Google
 

June 2, 2007

दरबार हत्याकाण्डपछि यस्तो थियो ज्ञानेन्द्रको दैनिकी

Filed under: Article/लेख

Girija & Gyane१८ जेठ ०५८ को मध्याह्न । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह भतिज नीराजनका साथमा चितवनको सौराहामा थिए । ज्ञानेन्द्रको मोबाइलमा युवराज दीपेन्द्रको फोन आयो । दीपेन्द्रले १९ गते शुक्रबारको भोजमा उपस्थित हुन काका ज्ञानेन्द्रलाई अनुरोध गरे । युवराजको यो अनुरोध शाही परम्पराअनुसार आदेशबराबर थियो । नाताले काका भए पनि शाही मर्यादामा युवराजको अनुरोध अधिराजकुमारले नकार्ने परम्परा दरबारमा थिएन । तर, नीराजनलाई १९ गते बिहान हेलिकोप्टरबाट काठमाडौं पठाएर ज्ञानेन्द्र पोखरातर्फलागे ।
१९ गते राति नै नारायणहिटी हत्याकाण्ड भयो, राजा वीरेन्द्रको वंश नै विनाश भयो । अधिराजकुमार ज्ञानेन्द्र भोलिपल्ट बिहान १० बजेमात्र काठमाडौं आइपुगे । दरबार सूत्रहरूका अनुसार ज्ञानेन्द्रलाई तत्कालीन शाहज्यादा पारसले घटनास्थलबाटै नरसंहारको सूचना दिएका थिए । घटनालगत्तै सूचना पाएका ज्ञानेन्द्र चाहेका भए रातभरमै काठमाडौं आउन सक्थे, गाडीबाट पनि । तर, उनी पोखरामै बसे । अर्को दिन पनि गाडीमा धादिङको मलेखुसम्म आएर सैनिक हेलिकोप्टरबाट काठमाडौं आएका थिए ।
काठमाडौं आउनासाथ उनी आफ्ना दाजुको परिवारका सदस्यहरूको लास भएको ठाउ“ वीरेन्द्र सैनिक अस्पताल गएनन् । पहिले उनले हत्या भएको नारायणहिटी दरबारको त्रिभुवन सदनस्थित बिलियार्ड हल र वरिपरिको बगैंचाको निरीक्षण गरे, त्यसपछि मात्र छाउनीस्थित अस्पताल पुगेर दाजु वीरेन्द्रका परिवारका सदस्यहरूको लास निरीक्षण गरे ।
हत्याकाण्डअघि शाही परिवारले भोजन गरेका किस्ती । यी किस्तीको भुजा ज्युनार गर्ने अधिकांशका लागि त्यो अन्तिम भोज भयो ।
सरकारी र निजी टेलिभिजन तथा रेडियोमा केही समाचार थिएन, मात्रै बजिरहेका थिए धार्मिक भजनकर्ीतन । गद्दीका उत्तराधिकारी मानिएका ज्ञानेन्द्र नै ढिलो आए, राजा तोक्ने राजपरिषद्को बैठक बस्न पनि ढिलो भयो । त्यसैलेे घटनाको औपचारिक सूचना प्रवाह गर्न ढिलाइ भइरहेको थियो ।
स्रोतहरूका अनुसार ज्ञानेन्द्रले निर्मल निवासमा राजपरिषद् बैठक बोलाएर कोमामा रहेका युवराज दीपेन्द्र -जो मरिसकेका थिए) लाई राजा घोषणा गर्ने प्रस्ताव राखेका थिए । ज्ञानेन्द्रकै निर्देशनअनुसार राजपरिषद्ले दीपेन्द्रलाई नेपालका राजा घोषणा गर्‍यो ।
राज्यसहायकको हैसियतमा ज्ञानेन्द्रले देशवासीको नाममा सन्देश दिए जुन निकै विवादास्पद भयो । उनले ‘हामीलाई प्राप्त विवरणअनुसार उक्त घटना आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई’ घटना भएको बताएका थिए ।

