विराटनगरको शिरानीको सन्देश
ऋतुराज
नेपाली कांग्रेसको जन्म जहाँ भएपनि त्यसको लालन पालन विराटनगरमा भयो । त्यसले पोषणयुक्त खाना, राजनैतिक शिक्षा-दीक्षा आन्दोलनको तालिम आदि इत्यादि विराटनगरस्थित कोइराला निवासको वीपी कक्षमा पायो । वीपीको खाटमा त्यतिबेलाकै सिरानीमा टाउको अडायो भने त्यो मान्छे जोसुकै होस् एकछिन् वीपी कोइराला बन्न पुग्छ । त्यसो त त्यहाँ अहिले जीपी कोइराला बाहेक अरूकोलागि कोठा, खाट, सिरानी बर्जित छ । जीपीपछि शेखरको पालो आउँछ कि सुजाताको त्यो समयले देखाउला । एकपटक सुटुक्क कोठा खोलेर प्रकाश कोइराला पसेछन् । त्यही सिरानीमा टाउको अडाएर पल्टेछन् । पल्टँदा-पल्टँदै भुसुक्क निदाएछन् । उनी कांग्रेसबाट ह्वात्तै राजावादी भए । त्यसरी नै मामाको खाट हो भनेर शैलजा आचार्यले शिरानीमा मुण्टो टेकाइछन् । आँखा लागिहालेछ । त्यसदिनबाट उनले मामालाई माओवादीसँग गठवन्धन गरेकोमा सत्तोसराप गरिन् । त्यो विछौनामा निदायो भने कोइराला कांग्रेसहरू राजावादी हुन्छन् । यसपटक गिरिजाप्रसाद कोइराला त्यही विछौना, त्यही शिरानीमा आराम गर्न गृहनगर जानुभएको छ । आत्तिएर जानुभएको छ । कतै भुसुक्क निदाउनु हुन हो कि भन्ने चिन्ता लागेको छ ।
उहाँ कस्तो बेला जानुभएको छ भने -एकातिर माओवादीकोतर्फाट विधायिका संसदमा १५ लाख ५० हजारको हस्ताक्षरसहित गणतन्त्रको घोषणा संसद्बाट हुनर्ुपर्छभन्दै आठओटा प्रस्तावसहित प्रस्ताव दर्ता गरिएको छ । दर्तागर्दा उहाँ बालुवाटारमै हुनुहुन्छ । त्यसैदिन आठदलको शर्ीष्ा बैठक बस्ने समय निर्धारण भएको छ, बालुवाटारमा बसेर समय निर्धारण गरिएको छ । त्यो बैठक आफ्नै अध्यक्षतामा बस्ने तय भएको थियो । तर, उहाँ के मुड चलेर हो जरक्क उठ्नु भयो । विमानमा बसेर भर्ुर उड्नु भयो । गृहनगरको विछौनामा आराम गर्न हानिनु भयो । उहाँले सिरानीमा मुन्टो अड्याउँदै यतिबेला भन्दै हुनुहोला- खुब् ल्याउला गणतन्त्र ११ खुब् चुसो गन्ना ११
खुब् चुसो गन्नाको कथा पढिहाल्नुस् । एउटा गाउँमा एक दर्जन बढी ठिटाहरू शरीर क्वीन्टल भरको , काम-काज पाउ भरको नभई बेरोजगार रहेछन् । बाबु-आमाले कम्मर भाँचिने गरी काम गर्छन् तर उनीहरूले बसी-बसी किलोभरको भात डकार्दै छन् । काम केही गर्दैनन् । हल्लिने, छिल्लिने हाँस्ने खानेमात्र भयो । एकदिन् एउटा अग्लो ठाउँमा भेला भएछन् र सल्लाह गर्न थालेछन् आफ्नो बेरोजगारी बारे । एउटाले भन्छ- ँलाहुर जाने, अर्कोले भन्छ- शहर पसेर रेक्सा खिच्ने, अर्कोले भन्छ- गाउँ किन छाड्ने १ सबै मिलेर जग्गा भाडामा लिएर सामुहिक खेती गर्ने । यस्तै छलफलहुँदा विद्यालयको बाँझो खेत भाडामा लिएर उँखु खेती गर्ने, गाउँमै बसेर रोजगारी हुन्छ । बा-आमा पनि खुशी हुन्छन् । स्कूललाई पनि फाइदा पुग्छ । यही सल्लाह भयो । सबै सहमत भए ।
एउटाले आशंका गर्यो- ल हामीले उँखु खेती त गरौंला तर छाडा गाई गोरूले नोक्सानी पार्छन्, जोगाउन समस्या हुन्छ नि १ अर्कोले भन्यो- हैन, दिनमा त हामी खेतीमै हुन्छौं । धपाउन सक्छौं, गोठालालाई भन्छौं । अर्कोले भन्यो- ल गाई गोरूको समस्या त हल भयो-तर हाम्रो गाउँका यी सैतान केटाहरू छन् । यिन्ले त दिन्-रात् भन्दैनन् । यिनीबाट उँखु जोगाउन त सकिन्न-सकिन्न । अर्कोले भन्यो- अँ यार १ हो त्यो त १ गाउँमा यी सैतानहरू रहँदासम्म खेतीबाट आम्दानी हुनेवाला छैन । मेरै भाइ हेर न, अँस्ति बारीको मटरकोसा सबै सखाप् । अर्कोले भन्यो- उपाय त खोज्नुपर्यो नि १ अर्कोले औंला ठड्याउँदै भन्यो- त्यसको उपाय छ- न रहें बाँस् न बजे बाँसुरी । गाउँ नै खरानी बनाइदिउँ समस्या समाधान । यही निस्कर्षनिकालेर उनीहरू लुकेर राती आगो झोस्ने र यही ठाउँमा जम्मा हुने निधो भयो । राती सुतेको बेलामा घरमा आगो झोंसे । निर्धारित ठाउँमा जम्मा भएर गाउँतिर हर्ेर्दै भने- सैतान् हो खुब चुसो गन्ना । खुब चुसो गन्ना ११ खेती गर्नु कहाँ छ कहाँ, आफ्नै भाइ बहिनीको रिसले आफ्नै घरमा आगो झोंसेर हस्की हस्की खुब् चुसो गन्ना भनेर भनिरहे ।
हाम्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि कता-कता तिनै ठिटाहरूको मति त बोक्नु भएको छैन १ शंका लागेर आउँछ । वीपी कोइरालाले कहिल्यै गणतन्त्रवादीसँग सम्झौता गर्नुभएन । पुष्पलालले सामन्तवादी निरंकुश राजतन्त्रकाविरूद्ध कार्यगत एकता गरी आन्दोलन गरौं भनेर बारम्बार आग्रह गर्नुभयो । तर, वीपी कोइराला कहिल्यै सहमत हुनुभएन । गणतन्त्रवादीसँग मिलेर राजतन्त्रलाई देशबाट हटाउनुभन्दा राजतन्त्रसँग घाँटी जोडेर गणतन्त्रवादीलाई सीमाना कटाउनर्ुपर्छ भन्दै आउनु भयो । बहुदल कि निर्दलको जनमत संग्रहकोलागि तयार हुनुभयो । गणतन्त्रवादीसँग मिलेर आन्दोलन गर्न तयार हुनुभएन । वीपीको देहावसानपछि गणेशमानलाई उहाँकै कमाण्डमा ०४६ सालमा वाम शक्तिहरूद्वारा निरंकुशता विरूद्धको आन्दोलनमा तान्ने काम भयो । त्यतिबेला गिरिजाप्रसाद कोइरालाको सहमति थिएन । उहाँ कताकता डग्मगाउनु भएको थियो । पञ्चायततिर ढल्कन खोज्दै हुनुहुन्थ्यो । यो इतिहासले अगाडि सारेको कुरा हो ।
कोइराला परिवारको कुरामात्र हैन, वीपी कोइरालालाई आदर्श मान्ने जो कोही नेता, कार्यकर्ता भएपनि ऊ गणतन्त्र विरोधी हुन्छ । गिरिजाप्रसाद कोइरालाले माओवादीसँग बाह्रबुँदे सहमति गरेर गणतन्त्रवादीसँग सहकार्य गर्नुभयो भनेर कसैले भन्ला, त्यस्तो दावी गर्ला- त्यसको नतिजा त यी अहिले देखिहाल्यौं । त्यतिबेला राजा ज्ञानेन्द्रले पेल्दै ल्याए, माओवादीले काठमाडौंमा खुम्चाइसकेको थियो । राजतन्त्र र गणतन्त्रकोबीचमा युद्ध कि सम्झौताको कुरा अघि बढेको थियो । ज्ञानेन्द्र सिंहानुक बन्न तयार भएमा वार्ता हुनसक्ने कुरा उठेपछि अब नेपालमा गणतन्त्र आउने भयो भन्ने निश्चित देखेपछि भारतीय नेताहरूको परामर्शमा कोइरालाको नेतृत्वमा सहमति हुनपुग्यो । उता ज्ञानेन्द्र सिंहानुक बन्न चाहेनन् । महेन्द्र बन्न खोजे । माघ १९ लादे । त्यसपछि बल्ल कांग्रेसलाई माओवादी नजिक पुर्यायो । लोकतान्त्रिक गणतन्त्रकोलागि होइन कि- सेरेमोनियल राजतन्त्रकोलागि । यो सबै शिक्षा-दीक्षा वीपी कोइरालाको हो । उहाँले टाउको अडाउने गरेको शिरानीको कमाल हो ।
वास्तवमा त्यो शिरानीको अप्रेशन गर्नुपर्ने भएको छ । निश्चित रूपमा शिरानीमा प्रयोग भएको कपास वासिंगटनको ह्वाइट हाउसबाट आएको हुनर्ुपर्छ । कपास तग्ने कपडा बेलायतबाट आएको हुनर्ुपर्छ । सिलाउने सियो धागो प|mान्सबाट आएको हुनर्ुपर्छ । बाहिरको खोल दिल्लीबाट आएको हुनर्ुपर्छ । सिलाउने मिस्त्री मोतिहारी विहारबाट आएको हुनर्ुपर्छ । तब न त्यसमा टाउको टेकाउनेहरूको दिमाकमा तत्कालै गणतन्त्रको विरूद्धमा कुराहरू सल्बलाउन थाल्छन् । अप्रेशन गरेपार थाहा लाग्ला । यो लेख लेखिँदा गिरिजाप्रसाद कोइराला त्यही शिरानीमा टाउको अडाएर लेटीरहनुभएको होला । भन्दै हुनुहोला-तिमी गणतन्त्रवादीलाई गणतन्त्र दिनुभन्दा ज्ञानेन्द्रलाई नै दिम्ला नि सत्ताको लगाम् । बडो गणतन्त्रको घोषणा गर्न प्रस्ताव दर्ता गर्दैछन् । मल्लिक आयोगको प्रतिवेदन पचाएँ । रायमाझी आयोगको प्रतिवेदन पचाउँदै छु । संविधानसभाको निर्वाचनलाई पचाउँदै छु । देश भाड्मा गए जान्छ, जनता भाडमा गए जान्छन् । गणतन्त्रवादीलाई यो देशमा म बाँच्दासम्म अगाडि बढ्न दिन्न । देशमा आगो लगाउन परे लगाउँछु र खुब् चुसो गन्ना भन्न तयार छुँ । गणतन्त्रकोलागि तयार छैन ।
उहाँ कतिदिन् बसेर र्फकनुहुने हो, शिरानीले कस्तो सन्देश दिने हो त्यो हर्ेन र सुन्न मिडियाकर्मी आँगनमा छन् । थाहा होला नै .
butwaltoday
