सात दलका नेताहरू टिम्मुर दल्नेमात्र हैन, सिस्नो पानी छप्काउनेजस्ता छन्
सन्त खरेल
शहरमा बस्ने असामी र गाउँमा बस्ने साहु रहेछन् । गाउँतिर केबुल लाइन गएको थिएन । नेपाल टेलिभिजनले जे कार्यक्रम दिन्छ त्यही हर्ेर्ने हो । असामीको कोठामा टेलीभिजनले पचासौं कार्यक्रम दिएको थियो । पैसा अशुल्न गएका साहुले एकचरण पैसाको कुराकानी गरेपछि टेलीभिजनमा आँखा गडाए । एकसे एक कार्यक्रम हर्ेन थाले । कतै चलचित्र, कतै दोहोरी, कतै रामदेवको योगा, कतै रेश्लिङ, कतै खेलकूद, कतै गाडी कुदाउने प्रतियोगिता, कतै धार्मिक प्रवचन, कतै समाचार, कतै धारावाहिक कतै फाइट चलेको थियो । रिमोट थिच्यो एकछिन् हेर्यो । एकछिन्-एकछिन् गर्दा-गर्दै उनको घण्टा-दर्ुइ घण्टा वितेको पत्तै भएन । पैसा माग्न म्यात्तै भुले । अझ खान भनेर ल्याइदिएको चिया पनि चिसो भएछ । एकैचोटी साँझ परेपछि बल्ल घर जाने याद भयो । साहुलाई टेलीभिजन खोलेर रिमोट हातमा थमाइदिनु पर्छ, साहु छल्न सजिलो हुन्छ । तर सबै साहुलाई भने हैन । शहरमा बसेका, केबुल जोडेका साहुलाई असामीको टेलीभिजनले कुनै आकर्षा गर्दैन ।
सात दलको सरकारले माओवादीलाई कोठामा टेलीभिजन खोलेर रिमोट हातमा थमाइदिएर मग्नमस्त पार्न खोजेका थिए । रिमोट हातमा थमाइदिएपछि ध्यान उतै जान्छ, सातदलले पल्लो कोठामा बसेर जे गरे पनि हुन्छ भनेर सोंचेका थिए, तर माओवादी शहरिया पर्यो, टेलीभिजनका कार्यक्रमले किन आकर्षा गथ्र्यो र १ उसले टेलिभिजन, रिमोट सबै कुरा कुच्याइदियो र पल्लो कोठाको गोप्य सल्लाहलाई अवरूद्ध पार्यो । सातदलको योजना भताभुंग भयो । बल्लतल्ल सरकारमा लगियो । त्यति नगरेको भए सरकारमा लगिने पनि थिएन । सरकारमा लगिसकेपछि अबत कार्यक्रम कस्सो नहर्ेलान् भनेर फेरि रिमोट थमाइदिँदै मोरियार्टर्ीीई प्रमुख अतिथि बनाएर गोप्य बैठक बस्न थाले । माओवादी किन टेलीभिजनको पर्दामा अल्मलिन्थ्यो र १ षड्यन्त्रकारी मर्ुदावाद् भन्दै बैठक विथोलीदियो ।
अहिले माओवादीले सातदलको नाकमा टिम्मुर दलिदिएको छ । टिम्मुरको रागले छट्पटिएको छ । सरकारमा बस्ने, सरकारकै नाकमा टिम्मुर दल्ने भनेर सात दलको सरकारले, दलले विरोध जनाइरहेका छन् । तर, वास्तविक रूपमा हर्ेदा दलका नेताहरू टिम्मुर नाकमा दल्नेमात्र हैन, सिस्नो पानी छप्काउनेजस्ता छन् । उनीहरूले यानीको गीत झैं फूलको आँखाले फूलै सन्सार भनेझैं हेराइ हुनर्ुपर्छ भन्ने ठान्छन् । वास्तवमा त्यो गीत गलत छ । फूल काँडाको बीचमा फूल्छ, काँडाको पनि अस्तित्व हुन्छ भन्ने कुरा त्यो गीतले समेटेको छैन । फूलको आँखाले सबै फूलैफूल देख्ने, काँडा, पात, काण्ड, जरा केही पनि नदेख्ने हो भने त त्यो आँखा हैन । आँखाको ठाउँमा पछि लगाएको गुच्चा हो । माओवादीका आँखा गुच्चा हैनन् । सरकारमा जाँदैमा सातदलको सरकारका सदस्यहरूले जस्तासुकै प्रस्ताव राख्लान् । तिनलाई रबर स्टैम्प बनेर स्वीकार्ने हो भने तिनीहरूले सोझै सेरेमोनियल राजतन्त्रमा छिराउँछन् । ०४६ साल यताको जुन राजनैतिक व्यवस्था थियो त्योभन्दा एक इन्ची अगाडि जान्नन् । त्यतिबेला लूटेका, खाएका, मोजमस्ती गरेका, रमाएका दिनहरू अहिले झल्झल्ती संझेका छन् । घुटु-घुटु थुक निलेका छन् । माओवादी नेताहरू पनि गणतन्त्र छाडेर त्यतै आउने, खाने, कमाउने, मोजमस्ती गर्ने, रमाउने काम गरून्, एमाले झैं बनुन् तर एकीकरण नहोउन् भन्ने चाहेका छन् । चुनाव लड्ने बेलाँ जनतामा जाउन् बाँकीबेला मोरियार्टर्ीीे निर्देशनमा हिँडुन् भन्ने चाहेका छन् । त्यसैले माओवादी सच्चिनर्ुपर्छ सच्चिएन, सुध्रिनर्ुपर्छ सुध्रिएन भनेर किक्याउँदै छन् । सुध्रिनर्ुपर्छ, सच्चिनर्ुपर्छ भनेको आफूजस्तै हुनर्ुपर्छ भनेको हो । जनताप्रति उत्तरदायी हैन कि साम्राज्यवाद-सामन्तवादतिर उत्तरदायी हुनर्ुपर्छ भनिएको हो ।
अहिले माओवादीनिकट वाइसीएल -योंग कम्युनिष्ट लिग) ले सात पार्टर्ीीे न्रि्रा भंग गरिदिएको छ । लिगको गतिविधि रोकिनर्ुपर्छ, माओवादीले रोक्नर्ुपर्छ, अन्यथा सरकारले बल प्रयोग गर्छसम्मका कुरा उठेका छन् । लिगले अर्को प्रकारको ँजनयुद्ध’ सञ्चालन गरेको भनिँदैछ । माओवादीचाहीँ सरकारमा बस्ने, लिगले जनयुद्ध गर्ने, यसो हर्ेदा यो कस्तो-कस्तो लाग्छ । सरकारमा बसेपछि कुनैपनि आन्दोलन, असुरक्षा, अस्थिरतालाई मिलाउने हो, आफैै आन्दोलन गर्न उत्प्रेरित गर्ने यस्तो काम जायज भएन भन्ने लाग्छ । एउटा कोणबाट हर्ेदा यो ठीक जस्तो लाग्छ । तर वस्तुलाई फूलका आँखाले फूलैफूल देख्न पनि हुँदैन । फूलको केही तल काँडा पनि हुन्छन् भनेर तल पनि हर्ेर्नुपर्छ । थुंगोमात्रै हेरेर पुग्दैन । त्यसरी हर्ेर्ने आँखालाई सचेत आँखा भनिन्न । गुच्चा फिट गरेको आँखा हो त्यो ।
सात दलका जिम्मेवार नेताहरू त आँउठा र बाँउठा छन्, खोटो मनका छन् । राजालाई टोपीमाथि बोकेर हिँड्न खोजीरहेका छन्, तिनका भातृ, भगिनी संगठनका कार्यकर्ता कस्ता होलान् १ नेताहरू बल्ल तल्ल ०४६ सालपछिको चिन्तनमा छन् भने कार्यकर्ताहरू ०४६ को चिन्तनमा आउने कुरै भएन । तर, सबै भने होइन । कतिपय कार्यकर्ता ०६४ को उचाइमा उठेका छन् । उठेकाहरूकोबीचमा माओवादीसँग, लिगसँग कुरा मिलेको छ । जनतालाई चुस्ने, सताउने, तथानाम मुद्दामा फसाउने, चर्को व्याज असुलेर सम्पत्ति खान खोज्ने तत्वहरूसँग घच्ची पर्छ नै । गाउँ घरमा लिगसँग पर्ने घच्ची भनेको यही कारणले हो । लिगले गाउँतिरबाट खुट्टा झिक्ने हो भने त्यहाँ ०४७ साल हैन कि पञ्चायत नै फर्किन्छ । जनताले अन्याय अत्याचारको विरोध-प्रतिरोध गर्न सिकेका छन् । सताउनेकोविरूद्धमा । वाइसीएलले त्यसैलाई निरूपण गर्न खोज्दा उताबाट त्यो आतंक भइदिन्छ । कुरो त्यत्ति हो । आठ दलको सहमति भंग हुने, नयाँ व्यवस्थामा जान अवरोध हुने प्रकारबाट उनीहरूले काम गर्दैनन् । त्यति गिदी उनीहरूसँग पक्कै छ । र, उनीहरूका आँखा पनि गुच्चा हैनन् । ओर्जिनल आँखा हुन् । अन्याय, अत्याचार, सहन्नन् । आफ्नाहरूलाई सातदलका नेताले अन्याय, अत्याचार लुट, खसोट नगर पनि त भन्नुपर्यो नि १ त्यसो गरे कसो होला ११