    हत्याकाण्डको साँझ भोजका लागि त्रिभुवन सदनमा सजाइएका पेय पदार्थ ।
    दरबारका सचिवहरू पशुपतिभक्त महर्जन, सागर तिमिल्सिना, मोहनबहादुर पाण्डे, फणिराज पाठकलगायतको टिमले राजा ज्ञानेन्द्रको सन्देश ‘ड्राफ्ट’ गरेका थिए । दरबार हत्याकाण्डलगत्तै जेठ १९ गते राति ९ बजे दरबारका सचिवहरूको आकस्मिक बैठक नारायणहिटीभित्र बोलाइएको थियो । बैठक दरबार प्रशासनका प्रमुख शारदाप्रसाद प्रधानले डाकेका थिए । सबै सचिव दरबारमा हाजिर भए । तर, पशुपतिभक्त महर्जन नआएकाले दरबार हत्याकाण्डलगत्तै सचिवहरूको बैठक बस्न सकेन । विलियर्ड हलको प्रवेशद्वार । प्रवेशद्वारमा एउटा जुत्ता, सिँढीमा रगत लतपतिएको र जताततै सिसाका टुक्रा छरिएको प्रस्ट देख्न सकिन्छ ।
    प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बालुवाटारबाट उठाएर महर्जनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुर्‍याएका थिए । तर, कोइरालालाई राजारानीको अवस्था बुझ्नै दिइएन । ‘बिचरा प्रधानमन्त्री’लाई एउटा कोठामा राखियो र बाहिरी सर्म्पर्क विच्छेद गरियो, उनी थुनामा परे ।
    स्रोतका अनुसार महर्जन स“गै बसेर कोइरालालाई नजरबन्दमा नपरेको अनुभूति दिलाइरहेका थिए । त्यसअघि कोइरालाले आफ्ना सहयोगी तथा कांग्रेस नेताहरूलाई दरबारले ‘कु’ गर्न लागेकोले सुरक्षित रहन निर्देशन दिइसकेका थिए ।
    हत्याकाण्डलगत्तै त्रिभुवन सदनको संहारकक्ष र बगैंचाको निरीक्षण गरिसकेका अधिकांश सचिवको निष्कर्षथियो, ‘यो हत्या दीपेन्द्रले गरेको होइन । स्वचालित हतियार आफैं पड्केर पनि होइन ।’
    जेठ १९ गते नै घटनास्थल हर्ेर्ने कर्मचारीहरूले दीपेन्द्र आफ्नै कोठाको झ्याल सामुन्ने भूइ“मा ढलिरहेको देखेका थिए । तर, गोली लागेर मरेको मान्छेको वरिपरि बग्ने रगत देखेनन्, लास मात्र थियो त्यहा“ ।
    जेठ २२ गते कोमामा रहेका युवराज दीपेन्द्र मृत र ज्ञानेन्द्र राजा घोषित भए । राजा हुनासाथ उनले दरबारका कर्मचारीलाई भनेका थिए, ‘जागिर खान कस-कसलाई इच्छा छैन, निवेदन दिनू । जागिर खान मन भएकाले पनि निवेदन दिनू ।’
    प्रमुख प्रशासक शारदाप्रसाद प्रधानमार्फ यस्तो र्सकुलर कर्मचारीलाई जारी गरिएको थियो । दरबारका एक वहालवाला कर्मचारी भन्छन्, ‘राजाको आदेशअनुसार सबैले जागिर खानकै लागि ज्ञानेन्द्रको नाममा बिन्तीपत्र हाले ।’ एक महिनाबीचमा सबैजसो कर्मचारीले ‘जागिर गर्र्छौं’ भनेर बिन्तीपत्र हालेका थिए ।
    दरबारमा भएको रक्तपातको खबर तत्कालीन शाही नेपाली सेनाको जंगी अड्डामा पुगेको भए पनि विस्तृत विवरण सेनाका उच्च अधिकारीले तत्काल पाएनन् । स्रोतका अनुसार जंगी अड्डाको प्रिन्सिपल स्टाफ अफिसमा कार्यरत उच्च सैनिक अधिकृतहरूलाई पनि घटनाबारे विस्तृत विवरण थाहा भएन । सैनिक अधिकारीहरूलाई राति १०३० बजेतिर फोन गरेर ड्रेससहित जंगी अड्डा आउन भनिएको थियो ।
    आ-आफ्नो घरमा सुत्न तरखरमा लागेका जर्नेलहरू हतारि“दै सैनिक मुख्यालय जम्मा भएका थिए, तर पनि घटनाबारे खासै जानकारी थिएन उनीहरूलाई ।
    प्रधानसेनापति प्रज्ज्वलशमशेर राणा, अपरेशन विभाग प्रमुख ब्रिगेडियर जनरल प्रदीप प्रतापबम मल्ल र मेजर जनरल सदीपबहादुर शाह मात्र वीरेन्द्र सैनिक अस्पताल पुगेका थिए । पिएसओमा कार्यरत प्यारजंग थापा, दर्गानाथ अर्यालसहितका केही जर्नेल रातभर जंगी अड्डा नै बसेका थिए ।

    सैनिक र कर्मचारीलाई छानी-छानी कारबाही
    ज्ञानेन्द्र राजा हुनासाथ तत्कालीन सैनिक सचिव शान्तकुमार मल्लको अध्यक्ष्ँतामा छानबिन समिति बनाइएको थियो । समितिलाई हत्याकाण्डका बेला सुरक्षा व्यवस्थामा देखिएको कमजोरीको अध्ययन गर्ने जिम्मा दिइएको थियो । दरबारमा रहेका दर्ुइ गणका गणपति तथा एडिसी विभाग प्रमुख जर्नेल टीका धमला समितिमा सदस्य थिए ।
    समितिले वीरेन्द्र र दीपेन्द्रका सहयोगीहरूलाई छानी-छानी कारबाही गर्न सिफारिस गरेको थियो । सुरक्षाबारेमा छानबिन गर्न बनाइएको समितिले प्रशासनमा समेत हस्त्ाक्षेप गरी युवराजको निजी सचिवालयका कर्मचारीलाई बर्खास्त गर्न नया“ राजालाई सिफारिस गरेको थियो । हालसम्म र्सार्वजनिक नभएको सो प्रतिवेदनकै कारण युवराज दीपेन्द्रका निजी सचिव सौजन्य जोशी र उनका सहयोगी पद्मसागर कक्षपतिले जागिरबाट हात धुनुपर्‍यो ।
    सोही समितिको सिफारिसअनुसार युवराजको निजी सचिवालय खारेज भयो भने कर्मचारीलाई असार १९ देखि अवकाश दिइयो । दरबारले युवराज दीपेन्द्रका सुसारेहरूलाई बर्खास्त गर्‍यो, उनलाई खाना खुवाउने ‘व्वाय’हरूलाई भने निरन्तरता दियो ।
    हत्याकाण्डका बेला ड्युटीमा रहेका राजा वीरेन्द्रका एडिसी कर्र्णोल सुन्दरप्रताप राणा, रानी ऐर्श्वर्यका एडिसी मेजर अनन्तकेशर सिंह, युवराज दीपेन्द्रका एडिसीहरू गजेन्द्र बोहरा बर्खास्त् भए । शाही पार्श्ववर्ती भरतकेशर सिंहका छोरा अनन्त -हाल इन्भेस्टमेन्ट बैंकमा छन्) जेठ २० गते अमेरिका उड्ने तयारीमा रहेका र ड्युटीमा नरहेका मेजर राजु कार्कीलाई समेत दरबारले बर्खास्त गरेको थियो । तर, क्याप्टेन मधुकर कार्कीको त बढुवा भयो, घटनाअघि उनी अधिराजकुमार नीराजनका एडिसी थिए, पछि उनी राजा ज्ञानेन्द्रका एडिसी बनाइए ।
    त्यस्तै सुरक्षा दिन नसकेका अन्य सैनिक अधिकृतहरू टीका धमला, विनोज बस्न्यात, दीपेन्द्र गुरुङलाई पनि दरबारले पुरस्कृत गरेको थियो । त्यस्तै रत्नका एडिसी शशि सिंह तथा जंगी अड्डाबाट युवराज दीपेन्द्रको सुरक्षाका लागि काजमा खटाइएका लप्टन प्रवीण खड्कालाई समेत कुनै कारबाही गरिएन । प्रवीण जर्नेल कुलबहादुर खड्काका सहोदर छोरा हुन् ।
    धेरैको बेहाल
    दरबार हत्याकाण्डमा मारिएकी अधिराजकुमारी श्रुतीका श्रीमान् गोरख र उनका छोरीहरूलाई दरबारले अहिले पर्ूण्ातः बेवास्ता गरेको छ । छोरीहरू गर्वीणी र सुरङ्गना अहिले क्रमशः ९ र ६ वर्षा छन् । दरबार हत्याकाण्डका बेलामा उनीहरू क्रमशः तीन वर्षर छ महिनाका मात्र थिए । दरबार हत्याकाण्डपछि पत्रकार सम्मेलन गरेर विवादमा आएका डा. राजीव शाही हाल लन्डनमा छन् । मारिएका धीरेन्द्रका छोरीहरू शीताष्मा र दिलासा काठमाडौंमा रहेका छन् ।
    मारिएका दाजुभाइ वीरेन्द्र र धीरेन्द्रको श्रीसम्पत्ति राजा ज्ञानेन्द्रले आफ्नो नाममा सारेका छन् । भाइ धीरेन्द्रकी श्रीमती प्रेक्षा रारातालमा रहस्यमय तरिकाले मारिएपछि निर्मल निवास छेउको जीवन कुञ्ज पनि ज्ञानेन्द्रले युवराज पारसको नाममा नामसारी गरेका छन् । समाचार सूत्रहरूका अनुसार ज्ञानेन्द्रले प्रेक्षाको मृत्यु भएको तेह्रौं दिन नबित्दै जीवन कुञ्जको नामसारी गरेका हुन् । धीरेन्द्रका छोरीहरूलाई अर्को व्यवस्था गरिदिने आश्वासन दिइएको थियो ।
    दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रको सम्पत्ति करिब ५ अर्ब पुगेको स्रोतको दाबी छ । स्रोतका अनुसार काठमाडौंको धापासीमा रहेको सहान्सा होटलभन्दा माथि अधिराजकुमारी प्रेक्षाको नाममा रहेको ३० रोपनी जग्गासमेत ज्ञानेन्द्रको नाममा सारिएको छ ।
    राजा ज्ञानेन्द्रका सहयोगी निक्षशमशेरको नाममा रहेको सो जग्गा प्रेक्षाको मृत्युपछि बेचिएको र रकम ज्ञानेन्द्र र निक्षबीच बा“डीचु“डी गरिएको छ । यतिसम्म कि राजा ज्ञानेन्द्रले नागार्जुन र गोकर्ण्र्ााे जंगलसमेत आप\mनो नाममा दर्ता गराएका छन् । राज्यको सम्पत्तिको रूपमा रहेका ती जंगलको उनले आफ्नो लालपर्ुजा बनाएका हुन् । विदेशी राष्ट्रप्रमुखहरू नेपाल आउ“दा उनीहरूलाई बास बसाउनका लागि राजा महेन्द्रले नागार्जुनमा दरबार बनाएका थिए ।
    घटनापछि राजा बनेका ज्ञानेन्द्र राजनीतिक तथा आर्थिक रूपले शक्तिशाली बन्दै गए । सो हत्याकाण्डको बारेमा स्वतन्त्र रूपमा छानबिन हुन सकेको छैन । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित आयोगले उक्त घटनाका सूत्रधार तत्कालीन युवराज दीपेन्द्रलाई नै बनाएको थियो । प्रतिनिधिसभाका तत्कालीन सभामुख तारानाथ रानाभाट आयोगका सदस्य थिए । प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपालले भने आयोगमा बस्न इन्कार गरेका थिए ।
    आयोगले पर्याप्त आधारबिना प्रतिवेदन बुझाएको थियो । नशाले मात्तिएका युवराजलाई समातेर सुताउन लगिएको डा. राजीव शाहीको भनाइ थियो । आफैं हि“ड्न नसक्ने भएका मान्छेले दर्ुइ-दर्ुइवटा राइफल चलाएर छानी-छानी मान्छे मार्न सक्छ भन्ने प्रश्नको उत्तर आयोगले दिन सकेन ।

    नारायणहिटी हत्याकाण्डका मृतक
    राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुती, शान्तिसिंह, शारदा शाह, जयन्ती शाह, धीरेन्द्र शाह, कुमार खड्गविक्रम शाह,

    बच्न सफल
    रत्न, हेलेन शाह, कोमल, शोभा, पारस, पूजा, प्रेरणा, शीताष्मा, कुमार गोरखशमशेर राणा, केतकी चेस्टर, रविशमशेर राणा, महेशकुमार सिंह, डा.राजीव शाही, हिमानी सिंह ।
    नयाँ पत्रिका /काठमाडौं, १८ जेठ

    दरबार हत्याकाण्डको पहिलो खबर
    मोहन वैद्य किरण, माओवादी नेता
    त्यसबखत म पार्टर्ीीामकै सिलसिलामा विराटनगरमा थिए“ । त्यो खबर त मैले भोलिपल्टै थाहा पाएको ह“ु । सुरुआतमा भारतीय मिडियाबाट सुने“, आर्श्चर्य लाग्यो । पछि पार्टर्ीीयानलबाट खबरको पुष्टि भयो ।
    देवयानी र दीपेन्द्रको प्रेम कहानीलाई कारण देखाइएको थियो । त्यसमा विश्वासै लागेन । यो पक्कै षड्यन्त्र हो भन्ने लाग्यो किनभने दरबारको इतिहासले नै त्यही भन्थ्यो । त्यसपछि यसको सूत्रधार तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र नै हुन् भन्ने निष्कर्षा हामी पुग्यौं । पार्टर्ीी साथीहरूले पटकपटक सोधिरहेका थिए । हामीले सबैलाई एउटै सूचना दियौं ।

    महेश आचार्य, तत्कालीन रक्षामन्त्री
    म त त्यही दिन विराटनगर पुगेको थिए“ । राति आफ्नै घरमा सुतिरहेको थिए“, मध्यरातको १२ बज्नै लाग्दा टेलिफोन बज्यो । म ब्युझिए“ त्यसपछि कल्पना नै नगरेको खबर सुनियो ।
    पत्याउने र नपत्याउने दोधारमा परियो । कसैगरी हुन नसक्नेजस्तो लाग्ने सो घटनाको खबर आधिकारिक निकायबाट नै आएकाले पत्याउन करै लाग्यो । पहिलो फोन कसले गरेको थियो त्यो चाहि“ भन्दिन“ । पुराना कुरा धेरै नगरौं ।
    खबर सुनेपछि म धेरैबेर टोलाए“, के गरौं कसो गरौं भयो । प्रधानमन्त्रीसित सर्म्पर्क प्रयास गरिरहेको बेला केही समयमै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोन गर्नुभयो । र, तुरुन्त काठमाडौं आउने निर्देशन दिनुभयो । राति नै काठमाडौं आउने सम्भावना नभएपछि भोलिपल्ट बिहानमात्र काठमाडौं आए“ ।

    अमृत बोहरा, एमाले नेता

    म त बाजुरामा थिए“ । एमाले जिल्ला कमिटीले कोल्टीमा कार्यक्रम राखेको थियो । भोलिपल्ट बिहानैदेखि के भयो कसो भयो भन्ने अलिअलि हल्ला आएको थियो । सञ्चारमाध्यमको कुनै सुविधा थिएन । रेडियो तथा टिभीसमेत टिप्दैनथ्यो । हाम्रा साथीहरू डा“डाको टुप्पामा पुगेर रेडियो सुन्ने प्रयास गरे, तर टिपेन ।
    दिउ“सो पुलिसचौकीमा सोध्यांै । उनीहरूले पनि बताउन सकेनन् । त्यसपछि हामीले कार्यक्रम नै स्थगित गर्‍यांै र फर्किन थाल्यांै । काठमाडांै सर्म्पर्क गर्ने कुनै उपाय थिएन । आत्तियांै हामी । के भयो, कसो भयो भन्ने त्रासमा थियौं ।
    त्यसपछि पुलिसमार्फ सर्म्पर्क गरेर जुम्लाबाट हेलिकोप्टर मगाइयो । पर्सिपल्ट मात्र हेलिकोप्टरले नेपालगन्ज ल्याइदियो । त्यहा“ आइपुग्दा त माहोल नै अर्को थियो । सबै कुरा खुलिसकेको थियो । मैले जिन्दगीमा सबैभन्दा ठूलो पीडा अनुभव गरे“, सूचनाविहीन हुनुको पीडा ।

