Google
 

July 5, 2007

बेतलवी संवाददाता र रेडियो जनगणतन्त्र

Filed under: Article/लेख

किशोर पन्थी
युद्धको अवधिमा सही सूचना प्राप्त गर्नु कठिन कार्य हो । कुनै घटना हुँदा घटनास्थल पुगेरै वास्तविकता पत्ता लगाउन पनि सधैँ सम्भव हुँदैन । यो स्थितिमा घटनाको बारेमा सञ्चारमाध्यमबाट जनतालाई सुसूचित गराउनु चुनौतिपर्ूण्ा कार्य हो । जब २०६१ साल माघ १९ मा राजा ‘कू’ गरे, त्यतिबेला सञ्चारमाध्यमहरूमा प्रतिबन्ध लाग्यो । एफ. एम. रेडियोले गीत घन्काउन थाले, रेडियो नेपालले निरङ्कुशताको भजन गाउन थाल्यो तर रेडियो जनगणतन्त्रको प्रसारणलाई निरङ्कुशताको ‘जालो’ ले बाँध्न सकेन । तर्सथ युद्धको बेलामा सूचना जनतासम्म पुर्‍याउने चुनौती रेडियो जनगणतन्त्रले सामना गर्‍यो ।

शाही ‘कू’ अघि वा पछि रेडियो जनगणतन्त्रका समाचारका स्रोतहरू के हुन्थे त - यसबारेमा धेरैलाई थाहा नहुन सक्छ । वास्तवमा यो पङ्क्तिकारलाई पनि रेडियो जनगणतन्त्रमा काम गर्नु अघि समाचार स्रोतहरूको बारेमा थाहा थिएन । माओवादीको आधार क्षेत्र रोल्पाको जलजलाबाट रेडियो जनगणतन्त्रले प्रसारण गर्ने समाचारको समय ४५ मिनट थियो । प्रत्येक दिन साँझ ४५ मिनेट लामो समाचार तयार गर्नु दर्ुइजना व्यक्तिको लागि चुनौतिपर्ूण्ा कार्य थियो । प्रत्येक दिन २/२ जनाको पालो बाँडेर समाचार खोज्ने, तयार पार्ने र वाचन गर्ने गरिन्थ्यो । इमेल, इन्टरनेट, फोन, फ्याक्स केही पनि थिएन । संवाददाताहरू पनि २/४ वटा जिल्लामा मात्र थिए । तिनीहरू पनि माओवादी पार्टर्ीी आौपचारिक कार्यक्रमहरू बाहेक अन्य समाचारहरू त्यति बढी पठाउँदैनथे । कुनै घटना हुँदा संवाददाताहरू घटनास्थल पुगेर समाचार ल्याउँदासम्म एक हप्ता बितिसक्थ्यो । ता कि त्यतिबेलासम्म त्यो घटना पुरानो भई अरू थुप्रै घटना भइसकेका हुन्थे । घटना भएकै दिनमा रेडियोबाट समाचार प्रशारण गर्न नसकेमा पछि त्यसको औचित्य नभएकाले तत्काल सूचना दिन हम्मे हम्मे पर्थ्याे । समाचार सङ्कलन गर्नको लागि रेडियो जनगणतन्त्रमा एउटा सेटलाइट मोबाइल फोन थियो- ‘थाइल्यान्डमा पैसा जम्मा गर्नुपर्ने !’ त्यो पनि फोन भन्नु मात्रको थियो । एक मिनेट फोन गर्दा ७० रुपियाँ चार्ज लाग्थ्यो । आएको फोन रिसिभ गर्दा पनि प्रतिमिनट ३० रुपियाँ जति लागिहाल्ने ! पैसा लागे पनि राम्रोसँग फोन गर्न पाए त हुने ! तर फोन गर्दा न रेडियोबाट बोलेको फोन उठाउनेले राम्रो सँग बुझ्थ्यो, न त उताबाट बोलेको नै राम्रो सँग बुझिन्थ्यो । बोल्नेले ‘हुम्ला’ भन्दा सुन्नेले ‘जुम्ला’ सुन्यो भने त्यो कुनै आर्श्चर्य हुँदैनथ्यो । एकपटक मैले आफ्नै घरमा फोन गर्दा समेत घरकोले नचिनेर फोन राखिदिएका थिए । त्यही फोन पनि आफूले चाहेको बेला प्रयोग गर्नु कठिन थियो । किनकी दिनभरमा मुस्किलले १/२ घण्टा टावर टिप्थ्यो । मौका छोपेर फोन गर्दा पनि मासिक ५०/६० हजारको विल उठ्थ्यो । टावरै नटिप्ने सो फोनमा संवाददाताले समाचार टिपाउन सक्यो भने त्यो उसको लागि ठूलै ‘विजय’ हुन्थ्यो । फोन गर्ने मान्छेले १/२ घण्टाको समय निकालेर फोनसँग ठूलै भिडन्त गरेमा मात्र सफलता हात लाग्न सक्थ्यो तर पनि संवाददाताहरूले ग्रामीण क्षेत्रमा फोन नभएका कारण चाहेको बेला समाचार टिपाउन सक्दैनथे । सम्वाददाताहरूले माओवादीको हुलाकबाट पठाएका समाचारहरू कम्तीमा एक हप्ता र बढीमा दर्ुइ महिनापछि मात्र आइपुग्थे । रेडियो जनगणतन्त्रको स्थापनाताका त दर्ुइ महिनाअघिका समाचार पनि प्रसारण भए तर पछि त्यसो गर्नु सान्दर्भिक नभएका कारण धेरै पुराना समाचार पढ्ने क्रम रोकियो ।

रोल्पाबाट प्रसारण गर्दा होस् या रुकुमबाट । हामीले ४५ मिनटको समाचार तयार पार्दा समाचार दिने संवाददाताहरू बेतलवी हुन्थे । न हामीले उनीहरूलाई नियुक्त गरेका हुन्थ्यौं, न उनीहरूले हामीसँग तलब माग्ने गर्थे । किनकि पाल्पा, दाङ र नेपालगन्जबाट प्रसारण हुने एफ. एम. हरू नै हाम्रा समाचारका स्रोतहरू हुन्थे । हामी डाँडामा बसेर डिजिटल रेडियोबाट समाचारहरू रर्ेकर्ड गर्थ्याैं । अनि कापीमा उतारेर सबै रेडियोको समाचारबाट रेडियो जनगणतन्त्रका लागि खँदिलो समाचार तयार पार्थ्याैं । राष्ट्रिय समाचारका मुख्य स्रोतहरू त्यस क्षेत्रका एफ. एम. रेडियोहरूनै थिए भने अन्तर्रर्ााट्रय समाचारका लागि बी.बी.सी., सि. एन. एन., भ्वाइस अफ अमेरिका र डचेवली रेडियोलगायतका स्रोतहरू प्रयोग हुन्थे । दर्ुइजनामध्ये दिनभर रेडियो सुनेर एकजनाले राष्ट्रिय समाचार र अर्काेले अन्तर्रर्ााट्रय समाचार तयार पार्नु हाम्रो दिनचर्या हुन्थ्यो । न संवाददाता नियुक्त गर्नुपर्ने झन्झट न तलव दिनर्ुपर्ने तनाव । हाम्रो सबैभन्दा गतिलो संवाददाता डिजिटल रेडियो सेटले हामीलाई राष्ट्रिय र अन्तर्रर्ााट्रय समाचार दिन्थ्यो । यस बाहेक सीमित भूभागको इन्टरकम फोन वा पत्रबाट संवाददाताहरूपनि समाचार पठाउँथे । नियुक्त गरिएका ती सम्वाददाताहरूलाई पनि समाचारको पैसा दिनु पर्दैनथ्यो । कुनै मुख्य घटना हुँदा सेटेलाइट फोन प्रयोग गरेर पनि समाचार सङ्कलन गरिन्थ्यो । यो शाही ‘कू’ भन्दा अघिको परिस्थिति थियो ।

शाही ‘कू’ पछि समाचारको हाहाकार भयो । हाम्रा मुख्य संवाददाता झै भएका एफ. एम. रेडियोहरूले समाचार दिन छाडेपछि बडो मुस्किल पर्‍यो । रेडियो नेपालले एकोहोरो समाचार दिइरहँदा हामीलाई समाचारको वास्तविकतासम्म पुग्न निकै कठिन भयो । त्यसपछि हाम्रा समाचारका स्रोतहरूमा केही फेरबदल आयो । सेटेलाइट फोनको प्रयोग अलिक बढी हुन थाल्यो । अध्यक्ष प्रचण्डका वक्तव्यहरू समेत इन्डिया फोन गरेर रर्ेकर्ड गरिन्थ्यो । इन्डिया मै रहनु भएका जनादेशका तत्कालीन प्रधानसम्पादक महेश्वर दाहालले पनि सेटेलाइट फोनबाट त्यहाँ प्राप्त भएका समाचारहरू रर्ेकर्ड गराइदिन्थे । काठमाण्डौ र पर्ूवतिरका समाचारहरू तलब नखाने अघोषित संवाददाता मात्रिका पौडेलले काठमाडौँबाट रर्ेकर्ड गराइदिन्थे । कतिपय अवस्थामा त अध्यक्ष प्रचण्डका वक्तव्यसमेत नेपाल वान संवाददाता पौडेलले नै रर्ेकर्ड गराइदिन्थे । भिडन्तको बारेमा माओवादीको दावी पनि कतिपय अवस्थामा उनले नै अवगत गराउँथे । शाही ‘कू’ पछि माओवादीबाहेकका अरू दलका गतिविधि पनि प्रसारण गर्न थालेपछि समाचार अलिक बढी हुन थाल्यो । कुनै दिन मात्रिकालाई सर्म्पर्क भएन भने त काठमाडौँमा भएको राष्ट्रिय माहोल नै थाहा नहुने र समाचारको समेत खडेरी पर्ने हुन्थ्यो । उनले दैनिक ८/१० वटा समाचार रर्ेकर्ड गराइदिन्थे । यसबाहेक बी.बी.सी. रेडियोको अङ्ग्रेजी, हिन्दी र नेपाली प्रसारण, भ्वाइस अफ अमेरिका र डचेवेली रेडियोको हिन्दी प्रसारण एवं चीनको सि.आर. आई. रेडियोको नेपाली समाचारहरू रेडियो जनगणतन्त्रको राष्ट्रिय र अन्तर्रर्ााट्रय समाचारका स्रोतहरू थिए । दर्ुघटनाका समाचारहरू रेडियो नेपालसमेत सुनेर लिइन्थ्यो । यसरी रेडियो नेपालदेखि बी.बी.सी.सम्म हाम्रा बेतलवी संवाददाता बन्न पुगेका थिए तर बी.बी.सी. हिन्दीको भर पर्दा एक पटक पोखराको गलत समाचार समेत रेडियो जनगणतन्त्रबाट प्रशारण भएको थियो । यद्यपि माओवादी पार्टर्ीी औपचारिक कार्यक्रमका समाचारहरू नियुक्त गरिएकै संवाददाताहरूले दिए पनि वास्तवमा रेडियो जनगणतन्त्रको आधार इलाकीय प्रसारण आफ्नै संवाददाताहरूको भरमा भन्दा पनि यस्तै बेतलवी संवाददाताहरूको भरमा चलेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/07/05/p355/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft