Google
 

July 5, 2007

एमालेको आ“खामा माओवादी

दिल साहनी
हालै एमालेको केन्द्रिय नेतृत्वले माओवादीहरूलाई उग्रवामपंथी पार्टर्ीीोषित गरेछ । राम्रो गरेछ । अहिलेसम्म एमालेहरू र्सवसाधारण जनतालाई मात्र होइन आफ्ना र्समर्थकका अतिरिक्त आफ्ना कार्यकर्ता समेतलाई के भन्दै गरेका थिए भने माओवादीहरू पनि एमाले भएका छन् । उनीहरूले कमरेड मदन भण्डारीको लाइन लिएका छन् । कमरेड मदन भण्डारीको बहुदलीय जनवाद र माओवादीहरूको एक्काइसौं शताब्दीको जनवादमा केही फरक छैन । तर अहिले एमालेहरूले माओवादीहरूलाई उग्रवामपंथीको पगरी गुथाइदिएर के कुरा प्रमाणित गरे भने माओवादीहरू र एमाले राजनैतिक विचारधाराको हिसाव कितावले एके टाउूमा उभिएका रहेनछन् । उनीहरूवीच आनको तान फरक रहेछ । हिजो उनीहरूले माओवादी पनि एमालेको लाइनमा छ भनेको उनीहरूको एउटा झmूठो प्रचारवाजी मात्र रहेछ । जे होस् एमालेको नेतृत्वले ढिलै भए पनि माओवादीहरूलाई माओवादीहरूकै रूपमा बुझिदियो । यो आफैमा सकारात्मक कुरा हो । हुनत एमालेका महासचिव माधव नेपालको प्रतिवेदनमा माओवादीहरूलाई उग्रवामपंथी भनिएकोमा बामदेव गौतमले त्यसको जोरदार विरोध नगरेका होइनन् । तर विचरा वामदेव एक्लो बृहस्पति झूठो जस्ता भए । अंततः माधव नेपालकै माओवादीहरूलाई उग्रवामपंथी भन्ने लाइनले नै विजय हासिल गर्यो ।
मलाई लाग्दछ एमालेहरूले माओवादीहरूलाई उग्रवामपंथी पार्टर्ीीनिदिएकोले उनीहरूले त्यस ठहरलाई कार्पेट विछाएर स्वागत गर्नु पर्दछ । बत्ती बालेर स्वागत गर्नु पर्दछ । नेपालीमा एउटा उखान प्रचलित छ । उखान भन्दछ आफ्नो आफ्नो गम पाकेका केरा । मशालका नेता मोहनव्रि्रमसिंहको विश्लेषणमा माओवादीहरू निश्चित रूपमा उग्रदक्षिणपंथी ठहरिने छन् । मोहनव्रि्रम सिंहको सिद्धान्त नै के हो भने उग्रवामपंथीहरू अंततः उग्रदक्षिणपंथीमा पतन हुन्छन् । कमरेड मोहनव्रि्रमसिंहको यो विश्लेषण झापाकालदेखिको हो । उनले त्यतिबेला नै भविश्यवाणी गरेका थिए उग्रवामपंथीहरू अंततः उग्रदक्षिणपंथीमा पतन हुन्छन् । त्यतिबेलाका झापालीहरू - मैनाली ओलीहरू ) उग्रदक्षिणपंथीमा पतन हुने छन् । भयो पनि त्यस्तै । हिजो जनयुद्धमा लागेका माओवादीहरूलाई अहिले शान्तिपर्ूण्ा प्रतिस्पर्धाको राजनीतिमा लागेको स्थितिमा मशालले उनीहरूलाई उग्रदक्षिणपंथी भन्नु स्वाभाविक नै हो ।
भनिन्छ दिशाको अवधारणा पनि एउटा भ्रम के अर्थमा हो भने जसलाई हामी पर्ूव भन्दछौं त्यो पर्ूव नभएर पश्चिम हुन सक्दछ । जसलाई हामी पश्चिम भन्दछौं त्यो पश्चिम नभएर पर्ूव हुन सक्दछ । त्यसरी नै जसलाई हामी दक्षिण भन्दछौं त्यो उत्तर हुन सक्दछ । जसलाई हामी उत्तर भन्दछौं त्यो दक्षिण । फेरि त्यसरी नै जसलाई हामी माथि भन्दछौं त्यो तल हुन सक्दछ । जसलाई तल भन्दछौं त्यो माथि । वारि भनेको कुरा पारि हुन सक्दछ । पारि भनको कुरा फेरि वारि । सर्ुर्खेत नेपालगंज वा धनगढीका मान्छेहरूले हामी बुटवलबासीहरूलाई पर्ूर्वेली भन्दछन् । हामीले झापा विराटनगर वा धरानका मान्छेहरूलाई पर्ूर्वेली भन्दछौं । कुरा के भने धनगढीका नेपालीहरूका लागि हामी बुटबलका नेपाली पर्ूर्वेली भयौं । फेरि हामी बुटबलवासीहरू झापाको नेपालीहरूका लागि पश्चिमेली हौं । यसको अर्थ के पनि हुन्छ भने हामी बुटबलवासी नेपाली एकैसाथ पर्ूवेली पनि हौं र पश्चिमेली पनि । तीनतले घरमा बीचको तलाको मान्छे तेस्रो तलाकोलागि तलको हुने भयो । फेरि त्यही मान्छे भर्ूइं तलका मान्छेका लागि माथिको मान्छे हुने भयो । पृथ्वीबाट जुनतिर हर्ेदा जुन माथि । जुनबाट पृथ्वीतिर हर्ेदा पृथ्वी नै माथि । स्यांजालीका लागि गुल्मेली कालिपारे । फेरि गुल्मेलीका लागि स्यांजाली कालिपारे । कुरा स्पष्ट छ ।
ठीक यसरी नै मशालका लागि माओवादी उग्रदक्षिणपंथी । एमालेको लागि भने माओवादीहरू उग्रवामपंथी । यसको अर्थ के हो भने को के भन्दा पनि को कसका लागि के भन्ने प्रश्न प्रमुख कुरा हो । जे होस् अव माओवादी र एमालेबीचमा कुनै गणतन्त्रवादी मोर्चा किन पनि बन्ने भएन भने एमालेले माओवादीहरूलाई उग्रवामपंथी भने पछि माओवादीहरूले पनि एमालेलाई उग्रदक्षिणपंथी भन्ने नै भए । एउटा उग्रवामपंथी शक्ति कुनै पनि उग्रदक्षिणपंथी शक्तिसित मिलेर अघि बढ्न सक्ने कुरो किन पनि भएन भने यी दर्ुइ शक्तिहरू उत्तरी ध्रुव र दक्षिण ध्रुवतिर फर्केका चुम्वकका र्सर्ूइ जस्ता हुन्छन् । एक्ले अर्कासित मुखामुख गर्न पनि सक्दैनन् । एक ठाउूमा बसेर मिलेर काम गर्न सक्ने कुराको त कुनै संभावना नै रहन सक्ने भएन । यही भएर नै ऐतिहासिक १२ बुँदे समझदारीको डोरीले बाूधिएका एमाले र माओवादीहरू मिलनको कुनै पनि एउटा विन्दुमा पुग्न सक्दैनन् । कुरै गर्ने हो भने यतिबेला सवैका आक्रमणका तारो यतिबेला माओवादीहरू नै बनेका छन् । के कुरा पनि साँचो हो भने यतिबेला एमालेहरू नेपाली कांग्रेससित मित्रता होइन बरू शत्रुता नै राख्दछन् । मशालको पनि नेपाली कांग्रेससित त्यति मित्रता रहिरहेको स्थिति छैन । तर जहाँसम्म वाइसीएलका नाममा माओवादीहरूका विरोधमा कांग्रेस, मशाल र एमालेहरूले एउटा मोर्चावन्दी बनाएर अघि बढ्ने कुरा छ त्यसमा उनीहरू एक सेकण्डको पनि समय नलगाई त्यस मोर्चाको सामेल हुन्छन् । माओवादीहरूको विरोध गर्ने मामिलामा कांग्रेस मशाल र एमाले एक हुन्छन् । उनीहरू के कुरा पनि विर्सन पुग्छन् भने कांग्रेकको कर्ुर्सर्ीी लागि एमाले खतरनाक । एमालेको कर्ुर्सर्ीी लागि कांग्रेस नै खतरनाक । जुकसुकै कारण देखाई माओवादीहरूको विरोध गर्ने सवालमा लगभग सातैदलका मान्छेहरू चोर चोर मौसेरा भाइको पाराले एक मुख एक श्वर हुन पुग्दछन् । जति आठदलहरू विभाजित हुन्छन् त्यसको प्रत्यक्ष फाइदा त र्सवप्रथम दरवारले लिन्छ । त्यसपछि त्यसको फाइदा लिने सवालमा भारत र अमेरिका पनि हुने कुरा भैहाल्यो । मलाई लाग्दछ एमालेहरूले माओवादीहरूलाई उग्रवामपंथी भनिदिएकोमा दरवारले एक गास भए पनि बढ्ता भात निकै मीठो मुखले खाएको होला । रातिमा निन्द्रा पनि निकै मीठो पर्यो होला । माओवादीहरूलाई उग्रवामपंथी भनिदिएकोमा माधव कुमार नेपालले देशी विदेशी मित्रहरूबाट निके धेरै धन्यवाद पनि खाए होलान् । वास्तवमा दरवार भारत र अमेरिकाको प्यारो हुनलाई र उनीहरूको विश्वास जित्नलाई पनि एमालेले माओवादीहरूलाई उग्रवामपन्थी भन्नु पर्दथ्यो । फेरि एमालले माओवादीहरूलाई उग्रदक्षिणपंथीको आँखाले हेर्यो भने उनीहरूलाई उसले उग्रवामपंथी देख्नु ठीक कुरा हो । सवाल उही आउँछ कसले कसलाई कतातिरबाट हर्ेर्ने । होइन भने जुन माओवादीहरूलाई मोहनव्रि्रम सिंहको मशालले उग्रदक्षिणपंथी भन्छ त्यसलाई नै फेरि एमालेले उग्रवामपंथी नभन्न पर्ने हो । कुरो यसो हो भने त जसले जसलाई जे भने पनि भयो ।
पहिले पहिलेको जमानामा भनौं सत्य युगतिर देवता वा भगवानबाट कुनै बर प्राप्त गर्न कठोर कठीन तपस्या गर्नु पर्दथ्यो । कुनै वर माग्न ऋषि मुनीहरूले तपस्या गर्दा गर्दै उनीहरूका जिउमा धमिराले घर बनाउँथ्यो । कठोर कठीन तपस्या गर्ने ब्यक्तिको शरीर सुकेर हाड र छाला मात्र पनि भएको हुन पर्दछ । ऋषि मुनिहरूले तपस्या गर्दा गर्दै आफ्नो सारा जिन्दगी पनि विताउन पर्ने हुन्छ । तर अहिलेको कलि युगमा हाम्रा राजनैतिक ऋषि मुनिहरूलाई ठूलै शक्ति प्राप्त गरी विषक्षीहरूलाई तहस नहस पार्नलाई सके धेरैको नभए पनि एक दर्ुइ देशको कठोर कठीन तपस्या गरी बर प्राप्त गर्न निकै आवश्यक हुन्छ । कुरो के भने अहिले पनि सत्तामा पुग्नलाई मोरियार्टर्ीी मुखर्जीहरूको आशर्ीवाद प्राप्त गर्नुपर्ने हुन्छ । उनीहरूवाट प्रमाण पत्र प्राप्त गर्नु पर्ने हुन्छ । दिल्लीको दर्शन गर्नुपर्ने हुन्छ । ह्वाइट हाउससम्म धाउन र उसको आशर्ीवाद प्राप्त गर्न सक्नु पर्ने हुन्छ । कुरो त्यति सरल छैन जस्तो कि हामीले सरल छ भन्ने ठानेका छौं ।

1 Comment »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/07/05/p354/trackback/

  1. Dil Sahani ko Article ma sadhai padhne garchhu. Uhako bichar ra bhawana ekdamai prasamsaniye chha. Wastab ma Yemale le j bislesan garyo tyo usko barga charitra ho. Nepalma aruko aasirbad naliyi janatako subhekchha bata satta chalaune din lyauna Yemale, congress le chahadainan kinaki uniharuma janata ma biswas chhaina ra janatama uniharu prati biswas chhaina. sattama Girija ahile tiki rakheko pani bharat kai aashirbad le ho. Huna ta sat dal le girija lai prime minister banayeko bhaninchha tara teso hoina. tyo 84 barsa pugeko budho jun bharat ra USA ko sabai bhanda bharpardo nokar ho usailai prime minister banauna parnu pani aru neta haruko aashirbad ma uttaradhikari banna khojnu pani ho. Maobadi eklai le Girija lai hatauna sakne sthiti bhayeko bhaye uhille hataisakthyo tara sakeko chhaina. samsad ma sabai bampanthi party milne ho bhane pani girija lai hatauna sakinthyo hola tara uniharule teso garna sakdainan kinaki Maobadile pani Girija lai prime minister banauna pahilo palta ghosana gareko ho. aago le dameko lai aago le seknu parchha bhanne ukti anusar girija marfat monarchy hataune maobadi harule sapana dekheka chhan bhane tyo diwa sapana matra ho. tesalai aba kehi garne bela aayeko chha.
    Dhanyabad
    Lema Goyeska

    Comment by Lema Goyeska — July 5, 2007 @ 9:53 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft