वाईसीएलविरुद्ध किन यस्तो प्रचार-युद्ध
दिल साहनी
पर्ूवर्ं मेचीदेखि पश्चिम महाकाली र उत्तर मुस्तांगदेखि दक्षिण मर्चवारसम्म फैलिएको नेपालमा एक दिनमा सालाखाला एक हजार मान्छे दिनदिनै कुटाकुट गर्दा हुन् । कसैले कसैलाई रक्सी खाएको झोंकमा पिट्दा हुन् । कसैले कसैलाई रक्सी खान नपाएको झोंकमा पनि पिट्दा हुन् । कसैले कसैलाई किन बोल्दैनस् भनेर कुट्दा हुन् । कसैले कसैलाई बर्ता बोल्छस् भनेर पनि पिट्दा हुन् । कसैले कसैलाई त मलाई किन नमस्कार गरिनस् भनेर पनि पिट्दा हुन् । कसैले कसैलाई पकेटमार भनेर पनि पिट्दा हुन् । कसैले कसैलाइै चोर भनेर पनि पिट्दा हुन् । कसैले कसैलाई घुस खायो भनेर पनि पिट्दा हुन् । फेरि कसैले घुस खाएन भनेर पनि पिटेका होलान् । कसैले कसैलाई सा“ध-सीमा मिच्यो भनेर कुट्दा हुन् । कसैले कसैलाई अंश दिएन भनेर पनि कुट्दा हुन् । कसैले कसैलाई मलाई किन अंगुलो देखाइस् भनेर पनि कुट्दा हुन् । मालिकले नोकरलाई कुटेका होलान् । कतै नोकरले मालिकलाई पनि कुटेका होलान् । कसले कसलाई किन कुट्दा हुन् त्यसबारेमा कुरा गर्दै जाने हो भने एउटा महाभारत नै तयार हुन सक्दछ । तर पनि कुरा अझ पूरा नभएको स्थिति सिर्जित हुन सक्दछ । यसैले सबभन्दा राम्रो कुरा के हुन्छ भने यो मुलुकमा दिन दिनै सालाखाला एक हजार मान्छेहरू पिटिएका हुन सक्छन् । यसरी यो वा त्यो बहानामा मान्छेहरूमाथि बल प्रयोग गर्ने वा कुनै खून खरावामा लाग्ने मान्छेहरू मण्डले पनि हुन सक्छन् । पंचे पनि हुन सक्छन् । गिरिजा कांग्रेस पनि हुन सक्छन् । देउवा कांग्रेस पनि हुन सक्छन् । एमालेहरू पनि हुन सक्छन् । मसाल पनि हुन सक्छन् । राप्रपा पनि हुन सक्छन् । सद्भावना पनि हुन सक्छन् । फोरमहरू पनि हुन सक्छन् । जो पनि हुन सक्छन् । तर कैयौं पत्रपत्रिकामा ती सब कुराको चर्चा नै हु“दैन । चर्चा भए पनि अपवाद स्वरूप चर्चा भएको जस्तो देखिन्छ । भूलवश चर्चा भएको जस्तो देखिन्छ । त्यो पनि उनीहरू सम्बन्धित दलहरूको होइन व्यक्तिको मात्र उल्लेख गरिन्छ । तर पत्रपत्रिकामा तपाईंहरू कुनै दिन नबिर्राई वाइसीएलले फलानामाथि हातपात गरे वा फलानालाई निर्मम यातना दिए भन्ने समाचार पढ्न भने अवश्य पाउनु हुने छ । कति अवस्थामा जसले जसलाई कुटे पनि कुटिने मान्छे एमाले कांग्रेस जो भए पनि कुट्ने मान्छे अवश्य वाइसीएल नै हुने छ । किन भने यतिबेला यस्तै प्रचारवाजी गरिएको छ । यस्तो कुरा कुनै पत्रपत्रिकामा मात्र होइन देशभरिका एउटा ठूलो संख्याका पत्रपत्रिकाले स्याल हर्ुइय्याका पाराले प्रकाशित गरेका हुने छन् । गरिरहेका छन् । एकजना अंग्रेज पत्रकारले एक ठाउ“मा भनेका छन् पत्रकार भनेका स्याल हुन् । एक ठाउ“बाट कुनै स्याल हर्ुइय्या गर्नासाथ सारा देशभरिका स्यालहरू आ-आफ्ना ठाउ“बाट हुइय्या हुइय्या गर्न थाल्छन् । अहिले वाइसीएलको सम्बन्धमा मिडियाको प्रचार यस किसिमले नै भएको छ ।
यतिबेला नेपाली कांग्रेसदेखि राप्रपासम्म, एमालेदेखि मसालसम्म, राप्रपादेखि सद्भावनासम्म, भारतदेखि अमेरिकासम्म र यहा“सम्म कि संयुक्त राष्ट्संघसम्मका मान्छेहरूले वाइसीएलका विरुद्धमा विषवमन गरिरहेका छन् । उनीहरूको आरोप सामान्य आरोप नभई षडयन्त्रमूलक आरोप नै हो भन्न सकिन्छ । वाइसीएलको नाममा माओवादहरूको अस्तित्व समाप्त पार्ने हेतुले शुरु गरेको यस किसिमको आरोपलाई हल्का रूपमा लिनु माओवादीहरूको लागि घातक कुरो पनि हुन सक्दछ । वाइसीएलको विकृत रूप खडा गरेर माओवादीहरूको जनतामा परेको प्रभावलाई घटाउने लक्ष्य राखिएको हुन सक्दछ । यो खतरनाक कुरो हो । यसले यसरी राजतन्त्रको सेवा गर्नाका साथसाथै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गरेको हुन्छ ।
वाईसीएलले कामका दौरानमा कुनै पनि गल्ती गरेको छैन भन्ने कुरा होइन । कामको दौरानमा एक होइन अनेक गल्ती पनि हुन सक्दछन् । त्यस्ता गल्ती वा कमजोरीको आलोचना हुनु कुनै खराव कुरा होइन । त्यसले सम्बन्धित पक्षलाई आफ्ना गल्ती कमजोरी कम गर्न वा सच्चाउन मद्दत नै गर्दछ । तर यतिबेला मिडियामा जसरी वाईसीएलको जुन ढंगले हमला बोलिएको छ त्यसलाई पर्ूवाग्रही मात्र पनि भन्न सकिन्न ।
वाईसीएलले जनताका आलोचनालाई भने निकै गम्भीरतापर्ूवक नै लिनु पर्दछ । किन पनि भने यो देश र जनताका सेवाका लागि नै संगठित र समर्पित संगठन हो । तर प्रतिक्रियावादीहरूको हमलालाई कुनै टेर पुच्छर लगाउन किन पनि आवश्यक छैन भने त्यो दुराशययुक्त छ । दुराग्रही छ । पर्ूवाग्रही छ । ध्वंसात्मक छ ।
जुनसुकै दलका पनि युवक संगठनहरू हुन्छन् । हिजो पंचायतीहरूको पनि युवक संगठन थियो । त्यतिबेलाको पंचायती युवक संघले वा मण्डलेहरूले राजाको जय भनेपछि जति ठूलो अपराध गरे पनि त्यो क्षम्य हुने नै भयो । त्यसको खास उद्देश्य फासिष्ट पंचायती व्यवस्थाको सेवा गर्नु नै थियो । राजाको चाकरी गर्नु नै थियो । बहुदलकालमा मात्र होइन नेपाली कांग्रेसका जन्मसित नै उनीहरूको युवक संघठन तरुण दल स्थापित गरिएको थियो । तरुणदलले नराम्रा काम मात्र गर्यो त भन्न सकिन्न । तर त्यसले केवल राम्रा काम मात्र गर्यो भन्ने कुरा पनि आएन । बहुदलमा कालमा तरुणदल भिजलान्तेको रूपमा पनि नचिनिएको पनि होइन । तर पनि त्यो नै आलोचना वा हमलाको केन्द्रविन्दु त बनेको थिएन ।
वर्गीय समाजमा सवै कुरा वर्गीय हुन्छ भन्ने कुरा सही हो । यथार्थमा यतिबेला वाइसीएल तस्कर, भ्रष्टाचारी, घुसखोर, बलात्कारी आदि जस्ता सामाजिक अपराधमा सिरदेखि पाउसम्म डुबेको एउटा खास वर्गको विरोधमा सक्रिय छ ।त्यसको विरुद्धमा संर्घष्ाशील छ । यसैले वाइसीएलका गतिविधिले देश र जनताको खून पसिनामाथि रजाइं गर्ने माथिल्लो बर्गको लुटको र्स्वर्गका भर्ूइंचालो गएको छ । उनीहरूका राष्ट्रिय ढुकुटी रित्ताउने ढोकाहरू बन्द हु“दै छन् । उनीहरूका खाने मुख बन्द हु“दैछन् । सीताराम प्रर्साईंहरू प्रहरी खोरमा पर्दैछन् । यसैले सीताराम प्रसार्इंका संरक्षकहरू आगो भएका छन् वाइसीएलसित । भन्दैछन् वाइसीएलले कानून हातमा लियो । हिजो माओवादीहरूको नेताका टाउका मोल तोक्ने र उनीहरूका टाउका काटेर झोलामा हाली सरकारलाई बुझाउने र त्यही झोलाभरि पैसा बोकेर जाने कुराको उर्दी गर्नेहरू नै अहिले वाइसीएलले कानून हातमा लिन हु“दैन भन्ने पाठ पढाउन खोज्दैछन् । हिजो माओवादीहरूसित लड्न प्रतिकार समिति बनाएर हतियार वितरण गनेैहरू नै वाइसीएलले कानून हातमा लियो भनिरहेका छन् । हिजो माओवादीहरूको विरुद्धमा गाउ“लेहरूले प्रतिकार समिति बनाएर त्यसको विरुद्धमा भिड्नु पर्दछ भन्नेहरू नै अहिले वाइसीएलले कानुन हातमा लिन हु“दैन भन्ने कुराको वकालत गरिरहेका छन् । ठूलो विडम्बनाको कुरा यही छ ।
कुरा त के पनि छ भने यदि सात पार्टर्ीी कार्यकर्ताले वाइसीएलका कायकर्तालाई पिटे भने त्यो सात दलका मान्छेहरूले पिटेको नहुने । जनता आफैले पिटेको हुने । तर त्यसको ठीक उल्टो वाइसीएलले कसैलाई मुसार्यो भने पनि त्यो बर्बर तरिकाले अरु कसैले नभएर खुदै वाइसीएल नै कुटेको हुने । योजनवद्ध ढंगले त्यस किसिमको प्रचार प्रसार गरिने । स्याल हुइय्याको पाराले हमला गर्न थालिने ।
अहिले वाइसीएलको विरुद्धमा थालिएको योजनाबद्ध हमला वास्तवमा अग्रगमन र यथास्थितिवादको बीचको द्वन्द्व नै हो । लोकतान्त्रिक गणतन्त्र र राजतन्त्रबीचको द्वन्द्व नै हो । यसैले त यसमा राजावादीदेखि एमालेसम्मको स्वर मिलेको हुन्छ । अझ मसालसम्मको स्वर मिलेको हुन्छ । यदि यस्तो कुरा हु“ैदैनथ्यो भने कम्तीमा सातदलहरू वाइसीएलप्रति त्यसरी आक्रामक हु“दैनथे । जसले यतिबेला वाइसीएलको विरोध गरिरहका छन् उनीहरूले त्यसरी प्रतिगमनकारीको विरोध गरिरहका छैनन् । बरु प्रतिगमनकारीहरूलाई बोकेर हिंडेका छन् । सात दललाई वाइसीएल टाउको दुखाइ भएको सबभन्दा ठूलो कारण हो यसको उपस्थितिले माओवादीहरूको शक्ति बढायो । उनीहरूको माओेवादीहरूलाई देशभरिबाट नै बढार्ने सपनालाई हुरीले उडाएको जस्तो भयो । माओवादीका सेनाहरू क्यान्टोनमेन्टमा र हतियार कन्टेनरमा थन्काउ“दा पनि यिनीहरूको ताकत घटेन । अर्कोतिर वाइसीएको क्रियाशीलता र सक्रियताबाट तर्सर्ेेपनि उनीहरूले त्यसको जसरी भए पनि विरोध गर्ने लक्ष्य लिएको देखिन्छ । वाइसीएलले जति राम्रो काम गरे पनि त्यसबारे कुनै चर्चा नगर्नु, मात्र उसले गरेका सानातिना गल्ती कमजोरीलाई बढाइ चढाइ तिलको पहाड बनाउनु उनीहरूको खेलो नै हो । यस्तो खेलोलाई वाइसीएललाई झन् बढी सक्रियतापर्ूवक र जिम्मेवारी ढंगले अघि बढ्न मद्दत नै गर्ने छ । वाइसीएलको सफलता देशी विदेशी प्रतिक्रियावादीहरूको प्रशंसामा होइन बरु विरोधमा नै छ । वाइसीएल जनताका आ“खाको नानी र देशी विदेशी मोरियार्टर्ीीका आ“खामा भने पतेरो हुन जरुरी छ । वाइसीएल जनतामा बाटामा फूल तर प्रतिक्रियावादीहरूको बाटामा भने का“डा हुन जरुरी छ । जनताले वाइसीएललाई आफ्नो मुक्तिदाता ठानून् । वाइसीएलको नाम लिनासाथ जनताका मनमा उत्साह र साहसको रक्त संचार होस् । तर देशी विदेशी प्रतिक्रियावादीहरू वाइसीएलको नाम सुन्नासाथ यिनीहरूको सातो जाओस् । होस् हवास् उडोस् ।वाइसीएलको काम नै जनतालाई ठूलो
राहत देशी विदेशी प्रतिक्रियावादीहरूलाई ठूलो आहत दिने खाले नै हुनु पर्दछ ।