    डा. प्रकाशचन्द्र लोहनी, सहअध्यक्ष, राजपा
    पार्टर्ीीार्यक्रममा सिराहा पुगेको थिए“ र लाहानस्थित होटलमा सुतेको थिए“ । राति साढे ११ बजे श्रीमती मृदुलाले टेलिफोन गरिन् र दरबारमा हत्याकाण्ड भएको सुनाइन् । भोलिपल्ट म ताप्लेजुङ जाने तयारीमा थिए“ उनले तुरुन्त फिर्ता आउनूस् भनिन् । सुरुमा अविश्वास लाग्यो तर श्रीमतीले दरबारकै विश्वस्त स्रोतबाट बुझेको हुनाले पत्याउन करै लाग्यो ।

    दीपक बोहोरा, महामन्त्री, राप्रपा

    अमेरिका भ्रमणमा थिए“ । भाइसित भेटेर र्फकने क्रममा त्यस दिन बैंकक आइपुगेको थिए“ । बैंककको होटलमा बसेको बेला राति दर्ुइ बजे अमेरिकाबाट भाइ आलोकले फोन गरेर सो खबर सुनायो । म त ‘सक्ड’ भए“ । रातभर यताउता सर्म्पर्क गरियो ।
    अपूरो सूचना मिल्यो भोलिपल्ट नेपाल फर्किए“ । प्लेनमा एकदमै छटपटी भयो । देशमा के भइरहेको होला भनेर औडाहा भयो । काठमाडौं झर्दा मन एकतमास भइरहेको थियो । अहिले राजसंस्थाको अवस्था हर्ेदा विरक्त लागेर आउ“छ । त्यसबेला नेपाली जनताको मनमा राजसंस्थाप्रति कत्ति इज्जत र माया थियो भन्ने कुरा जनताले बगाएको आ“सुको नदीबाट पुष्टि हुन्छ । सोही घटनापछि राजसंस्थाप्रति मान्छेको विश्वास घटेर गएको हो भन्ने लाग्छ ।

    गोपालमान श्रेष्ठ, नेता, नेका -प्रजातान्त्रिक)

    म काठमाडौंमा नै थिए“ । सुरुमा युवराज दीपेन्द्रले बाबुको सत्ता खोस्यो भन्ने हल्ला आयो । चिनेका मान्छेले नै फोन गरेका थिए, तर विश्वास लागेन । मित्रहरूलाई फोन गरेर आफ्नै तरिकाले सूचना संकलन गरे“ ।
    राति सबैजना फोनमा व्यस्त रहेछन्, एकले अर्कालाई के भएको हो - भनेर सोध्नेबाहेक अरू कुरा भएन । घरमा राति परिवारसित घटनाको विश्लेषण गर्दा दरबारमा यसअघि पनि यस्ता घटना भइरहेकाले सा“च्चिकै भएको होला भन्ने लाग्यो । राति कतै जान सकिएन, भोलिपल्ट त सबै कुरा खुलिहाल्यो ।

    नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा

    राति ११ बजे दरबारमा गोली हानाहान भएको खबर आयो । मेरा पार्टर्ीी मित्रले फोन गरेका थिए । कुनै पनि सरकारी निकायले जानकारी दिएनन् ।
    सुरुमा दरबारमा गम्भीर घटना भो भन्ने सुने“ । राजा वीरेन्द्रलाई मुटुको रोग थियो, उनी मरे होलान् भन्ने लाग्यो । राजपरिषद्का अध्यक्ष केशरजंग रायमाझीलाई फोन गरे“, सर्म्पर्क पनि भयो तर, उनले पनि केही भन्न सकेनन् । विदेशी मित्रहरूसित टेलिफोनमा कुराकानी भयो, उनीहरूले मात्र सही सूचना दिए । नेपालीलाई भन्दा पहिले विदेशीलाई जानकारी भइसकेको रहेछ । अधिकांश नेता पनि अनभिज्ञ थिए ।

    Advertisements
    आजको आकर्षण
    दरबार हत्याकाण्डपछि यस्तो थियो ज्ञानेन्द्रको दैनिकी
    दरबार हत्याकाण्डपछिका तस्वीर पहिलोपटक नयाँ पत्रिकामा
    राखेपको निर्नयवरुद्ध चारवटा संघ अदालत जाने
    हिमपहिरोमा पुरिएका सोह्रको शव भेटियो
    पन्चानब्बे प्रहरी अधिकृतको सरुवा
    अस्पतालको जग्गा चर्चको नाममा
    झन्डै लडेनन्
    चेतन र
    रामकृष्ण

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/06/02/p338/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft