गिरिजाले नेपाली जनतालाई दिएको सम्मान
सन्त खरेल
एकजना अलि मन्दबुद्धिकी बुहारी खेतको आलीमुनी बसेर आशौच गर्न थालिछ । सायद् पेट काटेको थियो, थाम्न सकिन । त्यही आलीहुँदै जेठाजु आउँदैरहेछ । जम्काभेट भयो । बुहारीले जेठाजु देखेपछि कपाल ढाक्ने चलन थियो । जेठाजुलाई नजिकै देखेपछि उसले हत्त न पत्त लगाएको गुन्यु तानेर टाउको ढाकी । आशौच गर्नचाहींँ रोकिन । त्यसरी गुन्यु माथि लैजाँदा कटीप्रदेश पूरै उदांग भयो । तैपनि जेठाजुको मान राख्न चुकिन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली जनताको वलिदानलाई त्यस्तै सम्मान दिने गर्नुभएको छ । त्यो पनि गृहनगरमा गएर .
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर भन्नुभयोः नेपालको राजतन्त्र अब २० प्रतिशतमात्र बाँकी छ रे । साढे २० पनि होइन, साढे १९ पनि होइन । ठ्याक्कै २० प्रतिशत । कति जान्या हो हिसाव गर्न १ राजधानीमा यस्तो हिसाव गर्नकोलागि मानिसहरूले अल्मलाईदिएर होला, विराटनगर गएर हिसाव गर्नुभयो र ठ्याक्क उत्तर निकाल्नुभयो । एक वर्षन्दा बढी उहाँ प्रधानमन्त्री बनेर बस्दा राजतन्त्रलाई ८० प्रतिशत फाल्नुभएछ । अरू प्रधानमन्त्री भएकाहुन्थे भने आजसम्म २० प्रतिशत पनि फाल्नसक्ने थिएनन् । ८० प्रतिशत राजतन्त्र ड्याक्कै रहन्थ्यो । प्रधानमन्त्री हुनु त गिरिजाप्रसाद कोइरालाजस्तो पो हुनु, एकवर्षो समयमा राजतन्त्रजस्तो युगौं पुरानो सामन्तशाहीलाई ८० प्रतिशत फाल्न सक्नुभयो । जसको हिसाव राजधानीमा निकाल्न नसकेर विराटनगरमा जानुपर्यो । पुस्तैनी थलोमा गएर औंला भाँचेर निकाल्नु पर्यो । वास्तवमा उहाँ हिसाव गर्न माहिर हो । अरूले हिसाव गरेको भए यसरी ट्वाक्कै उत्तर निकाल्ने थिएनन् । २० प्रतिशत डट् पाँच वा दश यस्तै पुच्छर झुण्याउँथे । कतिले त हिसाव निकाल्न नसकेर चिट पनि चोर्नुपर्ने थियो । जसरी एसएलसीमा विद्यार्थीले चिट चोरेर हैरान पार्ने गरेका छन् । गिरिजाप्रसाद कोइराला हिसावमा राम्रो अंक ल्याएर पास भएको मान्छे हुनुहुँदोरहेछ भन्ने कुरा राजतन्त्रको ८० प्रतिशत समाप्तीको उत्तर निकाल्नुले देखाएको छ ।
प्रधानमन्त्री कोइरालाले भनेको कुरा मलाई ठिकैजस्तो लागेको छ । हिसाव मिलेकोजस्तो लागेको छ । हुनत आफूलाई हिसाव भनेपछि दाँतबाट पसिना चुहिन्छ । सँधैभरी हिसावमा आलू खाएको मानिस परियो । हिसाव भन्ने विषय कोर्षाट हटाएपनि हुन्थ्यो भन्ने लाग्थ्यो सानोमा पढ्दाखेरि । तर, अरूले मिलाएको हिसावमा मेरो डाह गर्ने बानी छैन । गतसाल वैशाख ११ गतेको दिन सात दल र माओवादीको संयुक्त पहलमा आन्दोलनको सागर उर्लिएको थियो त्यतिबेला राजतन्त्र शत प्रतिशत नै समाप्त हुनेवाला थियो । मुलुकमा यतिबेला हामीले गणतन्त्रको अभ्यास गरिरहेका हुन्थ्यौं । संविधानसभाको निर्वाचन भइसकेको हुन्थ्यो । हाम्रा संविधानसभाकालागि चुनिएका प्रतिनिधिले संविधान कोरिसकेका हुन्थे । गिरिजाप्रसाद कोइरालाले मोरियार्टर्ीी कर्ण्र्ाांहहरूको निर्देशनमा राजाले संबोधन गर्ने सन्देश ड्राफ्ट गरेर दरबारमा बुझाउनु भयो र लौ राजा, राती ११ बजे टेलिभिजनको क्यामेराअगाडि उभिएर भाषण गरिबक्योस् भनेर थमाइदिनु भयो । त्यतिबेला राजतन्त्र यस्तै ८० प्रतिशत बाँकी रहन गयो । अथवा भनौं राखियो । पछि जनताले ठूलो दबाव दिएपछि राजतन्त्रका अधिकारहरू केहीमात्रामा कटौती भयो । हुँदै-हुँदै आएर अहिले ८० प्रतिशत कटौती भएछ ।
कटौती पनि दर्ुइप्रकारको हुने गर्छ । एउटा अन्तरबस्तुको कटौती हुन्छ । अर्को बाह्य आवरणको कटौती हुन्छ । जसलाई रूपपक्ष भनिन्छ । प्रधानमन्त्री कोइरालाले राजतन्त्रको अन्तरवस्तुलाई भन्नुभएको होइन । भित्रबाट राजतन्त्र उस्तै दह्रो छ । प्रधानमन्त्रीले आफै राजालाई समय-समयमा मैले पिटेकोजस्तो गर्छर्ुुतमी रोएजस्तो गर्नु भनेर नियोजित पिटाइ गरेर भित्रबाट दह्रो बनाउने र बाहिरबाट अधिकार कटौती गरेझैं गर्नुभएको हो । ८० प्रतिशत राजतन्त्र समाप्त भएको भन्ने गणित त्यसरी निकालिएको हो । कुनै बस्तु जीरो डट् जिरो एक प्रतिशत बाँकी रहँदा त त्यो ब्युँतिएर दह्रो हुन्छ र आतंक मच्चाउँछ । एउटा सानो आगोको झिल्को पात पतिंगरमा छुट्यो भने त्यसले सारा बन डढालिदिन्छ । २० प्रतिशत राजतन्त्र बच्यो भने त्यसले गिरिजाप्रसाद कोइरालाजस्ता राजभक्त प्रधानमन्त्री हुँदा दिन दुना, रात चौगुना प्रतिशतले वृद्धि हुँदै गई भोलि शत प्रतिशत आकार नलेला र - त्यत्रो राजतन्त्र बाँकी राखेर उहाँले राजतन्त्र समाप्त हुँदै गएको फर्ुर्ँइं लगाउनुहुँदैछ । वास्तवमा प्रधानमन्त्री कोइराला राजतन्त्रलाई समाप्त पार्दै लैजाने, विसबाट उन्ननाइस्मा झार्ने काम गर्दै हुनुहुन्न । बरू त्यसलाई एक्काइसमा पुर्याउँदै हुनुहुन्छ । उहाँले भन्नभएको थियो राजा अब दक्षिणकालीमा देबी देउताको दर्शनमा सीमित छन् । जनताले के भन्लान् भनेर लाजले हुनसक्छ उहाँ त्यो दिन टुँडीखेलमा भाषण गर्न जानुभयो । उहाँ त वास्तवमा राजाको सवारी मन्त्री भएर दक्षिणकाली जान चाहनुभएको थियो । पहिले राजदरबार हर्ेर्ने मन्त्रालय राखेर आफै मन्त्री हुनुभएको थियो, अहिले पनि त्यसलाई यथावत राखेर आफू मन्त्री बन्ने चाहना थियो । जनताले गाडीमा ढुंगा हान्लान् भनेरमात्र सवारी मन्त्री हुन र राजदरबारसम्बन्धी मन्त्रालय खारेज गर्न तयार हुनुभएको हो । गिरिजाप्रसाद कोइराला कस्तो राजनैतिक धार बोकेको मानिस हो भनेर कसले चिनेको छैन र - गणतन्त्रका विरूद्धमा उहाँले राजतन्त्रसँग सहकार्य गर्न अहिले पनि तयार हुनुहुन्छ, विगतमा पनि तयार हुनुहुन्थ्यो, भोलि पनि तयार रहनुहुन्छ । राजतन्त्र आएर उहाँलाई केही फरक पर्दैन, तर, गणतन्त्र आउनुहुँदैन । यो नै नेपाली काँग्रेसको ँगिरिजा पथ’ हो ।
कुकुरको पुच्छर बाह्र वर्षढुंग्रामा हालेपनि सोझिन्न भन्छन्, हाम्रा प्रधानमन्त्री भनौं वा नेपाली काँग्रेसका अरू नेताहरू पनि राजाले जति लात हानेपनि उनीहरूलाई दुख्दैन । बरू, राजाको जुत्तामा लागेको धुलो औंलाले छोएर निधारमा लगाउँछन् र आफूलाई पवित्र भएको ठान्दछन् । सामन्ती संस्कार भएका नेताहरूलाई सामन्तवादी राजतन्त्र उनीहरूकोलागि मषिहा बनेको छ । अलिकति पनि नयाँ चिन्तन र विचार हुन्थ्यो भने सारा नेपाली जनताले राजतन्त्ररहीत लोकतान्त्रिक गणतन्त्र घोषणा गरभन्दा यसरी कान कुहिएको कुकुर झैं सुनेको नसुन्यै गरिन्थ्यो र - जनताको कुरा त जहाँसुकै जाओस् ँनेपाल’मा बोलाइएका जिल्लाको नेतृत्व गर्ने जिल्ला पार्टर्ीीभापतिहरूमध्ये ७२ जनाले गणतन्त्रको माग गर्दा लोप्पा ख्वाएर फर्काउनु पर्थ्याे र - तिनी गणतन्त्र मागगर्ने जिल्लाका नेताहरूले अरू कार्यकर्ताको भावनालाई समेटेर नै त माग गरेका हुनन् । गणतन्त्रमा नजाने भएपछि तिनी कार्यकर्ता नेपाली काँग्रेसमा थुपुक्क बस्लान् र - रबरका पुतली हुन् भने त कुरा बेग्लै हो, चेतनशील मानिस हुन् भने पूँजीवादी गणतन्त्र ल्याउनकोलागि नेपाली काँग्रेस बाधक भएमा निश्चित रूपमा छोडेर गणतन्त्रवादी पार्टर्ीी हामफाल्छन् । त्यो गिरिजाप्रसाद कोइराला र अरू राजाको जुत्ताको माटो निदारमा लगाउने नेताहरूले टुलुटुलु हर्ेर्नुपर्ने दिन अब धेरै छैन । आफ्नै मानिस भनेर भएन क्यारे, गन्हाउने सिनो बोकेर हिँड्ने र फाल्नुस्भन्दा नफालेपछि नाक तोपेर कतिदिन पछि लाग्छ र - बाटो बदलेर पनि गन्तब्यमा जानुपर्ने हुन्छ । जिल्लाका हजारौं कार्यकर्ताले बाटो बदले भने नेताहरूले आर्श्चर्य नमाने हुन्छ ।
