Google
 

May 10, 2007

आन्दोलन कांग्रेसको एकाधिकारवाद विरुद्ध, संविधानसभाको निर्वाचन गर्न र अर्को ठूलो जनव्रि्रोहका लागि- क. किरण

अहिले राजनीतिक रूपमा माओवादी के गर्दैछ ?
पहिलो कुरा, हामीले संविधानसभाको चुनाव समयमै होस् भन्दै आएका छौं । दोस्रो, त्यो तोकिएको समयमै हुन नसके अन्तरिम व्यवस्थापिकाबाटै गणतन्त्र घोषणा होस् भनेर जोड दिइरहेका छौँ । तेस्रो, यसलाई गम्भीरतापूर्वक लिइँदैन भने हामीले आन्दोलनमा जाने सोच बनाएका छौँ । र, त्यो प्रक्रिया अगाडि बढेको पनि छ ।

जेठ वा असारमा संविधानसभाको चुनाव नहुने निश्चित भइसक्यो । यहाँहरू आन्दोलनमा जाने पनि निश्चित भइसकेको हो ?
एक ढंगको आन्दोलनमा हामी गइसकेका छौँ । हाम्रो केन्द्रीय बैठकले संर्घषको कार्यक्रम बनाइसकेको छ । संविधानसभा चुनावको प्रश्न र गणतन्त्र घोषणा गर्ने कुरालाई गम्भीरतापूर्वक लिइँदैन भने आन्दोलन अगाडि बढाउनुपर्ने हुन्छ ।

सत्तामा गएर पनि विद्रोहिको चरित्र देखाउनु कति जायज हो ?
हामी विशेष अवस्थामा सत्तामा गएका हौँ । सत्तामा भन्दा पनि सरकारमा भन्दा वेश होलाजस्तो लाग्छ । हामी एउटा निहित प्रक्रियाअर्न्तर्गत सत्तामा गएको भए यस्ता कुराहरू नहुने थियो । यसलाई एउटा विशिष्ट अवस्था हो भनेर बुझ्नुपर्छ ।

आन्दोलनको स्वरूपचाहिँ कस्तो हुनेछ ?
आन्दोलन शान्तिपूर्ण हुन्छ ।

माओवादी र यसका भ्रातृसंगठनको क्रियाकलाप हेर्दा अँन्दोलन शान्तिपूर्ण हुन्छ भनेर कसरी विश्वस्त हुने ?
वाईसीएललाई कतिपय मिडिया र देशको अग्रगामी निकास नचाहने तत्त्वले गलत ढंगले व्याख्या-प्रचार गरिरहेका छन् । यसलाई जनताले गलत ढंगले लिएका छैनन् ।

तोडफोड, कुटपिट र आगजनीका घटना गराइरहेका छन् । उनीहरूमाथि मुद्दासमेत चलाइएको छ । यसलाई पनि दुस्प्रचार नै भन्ने ?
बर्दियामा सुकुम्बासी हटाइन्छ । दाङमा किसानहरूलाई जनजीविकाबाट वञ्चित गर्न खोजिन्छ । उनीहरूले आफ्नो जीविकाका सवाललाई उठाउन नपाउने ? सरकारले किसान र जनताका समस्यालाई सम्बोधन नगर्ने, अनि आवँज उठाए, विरोधमा आन्दोलनका केही स्वरूप अगाडि सारे त्यसलाई नकारात्मक रूपमा लिएर दमन गर्नु जायज हुँदैनजस्तो लाग्छ । देशको नेतृत्व गर्ने गिरिजाबाबुले सीधै जमिनदारको पक्ष लिइरहनुभएको छ । नेपाली कांग्रेस सीधै जमिनदार पक्ष हो । उहाँहरू क्रान्तिकारी भूमिसुधार चाहनुहुन्न ।

सरकारमा बसेर आन्दोलन गर्नु विरोधाभासपूर्ण भएन र ?
रूढिवादी र पुरानो दृष्टिकोणले हेर्दा विरोधाभासपूर्ण होला । मैले पहिले नै भनेँ- यो विशेष परिस्थितिमा बनेको सरकार हो । सरकारमा सबैको सम्मानजनक स्थान पनि छैन । यो सरकार कांग्रेसको एकाधिकारवादमा आधारित छ । सरकारमा जाँदैमा हामीले जनताका कुरा छाड्ने कुरा पनि आउँदैन । जनताका माग र समस्यालाई ठीक ढंगले सम्बोधन नगरी दमन गरिन्छ भने त्यसको विरोध हुन्छ नै ।

एकाधिकारको कुरा गर्नुभयो । त्यो त आठ दलकै सहमतिमा बनेको सरकार हो नि † तपाईंहरूले पनि सहमति जनाउनुभएको होइन र ?
सहमति हो । तर, सहमतिअनुरूप नेपाली कांग्रेसको नेतृत्वले काम गरेको छैन । जनताका आवश्यकता र अन्तरिम व्यवस्थापिकाको मिलिजुली स्वरूपलाई ध्यानमा नराखेर हरेक क्षेत्रमा आफ्नो एकलौटी चलाइराखेको छ । त्यसमा न जनताको र्समर्थन छ, न त सांसदहरूकै । विदेशी प्रतिक्रियावादी तत्त्वहरूको चलखेल र इशारामा एकाधिकार लाद्ने प्रयास भइरहेको छ । यहाँ आठ दलबीच सहमति बनाइनुपर्छ र त्यसैअनुरूप चल्नुपर्छ भन्ने जुन मान्यता बनाइएको थियो, त्यसैअनुसार जानुपर्छ भन्ने हाम्रो चाहना हो ।

भनेपछि, माओवादी आन्दोलन नेपाली कांग्रेसविरुद्ध लक्षित छ भनेर बुझ्दा हुन्छ ?
नेपाली कांग्रेसको एकाधिकारविरुद्ध हाम्रो आन्दोलन सहायक पक्षमात्र हो । मुख्य निशाना भनेको सामन्तवाद हो, राजतन्त्र हो । हामीले सामन्तवाद ढाल्न र राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्न खोज्दा त्यसलाई रक्षा गर्न आउने विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग पनि संर्घष हुन्छ । कांग्रेस सामन्तवाद र राजतन्त्र जोगाउन चाहन्छ । विदेशी प्रतिक्रियावादीको इशारामा प्रतिगामी शक्ति बचाउने काम गर्छ । यो अवस्थामा हाम्रो राजनीतिक विरोधको लक्ष्य नेपाली कांग्रेसको भन्दा उसको गलत क्रियाकलाप हो ।

आठ दलको एकता संकटमा पर्न लागेको संकेत हो यो ?
हामी आठ दलको एकता तोड्न चाहँदैनौँ । तर, आठ दलको एकता तोड्ने प्रयास भइरहेको छ । गिरिजाबाबुले जेठभित्र संविधानसभाको चुनाव गराउँछौँ भन्नुभएको थियो । त्यो किन गर्न सक्नुभएन ? निर्वाचन आयोगले अन्तिम अवस्थामा आएर ११० दिन चाहिन्छ किन कसको निर्देशनमा भन्यो ? उहाँले चुनाव गराउन नसके हट्छु भन्नुभएको थियो । त्यतातिर उहाँ किन ध्यान दिनुहुन्न ? यो सब संविधानसभाको चुनाव सारेर सहमति तोड्ने प्रयास हो ।

संविधानसभाको चुनाव नभएकोले गिरिजाबाबुले राजीनामा दिनुपर्छ भन्न खोज्नुभएको हो ?
जिम्मेवारी पूरा नगरेपछि के गर्नुपर्छ, आफैँ जान्ने कुरा हो । अहिले हामीले गणतन्त्र घोषणा गरौँ भनेका छौँ । संसदबाटै गणतन्त्र घोषणा र आठ दलको सहमतिबाट संविधानसभाको मिति तय होस् भन्ने कुरा राखेका छौँ । त्यो कुरामा पनि ध्यान नदिने हो भने सरकारमा बसिरहनु नैतिक हुँदैन ।

संविधानसभाको चुनाव हुन नसक्नुमा माओवादीका उद्दण्ड क्रियाकलाप नै जिम्मेवार छन् भनेर प्रधानमन्त्रीले स्पष्टरूपमै भन्नुभएको छ नि !
त्यो सीधै बदमासी हो । उद्दण्ड व्यवहार भनेको केलाई भन्नुहुन्छ ? म एउटा, क्यान्टोनमेन्ट र अर्को जग्गाको कुरा राख्छु । अन्तिममा आएर उनीहरूले यसैमा निहुँ खोजेका हुन् । क्यान्टोनमेन्टमा जनमुक्ति सेनाले खाने बस्ने र पढ्ने व्यवस्था हुनुपर्छ भन्ने सहमति भए पनि त्यसो भएन । उहाँहरू आफ्नै खल्तीको पैसा जानेजस्तो व्यवहार गर्नुहुन्छ । हामीले सहमतिको पूरा सम्मान गरेका छौँ । त्यो किन नहेर्ने ?

त्यसका लागि त ९० करोड निकासा गरेको छ नि !
समयमै गर्नुपर्यो नि ! कहिले के भन्ने, कहिले के गर्ने गरेर हुन्छ ? इमानदारीपूर्वक जानुपर्यो नि म्†फेरि अर्को प्रमाणीकरणको कुरा चलिरहेको छ ।

जग्गाको कुरा सीधा भूमिसुधारसँग सम्बन्धित छ । कमैयाको जग्गा नै छैन । जमिनदारहरूसँग हदभन्दा माथि जग्गा छ । अब भूमिसुधार गर्नुपर्छ भनेर अहिलेको अन्तरिम संविधानमा पनि भनिएको छ । त्यो किन नगर्ने ? दश बिघाभन्दा माथिको जमिन खोसिन्छ भनेर देउवाजीले नै हदबन्दी राख्नुभएको थियो । अनि ती मुक्त कमैयालाई चाहिँ केही दिनुपर्दैन ? यी यावत समस्यालाई सम्बोधन नगरी माओवादीले अवरोध गर्यो भन्ने ? कांग्रेस आफूलाई २०४६ सालदेखि सत्तामा गएको ठान्छ । धेरै गियरहरू बदलिइराखेको छ । केही काम नगरी पूरा यथास्थितिवादी हुने अनि अरूलाई गाली गर्नु राम्रो हुँदैन । हामी शान्तिपूर्ण तारिकाले इमानदारीसाथ आउँछौ भनेर किटानका साथ यहाँसम्म आइपुगेका छौं ।

माओवादीले बाह्रबुँदेमा उल्लेख भएअनुसार कब्जा गरिएका अर्काको सम्पत्ति फिर्ता गर्नुपर्ने होइन र ?
अन्यायपूर्ण भएका छन् भने फिर्ता गर्ने भनेका छौँ । कैयन् फिर्ता भइसकेका छन् । समस्या तर्राईमा मात्र छ । समस्या जमिनदार वर्गमा छ । उनीहरूले भूमिसुधारको मापदण्डअनुरूप राख्न नपाउने जमिन ओगटेका छन् । त्यस्तो जग्गामा बसेका किसानलाई हटाउँदा समस्या समाधान हुदैन ।

दाङ घटनामा हाम्रा तर्फाट डा. भट्टर्राई र कांग्रेसबाट डा. शेखर कोइराला जानुभयो । त्यहाँ आएका त्यतिका मान्छे माओवादीले ल्याएको होइन । त्यहाँ समस्या छ । एजेन्डा छ । लोकतन्त्रको कुरा गर्ने कांग्रेस भूमिसुधार गर्न चाहँदैन । जमिनदारको संरक्षण गर्न चाहन्छ । यो माओवादीको होइन, देशको समस्या हो ।

तपाईंहरूले जबर्जस्ती जमिनदारको जग्गा कब्जा गरेर बाँड्दैमा भूमिसुधार भएको मानिन्छ र ?
जबर्जस्तीको कुरा नगर्नुहोस् । तपाईंहरूको भाषामा जबर्जस्ती भन्नुहुन्छ । हामी फटाहाहरूको जग्गा कब्जा गर्नुपर्छ भन्छौँ । हामीले गरेर हुन्छ कि हुँदैन भन्दा पनि आन्दोलनले गर्ने कुरा हो । आन्दोलनको शक्ति भएपछि हुन्छ । संसदमा बसेर कानुन पास गर्ने अनि कहाँ-कहाँ के कानुन छ भनेर लागू चाहिँ नगर्नेहरूलाई जनताको शक्तिले जे पनि गर्न सक्छ ।

अहिले जनताको समस्या समाधान गर्ने सवाल प्रमुख हो । प्रमुख सवाल हल गरेर जानुपर्ने होइन र - नेपाली कांग्रेस त्यो गर्दैन भने जनताले खेद्छ उहाँहरूलाई ।

जमिनदारको जग्गा जबर्जस्ती किसानलाई बाँडेर उनीहरूको र्समर्थन बटुल्ने प्रयास गर्नुभयो । अहिले त्यही घाँडो भयो हैन ?
जमिनदारबाट खोसेर भूमिहीन र गरिब किसानलाई जमिन दिने हाम्रो नीति नै हो । हामीले यो लुकाएका छैनौँ ।

अहिले फिर्ता गर्न गाह्रो भएको त हो नि !
एउटा मान्यता बनाएर फिर्ता गरौँ भन्ने छ । कति फिर्ता गर्ने भन्ने एउटा मापदण्ड बन्नुपर्यो । आठ दलको बैठक बसेर मापदण्ड किन बनाइन्न ? अब फिर्ताका कुरा छाड्नुहोस् । हामी कानुनबाटै जान चाहन्छौँ । अन्तरिम व्यवस्थापिकाबाट भूमिसुधार कानुन बनाइयोस् । यति जग्गा फिर्ता गर्ने, यति नगर्ने भनियोस् । आफू केही नगर्ने अनि माओवादीले जबर्जस्ती गर्यो भनेर सुख पाइन्छ ? हामी जमिनदारले जबर्जस्ती गर्यो भन्छौँ । अब कानुनी ढंगले हल गरौँ भन्न खोज्या हो ।

र्समर्थन गुम्ने डरले फिर्ता गर्न नचाहनुभएको भन्ने आरोप छ नि, तपाईंहरूमाथि †
डरको कुरा छाडिदिनुहोस् । यो हाम्रो मान्यताको कुरा भयो । जमिनदारको जमिन खोसेर भूमिहीनलाई दिने हाम्रो पुरानो मान्यता हो । हामी आफ्नो मँन्यता छाड्दैनौँ । कांग्रेस जम्मै फिर्ता गर्नुपर्छ भनिरहेको छ । उहाँहरू पञ्चायतकालमै बनेको भूमिसुधार कानुन पनि मान्न तयार हुनुहुन्न । राजतन्त्रभन्दा कम छैन, कांग्रेस । पूरा जमिनदार पोस्ने कुरा गर्छ ।

कब्जा भएका सम्पत्ति फिर्ता गर्ने किन नगर्ने ? स्पष्ट भन्दिनुस् न †
कब्जा गरिएका सबै जग्गा फिर्ता गर्ने पक्षमा छैनौं । किसानलाई नांगो पार्ने पक्षमा माओवादी छैन । स्पष्ट कुरा त्यही हो । हामीले सरसल्लाह गरेर किसानलाई पनि दिउँ भन्न चाहिँ खोजेको छौँ । यो लोकतान्त्रिक ढंगले पनि ठूलै आन्दोलन बन्छ । हामीले केन्द्रीय बैठकमा जग्गाको सवाललाई ठीक ढंगले लाने प्रयत्न गरिएन भने किसान आन्दोलन उठाउने निर्णयनै गरेका छौँ ।

माओवादीले वाईसीएल अगाडि सारेर आन्दोलन गर्ने कुरा अगाडि आइरहेको छ नि, हो ?
वाईसीएलमात्र होइन, अरू मोर्चा पनि अगाडि जान्छन् ।

उसको गतिविधि पनि जिम्मेवार होला नि त, त्यसमा ?
संगठन भएपछि गतिविधि नहुने कुरा त हुँदैन नि । कैयन् गुण्डा र मधेसी फोरमका त कस्ता-कस्ता गतिविधि भइराखेका छन् । रौतहट घटनामा कानमा तेल हालेर सुत्ने सरकार वाईसीएलको गतिविधिलाई चाहिँ दुस्प्रचार गर्छ । म जनपक्षीय मिडियालाई यस्ता भ्रम चिर्न मद्दत गर्न अनुरोध गर्छु । वास्तवमा यिनीहरूले थुपै्र कुरा भनेका छन् । सेनालाई क्यान्टोनमेन्टमा राखेका छैनन्, हतियार बुझाउने प्रयास गरेको छैन, वाईसीएल यस्तो छ, माओवादी जंगल र्फकदैछन् आदि थुप्रै कुराहरू भनेका छन् । तर, ठीक ढंगले समस्या समाधान गरियो भने हामी अत्यन्तै निष्ठाका साथ शान्ति प्रक्रियामा आएका छौँ । सम्मानका साथ सौहार्दपूर्ण वातावरणमा मिलाउनेतिर पो जाने हो त म्†निहुँ खोज्न त होइन नि † कि त कांग्रेसले जनताको पक्षमा छैनौँ भन्नुपर्यो ।

संवाद र सहमतितर्फतपाईंहरूको पनि पहल देखिन्न नि ?
धम्की, घुर्कीभन्दा पनि संवाद र सहमतिबाटै हल गरौँ भन्ने कुरा हो । आठ दलको संवाद अहिलेसम्म जाम बनाएको हामीले होइन । जो सरकारप्रमुख छ, उसले बनायो । छलफल गर्न आउनुपर्यो भन्ने खालका कुराहरू पटक्कै छैनन् । संवादबाट हल हुँदैन भने आन्दोलन गर्नैपर्ने हुन्छ ।

यो आन्दोलनचाहिँ केका लागि हो भनेर प्रश्न गर्छन्, मान्छेहरू ।
पहिलो, नेपाली कांग्रेसको एकाधिकारवादविरुद्ध । दोस्रो, संविधानसभाको निर्वाचन मिति तोकेर निष्पक्ष, धाँधलीरहित चुनाव गर्न । र, तेस्रो, त्यो स्थिति आएन भने अर्को ठूलो जनव्रि्रोहका लागि ।

संविधानसभाको चुनाव गर्छुनिरहनुभएको छ त प्रधानमन्त्रीले ।
गर्छु भनेको मुखले हो । उहाँहरू असाध्यै सम्झौतावादी हुनुहुन्छ । हामीलाई उहाँले संविधानसभाको चुनाव गराउनुहोला भन्ने लाग्नै छाडेको छ । किनभने, उहाँले नै जेठमा गराउने भनेर गराउन नसकेकाले उहाँले सोचेको हुँदैन भन्ने लाग्छ । यो परिस्थितिलाई हल्का ढंगले नलिनुहोस् । हामीले कांग्रेसलाई बढी कुरा भनेका छेनौँ । संसदबाट गणतन्त्र घोषणा गर्नुपर्छ भनेका छौँ । एमालेले पनि त्यही भनेको छ । कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा पनि त्यही माग उठेको मिडियामा आएको छ । सबै माहोल गणतन्त्रमय बनिसक्दा पनि कांग्रेसले मरिसकेको राजतन्त्र च्यापेर हिँड्नुपरेको छ । यो अवस्थाबाट अघि बढेन भने राजतन्त्र त रहन्न नै, नेपाली कांग्रेस पनि उसँगै सती जानेछ ।

के आधार छ कांग्रेस त्यस दिशामा अग्रसर छ भनेर ?
कुरैले थाहा हुन्छ । सेरेमोनियल भनेर आएका छन् । राजालाई पुरानै रवाफमा आफूखुसी गर्न दिइएको छ । गणतन्त्रको पक्षमा यत्रो र्समर्थन हुँदा पनि उहाँहरूलाई कसले रोक्यो ? किन रोक्यो ?

गिरिजाबाबुले प्रक्रियागत ढंगले आगाडि जान्छ भनिरहनुभएको छ नि ?
त्यसमा विश्वास गर्ने आधार छैन । संविधानसभाको चुनावै हुँदैन भने पहिलो बैठकमा कसरी विश्वास गर्ने - त्यो हुनेवाला छैन ।

तर, तपाईंहरूले पनि सहमति त त्यही गर्नुभएको छ नि त †
जेठभित्र संविधानसभाको चुनाव गर्ने सहमति भएको हो । जेठभित्र गरेको भए यो कुरा आउने थिएन । उहाँले सहमतिअनुसार किन गर्नुभएन ? माओवादी सरकारमा आउन ढिलो भए समस्या पर्छ भन्ने पनि उहाँहरूलाई थाहा थियो । ढिलो किन गर्नुभयो ?

आठ दलको एकता पनि कायम राख्ने, आन्दोलन पनि गर्ने कुरा सम्भव छ ?
हामी अहिले नै आन्दोलनमा जाने कुरा गरिरहेका छैनौँ । त्यसो गर्नु नपरोस् भनिरहेका छौँ । आन्दोलनमा जाँदा हामी सरकारबाट पनि हट्छौँ । सदनबाट पनि हट्छौँ । अनि निर्णायक आन्दोलनमा जान्छौँ । अहिले नै सरकार र सदनबाट हट्छौँ र आन्दोलन गर्छा भनेको होइन । त्यसकारण, अझ गम्भीरतापूर्वक सोचियोस् । हामी आठ दलको एकता टुटाउनु हुँदैन, मिलेर जाऔँ, धेरै काम गर्नु छ, त्यो गर्दा निकास निस्किन्छ र संविधानसभाको चुनाव सम्भव हुन्छ भनिरहेका छौँ ।

त्यो स्थितिको सम्भावना कति देख्नुहुन्छ ।
प्रमुख विषयमा उहाँहरूले गम्भीरता देखाउनु भयो भने सम्भावना छ ।

के गर्नुपर्छ ?
आठ दलमा प्रमुख भूमिका खेल्दै आउनुभएका गिरिजाबाबुले राम्रो पहल गर्नुपर्छ । बैठक बसेर नयाँ ढंगको सहमति खोज्नुपर्छ ।

नयाँ ढंगको सहमति भनेको के हो ?
मूलतः अन्तरिम व्यवस्थापिकाबाट गणतन्त्र घोषणा गर्ने, संविधानसभाको तिथिमिति तोक्ने र चुनावको सुनिश्चितता गर्ने यी तीन कुरा नै हुन् । सहायकमा क्यान्टोनमेन्टको निहुँ झिक्नु हुँदैन । यो उहाँहरूले नै हल गर्ने खालका कुराहरू हुन् । यसैलाई निहुँ बनाएर जाम गर्नु हुँदैन । जग्गाजमिनको कुरामा पनि बसेर छलफल हुनुपर्छ ।

संसदबाट गणतन्त्र हुन सक्तैन भनेर गिरिजाबाबुले स्पष्ट भनेको अवस्थामा अब के हुन्छ ?
यो सम्भव छैन भने संविधानसभाको निर्वाचन पनि सम्भव छैन । त्यही भएर आन्दोलन चाहिएको छ ।

आठ दलको सहमति भयो भने चुनाव केही महिना र्सार्दैमा डराउनुपर्ने अवस्था छ र ?
संविधानसभाको चुनाव टारिन्छ भन्ने आशंका लामो समयदेखिकै हो । त्यो अहिले प्रमाणित भयो । हामीलाई संविधानसभाको चुनाव गराइएला भन्ने विश्वास छैन ।

कुन कारणले ?
कुनै हालतमा उहाँहरूले गराउनुहुन्न । त्यो विश्वास दिनका निम्ति उहाँहरूले गणतन्त्र घोषणा गर्नुपर्छ । गणतन्त्र घोषणा गर्नुभयो भने हामीलाई विश्वास हुन्छ । हामी मिलेर अगाडि जान्छौँ ।

हुँदैन भन्ने ठहर नै गरिसक्नुभयो ?
र्टार्ने प्रयासले उहाँहरूमा इच्छाशक्ति छैन भन्ने देखिन्छ । उहाँहरू त्यो गर्ने चाहनाचाहिँ राख्नुहुन्छ । प्रतिगामी शक्तिहरूसँग काँध मिलाएर पनि जाने, केही अग्रगामी पनि बन्ने उहाँहरूको विचार छ । उहाँहरूको भाषा, कार्यशैली र तरिका धेरै रूढीवादी छ । उहाँहरू नयाँ ढंगले सोच्नुहुन्न । आफ्नो कार्यकर्ताको दिशा त्यता हुँदासम्म पनि त्यसो गर्नुहुन्न । पार्टीमा लोकतन्त्र छैन । अनि दुनियाँलाई ‘डेमोक्रेसी’ भन्नुहुन्छ । तैपनि हामी मिलेर जाने प्रयत्न गर्र्छौं । भएन भने निश्चित अवस्थामा पुगेपछि छाड्छौँ । यहाँले ख्याल गर्नुहोला, हामीसँग अरू थुप्रै निस्कनेवाला छन् ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/05/10/p310/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft