सर्न्दभ शिक्षक आन्दोलन: आन्दोलनकारीका माग नाजायज नै छन् त ?
ऋतुराज
माल्द्वीप्सको राजधानी माले घुमेर आउनुभएका माननीय शिक्षामन्त्री प्रदीप नेपालले अहिले जारी शैक्षिक आन्दोलन अराजक, अन्यायपर्ूण्ा, हिंसात्मक, धम्कीपर्ूण्ा, एजेण्डाविहीन आदि उहाँको शब्दभण्डारमा जे जति यस्ता शब्द छन् ती शब्द प्रयोग गरी मज्जेसँग आरोप थोपर्नुभयो । उहाँले आन्दोलन राजनैतिक दलको जनवर्गीय संगठनको नभएर गैरसरकारी संस्थाको आयोजनामा भएको र आफूलाई आन्दोलनकारीका मागहरू के हुन् भन्नेपनि थाहा नभएको कुरा बताउनु भयो । उहाँले सबै शिक्षक संगठन यो आन्दोलनको पछाडि नलागेको, भक्तपुरको शिक्षक युनियन भन्ने संस्थाले विरोध गरेको, लगाएको ताला खोल्न्ेको हात काट्ने धम्की आएकोले त्रासै त्रासले बन्द गर्नुपरेको, सुरक्षा दिने हो भने प्याब्सन र एन् प्याव्सनले विद्यालय सञ्चालन गर्र्छौं भनेको, आन्दोलनकारीका माग गत बैशाख १० गते नै पूरा भएको, एउटा माग राजनैतिक र कानुनी रूपमामात्र पूरा हुनेभएकोले संसद् चल्न दिनुपर्ने, राज्यमन्त्री वार्ताकोलागि साढे ६ बजेसम्म मन्त्रालयमा कुरेर बसेको, तर, वार्ता टोली नआएको, प्रदीप नेपाल नै कुन त्यस्तो जन्तु पर्यो कि वार्ता गर्नकोलागि त्यही नै चाहिन्छ भनेर आन्दोलनकारीले भन्नुपर्ने, समग्रमा आन्दोलन नाजायज भएको, यसको उद्देश्य गलत भएको जवाफ दिनुभयो । रेडियो नेपालको जेठ ९ गतेको विहानको अन्तरसम्वाद कार्यक्रममा उहाँले यस्ता कुरा उठाउनु भएको थियो ।
मन्त्री नेपालको पनि एउटा बोर्डिङ्ग स्कूल रहेछ, त्यो पनि त्यसैबेला उहाँले सुनाउनु भयो । अहिले त्यो विद्यालयमा ताला खोल्नेलाई हात काटिदिने धम्की दिएकोले खुल्न नसकेको उहाँको भनाइ थियो । मन्त्री भइसकेपछि देशको शासक भइन्छ । शासक भइसकेपछि शासकीय कुरा गर्नुपर्छ । आन्दोलनकारीलाई निचा देखाउनर्ुपर्छ । जति नै जायज मागहरू भएपनि ती नाजायज छन् भन्नर्ैपर्छ । आन्दोलनकारी मुलुक ढाक्ने छन् भनेपनि मुट्ठीभर भन्नर्ुपर्छ । आन्दोलनकारीले मन्त्रीस्तरमामात्र वार्ता हुन्छ भन्ने माग राखेपछि मन्त्रीले खरदार, पियनस्तरमा वार्ता गर्नुपर्छ, त्यो पनि सरकारको कर्मचारी हो, आधिकारिक मानिस हो भनेर देखाउनु पर्छ । सोझै मन्त्रीसँग कुरा गर्दा मन्त्रीको पद हलुका पर्छ, सानो भइन्छ, वार्ता टोली क्रमिक रूपमा आउन्, आफूभन्दा माथि जाने अवस्था नरहोस् भन्ने प्रकारको शासकीय धार बोक्नर्ुपर्छ भन्ने मान्यतालाई अघि सार्दै उहाँले आफूलाई महान् ँजन्तु’ मा दर्ज गर्नुभयो । आफूलाई उच्च दर्जाको शासकको रूपमा उहाँले उभ्याउनु भयो । यो उहाँको शासकीय ँरोव’ कायम रहोस् शुभकामना ।
एउटा इतिहास के छ भने आन्दोलनकारीलाई मुट्ठीभरका कुतत्व भन्ने चलन छ । ०४६ सालतिर तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलगायतका सबै मन्त्री, उनका चेला चपेटाले सरकारी मिडियामा खुव वक्तब्य निकाल्थे र आन्दोलनकारीलाई विदेशी दलाल, मुट्ठीभरका अराटि्रय कुतत्व भनेर फलाक्थे । आन्दोलनकालभरी मण्डलेहरूको खेलै त्यही भएको थियो । आन्दोलन समाप्त भएपछि थाहा भयो कि मुट्ठीभरका अराष्ट्रिय कुतत्व को थिए भनेर । आन्दोलनले उनीहरूलाई यसरी बढार्यो कि जसरी हुरीले पात, कसिंगरलाई बर्ढार्छ । ०५२ सालको फागुन १ गतेदेखि शुरू भएको माओवादी जनयुद्धलाई अहिलेका सात पार्टर्ीी त्यस्तै भन्दै अघि बढे । यी विना मटेंग्राका गुलेली हान्नेहरूले के नाटक गरेका होलान्, यिनीहरूसँग को मानिस छ र - यिनीहरूको यो आन्दोलन एक सातामा सेलाउँछ भनेर हिसाव निकालेर बसेका थिए । आखिरी माओवादीले दश वर्षपुग्दा नपुग्दै यिनीहरूकै हिसावमा ८० प्रतिशत नेपालको भूभाग कब्जा गरेर देखाए । यिनीहरूलाई घरका न घाटका बनाइदिए । विचराहरू दशैंमा घरमा गएर टिका थाप्न पनि नसक्ने अवस्थामा पुगे । हुनत उनीहरूले छोंटो समयमै राजधानीमा आलिशान महल बनाएका थिए । -सबैले भने होइन) कुना कन्दरामा गाई बख्रा पालेर बसेका बाबुआमालाई राजधानीका आलिशान महलमा ल्याएर राजकीय सुविधा प्रदान गरेर राखेका थिए, उनीहरूको कमाउ नीतिले गर्दा माओवादीलाई आन्दोलन गर्नकोलागि उर्जा थपेको थियो । यसरी उनीहरू बढारिनु पर्यो । यो इतिहास सबैकाअगाडि खडा छ । आन्दोलनकारीलाई निचा देखाउने, अराजक गतिविधि भन्ने, आफ्नो शासकीय पारालाईमात्र जायज, राम्रो, उच्च कोटिको ठान्ने प्रवृत्तिले आन्दोलनलाई नै मलजल थप्छ ।
माओवादीको युद्धलाई दमन गर्नकोलागि अहिलेका सात पार्टर्ीी केमात्रै गरेनन् - संकटकाल थोपरे, कफर््यको भारी बोकाए । सेना परिचालन गरे । वार्ता गरे घटिन्छ भनेर दमनको सहारा लिए । विदेश गुहारे । हरेक हतकण्डा अपनाएका थिए । कुनै उपाय नलागेपछि माओवादीको शरणमा गएर बाह्रबुँदे सहमति गर्नुपरेको थियो । उनीहरूको बल पाएरमात्र सडकमा ओर्लन सकेको इतिहास छ । आन्दोलनका ती सबै इतिहासलाई विर्सर्ेेअहिले गणतान्त्रिक शैक्षिक मोर्चाको आन्दोलनलाई अबमूल्यन गर्ने कार्य भएको छ, यो त्यही शासकीय पाराको पुनराबृत्ति हो जसले विगमा माओवादीलाई दमन गरेर सिध्याउनु पर्छ भन्ने मन्त्र बोकेर अघि बढिएको थियो । यो आन्दोलनलाईमात्र होइन, तर्राईका विभिन्न मोर्चाहरूले गरेको आन्दोलनलाई पनि शुरूमा शासकीय रोव देखाएर दमनको हतकण्डा अपनाइयो । दर्जनौं मानिसलाई मार्ने काम भयो । अहिले पनि वार्ता नगरेर आलटाल गरिँदै छ । यो तालले जाँदा भोलि उनीहरूले फेरि आन्दोलनको बत्ति बाल्छन् । त्यो संकेत आइसकेको छ । के गणतान्त्रिक शैक्षिक मोर्चाका पदाधिकारीसँग वार्ता गरेर प्रदीप नेपालको हाइट घट्छ - वजन घट्छ - साइज घट्छ - के घट्छ - उहाँलाई जनताले नै आन्दोलन गरेर राजासँग सत्ता खोसेर ल्याई मन्त्री बनाएको हैन - जनताका चाहनाअनुसार काम गर्न पनि नसक्ने, उनीहरूसँग वार्ता गर्न पनि हिच्किचाउने हो भने अँस्तिसम्म राजालाई दाम चढाएर ढोग्न गइथ्यो, उनैलाई फेरि ढोग्न गए हुन्छ । उनैलाई अँस्तिसम्म ँनरेश’ भनेर ढोगेकै हो, ँठूला’ मानिस भनेर स्वस्ती गरेकै हो । उनकाअगाडि पर्दा निहुरीमुण्टे न भएर ढाड कुप्रो पारेर हिँडेकै हो । जनतासँग कुरा गर्न नचाहनेले राजासँग कुरा गर्न गए केही फरक पर्दैन । अहिले राजालाई त्यस्तै मानिसको खाँचो छ । जनतासँग बोल्दा, वार्ता गर्दा उचाइ घट्छ कि भन्नेहरूलाई जनताले आर्ज्याको सत्तामा बस्न सुहाउँदैन । राजाले आर्ज्याको दरबारमा गएर बस्दा हुन्छ । होइन भने जनता जोसुकैका होउन्, आन्दोलन जसकोसुकै होस्, त्यो जनताको हो, त्यसलाई संबोधन गर्ने काम गर्नुपर्छ । जनताले जसलाई वार्ता गर्न बोलाउँछन् त्यही पदाधिकारी जानर्ुपर्छ । जनताको आदेश नमान्ने हो भने भोलि उनीहरूले टप्प टिपेर रछ्यानमा मिल्काउँछन् । त्यसैले मन्त्री प्रदीप नेपाललाई मात नलागोस् ।
आन्दोलनकारीको कुरा गर्दा के कुरा सत्य हो भने, उनीहरूले पहिले ध्यानाकर्षा गराउँछन् । भेटघाट गर्छन् र आफ्ना कुरा राख्छन्, ज्ञापन पत्र दिन्छन् । अल्टिमेटम दिन्छन् । त्यसबाट पनि भएन भने हलुका आन्दोलनले ध्यानाकर्षा गराउँछन् । त्यसमा पनि ध्यानाकर्षा भएन भने हडताल गर्छन् । कसको कति क्षति हुन्छ, कसलाई मर्का पर्छ भनेर आन्दोलनकारी भावुक हुँदैनन् । आन्दोलनबाट कहाँ के कति क्षति हुन्छ भनेर हिसाव गर्ने काम सरकारको हो । त्यही हिसावलाई मापदण्ड मानेर वार्तामा बस्नर्ुपर्छ । जनताका मागहरू कहिल्यै नाजायज हुँदैनन् । नाजायज काम त सरकारमा बस्नेहरूले गरिरहेका छन् । मन्त्री नेपालले जे भन्नुभयो त्यो नाजायज कुरा हो । नाजायज यसकारणले पनि भन्न सकिन्छ कि मन्त्रीहरूले राम्रो काम गरेनन् भनेर उहाँकै महासचिव माधबकुमार नेपालले जुन ठाउँमा जानुहुन्छ भनीरहनु भएको छ । के त्यो नाजायज कार्यको प्रमाणपत्र होइन र ?
