट गणतन्त्रको घोषणा गर्न माग उठीरहँदा अन्तरिम संविधानलाई देखाइन्छ । संविधासभाको पहिलो बैठकलेमात्र राजतन्त्रको बारेमा फैसला गर्न मिल्छ भनिन्छ । तर अन्तरिम संविधाले प्रष्ट रूपमा व्याख्या गरेको संविधासभाको निर्वाचन जेठ महिनाभित्रै सम्पन्न गर्नुपर्ने भनिएकोलाई त्यसतर्फकुनै कुरा उठ्दैन । अन्तरिम संविधानले भनेको एउटा कुरा चपक्क समातेर राजतन्त्रलाई बोक्न मिल्ने तर संविधानसभाको निर्वाचनमा जान चाहीँ नखोज्ने कस्तो ढंगको संविधानको पालना हो - कसैलाई पालना गर्नैपर्ने, कसैलाई मिल्काउनै पर्ने । यो गम्भीर षड्यन्त्र हो कि हैन १ जसमा आफ्नो स्वार्थ मिल्छ त्यसलाई समाउने, जसमा आफ्नो स्वार्थ बाझ्छ त्यसलाई कर्ुतर्कले मिल्काउने काम यतिबेला जोडतोडकासाथ भईरहेको छ ।
रमाइलो कुरा के छ भने गत वैशाख ११ गते मन्त्री रामचन्द्र पौडेलले हुटिङकाबीचबाटै अर्को वर्षो लोकतन्त्र दिवस मनाउँदा-ँभाकलले राजगद्दी रहनेवाला छैन, ०६५ सालमा राजगद्दी देख्न पाउनु हुनेछैन ।’ भनेका थिए । तर, त्यो भनेको एक साता नवित्दै उनले त्यही मुखले -संसद्लाई गणतन्त्र घोषणा गर्ने कुनै अधिकार छैन, अन्तरिम संविधानमै संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको फैसला गर्ने कुरा किटान गरेकोले संविधान सभासम्म पर्खनु पर्छ । सोझैं गणतन्त्र र जनमतसंग्रहको माग राखेर संविधानसभाको महत्व गौण बनाउनुहुँदैन भनेका छन् । संविधानसभाको निर्वाचन तथा गठन गर्ने पहल सरकारले नगरेकैकारण संसद्बाट गणतन्त्र घोषणा हुनर्ुपर्छ भनिएको हो । जब संविधानसभातर्फसरकार जाँदैन र त्यलाई ०७ सालकोजस्तै थाती राख्ने काम गरिन्छ भने गणतन्त्र घोषणालाई प्रमुखता त दिनर्ैपर्छ । यदि संविधानसभालाई प्रमुख बनाउने नेपाली कांग्रेसको लक्ष्य हो भने उसले जेठ महिनाभित्रै संविधानसभा निर्वाचन सम्पन्न गराउन अघि बढ्नै पर्छ ।
नेपाली कांग्रेसद्वयको आडमा अहिले राजतन्त्र सग्बगाइरहेको छ । सरकारको अनुमतिविना दरबारले राजालाई राजाकै हैसियतमा सिंगारेर दक्षिणकाली पुर्यायो । पुरानो राजावादी राष्ट्रिय धुन बज्यो । सलामी चढ्यो । यहाँसम्म कि प्रधानमन्त्रीले प्रमुख आतिथ्यता ग्रहण गरेको लोकतन्त्र दिवसको कार्यक्रममा पनि त्यही राष्ट्रिय धून बजाएर मनाइयो । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र दरबारनिकट रहेका शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक वास्तवमा अहिले राजावादी बन्दै गएका छन् । सेरेमोनियर राजतन्त्रको छहारीमा सामन्तवादी पूँजीवादको जग बसाल्दै त्यसको डाडू पनियो आफ्नो हातमा लिन चाहेका छन् । यो कसैबाट छिपेको विषय होइन । यो प्रवृत्तिकाविरूद्ध अब कसरी जाने भन्ने प्रमुख कुरा हो । अब कांग्रेस सच्चिएला, गणतन्त्र स्थापना होला, वा संविधानसभामार्फ् राजतन्त्रको गद्दी खालीहोला भन्नु आशा राख्नेको मर्ुखता हो । कांग्रेसको विगत देखेकाले आगतलाई त्यसैको प|mेमभित्र राखेर हेर्यो भनेमात्र कता जाँदैछ भनेर देख्न सकिन्छ ।
जस्तै थाती राख्ने काम गरिन्छ भने गणतन्त्र घोषणालाई प्रमुखता त दिनर्ैपर्छ । यदि संविधानसभालाई प्रमुख बनाउने नेपाली कांग्रेसको लक्ष्य हो भने उसले जेठ महिनाभित्रै संविधानसभा निर्वाचन सम्पन्न गराउन अघि बढ्नै पर्छ ।
नेपाली कांग्रेसद्वयको आडमा अहिले राजतन्त्र सग्बगाइरहेको छ । सरकारको अनुमतिविना दरबारले राजालाई राजाकै हैसियतमा सिंगारेर दक्षिणकाली पुर्यायो । पुरानो राजावादी राष्ट्रिय धुन बज्यो । सलामी चढ्यो । यहाँसम्म कि प्रधानमन्त्रीले प्रमुख आतिथ्यता ग्रहण गरेको लोकतन्त्र दिवसको कार्यक्रममा पनि त्यही राष्ट्रिय धून बजाएर मनाइयो । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र दरबारनिकट रहेका शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक वास्तवमा अहिले राजावादी बन्दै गएका छन् । सेरेमोनियर राजतन्त्रको छहारीमा सामन्तवादी पूँजीवादको जग बसाल्दै त्यसको डाडू पनियो आफ्नो हातमा लिन चाहेका छन् । यो कसैबाट छिपेको विषय होइन । यो प्रवृत्तिकाविरूद्ध अब कसरी जाने भन्ने प्रमुख कुरा हो । अब कांग्रेस सच्चिएला, गणतन्त्र स्थापना होला, वा संविधानसभामार्फ् राजतन्त्रको गद्दी खालीहोला भन्नु आशा राख्नेको मर्ुखता हो । कांग्रेसको विगत देखेकाले आगतलाई त्यसैको प|mेमभित्र राखेर हेर्यो भनेमात्र कता जाँदैछ भनेर देख्न सकिन्छ ।
