Google
 

May 13, 2007

अझै पनि गिरिजाका थाङ्ग्ना किन प्यारो ?

Filed under: Article/लेख

हिरामणि दुःखी
भर्खरै नेपाली का“गे्रसको जिल्ला सभापतिहरुको भेला सकियो । भेला अर्थहिन भएर गिरिजाकै इच्छा मुताविक समापन भयो । अधिंकाश जिल्लाहरुबाट राजतन्त्र हर्टाई गणतन्त्रमा जान दवाव दिने भन्दै उपस्थित भएका सभापतिहरु गिरिजाले राजालाई अझै पनि स्पेश दिनर्ुपर्छ भन्ने अडान राखेपछि निरास भएर फर्किएका छन् । अन्ततः बेलाबखत जेसुकै भनेर सस्तो लोकपृयता कमाउन खोजे पनि उनी राजतन्त्रलाई छोड्न कुनै पनि हालतमा तयार छैनन् भन्ने कुरा भेलामा स्पष्ट पारे । त्यतिमात्र होइन उनले गणतन्त्रका कुरा गर्ने सभापतिहरुलाई गणतन्त्रको नारा नउठाउन कडा निर्देशन समेत दिए । गणतन्त्रको नाराले कम्युनिष्टहरुलाई फाइदा पुर्‍याउने उनको तर्क थियो । वास्तवमा गणतन्त्रको घोषणा वामपन्थीहरुलाई मात्र होइन राजतन्त्र विरोधी सबै नेपाली नागरिकहरुको हितमा छ । किनभने स्थानीय तहका अधिकांश का“गे्रस कार्यकर्ता पनि गणतन्त्रको पक्ष्ँमा छन् । त्यसैले सदनबाट गणतन्त्र घोषणा गर्न गिरिजा डराउनुको एकमात्र कारण गत वर्षवैशाख ११ गते राजासंग गरेको सम्झौताको कारण मात्र हो ।
गिरिजाले त २०४६ सालको पञ्चायतको अन्त्यपछि नै भनेका थिए कि यो जीत राजाको जीत पञ्चको जीत हो भनेर । त्यतिबेला आक्रोशीत भिडले उनीमाथि ढुंगामुढा प्रहार गरेको थियो । यतिखेर रामचन्द्रले वसन्तपुरमा त्यही विपत भोग्नु पर्‍यो । तर पनि गिरिजा र सिंगो का“गे्रसलाई संरक्षण दिने र सञ्जीवनी बुटी दिने काम वामपन्थीहरुले नै गर्दै आएका छन् । मंगलबार एउटा टि.भी. च्यानलसंग कुरा गर्दै ने.का. प्रजातान्त्रिकका नेता प्रदिप गिरीले भनेका थिए ‘अहिले गिरिजालाई यो उचाईमा उठाउनमा प्रमुख भूमिका -माओवादी) का अध्यक्ष प्रचण्डको हात छ ।’ यो कुरा एकदम सत्य हो । यदि माओवादीले गत वर्षो १२ बु“दे सहमति निर्माण गर्न जोखिम मोलेर दिल्ली नगएको भए न त १२ बु“दे सहमति नै हुने थियो न त जनआन्दोलन त्यस रुपमा उठ्ने थियो । यहींनेर अर्को कुरा पनि के बिर्सन हु“दैन भने मंसिरमा १२ बु“दे सहमति भएपछि पनि त्यसै वर्षफागुन ७ को राजा ज्ञानेन्द्रको वक्तव्य पश्चात का“गे्रस लगायतका संसदवादी पार्टर्ीी ज्ञानेन्द्रको हरियो झण्डाकै आशा गरेका थिए । जसले गर्दा फागुन र चैत्रको तेस्रो सातासम्म सात दल मौन बस्यो । मौन बस्नुको कारण ज्ञानेन्द्रको आर्सिवादको पर्खाइ नै थियो । जब माओवादीले एकपक्षीय रुपमा अनिश्चितकालिन बन्दको आह्वान सहित सडक संर्घष्ाको घोषणा गर्‍यो, तव मात्र सातदल माओवादीसंगको सहमतिमा आउन बाध्य भएका थिए ।
उपर्युक्त तथ्यले के देखाउ“छ भने गिरिजा राजा फाल्न र लोकतान्त्रिक गणतन्त्र चाहन्नन् । उनले केवल राजाका सुविधा र अधिकार मात्र कटौती गरी बेलायती राजतन्त्र बनाएर राख्ने र आफू टोनी ब्लेयरको जस्तो शक्ति लिन चाहन्छन् । २०४७ पछिको बहुदल कालभरि दर्जनौं पटक एमालेलाई थाङ्ग्नामा सुताएर आफ्नो वर्गको स्वार्थ सिद्ध गर्न सफल भएका गिरिजासंग मर्नेबेलामा इमान्दारिता देखाउलान भनेर आशा गर्नु गोरु ब्याउने प्रतिक्षा गर्नु जस्तै हो । जो कुरा यसपटक का“गे्रस जिल्ला सभापतिहरुको गोष्ठीमा प्रष्ट पारिदिएका छन् । यदी कोही कसैले गिरिजा गणतन्त्रमा आउलान् भनेर आशा गर्छ भने त्यो महाभूल र गम्भीर धोकामा फस्नेछ भन्ने संकेत गर्दै राजाको स्पेस राख्ने कुरा बताएका छन् ।
माओवादीले कन्टेनरमा फ्या“किएका गिरिजालाई उठाएर ल्याई धोइधाई पारेर उनको चेहरा उजिल्याउने काम गर्‍यो । राजाको शक्ति समेत खोसेर राष्ट्र प्रमुखको पगरी गुथायो । इतिहासमा गिरिजाले कहिल्यै सपनामा पनि कल्पना नगरेको शासन शक्ति थमाई दियो । आज त्यही शक्तिलाई अब फेरि आतंककारीको विल्ला लगाउने तयारीमा लागेका छन् । उनले माओवादीको लचकतालाई कमजोरी ठानेर ‘वनैको चरो वनैको ढुंगो’ प्रयोग गरी जनयुद्धका क्रममा जनताबाट पाखा लागेका गाउ“का सामन्त, सुदखोर, जाली फटाहाहरुलाई माओवादीद्वारा नै गाउ“मा स्थापित गराउन चाहेका छन् । १२ बु“देदेखि अहिलेसम्म जे जति सहमति र समझदारी भएका छन् ती सबैमा जनयुद्धका क्रममा दुवै पक्ष्ँद्वारा विस्थापितहरुको व्यवस्था गर्ने भनिएको छ । अन्तिरिम सरकारमा त झन् पुनर्स्थापना मन्त्रालय नै निर्माण गरिएको छ । अन्तरिम संविधानमा क्रान्तिकारी भूमि सुधार लागू गरी भुमि वितरण गरिने भन्ने कुरा उल्लेख छ । तर अहिले आएर यु एनले समेत माओवादीले विस्थापितका जमिन फिर्ता गरेनन् भनेर भन्नु र गिरिजाले जग्गा फिर्ता गराउने, कुरा मात्र उठाउनु के न्याय संगत हो -
माओवादी अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न हदैसम्मको लचक भएर वर्गीय हिसाबले घोर दुश्मनसंग पनि सहकार्य गर्दै आएको छ । तर यो माओवादीको सदासयतालाई माओवादी सत्ता लिप्सा भएको रुपमा बुझेर उनीहरुलाई झुकाउने काम मात्र गर्न गिरिजा चाहन्छन् भने त्यो उनका निम्ति आफ्नै चिहान खन्नु हुनेछ । जहा“सम्म सदनबाट गणतन्त्र घोषणा गर्ने कुरा छ, त्यसमा का“गे्रसले नमान्ने कुरा निश्चित छ । संविधान सभाको चुनाव नगराउने भित्री मनसाय बोकेका गिरिजाले गणतन्त्र घोषणा गरेर संविधान सभाको चुनावको मिति तोक्लान भनेर आशा गर्नु गिरिजाको थाङ्ग्नामा सुत्ने काम मात्र हुन्छ । बरु देशव्यापी सडक र सदनबाट उठेको गणतन्त्रको घोषणाको नारालाई मत्थर पार्न अब फेरि कार्तिक/मंसीरतिर गर्नुपर्ने मिति तोक्न सहमत हुन सक्छन् त्यो पनि दलहरुलाई सुताउने अर्को थाङ्ग्नो हुनेछ । जो एकपटक माओवादी समेतलाई कतै न्यानो थाङ्ग्नो त बन्ने होइन ?

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/05/13/p315/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft