हामीलाई अपराधी भनेपछि प्रधानमन्त्री थला पर्नुभयोः जीतेन्द्र
मधेसी जनअधिकार फोरमले रुपन्देहीको दक्षिणी भागमा हत्या गरेको जीतेन्द्र लुम्बिनी क्षेत्रीय व्यूरो सदस्य र वाइसीएलको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । जीतेन्द्रको हत्या हुनुभन्दा २७ घण्टा पहिला बुटवल एफ.एम.मा प्रसारित उहाँको अन्तिम अन्तर्वार्ता ।
प्रश्नः सरकारले तपाईहरुमाथि प्रतिबन्ध लगाउने तयारी गर्दैछ भन्ने कुराको खुलासा भएको छ, कसरी लिनुभएको छ -
उत्तरः केही मान्छेहरुले हामीलाई जुन ढंगले ब्याख्या गर्न खोजिरहेका छन् त्यो असाध्यै महत्व र गंभीर चासोको विषय हो । यी विषयवस्तुलाई कुन प्रवृत्तिका मान्छेले हाम्रा विरुद्ध षड्यन्त्र गरिराखेका छन् भन्ने कुरालाई जनसमुदायकाबीचमा लग्नुपर्ने, हामी गम्भीर बन्नुपर्ने र आम जनतालाई सत्यका पक्षमा उभिन सचेत पार्नुपर्ने स्थिति बनेको छ ।
प्रश्नः केहि मान्छेलेमात्र होइन सरकार नै प्रतिबन्धको तयारीमा जुटेको कुरा भूमिसुधार मन्त्रीले बताउनु भएको छ, तपाईहरुले आफ्ना गतिविधि सुधार गर्नुपर्ने आवश्यकता देख्नुभएको छैन -
उत्तरः अहिले आठ दलको सहमतिमा सरकार बनेको छ । सरकारमा हाम्रा मन्त्री पनि छन् । हाम्रा मन्त्रीले त्यो तयारी गरिरहेका भन्ने कुरा सम्भव नै छैन । कुनै एक मन्त्रीले दिएको प्रतिक्रियाले सिंगो सरकारले त्यसको प्रक्रिया अगाडि बढाएको छ भनेर बुझ्नु हुँदैन । तर जहाँसम्म हाम्रा गतिविधि सुधार्नु पर्ने कुरा भनिएको छ, त्यसमा हामीलाई अचम्म लागेको छ । (more…)
