military coup may happen again- Com. Badal, गणतन्त्र स्थापना नभए माओवादी पुनः भूमिगत हुने – बादल
There is every chance that a military coup may happen again, Senior Maoist leader Ram Bahadur Thapa, ‘Badal’ accused royalists and regressive forces of hatching conspiracies to scuttle the constituent assembly (CA) polls. Addressing a press conference organised here by the Dhankuta chapter of the Federation of Nepalese Journalists (FNJ), Badal said, “Though a republican front of the leftist forces may be possible, chances of our party uniting with the CPN-UML are very slimin the present circumstances..”
“Short-term and narrow mind-set is the cause of the division among the communists,” he added.
Saying that the double standard of the Nepali Congress is a hindrance to the establishment of a republic, he said: “The parliament should announce the country a republic with agreement of the eight political parties.”
Stating that there are chances that Maoists might join the rightists, Badal accused “various forces” of actively working to foil the Maoists’ every efforts.
Saying that the demands being raised by the dalits, women, janajatis and the Madhesi people are genuine, he said all problems will be solved once the country becomes a federal republic.
The country is sure to become a democratic republic despite the conspiracies of the regressive forces, he added.
नेकपा माओवादीका नेता रामबहादुर थापा बादलले संविधानसभाबाट मुलुकमा गणतन्त्र स्थापन नभए माओवादी पुनः भूमिगत हुने बताउनुभएको छ। नेपाल पत्रकार महासंघ धनकुटाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मण्डलेहरुले पहाड र तराईमा बन्द हडताल गराई गणतन्त्रवादी शक्तिहरुमाथि आक्रमण गरिरहेकोले भूमिगत राजनीतिको आवश्यकतामा जोड दिनुभयो। लोकतान्त्रिक गणतन्त्रमा नेपाली कांग्रेसको दोहोरो चरित्र मुख्य बाधक भएको आरोप उहाँको थियो। कांग्रेसको फेरिइरहने बोलीले २०१७ साल दोहोरिने आशंका उहाँले गर्नुभयो। आफ्नो पार्टीले वामपन्थी विचारधाराका अन्य दलहरुसँग कार्यगत एकता मात्र गर्न सक्ने उहाँले बताउनुभयो।
अशान्ति फैलाइरहेको भन्दै वाईसीएललाई प्रतिबन्ध लगाउने प्रतिगमनका मतियारहरुले गरिरहेको षड्यन्त्र आफूहरुलाई मान्य नभएको उहाँले बताउनुभयो।
गणतन्त्रको मोर्चा बन्न नदिन विभिन्न शक्तिहरुको चलखेल भइरहेको भन्दै पुनः दोस्रो दासढुंगा घटना गराउने षड्यन्त्र भइरहेको दाबीसमेत गर्नुभयो।
